पोखराको निमार्णाधीन विद्यालय भवनको अनुगमन
नेपाल अखबार, पोखरा । जिल्ला समन्वय समिति कास्कीले पोखरा महानगरपालिका वडा नं. १७ महतगौडास्थित जानकी माध्यामिक विद्यालयको निर्माणाधीन भवनको सोमबार अनुगमन गरेको छ ।
नेपाल सरकार राष्ट्रिय पुननिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाई(शिक्षा) को ७४ लाख ३५ हजार रुपैयाँको लागतमा निर्माणधीन भवनको समन्वय समितिका प्रमुख बैनबहादुर अधिकारी क्षेत्री, जिल्ला आयोजना कार्यान्वय इकाई(शिक्षा) प्रमुख लालप्रसाद पोख्रेल, जनप्रतिनिधिहरु समेतले संयुक्तरुपमा निर्माण कार्यको अनुगमन गर्नुभएको हो ।
अनुगमनका क्रममा समन्वय समितिका प्रमुख बैनबहादुर अधिकारी क्षेत्रीले गुणस्तरीय निर्माणका लागि स्थानीयको सकृय सहकागिता आवश्यक रहेको बताउनुभयो । भौतिक निर्माणसंगै शिक्षाको गुणस्तरीयता वर्तमानको आवश्यकता भएको बताउँदै उहाँले शैक्षिक संस्थाहरु त्यसतर्पm केन्द्रित हुनु पर्ने आवश्यकता औल्याउनुभयो ।निर्माण कार्यलाई गुणस्तर...
