बागलुङको पहिरोमा परी १४ जनाको मृत्यु, ३९ जना बेपत्ता
नेपाल अखबार, बागलुङ।बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–९ भुसुण्डेको वाढीपहिरोमा परी १४ जनाको मृत्यु भएको छ भने ३९ जना बेपत्ता भएका छन् ।
मृत्यु हुनेमा १४ जना मध्य २ जनाको मात्र सनाखत भएको छ । १२ जनाको नाम खुल्न सकेको छैन । पहिरोमा परी मृत्यु हुने ढोरपाटन नगरपालिका ९ भट्टेचौर निवासी २६ वर्षीया केशमाया बिक र ढोरपाटन नगरपालिका–९ लाकुरीबोट निवासी ४५ वर्षीय करबहादुर बिकको मात्र सनाखत भएको छ ।पहिरोमा परी ३९ जना बेपत्ता छन् ।
बेपत्ताको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । पहिरोमा परी ४ जना सामान्य घाइते भएका छन् । पहिरोले एउटा गाडी, २ वटा मोटरसाईकल बगाएको, साथै ढोरपाटन नगरपालिका–९ सुकुदुङमा रहेको स्वास्थ्य चौकीको भवन, लाकुरीबोट स्वास्थ्य चौकीको भवन लगायत स्थानीय ३१ वटा घर पूर्णरूपमा बगाएर क्षति बनाइदिएको छ ।
पहिरोले जनचेतना प्राथमिक विद्यालयको ४ कोठे भवन, सरस्वती प्राथमिक ...
