Monday, April 27

समाज

पहिरोले १३ घरपरिवार विस्थापित
समाचार, समाज, हाइलाइट-समाचार

पहिरोले १३ घरपरिवार विस्थापित

नेपाल अखबार, बागलुङ। बागलुङ जिल्लाको पश्चिम निसीखोला र ढोरपाटनमा पहिरोका कारण १३ घर विस्थापित बनेका छन् । पछिल्लो सातामा निरन्तर वर्षाका कारण निसीखोला गाउँपालिका–१ देवीस्थान खाराका स्थानीय नरेन्द्र कुँवरको घरमा पूर्णरुपमा क्षति पुगेको छ भने छ भने बलबहादुर मल्लको घरमा आंशिक क्षति भएको छ । पहिरोले खारा बजारका अन्य सात घर पनि पहिरोका कारण उच्च जोखिममा परेका छन् । वर्षा हुँदा साथ आउन सक्ने पहिरोको जोखिमले स्थानीय त्रासमा छन् । जुनसुकै समयमा थप पहिरो आउन सक्ने र घर भत्किने पुरिने जोखिममा भएपछि नौ घर परिवार विस्थापित भएको निसीखोला–१ का वडाध्यक्ष इन्द्र मल्लले जानकारी दिए । “प्राकृतिक प्रकोपका कारण गाउँमा पहिरोको जोखिम र त्रास बढेको छ”, उहाँले भन्नुभयो, “जोखिम पछि पूर्ववत् सजगता अपनाउनु पर्ने महसुस गरेर अहिले तत्कालका लागि आफन्त र अर्को वैकल्पिक स्थलमा बस्न भनेका छौँ ।” निसीखोलामा पछिल्लो तीन ...
सालको पात बन्यो सहारा
समाचार, समाज

सालको पात बन्यो सहारा

शेरिफ केसी,कपिलवस्तु। चाउरिन लागेको अनुहार, जिङ्ग्रिङ परेको कपाल, एउटा टिनको छानामुनि बस्दै आएका दुई अधबैशे जोडी । कपिलवस्तुको वाणगङ्गा–४ का दम्पत्ती भीम माया र रुकबहादुर रेश्मीको पहिचान हो । गाउँमा पात बच्ने बाआमा भन्दै चिनिने उनीहरुको निवासमा भाँचिनै लागेको खाट, पुराना र मैला परेका बिस्तारा र ससाना भाँडाकुँडा देखिन्छ । वर्षात्को पानी घरभित्र राखिएको खाटमुनि आहाल परेको छ । ती दुई जोडी बिहान जङ्गलका सालका पात टिपेर गाउँगाउँमा लैजान्छन् र पात बेचेर भएको आम्दानीबाट दैनिक गुजारा चलाउँदै आएका छन् । उनीहरुको घर बाँसका कुहिन लागेका भाटा तेर्साएर त्यसमाथि च्यातिएको कपडाले बेरेको शौचालय जस्तो बास बस्ने थलोमा साँच्चीकै कष्टकर जीवन बिताउँदै आएका छन् । बुढ्यौली शरीर, जिउमा गतिला कपडा छैनन् । घरमा अन्नको गेडो छैन । बाँसको झिक्राले बारेको टहरो मर्मत गर्न नसक्दा छानाको ठाउँठाउँमा दुलो परेको छ । घरमा नून...
नौ दिनसम्म पनि फेला नपरेपछि परिवार चिन्तामा
समाचार, समाज

नौ दिनसम्म पनि फेला नपरेपछि परिवार चिन्तामा

नेपाल अखबार, पोखरा ।  मादी गाउँपालिका वडा नं ९ मुग्रीबेसी स्थायी बसोबास भई पोखरा–२९ भण्ढारढिक आदर्श चोक बस्दै आउनुभएका ६६ वर्षीय गिरीधारी दवाडी हराएको नौ दिनसम्म पनि फेला नपरेपछि परिवारका सदस्य चिन्तामा छन् । यही साउन ८ गते बिहान ४.०० बजेदेखि परिवार एवम् आफन्तजनको सम्पर्कमा नरहेका दवाडीको खोजी गरिराखिए पनि हालसम्म कुनै जानकारी पाउन नसकिएको उहाँका छोरा सुरेन्द्र दवाडीले जानकारी दिनुभयो । परिवार एवम् आफन्तजनको सम्पर्कमा नआएपछि प्रहरीमा सोही दिन खबर गर्नुका सम्भाव्य स्थानमा खोजी कार्य जारी राखिएको उहाँले बताउनुभयो । कसैले फेला पारेमा नजिकको प्रहरी कार्यालय वा ९८०६५३८६९१ मा खबर गरिदिन परिवारजनले अनुरोध गरेका छन् ।...
पोखरामा वृक्षरोपण
समाचार, समाज

पोखरामा वृक्षरोपण

नेपाल अखबार, पोखरा । लायन्स क्लव अफ पोखरा चौतारीले स्थापनाको २३ वर्ष पुगेको अवसरमा शुक्रबार पोखरामा वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ । क्लवले पोखरा–१० रामघाट लक्ष्मीनारायण मन्दिर परिसरमा बृहद वृक्षरोपण गरेको कार्यक्रम संयोजक अशोक श्रेष्ठले जानकारी दिए । क्लवले वार्षिक कार्यक्रम अन्र्तगत गरिएको वृक्षरोपण कार्यक्रममा अमला, बर, पिपल, राजवृक्ष, अशोक, गुलमोहर, निम, कल्की फुल लगायतका एक सय थान विरुवा रोपिएको उनले जानकारी दिए । कार्यक्रमको मल्टिपल कोर्डिनेटर (एफडब्ल्यूसी) दीपक श्रेष्ठले उद्घाटन गर्दै वातावरण संरक्षणमा वृक्षको महत्व भएकोमा जोड दिँदै उनले रोपिएका विरुवाहरुकोे संरक्षणमा क्लव तथा स्थानियले पहल गर्नुपर्ने बताए । कार्यक्रम क्लवका अध्यक्ष गुरुप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा डिष्ट्रिक सिनियर (एओजी) डी.आर पोखरेल, क्लवका पूर्व अध्यक्ष अर्जुन बञ्जरा, निर्वतमान अध्यक्ष मोहनबाब...
अजिज दफाली मेमोरियल ट्रस्टकाे अनुराेध एवम् ईद-उल-अजहा मुबारक
समाचार, समाज

अजिज दफाली मेमोरियल ट्रस्टकाे अनुराेध एवम् ईद-उल-अजहा मुबारक

नेपाल अखबार, सिराहा । ईद-उल-अजहा [ ईद ] संयमता , धैर्यता , विश्वशान्ति र भाइचाराको सन्देश दिने चाड पर्वका  रूपमा लिएकाे  अजिज दफाली मेमोरियल ट्रस्टका मो.नूरमोहम्मद दफालीले बताए ।   विश्वभरिका मुस्लिम समुदायले मनाउने महान चाड ईद-उल-अजहा [ कुर्बानी ] साउन १७ गतेका दिन नेपाल भरी मनाउने भएकोले विश्वभर छरिएर रहेका सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा ईद-उल-अजहा [ बकर ईद ]को  मुबारकबाद [ शुभकामना ] व्यक्त गर्दै प्रेस विज्ञप्तिमा अनुराेध गरीएकाे छ ।   कोरोना भाइरसका कारण लामो समय देखि समाज बचाउन सदभाव सहितको सामाजिक दुरी कायम गरी साविक देखिनै दैनिक रूपमा मस्जिदमा पाँच टाइमको नमाज र जुम्माको नमाजमा जसरी हामी नेपाल सरकारको निर्देशनको पालन गरेका छौ त्यस्तै अझ बढी जिम्मेदार भइ ईद-उल-अजहामा पनि सबैले पालना गरौं । ईद-उल-अजहा को नमाज कसरी सम्पन्न गर्ने विषय त्यसको लागि आ-आफ्नो जिल्ला को परिस...
कोरोना महामारी छ, इद घरमै मनाउनू : मुस्लिम आयोग
समाचार, समाज

कोरोना महामारी छ, इद घरमै मनाउनू : मुस्लिम आयोग

नेपाल अखबार,  काठमाडाै। कोरोना महामारी कायमै रहेकाले यसपालिको इद घरमै बसेर मनाउन मुस्लिम आयोगले सम्बन्धित समुदायलाई आग्रह गरेको छ। आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले शुक्रबार विज्ञप्ति प्रकाशन गरी यही साउन १७ गते परेको मुस्लिम समुदायको महान् पर्व इद उल अज्हा घरमै नमाज पढेर मनाउन आग्रह गरेको हो। ‘कोरोाना भाइरसका कारण लामो समयदेखि सामाजिक दूरी कायम गरी साविक रूपमा दैनिक मस्जिदमा पाँच टाइमको नमाज, जुम्मा नमाज पाँच जनासम्मले पढ्दै आइरहनुभएकोमा सबैलाई धन्यवाद दिन चाहन्छु,’ विज्ञप्तिमा भनिएको छ, ‘इद उल अज्हाको नमाज पनि ५ जनासम्मले मस्जिदमा पढ्न पाउने र ओल्माहरू, मुफ्तीहरू, नेपाली जामे मस्जिद पञ्च कस्मिरी ताकिया जामा मस्जिदका पदाधिकारीहरूको सल्लाहबमोजिम अन्य सबै आआफ्नो तरिकाअनुसार घरमै बसी नमाज पढी इद उल अज्हा मनाउन सम्बन्धित सबैमा अनुरोध गर्दछु।’...
शुक्रबारको मौसम पुर्वानुमान, यी स्थानमा भारी वर्षाको सम्भावना
समाचार, समाज

शुक्रबारको मौसम पुर्वानुमान, यी स्थानमा भारी वर्षाको सम्भावना

नेपाल अखबार, पाेखरा। जल तथा मौसम विज्ञान विभागले आज देशमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । यसका साथै,  नेपालको पुर्वी तराई भूभाग नजिक मनसुनी न्युन चापीय रेखा अवस्थित छ । मौसम पूर्वानुमानका अनुसार हाल देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम बर्षा भइरहेको छ। यसैगरी, शुक्रबार दिउँसो देशका अधिकांश स्थानमा सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम विज्ञान विभागले जनाएको छ । साथै, प्रदेश १, बागमती प्रदेश ,गण्डकी प्रदेश, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशहरूका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ। यस्तै, राति  देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने प्रदेश १ ,बागमती प्रदेश ,गण्डकी प्रदेश, सुदुरपश्चिम प्रदेश, प्रदेश ५ का एक वा दुई स्थानहरूमा भारी वर्षाको  सम्भावना रहेको छ।...
कालीकोटको सान्नी त्रिवेणिमा पहिरोमा परी दुईजनाको मृत्यु
समाचार, समाज

कालीकोटको सान्नी त्रिवेणिमा पहिरोमा परी दुईजनाको मृत्यु

नेपाल अखबार, सुर्खेत । कालीकोटको सान्नी त्रिवेणि गाउँपालिकामा पहिरो जाँदा दुईजनाको मृत्यु भएको छ । गाउँपालिकाको वडानम्बर-६ बुढागाउँका ६० वर्षीय पर्शुराम संज्याल र उनकी बुहारी नाता पर्ने २९ वर्षीया तारा संज्यालको मृत्यु भएको हो । बिहीबार बिहान खानेपानी लिन लालिखोला गएकोबेला पहिरोमा परी ससुरा बुहारीको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) राजेशनाथ बास्तोलाले जानकारी दिए । एसएसपी बास्तोलाका अनुसार पर्शुराम संज्याल पहिरोमा परी गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रम्मा मृत्यु भएको थियो । पहिरोमा परी बेपत्ता भएकी तारा संज्यालको भने शव निकालिएको प्रहरीले जनाएको छ । बुधबार मात्रै कालीकोटकै नरहरिनाथ गाउँपालिकामा पहिरोमा परेर एकै  परिवारका ७ जनासहित ९ जनाकाे मृत्यु भएको थियो ।...
कैलालीमा बाढीले बगाउँदा ४ जना बेपत्ता, ६ हजार बढी घर डुबानमा
समाचार, समाज

कैलालीमा बाढीले बगाउँदा ४ जना बेपत्ता, ६ हजार बढी घर डुबानमा

नेपाल अखबार, कैलाली । कैलालीमा बाढीले बगाउँदा चार जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा जानकी गाउँपालिका–२ का ५४ वर्षीय कोबी सुनार, भजनी नगरपालिका–८ का सोनाफाटाका ११ वर्षीय स्केल चौधरी, सोही ठाउँका ४० वर्षीय ईश्वर शाही र ३२ वर्षीय चक्र बिक बेपत्ता भएको कैलालीका प्रमुख प्रहरी उपरीक्षक अनुपम शमशेर जबराले जानकारी दिए । प्रहरी उपरीक्षक जबराका अनुसार काडा, पर्थैया, कान्द्रा र मोहोना नदीमा आएको बाढीको भेल बस्तीमा पस्दा उनीहरुलाई बगाएको हो । बुधबार अविरल वर्षासँगै आएको बाढी बस्तीमा पसेको थियो । बस्तीमा पसेको बाढीबाट सुरक्षित स्थानमा जान खोज्दा उनीहरु बेपत्ता भएका हुन,’ प्रहरी उपरीक्षक जबराले भने, ‘उनीहरुको खोजी कार्य जारी छ ।’ ७ जना बेपत्ता भएका मध्ये तीन जनाको भने बुधबार नै सकुशल उद्धार गरिएको उनले बताए । बेपत्ता रहेका चार जनाको नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीको सहयोगमा ख...
आज मौसम देशभर सामान्य बदली धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना
समाचार, समाज

आज मौसम देशभर सामान्य बदली धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना

नेपाल अखबार, पाेखरा ।  मनसुनी वायुको प्रभावका कारण देशभर सामान्य बदली भई केही स्थानमा हल्का वर्षा भइरहेको छ । साथै,  नेपालको पुर्वि तराई भूभाग नजिक मनसुनी न्युन चापीय रेखा अवस्थित छ । बिहीबार मौसम पूर्वानुमान महाशाखा, मौसम विज्ञान विभागले जारी गरेको पूर्वानुमानमा अनुसार अहिले देशभर नै सामान्य बदली भइरहेको छ । यसैगरी, आज दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको पूर्वानुमानमा उल्लेख छ । यस्तै,  प्रदेश ५ र सुदुरपश्चिम प्रदेशहरूका थोरै स्थानहरूमा र प्रदेश १, प्रदेश २, बागमती, गण्डकी प्रदेशको एक÷दुई स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमानमा उल्लेख छ । यस्तै, राति देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने बागमती प्रदेश,गण्डकी प्रदेश र प्रदेश १ का एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भा...