Friday, April 24

समाज

आंशिक बदलीसहित वर्षाको सम्भावना, यस्तो छ तीन दिनको मौसमको अवस्था
समाचार, समाज

आंशिक बदलीसहित वर्षाको सम्भावना, यस्तो छ तीन दिनको मौसमको अवस्था

काठमाडौं- जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उल्लेखनीइ मौसमी प्रणाली  सक्रिय नरहेको जनाएको छ । आगामी तीन दिनको मौसमको अवस्थाबारे जानकारी दिँदै महाशाखाले हाल देशका पहाडी भू-भागमा आंशिक बदली रहेको भएपनि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको जनाएको छ । आगामी तीन दिनको मौसम पूर्वानुमान माघ २६ गते (आइतबार) दिउँसोः देशका पूर्वी र मध्य पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया सफा रहने छ। देशको पूर्वी पहाडी भू-भागका १-२ स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ। रातिः देशका पूर्व र मध्य पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। माघ २७ गते (सोमबार) दिउँसोः देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया सफा रहने छ। रातिः देशका पश्चिमी भू-भागमा आंशिक देखि सामान्य र पूर्व पहाडी भू-भागमा आंशिक बद...
गोरखाबाट हराएका बालिकाहरु कास्कीमा भेटिए
प्रदेश ४, समाचार, समाज

गोरखाबाट हराएका बालिकाहरु कास्कीमा भेटिए

गाेरखा । गत माघ २३ गते देखि हराइरहेका बालिकाहरु कास्कीमा फेला परेका छन । गोरखा नगरपालिका –७ सुस्मिता गुरुङ विद्यालय जाने क्रममा हराएको भन्दै उनकी आमा सुकमायाँ गुरुङले खोजी दिन आग्रह गर्दै प्रहरीमा निवेदन दिएकी थिइन् । सुस्मिता गुरुङ लगायत गो.न.पा.६ र ७ बस्ने १३ बर्ष देखि १५ बर्ष उमेर समुहका अन्य ८ जना ८ र ९ कक्षामा अध्यनरत बालिकाहरुलाई कास्की प्रहरीको सहयोगमा कास्की जिल्ला मादी गाउपालिका १२ लिपियानीबाट तालबेसी तर्फ जादै गरेको अवस्थामा फेला पारी अबिभाबकको जिम्मा लगाएको प्रहरीले बताएको छ ।...
सिन्धुपाल्चोकमा मध्यराति प्रहरी चौकी आक्रमण
प्रदेश ३, समाचार, समाज, हाइलाइट-समाचार

सिन्धुपाल्चोकमा मध्यराति प्रहरी चौकी आक्रमण

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको तिपेनीस्थित प्रहरी चौकीमा आक्रमण भएको छ । शनिबार मध्यराति अज्ञात समूहले चौकीमा आक्रमण गरेका हुन । १०/१२ वटा मोटरसाइकलमा आएको समूहले मध्यराति कबिर १ः३० बजे एक्कासि प्रहरी चौकीमा ढुंगामुढा गरेका जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी प्रज्वल महर्जनले जानकारी दिए । आक्रमणबाट प्रहरी चौकीका इञ्चार्ज असई सन्तोषकुमार झा र प्रहरी हबल्दार हरिबहादुर मगर घाइते भएका छन् । आक्रमणमा संलग्गन रहेको आशंकामा एकजना दुई मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकीमा किन, कसले आक्रमण गर्यो भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
चीनबाट फर्काइने नेपालीलाई यी चार स्थानमा राख्ने तयारी
विदेश, समाचार, समाज, स्वास्थ्य, हाइलाइट-समाचार

चीनबाट फर्काइने नेपालीलाई यी चार स्थानमा राख्ने तयारी

प्रधानमन्त्री केपी शर्मा ओलीले चीनबाट उद्धार गरिने नेपालीहरुलाई उपत्यकाका चार ठाउँमा राख्न निर्देशन दिएका छन्। बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा उपप्रधान तथा रक्षा, गृह, परराष्ट्र, स्वास्थ्य तथा जनसंख्या र पर्यटन मन्त्री, मुख्य सचिव र सम्बद्घ सचिवहरू, सुरक्षा अधिकारीहरूसहितको विशेष बैठकमा प्रधानमन्त्री ओलीले चीनबाट उद्धार गरिने नेपालीहरुलाई काठमाडौँ र भक्तपुरका चार स्थानमा राख्ने व्यवस्था गर्न निर्देशन दिएका हुन्। प्रधानमन्त्री ओलीले कोरोना भाइरसको संक्रमणको खतरालाई मध्यनजर गर्दै नागरिकको स्वास्थ्य र सुरक्षाका निम्ति निर्धारित कार्ययोजना अनुरूप समग्र तयारीमा जुट्न सम्बद्घ मन्त्रालय र निकायहरूलाई निर्देशन दिए। प्रधानमन्त्री ओलीले शिवपुरी, इचंगुनारायण, सूर्यविनायक र खरिपाटी गरी चार स्थानमा क्वारेन्टाइन स्थल व्यवस्थित गरी राख्न निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाए...
नेपाल आइडलमा ई-सेवाबाट भोटिङ गर्न सकिने
अर्थ, मनोरञ्जन, समाचार, समाज

नेपाल आइडलमा ई-सेवाबाट भोटिङ गर्न सकिने

काठमाडौं । नेपाल आइडलमा ई-सेवाबाटै भोटिङ गर्न सकिने भएको छ । एपीवान टेलिभिजनबाट हरेक बिहीबार र शुक्रबार बेलुकी ८ः३० बजे प्रसारण हुँदै आएको नेपालको चर्चित गायन रियालिटी शो नेपाल आइडल सिजन तीनमा यसपटक इसेवामार्फंत भोटिङ गर्न सकिने भएको हो । इसेवाको एण्ड्रोइड तथा आइओएस मोबाईल एप्स्मार्फत आफुलाई मनपर्ने प्रतियोगीलाई भोट गर्न सकिनेछ ।  प्रतियोगीलाई एक पटकमा न्यूनतम एक भोट देखि अधिकतम एक हजार भोट गर्न सकिनेछ । भोटिङ शुक्रबार बेलुकी ८:३० बजेदेखि सोमबार मध्यान्ह १२ बजेसम्म गर्न सकिन्छ । नेपाल आइडलमा अहिले टप ११ प्रतियोगीले प्रतिश्पर्धा गरिरहेका छन् ।...
गोरखा सहितका जिल्लामा सिडिओ हेरफेर, कुन जिल्लामा को ? (सूची सहित)
समाज, हाइलाइट-समाचार

गोरखा सहितका जिल्लामा सिडिओ हेरफेर, कुन जिल्लामा को ? (सूची सहित)

गाेरखा । सरकारले विभिन्न जिल्लाका सिडिआेको सरुवा गरेको छ। गृहमन्त्रालयले १५ जना सहसचिव र १२ जना प्रमुख जिल्ला अधिकारीसहित ३२ कर्मचारीको सरुवा गरेको हाे । आइतबार मन्त्रिस्तरको निर्णयअनुसार गृहमन्त्रालयले उनीहरुको सरुवा सूची सर्वाजनिक गरेको हो ।  Download
गोरखकाली र बुंकोटमा रेडक्रशको साधारणभा
प्रदेश ४, समाचार, समाज, स्वास्थ्य

गोरखकाली र बुंकोटमा रेडक्रशको साधारणभा

गोरखा । नेपाल रेडक्रश सोसाइटी गोरखकाली उपशाखाको १९ औं साधारणसभा सम्पन्न भएको छ । उपशाखा सभापति नवराजभक्त उपाध्यायको अध्यक्षतामा भएको साधारणसभामा जिल्ला शाखाका सभापति भगवानबाबु मास्केको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा उपशाखाका सचिव सरद श्रेष्ठले बार्षिक रेडक्रश गतिविधी र कोषाध्यक्ष जनार्दन पोखरेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा जिल्ला शाखाका सभापति मास्के, गोरखा नगरपालिका ५ का वडाध्यक्ष रामकुमार थापा मगर, गोरखकाली उपशाखाका उपसभापति टेकबहादुर थापा मगर लगायतले मन्तब्य राखेका थिए । साधारण सभाकै अवसरमा उपशाखा र द्रब्यशाह युवा स्रोता समुहको संयुक्त आयोजनामा पश्चिमकाली मन्दिर पसिरको सरसफाई समेत गरिएको बताइएको छ । त्यस्तै शहिद लखन गाउँपालिका वडा नम्बर ७ र ८ मा रहेको बुंकोट उपशाखाको समेत १६ औं साधारणसभा सम्पन्न भएको छ । उपशाखाका सभापति मदन प्रसाद लम्सालक...
युथ फर नेशनले ग¥यो पशुपति क्षेत्रमा सरसफाई
धर्म/संस्कृति, प्रदेश ३, समाचार, समाज

युथ फर नेशनले ग¥यो पशुपति क्षेत्रमा सरसफाई

काठमाण्डौं । युवाहरुको संस्था युथ फर नेशनले पशुपति क्षेत्रमा सरसफाई सम्पन्न गरेको छ । हरेक हप्ताको सनिबार बिभिन्न क्षेत्रमा सरसफाई आयोजना गर्ने गरेको नेशनले यो हप्ता पशुपति क्षेत्रको सरसफाई गरेको जनाएको छ । करिब १५ जना युवाहरुको समुहले सनिबार बिहान सो क्षेत्रको सरसफाई गरेको नेशनका सल्लाहकार एवं प्रवक्ता सुलभराज बरालले जानकारी दिए । कार्यक्रममा अभियान्ता सरोज खड्का, भद्रगोल हास्य कार्यक्रममा काकु भनिने दिपक आचार्य र अनुमती नेपालीको समेत सहभागिता रहेको बरालले बताए । सो संस्थाले गत हप्ता समेत पशुपति क्षेत्रकै सरसफाई गरेको थियो । त्यस्तै आगामी हप्ताहरुमा भक्तपुर, बनेपा लगायतका धार्मिक एवं पर्यटकिय क्षेत्रहरुको सरसफाई गर्ने योजना रहेको प्रवक्ता बरालले सिभिलखबरलाई जानकारी दिए ।...
गौतम बुद्धको नाममा निर्माणाधिन रंगशालामा मुस्लिम समुदायको सहयोग
अर्थ, खेलकुद, प्रदेश ३, समाज, हाइलाइट-समाचार

गौतम बुद्धको नाममा निर्माणाधिन रंगशालामा मुस्लिम समुदायको सहयोग

गोरखा । चितवनका मुस्लिम समुदायले धुर्मुस सुन्तली फाउण्डेशनद्धारा निर्माणाधिन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालामा आर्थिक सहयोग र श्रमदान गरेका छन् । चितवनका बिभिन्न स्थानमा रहेका ६ वटा मस्जिद ब्यवस्थापन समितिको पहलमा संलकन गरिएको रकम शुक्रबार रंगशालामा पुगेर फाण्डेशनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस) लाई उनिहरुले हस्तान्तरण गरेका हुन । चितवनको नारायणगढमा रहेको बर्कातीया मस्जिद, मक्कि मस्जिद बेलचोक, भरतपूरको नुरी मस्जिद, न्यूरोडको मदनी मस्जिद, मनहरी मस्जिद र झनझने मस्जिदमा संलकन भएको २७ हजार १ सय ८५ रुपैया मुस्लिम समुदायले रंशाला निर्माण सहयोगका लागि हस्तान्तरण गरिएको बर्कातीया मस्जिद ब्यवस्थापन समितिका सचिव आजम खानले जानकारी दिए । ‘रंगशाला सबैको सम्पती हो, यो अभियानमा सहयोग गर्नु हामी सबैको दायित्व र जिम्मेवारी पनि हो’ सचिव खानले भने ‘बुद्धको नाममा बन्दै गरेको रंगशालामा...
छेवेटार टिपर घटनामा १५ लाखको सहमती ः के–के भयो शुक्रबार दिनभर !
प्रदेश ४, समाचार, समाज, हाइलाइट-समाचार

छेवेटार टिपर घटनामा १५ लाखको सहमती ः के–के भयो शुक्रबार दिनभर !

मोहसिन अलि मियाँगोरखा । बिहानै झिसमिसेमा बजारसम्म दुध पु¥याउन जानु गोरखा नगरपालिका १० अमलापानीकी ५२ बर्षिया मनमाया तामाङको दैनिकी थियो । टर्च लाइट बाल्दै तिन माना दुध झोलामा हालेर उनि बिहान ६ बजे गाउँ नजिकैको छेवेटार बजार पुग्ने गर्थिन । शुक्रबार पनि उनको दिनचर्या उस्तै गरी सुरु त भयो तर अन्त्य हुन पाएन । घाम नझुल्किदै घरबाट निस्केकी तामाङलाई दुध बोकेर बजार निस्कदा बाटोमै टिपरले किच्यो र घटनास्थलमै ज्यान गयो । घरै नजिक रहेको गोरखकाली क्रसर उद्योगको परिसरबाटै पैदल हिडेकी तामाङको ग १ ख ८०२७ नम्बरको टिपरले एकाबिहान ज्यान लिएको हो । उनका ३ छोरा र ३ छोरी छन् । २५ वटा सवारीमा आगजनी र तोडफोडएकाबिहानै क्रसरभित्र टिपरको ठक्करबाट तामाङको ज्यान गएको सुचना केहि समयमै गाउँमा फैलियो । एक्कासी घटनास्थलमा वरपरका झण्डै ५ सय मानिस भेला भए । घटनास्थलमा स्थानीय भेला मात्रै भएनन् एकैछिनमा क्रसरलाई रण...