Friday, April 24

समाज

सामुदायिक सेवा केन्द्र गोरखामा श्रेष्ठ
प्रदेश ४, समाचार, समाज

सामुदायिक सेवा केन्द्र गोरखामा श्रेष्ठ

गोरखा । सामुदायिक सेवा केन्द्र गोरखाको अध्यक्षमा शुसिलबाबु श्रेष्ठ (कैलाश) चयन भएका छन् । जिल्ला सदरमुकाममा भएको तेश्रो साधारण सभा एवं दोस्रो अधिवेशनले श्रेष्ठलाई सर्वसम्बत रुपमा अध्यक्षमा चुनेको हो । सेवा केन्द्रका आजिवन तथा साधारण सदस्यहरुको भेलाले रामहरी केसीलाई उपाध्यक्ष, सरदबाबु कट्टेललाई सचिव, काजिराम श्रेष्ठलाई कोषाध्यक्ष र भोला मरहट्टालाई सह–सचिवमा निबिरोध चयन गरेको छ । यसैगरी बाबुराम श्रेष्ठ, देवु मास्के, शान्तीदेवी श्रेष्ठ, मिनादेवी श्रेष्ठ, सुमन श्रेष्ठ, विष्णुबहादुर थापा, अन्जनबाबु खत्री, दण्डपाणी कट्टेल, रिक्त बानियाँ, बिक्रम बस्नेत, शोभा प्रधान दवाडी र फणिन्द्र बानियाँलाई सदस्य बनाइएको छ । १७ सदस्यीय नयाँ कार्यसमितिले जिल्लाको शान्ती सुरक्षा र अपराध नियन्त्रणका लागि विभिन्न सचेतनामुलक कार्यक्रम गर्ने योजना बनाएको छ । ‘बजार क्षेत्रमा जडान गरिएको सिसि टिभीलाई प्रभाव...
अवैद्य लागुपदार्थ गाँजा सहित ३ जना गोरखा प्रहरीको फन्दामा
प्रदेश ४, समाचार, समाज, हाइलाइट-समाचार

अवैद्य लागुपदार्थ गाँजा सहित ३ जना गोरखा प्रहरीको फन्दामा

अवैध लागूऔषध गाँजा सहित गोरखामा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । अजिरकोट गाउँपालिका ५ रातामाटाबाट गाँजा खरिद बिक्रीमा संलग्न भएको आरोपमा मंगलबार ३ जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा अजिरकोट ५ का नरबहादुर नेपाली, काभ्रेको दाप्चा नगरपालिका ४ का १९ वर्षीय सागर तामाङ र चितवनको गीतानगर बस्ने २४ वर्षीय गणेश भुजेल रहेका छन् । इलाका प्रहरी कार्यालय जौवारीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा उनीहरुको साथबाट ६ सय ग्राम गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्एयालय गाेरखाका एसपी ओमप्रसाद अधिकारीले जानकारी दिए ।...
धादिङमा मिनिट्रक दुर्घटना: छ जनाको ज्यान गयाे
प्रदेश ३, समाचार, समाज, हाइलाइट-समाचार

धादिङमा मिनिट्रक दुर्घटना: छ जनाको ज्यान गयाे

धादिङमा यात्रु बोकेको मिनिट्रक दुर्घटना हुदा ६ जनाकाे ज्यान गएकाे छ भने १९ जना घाइते भएका छन । मंगलबार भएको दुर्घटनामा छ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए। घाइतेहरूको जिल्ला अस्पताल धादिङमा उपचार भइरहेको उनले बताए । थप विवरण आउन बाँकी ।
पुनर्निर्माणको पहिलो किस्ता लिएका भूकम्पपीडितको अध्ययन हुँदै
समाचार, समाज, हाइलाइट-समाचार

पुनर्निर्माणको पहिलो किस्ता लिएका भूकम्पपीडितको अध्ययन हुँदै

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले पहिलो किस्ताको अनुदान लिएर हालसम्म पनि बनाउन शुरु नभएका घरका विषयमा अध्ययन गर्न प्रभावित जिल्लाका स्थानीय तहमा सामाजिक परिचालक खटाउने भएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल (टिआई) नेपालले भूकम्पपछिको पुनःनिर्माण पुनःस्थापनामा सदाचार विषयक सार्वजनिक सुनुवाइ कार्यक्रममा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्प प्रभावित ३२ जिल्लामा ९८८ दक्ष निर्माणकर्मी पनि खटाउन लागिएको जानकारी दिए ।...
पहाडी क्षेत्रमा पुनः वर्षा र हिमपातको संभावना
समाचार, समाज

पहाडी क्षेत्रमा पुनः वर्षा र हिमपातको संभावना

पश्चिमी न्यूनचापीय वायुको प्रभावले देशका हिमाली तथा पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना रहेको छ । पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेकाले पश्चिमी भेगका एक/दुई स्थानमा हल्का वर्षा तथा मध्य र पश्चिमी उच्च हिमाली भेगमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाल जनाएको छ । सोमबार फेरि नेपालको पश्चिमी भूभाग हुँदै पश्चिमी न्यूनचापीय प्रणाली विकसित भएकाले पुनः वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद् मञ्जु बासीले बताइन् ।...
दामनमा मृत्यु भएका ८ जना भारतीय पर्यटकको पहिचान खुल्यो
प्रदेश ३, समाज, हाइलाइट-समाचार

दामनमा मृत्यु भएका ८ जना भारतीय पर्यटकको पहिचान खुल्यो

काठमाडौं– मकवानपुरको थाहा नगरपालिकाअन्तर्गत पर्ने दामनस्थित एभरेस्ट पानोरमा रिसोर्टमा अचेत अवस्थामा फेला परी उपचारका क्रममा मृत्यु भएका ८ जना भारतीय पर्यटकको पहिचान खुलेको छ । मृत्यु हुनेमा भारत केरेलका रत केरलाका ३८ वर्षीय रन्जित कप, ३४ वर्षीय इन्द्र कप, ३७ वर्षीय प्रवीण, ३२ वर्षीया सरिया, ५ वर्षीय अभी, ७ वर्षीया अर्चना, ५ वर्षीय बैशनव, ९ वर्षीया बन्द्रा रहेका छन् । मंगलबार बिहान अचेत अवस्थामा फेला परेका उनीहरुको उपचारका क्रममा काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा मृत्यु भएको हो । मंगलबार बिहान अचेत अवस्थामा फेला परेपछि ८ जनालाई नै हे‍लिकोप्टरमार्फत उपचारका लागि ह्याम्स अस्पताल पुर्‍याइएको थियो । प्रहरीका अनुसार १५ जनाको समूहमा अघिल्लो हप्ता घुम्नका लागि भन्दै उनीहरु नेपाल आइपुगेका थिए । पानोरमा रिसोर्टमा सुत्दा उनीहरुले ग्यास हिटर प्रयोग गरेका थिए । कोठाका...
ऐतिहासिक स्थलको संरक्षणमा नागरिक समाजको चासो, बुझाए पुरातत्वलाई ज्ञापनपत्र
धर्म/संस्कृति, पर्यटन, प्रदेश ४, समाचार, समाज, हाइलाइट-समाचार

ऐतिहासिक स्थलको संरक्षणमा नागरिक समाजको चासो, बुझाए पुरातत्वलाई ज्ञापनपत्र

गोरखा । ऐतिहासिक एवं धार्मिक स्थलहरुको संरक्षण र प्रवद्र्धन गर्न माग गर्दै गोरखाका नागरिक समाजले पुरातत्व विभागलाई ज्ञापन पत्र बुझाएका छन । भ्रमण बर्षमा अत्याधिक पर्यटक भित्राउनुपर्ने भन्दै जिल्लाका ऐतिहासिक संरचनाको संरक्षणमा जोड दिन माग गर्दै नागरिक साझा सवाल गोरखाको नेतृत्वमा नागरिक समाजले गोरखा संग्रहालयका प्रमुख नवराज अधिकारी मार्फत पुरातत्व विभागलाई ज्ञापन पत्र बुझाएका हुन् । संयोजक स्थानेश्वर दुवाडीद्धारा हस्ताक्षर गरिएको पत्रमा गोरखा दरवार पुर्ननिर्माणमा भइरहेको लापरवाही र ढिलासुस्तीप्रति ध्यानाकर्षण भएको बताइएको छ । दरवार पुर्ननिर्माणको म्याद सकिदा ४० प्रतिशत पनि काम सम्पन्न हुन नसकेको भन्दै नागरिक साझा सवालले पुरातत्व विभागलाई आवस्यक पहल र ठेकेदार कम्पनीलाई दवाव दिन आग्रह गरेको छ । त्यस्तै भ्रमण बर्षलाई लक्षित गर्दै गोरखा संग्रहालय हप्ताको सातै दिन खुला गर्ने ब्यवस्था मि...
रात्री बसका लागि अस्थायी रुट कायम गराउन माग (भिडियो सहित)
ग्यालरी, भिडिओ, समाचार, समाज, हाइलाइट-समाचार

रात्री बसका लागि अस्थायी रुट कायम गराउन माग (भिडियो सहित)

गोरखाका ग्रामिण सडकमा रात्री बसका लागि हालसम्म अस्थायी रुट कायम हुन नसकेको प्रति यातायात ब्यवसायीले गुनासो गरेका छन् । ग्रामिण भेगमा बर्षौदेखि यातायातका साधन सञ्चालन गरिहेको दरौदी यातायात सेवा कम्पनीका अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठले अस्थायी रुट कायम नहुदा नीतिगत कठिनाई आइपरेको बताए । त्यस्तै गत पुष १० गतेदेखि कम्पनीले सोतीदेखि काठमाण्डौसम्म रात्री बस सेवा सञ्चालन सुरु गरेको छ । रात्री सेवाप्रति यात्रु सन्तुष्ट रहेको बताउदै अध्यक्ष श्रेष्ठले आगामी दिनमा अन्य स्थानबाट समेत सेवा सुरु गर्ने योजना रहेको बताए । हेर्नुस भिडियो । https://www.youtube.com/watch?v=OWe4ExGK4go&fbclid=IwAR1GTG8zKfCBAXYHaL-JagR6S3HFUwh8YPwJEBKgoo5lLSEGX4dUTK-5alo...
खाना खाएर सुतेकी वृद्धाको घाँटी रेटेर हत्या
प्रदेश ४, समाचार, समाज, हाइलाइट-समाचार

खाना खाएर सुतेकी वृद्धाको घाँटी रेटेर हत्या

सिरानचोक गाउँपालिका ८ फिनामटारमा एक वृद्धाको घाँटी रेटेर हत्या गरिएको छ । छोराबुहारीसंग अलग्गै बस्दै आएकी ७० बर्षिया मनमाया श्रेष्ठको बुधबार राती धारिलो हतियार प्रयोग गरेर हत्या गरिएको भेटिएकाे जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । बुधबार खाना खाएर सुतेकी श्रेष्ठ बिहान ढिलासम्म नउठेपछि छिमेकीले खोज्न जादा मृत भेटेका थिए । बिहान करिब ११ बजे खबर आएपछि इलाका प्रहरी चौकी जौबारीबाट टोली खटाइएको थियो । ‘उहाँ घरमा एक्लै बस्नुहुदो रहेछ, खाना खाएर सुतेको मान्छे बिहान ढिलासम्म नउठेपछि छिमेकीले ढोका फोरेर हेर्दा मृत भेटाएछन’ एसपी ओम प्रसाद अधिकारीले भने ‘घाँटीमा धारिलो हतियार प्रहार भएको देखिन्छ ।’ घटनाको छानबिनका लागि बिहिबार नै जिल्ला प्रहरी कार्यालयबाट समेत इन्सपेक्टर राजु खत्रीको नेतृत्वमा टोली खटाइएको एसपी अधिकारीको भनाई छ । ‘हामीले बिहिबार नै इन्स्पेक्टरको कमाण्डमा टोली पठाएका छ...
भीरबाट लडेर युवकको मृत्यु
प्रदेश ४, समाचार, समाज, हाइलाइट-समाचार

भीरबाट लडेर युवकको मृत्यु

माघे सक्रान्ती मेला हेरेर फर्कदा भीरबाट लडेर घाइते भएका एक युवकको मृत्यु भएको छ । शहिद लखन गाउँपालिकाको घैरुङमा मेला हेरेर घर फर्कदै गरेका ताङ्लीचोकका २३ बर्षिय मौसम थापा मगर बुधबार राती बतासे नजिकैको भीरबाट लडेर घाइते भएका थिए । मादक पदार्थ सेवन गरी साथीसंग घर फर्कदै गरेका थापा राती करिब ११ बजे भिरबाट लडेपछि स्थानीयले उद्धार गरेर तांलिचोक स्वास्थ्य चौकी पु¥याएका थिए । शरिरमा घाउचोट नदेखिएपछि होश आउने आशामा उनलाई आफन्त र परिवारले राती नै घर लगेका थिए । घाइते थापाको राती होश आएपनि बिहान एक्कासी समस्या देखिएपछि जिल्ला अस्पताल ल्याइएको थियो । तर अस्पताल पु¥याइए लगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका एसपी ओम प्रसाद अधिकारीले जानकारी दिए ।...