Saturday, September 5

समाज

अवरुद्ध डुम्रे–आँबुखैरेनी सडकखण्ड पाँच घण्टापछि खुल्यो
समाचार, समाज

अवरुद्ध डुम्रे–आँबुखैरेनी सडकखण्ड पाँच घण्टापछि खुल्यो

नेपालअखबार, तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको डुम्रे–आँबुखैरेनी सडकखण्ड अवरुद्ध भएको पाँच घण्टापछि पुन: सञ्चालनमा आएको छ। आज बिहान करिब ३ बजेदेखि पहिरोले यो सडकखण्ड अवरूद्ध भएको थियो। बन्दीपुर गाउँपालिका–५ याम्पा नजिक माथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो। सोमबार रातिदेखि परेको अविरल वर्षाका कारण पहिरो खस्दा कयौँ सवारीसाधान राजमार्गमा रोकिन पुगेको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए। लामो समय सवारीसाधन रोकिँदा यात्रुले सास्ती भोग्नुपरेको थियो। डोजरको सहायताले पहिरो पन्छाएपछि अहिले दुवैतर्फी सवारी साधन निर्वाधरूपमा सञ्चालन भएको छ। पृथ्वी राजमार्गअन्तर्गत तनहुँको अन्य सडक खण्डमा भने कुनै अवरोध नभएको उनले बताए।...
बाँकेमा एक नव विवाहिता दम्पती मृत फेला
समाचार, समाज

बाँकेमा एक नव विवाहिता दम्पती मृत फेला

नेपालअखबार, बाँके। बाँकेमा एक दम्पती मृत अवस्थामा फेला परेका छन्। बाँकेको कोहलपुर नगरपालिका- १४ पावतीपुरका २५ वर्षीय कृष्ण गडरिया र २३ वर्षीया उनकी श्रीमती मञ्जु गडरिया मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी मधुसुदन न्यौंपानेले  जानकारी दिए। यो जोडीले हालसालै बिहे गरेको खुल्न आएको डिएसपी न्यौंपानेले बताए। ‘घरको माथिल्लो तलामा दाइ भाउजु बस्दा रहेछन्,’ डिएसपी न्यौंपानेले भने, ‘आफ्नै घरको तल्लो तलामा बसेका नब विवाहित दम्पत्ति मृत फेला परेका हुन्।’ आफू घटनास्थलमै रहेको तथा घटना संकास्पद रहेको डिएसपी न्यौंपानेले जानकारी दिए। कृष्णको शव घर बाहिर र मञ्जुको शव घरभित्र फेला परेको थियो। ‘पोष्टमार्टम नहुँदासम्म घटनाबारे भन्न सक्ने अवस्था छैन,’ डिएसपी न्यौंपानेले भने, ‘ सरसर्ती नियाल्दा विषादी सेवन गरी आत्महत्या गरेको जस्तो घटना देखिदैन।’ शब पोष्टमार्टमका लागि अस्पताल ...
महत बस्ती पहिरोको जोखिममा
समाचार, समाज

महत बस्ती पहिरोको जोखिममा

नेपालअखबार, काभ्रे । काभ्रेको कोसीपारिस्थित भुम्लु गाउँपालिका–१ सापिङमा अविरल वर्षाका कारण महत बस्ती जोखिममा परेको छ । आइतबार परेको वर्षाले बस्ती नजिकै पहिरो जाँदा जमिन धाँजा फाटेर बस्ती जोखिममा परेको हो भने विद्यालय भवन पहिराले पुरेको छ । भुम्लु गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर भुजेलले वर्षाका कारण वडा नं १ को सापिङस्थित महत बस्तीको करिब १२–१४ घरधुरी जोखिममा परेको जानकारी दिनुभयो । “बस्ती नजिकै पहिरो गएका कारण त्यसको असरले नजिकैका घर तथा शौचालय भएको ठाउँमा नै धाँजा फाट्दै गएकाले जोखिममा परेको छ”, उनले भने, “त्यस्तो अवस्थामा त्यहाँका बासिन्दा घरमा बस्न सक्ने अवस्थामा छैनन् ।” बस्ती अन्यत्र सार्न आवश्यक देखिएकाले विकल्प खोज्नुपर्ने अवस्था सिर्जना भएको उनले बताए । वर्षाकै कारण भुम्लु –१ स्थित कालीदेवी प्राथमिक विद्यालयको भवन माथिबाट खसेको पहिराले पुरिएर क्षति पुगेको छ भने वडा नं ६ कोला...
पहिराले पृथ्वी राजमार्गको याम्पा–आँबुखैरेनी सडक अवरुद्ध
समाचार, समाज

पहिराले पृथ्वी राजमार्गको याम्पा–आँबुखैरेनी सडक अवरुद्ध

नेपालअखबार , तनहुँ। पृथ्वी राजमार्गअन्तर्गत तनहुँको याम्पा–आँबुखैरेनी सडकखण्ड अवरुद्ध भएको छ। वर्षाका कारण आज बिहान बन्दीपुर गाउँपालिका–५ याम्पास्थित सडकमा पहिरो खस्दा उक्त खण्ड अवरुद्ध भएको हो। सडकमाथिबाट खसेको पहिराका कारण उक्त खण्ड दुईतर्फीरूपमा अवरुद्ध भएकामा अहिले एकतर्फी सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए। पहिरो हटाएर राजमार्ग दुईतर्फी सञ्चालन गराउने काम भइरहेको उनले बताए। पृथ्वीराजमार्ग विस्तारका लागि उक्त ठाउँमा भित्ता काट्ने काम भइरहँदा बेला–बेलामा पहिरो खसेर राजमार्ग अवरुद्ध हुने गरेको छ। रासस...
भाइरल ज्वरोका बिरामी बढेपछि इलामका विद्यालय बन्द
समाचार, समाज, स्वास्थ्य

भाइरल ज्वरोका बिरामी बढेपछि इलामका विद्यालय बन्द

नेपालअखबार, इलाम।  मङ्गलबारे रुघाखोकी र ज्वरो बढेपछि इलाममा विद्यालय बन्द गर्न थालिएको छ । पछिल्ला दिन जिल्लाभरि नै रुघाखोकीसहित ज्वरोका बिरामी बढ्न थालेका छन् । केही समयअघि इलाम नगरपालिकाभित्रका निजी सबै विद्यालय बन्द गरिएको थियो । पछिल्लो समय सूर्योदय नगरपालिकामा सञ्चालित पञ्चकन्या अङ्ग्रेजी विद्यालय र एभरल्यान्ड इन्टरनेशनल एकेडेमीमा बन्द गरिएको छ । एक साताका लागि विद्यालय बन्द गरिएको हो । परीक्षा सञ्चालन भइरहेका अवस्थामा पनि बिद्यालय बन्द गर्नुपरेको बताइएको छ । चिकित्सकहरूले यसलाई भाइरल समस्या भएको जनाएका छन् ।...
करेन्ट लागेर सप्तरीमा एक जनाको मृत्यु
समाचार, समाज

करेन्ट लागेर सप्तरीमा एक जनाको मृत्यु

नेपालअखबार, राजविराज । सप्तरीको खडक नगरपालिकास्थित लालपुरमा सोमबार साँझ करेन्ट लागेर एक जना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा खड्क नगरपालिका वडा नं ११ बस्ने ६० वर्षका शत्रुहन खङ्ग (मण्डल) रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । खेतमा सिँचाइ गर्नका लागि जडान गरिएको पानी तान्ने मोटर खोल्ने क्रममा उनलाई करेन्ट लागेको थियो । लामो खडेरीले धानबाली सुक्न थालेपछि खेत सिँचाइ गर्नका लागि मानिस पानीका लागि, मोटर, पम्पसेटलगायतबाट सिँचाइ गर्ने गरेका छन् ।  ...
पहिरोले घर पुरिँदा एकै घरका तीन जनाको मृत्यु, एक घाइते
समाचार, समाज

पहिरोले घर पुरिँदा एकै घरका तीन जनाको मृत्यु, एक घाइते

नेपालअखबार, अछाम । पहिरोले घर पुरिँदा अछाममा तीन जनाको मृत्यु भएको छ । तुर्माखाँद गाउँपालिका २ भुलुका अमर विष्टको घर पुरिँदा घरमै सुतिरहेका तीन जनाको मृत्यु भएको हो । अमरका भाइ वीरेन्द्र विष्ट ,छोरा संविधान विष्ट र बुहारी हरिकला विष्टको घटनास्थलमै मृत्यु भएको हो । नैना विष्ट गम्भीर घाइते भएको घटनास्थलमा रहेका स्थानीय निरक शाहीले जानकारी दिए । अहिले स्थानीय जनप्रतिनिधि, प्रहरीको सक्रियतामा उद्धारको काम भइरहेको प्रहरीले जनाएको छ ।...
सिन्धुपाल्चोकमा भूकम्पको धक्का
समाचार, समाज

सिन्धुपाल्चोकमा भूकम्पको धक्का

नेपालअखबार, काठमाडौं । सिन्धुपाल्चोकमा भूकम्प गएको छ । बिहान ६ बजे जिल्लाको हेलम्बुलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका सहाय प्राविधिक राजेश शर्माका अनुसार ४.७ म्याग्नेच्युडको भूकम्प गएको हो । सिन्धुपाल्चोकसहित आसपासका जिल्लामा भूकम्पको धक्का महसुस भएको थियो ।...
अमेरिकाको नर्थ क्यारोलाइनामा बस्ताकोटीको  विसंगत बस्ती बिमोचन
समाचार, समाज, साहित्य \कला

अमेरिकाको नर्थ क्यारोलाइनामा बस्ताकोटीको विसंगत बस्ती बिमोचन

नेपालअखबार । संयुक्त राज्य अमेरिकाको नर्थ क्यारोलाइना स्थित केरी शहरमा भानु जयन्तीको अवसर पारेर आयोजित साहित्यिक कार्यक्रममा डा ऋषि बस्ताकोटीद्वारा लिखित मुक्तक संग्रह "विसंगत बस्ती" को बिमोचन गरियो। नर्थ क्यारोलाइना नेपाली साहित्य समाजका सल्लाहकारहरु ई इश्वर देवकोटा, डा नारायण राजभण्डारी, नगेन्द्र नेउपाने, नर्थ क्यारोलाइना नेपाली साहित्य समाजका अध्यक्ष नम्रता गुरागाई, नेपाल सेन्टर अफ नर्थ क्यारोलाइनाका अध्यक्ष आर पी पौडेल र मुक्तककार बस्ताकोटी स्वयम् ले सामुहिक रुपमा पुस्तकको बिमोचन गर्नुभयो। कार्यक्रममा ई इश्वर देवकोटाले मुक्तककारको परिचय प्रस्तुत गर्दै बस्ताकोटीको साहित्यिक तथा सामाजिक योगदानको चर्चा गर्नुभएको थियो भने साहित्यकार नम्रता गुरागाईंले विमोचित पुस्तकको समिक्षा गर्नुभएको थियो। डा अच्युत शर्मा र कल्पना घिमिरेले मुक्तककारलाई शुभकामना व्यक्त गर्दै संग्रहभित्रबाट छानिएका मु...
दाङमा ३ वर्षीया बालिकालाई बलात्कारपछि भीरबाट खसालियो
अपराध, समाचार, समाज

दाङमा ३ वर्षीया बालिकालाई बलात्कारपछि भीरबाट खसालियो

नेपालअखबार, दाङ । दाङमा ३ वर्षीया बालिकालाई बलात्कारपछि हत्या गर्न खोजेको आरोपमा प्रहरीले एक जनालाई पक्रेको छ । बबई गाउँपालिका–५ खैरबट्टीका १४ वर्षीय किशोरलाई बलात्कार गरेको आरोपमा पक्राउ गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी श्यामु अर्यालले बताए । उनले किशोरले बालिकालाई बलात्कारपछि हत्याको प्रयास समेत गरेको आरोप लगाएका । प्रहरीका अनुसार ती किशोरले बालिकालाई बलात्कारपछि ५० मिटर अग्लो भिरबाट खसालेका थिए । बालिका खेल्न लागेको समयमा मकैबारीमा लगेर ती किशोरले बलात्कार गरेको प्रहरीको दाबी छ । बालिकालाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।...