गुम्बाबाटै चल्छ छेकमपारमा वडा कार्यालयको काम
मोहसिन अलि मियाँ
गोरखा । वडा कार्यालयको भवन नहुँदा चुमनुब्री गाउँपालिका ७ मा समस्या भएको छ । भएको भवन गत बर्षको हावाहुरीले उडाएपछि छेकमपारमा रहेको गुम्बाबाट कार्यालयले सेवा दिनुपर्ने बाध्यता छ । साविक छेकमपार ६ ल्हारमा रहेको वडा कार्यालय भवनमा अघिल्लो बर्षको हावाहुरीले पूर्ण क्षती पुरयाएपछि हाल चुम गुम्बाबाट वडा कार्यालयको काम चलाउनु परेको हो ।
‘भएको भवन हावाले उडायो’ वडाध्यक्ष पासाङ फुञ्जो लामाले भने ‘के गर्ने भवन छैन भनेर सेवा रोक्ने कुरा भएन, अहिले गुम्बाबाट सेवा दिइरहेका छौ ।’
भूकम्पले भत्काएको साविकको गाविस भवनलाई पुनर्निमाण गर्न भन्दै छेकमपार पुगेको पिन नामक संस्थाले अघिल्लो बर्ष मात्रै वडा कार्यालय बनाइदिएको थियो । तर निर्माण भएकै बर्ष हुरीले छानोसंगै भवनमा क्षती पु¥याएपछि वडा कार्यालयको बिचल्ली परेको हो ।
‘भवन बनाउन अरु संस्था पनि आएका थिए, पिन भन्ने संस्थाले हामी बनाइदिन्छौ भनेर ज...
