Friday, April 24

समाज

आजदेखि देशभरिका किशोरीलाई क्यान्सरविरुद्धको खोप अभियान सुरु
समाचार, समाज, स्वास्थ्य

आजदेखि देशभरिका किशोरीलाई क्यान्सरविरुद्धको खोप अभियान सुरु

नेपालअखबार,काठमाडौंँ । सरकारले आजदेखि कक्षा ६ मा पढ्ने किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) खोप अभियान देशभरि नै सञ्चालन गर्न थालिएको छ । स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य तथा खोप शाखाका अनुसार आजदेखि फागुन १५ गतेसम्म देशभरिका कक्षा ६ मा पढ्ने किशोरी र विद्यालय बाहिर रहेका १० वर्ष उमेर समूहका किशोरीलाई खोप लगाउन थालिएको छ । अभियानकै क्रममा गत वर्षको एचपिभी खोप अभियानमा छुटेका हाल कक्षा ७ देखि १० सम्म पढ्ने किशोरी र ११ वर्षदेखि १४ वर्षका विद्यालय बाहिरका किशोरी पनि सोही अभियानअन्तर्गत खोप लगाउने र हिमाली तथा हिउँ पर्ने जिल्लामा भने चैतमा सञ्चालन हुने शाखाले जनाएको छ । पाठेघरको मुखको क्यान्सरको जोखिम बढाउने मुख्य कारण ह्युमन पापिलोमा भाइरस सङ्क्रमण रहेकाले त्यसको विरुद्ध एचपिभी खोप लगाउनुपर्ने हुन्छ । कक्षा ६ मा पढ्ने किशोरीलाई विद्यालय र अन्य...
थाक्रे दुर्घटना अपडेट : एक जनाको मृत्यु
दुर्घटना, समाचार, समाज

थाक्रे दुर्घटना अपडेट : एक जनाको मृत्यु

नेपालअखबार,धादिङ । थाक्रे गाउँपालिकास्थित महादेवबेँसी नजिकै दुईवटा यात्रुवाहक बस एकआपसमा ठोक्किएर दुर्घटना भएको छ । काठमाडौँबाट रसुवाका लागि छुटेको बागमती प्रदेश०१००६ख ५२०८ नम्बरको बस र दाङबाट काठमाडौँ जाँदै गरेको प्रदेश३–०१००६ख १५५२ नम्बरको बस आज बिहान ठोक्किएका थिए । दुर्घटनामा एक जनाको मृत्यु भएको र मृतकको पहिचान नभएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरी धादिङका प्रहरी निरीक्षक शिशिर थापाले जानकारी दिए । ठक्करपछि बस अनियन्त्रित भई सडक किनारामा रहेको चिया पसलमा ठोक्किन पुग्दा एक व्यक्तिको मृत्यु भएको उनले जानकारी दिए । प्रहरी निरीक्षक थापाले भने “मृतकको पहिचान भइसकेको छैन । दुर्घटनाका घाइतेहरूको सङ्ख्या एकिन भइसकेको छैन । अहिले उद्धारकार्य जारी छ । ”...
विदेशमा रहेकालाई मतदान र आन्तरिक बसाइँसराइलाई निर्वाचन प्रणालीमा सम्बोधन गर्न माग
समाचार, समाज

विदेशमा रहेकालाई मतदान र आन्तरिक बसाइँसराइलाई निर्वाचन प्रणालीमा सम्बोधन गर्न माग

​नेपालअखबार,काठमाडौँ । देश बाहिर रहेका लाखौं नेपाली र प्रविधिले जोडिएको नयाँ पुस्तालाई भविष्यका निर्वाचनहरूमा समेट्न 'आउट अफ कन्ट्री भोटिङ'  र 'आउट अफ डिस्ट्रिक्ट भोटिङ'को व्यवस्था गर्न सरोकारवालाहरूले माग गरेका छन् । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा ठुलो जनसंख्या मताधिकारबारबाट बञ्जिच हुन लागेको भन्दै उनीहरूले चिन्ता प्रकट गरेका हुन् । ​युथ इनिसिएटिभ र नेपाल मतदाता अधिकार मञ्चद्वारा नयाँ बानेश्वरमा शुक्रबार आयोजित ‘युवा र जेन्जी संवाद’का सहभागीहरूले यस्तो धारणा राखेका हुन् । कार्यक्रममा निर्वाचन विज्ञ, अधिकारकर्मी र युवा प्रतिनिधिहरूले वर्तमान निर्वाचन प्रणालीका चुनौती र सुधारका पाटाहरूबारे छलफल गरेका थिए । निर्वाचनविज्ञ राधिका रेग्मीले मतदानलाई भौगोलिक सीमामा खुम्च्याउन नहुने बताइन् । भनिन्, 'मतदान आवधिक प्रक्रिया मात्र होइन, यो नागरिकको आधारभूत अधिकार हो । बाह्य मतदान र ज...
हत्या गरेर शव खाडलमा लुकाइएको अवस्थामा भेटियो, दुई जना पक्राउ
अपराध, समाचार, समाज

हत्या गरेर शव खाडलमा लुकाइएको अवस्थामा भेटियो, दुई जना पक्राउ

नेपालअखबार, नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिका–९ स्थित सिउरेनीमा एक व्यक्तिको हत्या गरेर शव खाडलमा लुकाइएको अवस्थामा भेट्टिएको छ। स्थानीय ४४ वर्षीय शन्तबहादुर तामाङको शव हत्या गरेर लुकाइएको अवस्थामा बिहीबार बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विक्रम लामाले जानकारी दिए। घटनामा संलग्न रहेको आरोपमा स्थानीय दुई जनालाई पक्राउ गरिएको छ । प्रहरीले पक्राउ परेका व्यक्तिको पहिचान खुलाएको छैन। तीनै जनाले बुधबार रातिसँगै बसेर मादक पदार्थ सेवन गरेको र सोही क्रममा विवाद हुँदा तामाङको हत्या भएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ। मृतक तामाङले लगाएको कपडा घरनजिकै खोलामा रक्ताम्य अवस्थामा भेट्टिएको छ। शव परीक्षणका लागि त्रिशूली अस्पताल लगिएको छ। पक्राउ परेका दुवै जनालाई प्रहरीचौकी बाघखोरबाट जिल्ला प्रहरी कार्यालयमा ल्याएर शुक्रबार नुवाकोट जिल...
चैनपुरमा आगलागी, पन्ध्र लाखको क्षति
समाचार, समाज

चैनपुरमा आगलागी, पन्ध्र लाखको क्षति

नेपालअखबार,सङ्खुवासभा । चैनपुर नगरपालिका–१ याङसिजुङमा आगलागी हुँदा रु १५ लाख बराबरको धनमाल क्षति भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघराज अर्यालका अनुसार गएराति चैनपुर नगरपालिका–१ याङसिजुङका दिलप्रसाद लिम्बूको तीन तल घर पूर्ण रूपमा जलेको हो । आगलागीबाट मानवीय क्षति भएको छैन । प्रहरी र स्थानीयको सहयोगमा चार घण्टापछि आगो निभाइएको थियो।...
वासिङ्टन पोस्टका ३ सयभन्दा बढी पत्रकारले गुमाए जागिर
विश्व, समाचार, समाज, हाइलाइट-समाचार

वासिङ्टन पोस्टका ३ सयभन्दा बढी पत्रकारले गुमाए जागिर

नेपालअखबार,काठमाडौँ  । विश्वप्रसिद्ध अमेरिकी सञ्चारमाध्यम 'वासिङ्टन पोस्ट' ले एकै पटक ३०० भन्दा बढी पत्रकार र कर्मचारीलाई सेवाबाट हटाएको छ । पत्रिकाको व्यवस्थापनले बुधबार बिहान कर्मचारीहरूलाई एक 'स्टाफ कल' मार्फत करिब ३० प्रतिशत जनशक्ति कटौती गरिएको जानकारी दिएको हो । अमेजनका संस्थापक तथा विश्वका तेस्रो धनी व्यक्तिसमेत रहेका जेफ बेजोसको स्वामित्वमा रहेको यो अखबारले आर्थिक संकट र घट्दो पाठक संख्यालाई कारण देखाउँदै यस्तो कदम चालेको जनाएको छ । 'यो अत्यन्तै पीडादायी र कठिन दिन हो,' कार्यकारी सम्पादक म्याट मरेले भने, 'हाम्रो मोडललाई समयसापेक्ष परिवर्तन गर्न नसक्दा यस्तो अप्रिय निर्णय लिनुपरेको हो ।' खेलकुद र पुस्तक विभाग बन्द पुनर्संरचनाका नाममा पोस्टले आफ्नो खेलकुद विभाग (स्पोर्ट्स डेस्क) र पुस्तक खण्ड (बुक्स सेक्सन) पूर्ण रूपमा बन्द गरेको कोलम्बिया जर्नलिजम् रिभ्यूले लेखेको छ । त्यस...
क्यान्सरबाट हरेक वर्ष दश लाख मानिसको मृत्यु
समाचार, समाज, स्वास्थ्य, हाइलाइट-समाचार

क्यान्सरबाट हरेक वर्ष दश लाख मानिसको मृत्यु

नेपालअखबार,काठमाडौँ । आज विश्व क्यान्सर दिवस, यो रोगप्रति चेतना अभिवृद्धि गर्ने, यसको रोकथाम, समयमै पहिचान र उपचारमा जोड दिने उद्देश्यका साथ हरेक वर्ष फेब्रुअरी ४ का दिन विश्वभर विश्व क्यान्सर दिवस विविध चेतनामूलक कार्यक्रमका साथ मनाइन्छ । सन् २००० मा फ्रान्सको पेरिसमा आयोजित ‘नयाँ सहस्राब्दीका लागि क्यान्सरविरुद्ध विश्व शिखर सम्मेलन’बाट पारित ‘चार्टर अफ पेरिस अगेन्स्ट क्यान्सर’ पछि यो दिवस चेतनामूलक कार्यक्रमका साथ मनाउन प्रारम्भ भएको हो । विश्व स्वास्थ्य सङ्ठन (डब्ल्यूएचओ)का अनुसार हरेक वर्ष करिब १० लाख मानिसको क्यान्सरका कारण मृत्यु हुने गरेएको छ । धूमपान, तमाखु सेवन, अस्वस्थ जीवनशैली यो रोगका प्रमुख कारण हुन् ।...
सिगाना बन्यो ‘सुन्तला गाउँ’, भित्रियो ४ करोड
कृषि, समाचार, समाज

सिगाना बन्यो ‘सुन्तला गाउँ’, भित्रियो ४ करोड

नेपालअखबार,गलकोट (बागलुङ) । सिगाना अर्थात् ‘सुन्तला गाउँ’ । सुन्तला गाउँका रूपमा परिचय कमाइसकेको बागलुङ नगरपालिका-८ सिगानाका किसानले बर्सेनि सुन्तला उत्पादमा वृद्धि गरिरहेका छन् । गत वर्ष पाँच लाखमा धादिङका व्यापारीलाई सुन्तला बगैँचा जिम्मा लगाउका अनन्त खड्काले यसपटक भने सात लाख ५० हजारमा सुन्तला बगैँचा एकमुष्ट बिक्री गरे । यस वर्ष सुन्तला बिक्रीबाट सिगानामा चार करोड भित्रिएको छ । खड्काले यस वर्ष उत्पादनसँगै सुन्तलाको मूल्य राम्रो पाएकामा खुसी व्यक्त गरे । आफूजस्ता एक सयभन्दा बढी किसानले एक लाखदेखि सात लाखसम्म रकम गाउँ भित्र्याएको बताए । अन्य किसानले पनि धेरैथोरै रकम भित्र्याउँदै आएका छन् । सुन्तला उत्पादनको तथ्याङ्क भने वडा कार्यालयले नभई गाउँको गणेश कृषि सहकारीले राख्दै आएको छ । सिगानाका सुन्तला स्वादिष्ट हुने भएकाले यहाँका सुन्तलाको बजार पोखरा, काठमाडौं र चितवनमा छ । कोदो बा...
पोखराको लेकसाइडलाई पर्यटनमैत्री बनाउन अभियान सुरु
पर्यटन, समाचार, समाज

पोखराको लेकसाइडलाई पर्यटनमैत्री बनाउन अभियान सुरु

नेपालअखबार,पोखरा । पर्यटकीय राजधानी पोखराको मुख्य गन्तव्य लेकसाइड क्षेत्रलाई थप सुरक्षित र पर्यटनमैत्री बनाउन पोखरा पर्यटन परिषद्ले विशेष अभियान सुरु गरेको छ। लेकसाइडमा आउने पर्यटकहरूले पूर्ण रूपमा सुरक्षित महसुस गरून् र यहाँको वातावरण शान्त रहोस् भन्ने उद्देश्यले सरोकारवाला निकायहरूसँगको समन्वयमा यो कार्य थालिएको हो। परिषद्ले वडा प्रहरी कार्यालय बैदाम, पर्यटन प्रहरी, महानगर प्रहरी, वडा प्रतिनिधि र पर्यटन सम्बद्ध विभिन्न सङ्घसंस्थाहरूसँग साझेदारी गर्दै अभियान अघि बढाएको छ। पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीका अनुसार लेकसाइड क्षेत्रमा कुनै पनि अवाञ्छित गतिविधि हुन नदिन र तत्काल सूचना आदानप्रदान गर्न एउटा ‘ह्वाटस् एप’ ग्रुप समेत तयार गरिएको छ। अवाञ्छित गतिविधि भएको देख्नासाथ ग्रुपमा वा सम्बन्धित निकायमा खबर गरी तत्काल एक्सन लिने व्यवस्था मिलाइएको छ। परिषद्का महासचिव जीवनराज सा...
तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावितको मुआब्जा निर्धारण
अर्थ, समाचार, समाज

तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावितको मुआब्जा निर्धारण

नेपालअखबार, दमौली (तनहुँ) । ऋषिङ गाउँपालिका-१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित १० घरपरिवारलाई मुआब्जा निर्धारण गरिएको छ । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा हालै बसेको मुआब्जा निर्धारण समितिको बैठकले लोक्पा, धारापानी, धोक्लाक, बुल्साट र झापुटार क्षेत्रमा आयोजना निर्माणका क्रममा भएको क्षतिका आधारमा मुआब्जा निर्धारण गरिएको आयोजनाले जनाएको छ । यस्तै, समितिको स्थलगत निरीक्षण प्रतिवेदनका आधारमा व्यास नगरपालिका–१४ सोेढेमा दमौली भरतपुर प्रसारण लाइनअन्तर्गत टावरको रिटेनिङ वाल निर्माणका क्रममा क्षति पुगेका सुन्तलाका बोटको क्षतिपूर्ति निर्धारण गरिएको छ साथै जलाशय तथा बफर जोन क्षेत्रमा पर्ने ऐलानी प्रयोगकर्ता तथा अव्यवस्थित बसोबासीले माग गरेको क्षतिपूर्तिको विषयलाई सम्बोधन गर्न मुआब्जा निर्धारण समितिको बसेको थियो । बैठकले मन्त्रिपरिषद् बैठकबाट आ...