Thursday, September 3

समाज

डा केसीको जीवनरक्षाको माग गर्दै चिकित्सकहरु आन्दोलित
समाचार, समाज, स्वास्थ्य

डा केसीको जीवनरक्षाको माग गर्दै चिकित्सकहरु आन्दोलित

नेपाल अखबार, काठमाडाैं। २१ दिनदेखि अनसनरत डा. गोविन्द केसीको जीवनरक्षाको माग गर्दै चिकित्सकहरु आन्दोलित भएका छन् । चिकित्सा शिक्षा सुधारको माग राख्दै १९ औं पटक अनसन बसेका केसीको जीवनरक्षाको माग गर्दै चिकित्सकहरुले टिचिङ अस्पताल परिसरमा धर्ना दिएका हुन् । जुम्लाबाट १९ औं अनसन सुरु गरेका केसीको अनसनको २१ औं दिनमा स्वास्थ्यमा समस्या समेत देखिन थालेको छ । आन्दोलित चिकित्सकहरुले विगतमा भएका सम्झौता कार्यान्वयन गर्दै केसीको जीवन रक्षाको माग गरेका हुन । धर्नामा सहभागि चिकित्सक डा. सुवास देवकोटाले केसीको स्वास्थ्यमा गम्भिर समस्या देखिँदा समेत सरकारले चासो नदिएको बताए । स्वास फेर्न गाह्रो हुने, छाती दुख्ने समस्याबाट पीडित केसीलाई आजबाट अक्सिजन समेत दिन थालिएको उनले बताए । तत्काल डा. केसीले उठाएका माग पुरा नभए कडा कदम चाल्ने चेतावनी पनि उनले दिए । अर्का चिकित्सक डा. अच्युत खनालले १८ पटकसम्मको अनसनका...
इलाममा रुखको हाँगोले लागेर युवकको मृत्यु
समाचार, समाज

इलाममा रुखको हाँगोले लागेर युवकको मृत्यु

नेपाल अखबार, इलाम । जङ्गलमा दाउरा काट्ने क्रममा रुखको हाँगोले लागेर फाकफोकथुममा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा फाकफोकथुम–४ का २८ वर्षीय भानुभक्त दलार्मी मगर रहेका प्रहरी चौकी आमचोकका प्रमुख सुवेन्द्र कर्णले जानकारी दिए । काट्दै गरेको रुखले अर्को रुख लडाउँदा उनीको टाउकोमा लागेको जनाइएको छ । शव परीक्षण गर्न लागेको प्रहरीले जनाएको छ ।...
कांग्रेस नेता गगन थापा र अर्जुन नरसिहंलाई कोरोना संक्रमण
समाचार, समाज, स्वास्थ्य

कांग्रेस नेता गगन थापा र अर्जुन नरसिहंलाई कोरोना संक्रमण

नेपालअखबार, काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापा र अर्जुन नरसिंह केसीलाई कोरोना संक्रमण पुष्टि भएको छ । केन्द्रीय समिति बैठक अघि गरिएको कोरोना परीक्षणामा थापा, केसी, शम्भुलाल श्रेष्ठसहितका नेतामा संक्रमण पुष्टि भएको जनाइएको छ । शुक्रवार नेता, केन्द्रीय कार्यालयका कर्मचारी र सुरक्षाकर्मी गरी २ सय ७० जनाको कोरोना परीक्षण गरिएको थियो । संक्रमण पुष्टि भएपछि सोमबारका लागि बोलाइएको केन्द्रीय समिति बैठक अनिश्चित बनेको छ।...
डरलाग्दो बलात्कार शृंखला !
समाचार, समाज, हाइलाइट-समाचार

डरलाग्दो बलात्कार शृंखला !

नेपाल अखबार,सिरहा । साथीसँग खेलिरहेकी पाँच वर्षीया बालिकालाई छिमेकी एक किशोरले बोलाए । चिनजानकै दाइले माया गरेर बोलाएपछि ती बालिका चकलेट पाइने आशा राखेर गइन्। तर उनलाई के थाहा १७ वर्षीय छिमेकी दाइले आफूलाई बलात्कार गर्लान् भन्ने। तिनै छिमेकी दाइ उनका लागि राक्षस बने। आमा खेतमा गएका बेला अबोध बालिका आफ्नै घरमा बलात्कृत भइन्। यो घटना साउन ४ गते दिउँसो सिरहा नगरपालिका–१९ सन्हैठाको सोहर्वा टोलमा भएको हो। खेतबाट आएकी आमा घरभित्रै छोरीलाई रक्ताम्य देखेपछि आत्तिइन्। छोरी पीडाले सहन नसकेर छटपटाइरहेकी थिइन्। उनी हतारहतार छोरीलाई लिएर जिल्ला अस्पताल सिरहा पुगिन्। त्यहाँ डाक्टर नभेटेपछि उनी लहान अस्पताल गइन्। प्रारम्भिक उपचारकै क्रममा इलाका प्रहरी कार्यालय लहानका प्रहरीसमक्ष पीडित बालिकाले घटनाको बयान गरिन्। विगत तीन आर्थिक वर्षको तथ्यांक केलाउँदा प्रदेश २ का आठ जिल्लामा बलात्कृतमध्ये करिब ६० प्रतिशत...
जुम्ल्याहा बच्चा जन्माएकी कोरोना संक्रमित सुत्केरीको मृत्यु
समाचार, समाज, स्वास्थ्य

जुम्ल्याहा बच्चा जन्माएकी कोरोना संक्रमित सुत्केरीको मृत्यु

नेपाल अखबार, बाँके । बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा उपचाररत एक जना कोरोना संक्रमित सुत्केरीको मृत्यु भएको छ । कञ्चनपुरको महेन्द्रनगर–१ निवासी २९ वर्षीया महिलाको आज बिहान साढे ४ बजे मृत्यु भएको हो । उनले एक छोरा र एक छोरीलाई जन्म दिएकी थिइन् । उनले कैलालीको धनगढीस्थित सेती अस्पतालमा अपरेसन नगरी जुम्ल्याहा बच्चा जन्माएकी थिइन् ।उनी गर्भवती भएदेखि नै रक्तश्राव हुँदै आएको र सुत्केरी भएपछि पनि उच्च रक्तश्राव भएको थियो । त्यसपछि उनको पाठेघरको अपरेसनका साथै ८ पोका होल रगत र ४ पोका प्लेटलेट रगत दिइएको थियो । साथै कोरोना संक्रमणको आशंकामा ती महिलाको स्वाब परीक्षण गर्दा असोज १४ गते रिपोर्ट पोजेटिभ आएको थियो । कोरोना संक्रमण पुष्टि भएपछि उनलाई कोहलपुरस्थित नेपालगञ्ज शिक्षण अस्पतालमा उपचारका लागि रिफर गरिएको थियो । असोज १५ गते अपराह्न ४ बजे कोहलपुरमा भर्ना हुँदा उनी बेहोस अवस्थामा रहेको ...
स्वरोजगार बन्दै दृष्टिविहीन युवा
समाचार, समाज

स्वरोजगार बन्दै दृष्टिविहीन युवा

नेपाल अखबार, बाँके। नेपालगञ्जमा दृष्टिविहीन युवा सामूहिकरूपमा मसला प्रशोधनमा लागेका छन् । नेपालगञ्ज उपमहानगरपालिका वडा नं १० आदर्शनगरमा मसला प्रशोधन तथा प्याकिङ गरी उपभोक्ताको घरघरमै पुगेर बिक्री वितरण गर्ने गरिएको समूहका संयोजक ३३ वर्षीय समिप चौधरीले बताए । उनका अनुसार गत असारदेखि शुरु गरेको यो व्यवसायमा १८ युवायुवती संलग्न रहेका छन् । बाँके, बर्दिया र दाङका दृष्टिविहीन र कम दृष्टि भएका युवायुवतीले गाउँमा उत्पादित मसलाको प्रशोधन एवं प्याकिङ गर्ने र त्यसलाई घरघरमै लगेर बेचिरहेका छन् । “दृष्टिविहीन आफैँले कमाउन सक्छन् भन्ने देखाउनका लागि हामीले यो व्यवसाय शुरु गरेका छौँ”, चौधरीले भने, “भविष्यमा शिक्षण पेशाबाहेक के काम गर्न सकिएला र भन्ने लागेको तर अहिले व्यवसायमा लागेपछि यो चिन्ता हटेको छ ।” सशक्तिकरण युवा समूहमार्फत सङ्गठित भएर आत्मनिर्भरको लागि काम थालेको बाँके राप्तीसोनारी गाउँपालिका निव...
शनिबारको मौसम पूर्वानुमान
समाचार, समाज

शनिबारको मौसम पूर्वानुमान

नेपाल अखबार, पाेखरा। मौसम पूर्वानुमान महाशाखाले शनिबारको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार आज वंगालको खाडीको मध्य पश्चिम तथा उत्तर पश्चिम भागमा न्यून चापीय क्षेत्र रहेको छ । महाशाखाले हाल देशका प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशमा सामान्य बदलीको र बाँकी प्रदेशहरुको पहाडी भूभागमा आंशिक बदली रहेको जनाएको छ । यसैगरी, शनिबार दिनभरको मौसम भने प्रदेश १, प्रदेश २, बागमती प्रदेश, र गण्डकी प्रदेशमा आन्शिक देखि सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रहने जनाइएको छ । भने, प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा र बाँकी प्रदेशका एक दुइ स्थानहरूमा हल्का बर्षाको सम्भावना रहेको छ । यस्तै, राति प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रही उक्त प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा तथा...
पोखरा महानगरको सहयोगमा खपौँदीमा खुल्यो किसानबजार
समाचार, समाज

पोखरा महानगरको सहयोगमा खपौँदीमा खुल्यो किसानबजार

नेपालअखबार, पाेखरा। पोखराको वडा नं १८ स्थितखपौँदीमा फेवा किसानबजार खुलेको छ । कृषकहरुले उत्पादन गरेका उपभोग्यवस्तुहरु सहज र सिधा उपभोक्तासम्म पु¥याउनका लागि पोखरा महानगरपालिकाको सहयोग र स्थानीय कृषकहरुसँगको साझेदारीमा बजार सञ्चालनमा आएको हो । महानगरका प्रमुख मानबहादुर जिसीले शुक्रबार बजारको उद्घाटन गरे । कार्यक्रममा बोल्दै प्रमुख जिसीले कृषि क्षेत्र शशक्त पेशा र महत्वपूर्ण व्यवसाय भएको चर्चा गर्दै उपभोक्ताहरुको माग अनुसारका कृषि उपज उत्पादनमा लाग्नुपर्नेमा जोड दिए । “स्थानीय तथा अर्गानिक उत्पादनप्रति जसरी उपभोक्ताहरुको चासो बढेको छ, त्यहि रुपमा अहिले कृषि उपज बजारमा आउन सकेको छैन”जिसीले भने “फेवा किसान बजारले उपभोक्ताको मागअनुसार वस्तुहरुको विक्रीवितरणगर्न सक्नुपर्छ ।” किसानले उत्पादन गरेको वस्तु कृषकले नै विक्रीगर्न पाउनुपर्ने उनको भनाई छ । पोखरामा दैनिक ३ करोड मुल्य बराबरको तरकारी खपतहुन...
चितवन राष्ट्रिय निकुञ्जमा गैँडा मृत भेटियो
समाचार, समाज

चितवन राष्ट्रिय निकुञ्जमा गैँडा मृत भेटियो

नेपाल अखबार चितवान । चितवन राष्ट्रिय निकुञ्जमा मृतावस्थामा गैँडा फेला परेको छ। निकुञ्जका सूचना अधिकारी अशोक रामका अनुसार नवलपुरको लामिचौर नजिकै नारायणी नदीको बीच भंगालोमा शुक्रबार मृतावस्थामा गैँडा फेला परेको हो। गैँडा एक÷दुई महिना अघि कालगतीले मरेका हुनसक्ने अनुमान गरिएको छ। पोस्टमार्टम पछि मात्र अन्यकुरा थाहा हुने उनले बताए। गैंडाको खाग सुरक्षित रहेको निकञ्जले जनाएको छ। यसअघि गत भदौं २१ मा निकुञ्जमा एकसिंगे गैंडा मृतावस्थामा फेला परेको थियो। निकुञ्जमा चालु आर्थिक वर्षमा मात्र चार गैँडाको मृत्यु भैइसकेको जनाइएको छ। रासस...
‘डा सापकोटाको निधनले कर्णालीवासीलाई अपूरणीय क्षति’
समाचार, समाज

‘डा सापकोटाको निधनले कर्णालीवासीलाई अपूरणीय क्षति’

नेपालअखबार,काठमाडाैं। हाडजोर्नीको समस्या देखिनासाथ कर्णालीमा सबैले सम्झिने नाम थियो डा हरि सापकोटा। तीन दशकसम्म कर्णालीमा रहेर सेवा गर्दा उनी सबैमाझ परिचित तथा बिरामीका लागि प्रिय कहलिएका थिए। उनको बिहीबार नेपालगञ्जस्थित भेरी अस्पतालमा कोरोना भाइरसका कारण मृत्यु भएपछि कर्णालीवासी स्तब्ध छन्। सहकर्मी चिकित्सक, स्वास्थ्यकर्मी मात्र होइन, उनीबाट सेवा लिएका बिरामी तथा आफन्त भरसिलो डाक्टर गुमाउनुपर्दा पीडामा छन्। डा सापकोटा कार्यरत प्रदेश अस्पतालका निर्देशक डा डम्बर खड्काले उाको निधनबाट सिंगो कर्णाली प्रदेशलाई अपुरणीय क्षति पुगेको बताए। ‘सिनियर चिकित्सक बस्न नरुचाउने समयमा उहाँले सुर्खेतमै बसेर लामो समय सेवा गर्नुभयो,’ डा खड्काले भने, ‘उहाँजस्तो अनुभवी चिकित्सक पाउन कर्णालीले धेरै वर्ष पर्खनुपर्छ, उहाँको निधनबाट प्रदेश अस्पताललाई मात्र नभई कर्णाली र पाँच नम्बर प्रदेशलाई ठूलो क्षति पुगेको छ।’ सा...