Thursday, August 6

समाज

महिला सरकारी वकिलहरूको राष्ट्रिय सम्मेलन सोमबारदेखि काठमाडौँमा
समाचार, समाज

महिला सरकारी वकिलहरूको राष्ट्रिय सम्मेलन सोमबारदेखि काठमाडौँमा

नेपालअखबार,काठमाडौँ । महिला सरकारी वकिलहरूको पहिलो राष्ट्रिय सम्मेलन भोलि (सोमबार) देखि काठमाडौँमा सुरु हुने भएको छ। 'महिला सरकारी वकिलको सशक्तीकरण: फौजदारी न्याय प्रणालीको सुदृढीकरण' भन्ने नाराका साथ महान्यायाधिवक्ताको कार्यालयले यो दुई दिने सम्मेलन आयोजना गर्न लागेको हो। आइतबार आयोजित पत्रकार सम्मेलनमा सहन्यायाधिवक्ता मीना गुरुङले दिएको जानकारीअनुसार, भोलि (सोमबार) र पर्सि (मंगलबार) सम्म चल्ने यस सम्मेलनमा देशभरका महिला सरकारी वकिलहरूको सहभागिता रहनेछ। सम्मेलनमा ५ वटा कार्यपत्र प्रस्तुत गरिनेछ र त्यसपछि घोषणापत्र जारी गरिनेछ। सम्मेलनले महिला सरकारी वकिलहरूको पेसागत क्षमता अभिवृद्धि, नेतृत्व विकास र लैङ्गिक समानता लगायतका विषयमा छलफल गर्ने सहन्यायाधिवक्ता गुरुङले बताएकी छिन्।...
आज राति खग्रास चन्द्रग्रहण
समाचार, समाज

आज राति खग्रास चन्द्रग्रहण

नेपालअखबार,काठमाडौँ  । भाद्र शुक्ल पूर्णिमाका दिन आज राति खग्रास (पूरै ढाकिने) चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । ग्रहणले आज राति १० बजेर ११ मिनेटमा स्पर्श गर्ने समितिले स्वीकृति दिएको पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ । खगोलको क्षेत्रमा काम गर्ने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले भने राति १०ः१२ बजे चन्द्रग्रहण सुरु हुने जनाएको छ । समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख भए अनुसार आज राति ११ः५६ मा चन्द्रग्रहणको मध्य हुनेछ । राति १ः४१ बजे ग्रहण सकिने समितिका अध्यक्ष शम्भुप्रसाद ढकालले जानकारी दिए । साढे तीन घण्टा काठमाडौँबाट चन्द्रग्रहण देखिने पनि उनले बताए । पृथ्वीले सूर्यलाई पूर्णरुपमा छेक्दा पूरा चन्द्रमा ढाकिने अवस्था नै खग्रास चन्द्रग्रहण हो । पृथ्वी, सूर्य र चन्द्रमा एउटै सूत्रमा पर्दा पृथ्वीको छायाँ चन्द्रमामा पर्नु नै चन्द्रग्रहण हो । यसै वर्ष आग...
आज मध्यपुरथिमिमा जिब्रो छेड्ने जात्रा, नगर परिक्रमा गरिँदै
समाचार, समाज

आज मध्यपुरथिमिमा जिब्रो छेड्ने जात्रा, नगर परिक्रमा गरिँदै

नेपालअखबार,भादगाउँ (भक्तपुर) । आश्विन शुक्ल पूर्णिमाका अवसरमा आज साँझ मध्यपुरथिमिमा ‘येंया पुन्ही म्ये प्वाः खनेगु जात्रा’ (जिब्रो छेड्ने जात्रा) हुँदैछ । जात्रा मध्यपुरथिमि–५ दिगुलीस्थित दिगुभैरव डबलीबाट साँझ ७ः०० बजे सुरु हुन्छ । यस वर्ष पनि मध्यपुरथिमि–४ बालकुमारीका साहसी संस्कृतिप्रेमी युवा वीरेन्द्रभक्त गजु श्रेष्ठले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिँदैछन् । मध्यपुरथिमिमा दुईवटा जिब्रो छेड्ने जात्रा प्रचलनमा रहेको छ । पहिलो बिस्काः जात्राका अवसरमा प्रत्येक वर्ष वैशाख २ गते बोडेमा हुने जिब्रो छेड्ने जात्रा र दोस्रो इन्द्रजात्राको भोलिपल्ट अर्थात् आश्विन शुक्ल पूर्णिमाको दिन थिमिमा मनाइने ‘येंया पुन्ही म्ये प्वाः खनेगु जात्रा’ । दुवै जात्राको आआफ्नै विशेषता छ । बोडेको जिब्रो छेड्ने जात्रामा एक जनाले मात्र जिब्रो छेडाउने प्रचलन रहेको छभने यो जात्रा परिक्रमा गरिने निश्चित प्रदिक्...
प्यालेस्टाइन एक्सन समूहमाथि प्रतिबन्धको विरोधमा लन्डनमा प्रदर्शन, ४२५ भन्दा बढी पक्राउ
राजनीति, विश्व, समाचार, समाज

प्यालेस्टाइन एक्सन समूहमाथि प्रतिबन्धको विरोधमा लन्डनमा प्रदर्शन, ४२५ भन्दा बढी पक्राउ

नेपालअखबार,लन्डन । बेलायतमा प्यालेस्टाइन एक्सन नाम गरेको समूहमाथि प्रतिबन्ध लगाइएपछि सोको विरोधमा भएको प्रदर्शनमा ४२५ भन्दा बढी व्यक्ति पक्राउ परेका छन् । प्रतिबन्धको विरोधमा सयौं मानिसहरू मध्य लन्डनमा रहेको पार्लियामेन्ट स्क्वायरमा भेला भएका थिए । धेरैजसो प्रदर्शनकारीहरूले हातमा प्लेकार्ड बोकेका थिए जसमा ‘म नरसंहारको विरोध गर्छु, म प्यालेस्टाइन एक्सनलाई समर्थन गर्छु ।’ भनेर लेखिएको थियो । महानगरीय प्रहरीले बताएअनुसार पक्राउ परेका अधिकांश व्यक्तिहरू प्रतिबन्धित सङ्गठनका समर्थक हुन् । २५ भन्दा बढी व्यक्तिहरूलाई प्रहरी अधिकारीहरूमाथि आक्रमण गरेको र सार्वजनिक व्यवस्था खलल पारेको अपराधमा पक्राउ गरिएको बताइएको छ । सरकारले आतंकवाद ऐन अन्तर्गत जुलाईमा प्यालेस्टाइन एक्सनमाथि प्रतिबन्ध लगाएको थियो । यस कानुन अन्तर्गत, सङ्गठनको सदस्यता लिनु वा संगठनलाई समर्थन गर्नु अपराध हो । यो अपराध गरे...
आज न्वांगी पर्व मनाउँदै चेपाङ समुदाय
धर्म/संस्कृति, समाचार, समाज

आज न्वांगी पर्व मनाउँदै चेपाङ समुदाय

नेपालअखबार,चितवन । चेपाङ समुदायले आज न्वांगी (छोनाम) पर्व मनाउँदैछन् । सो समुदायले राष्ट्रिय एवं धार्मिक पर्वका रूपमा न्वांगी पर्व हरेक वर्ष भदौ २२ गते सामूहिक रूपमा मनाउँदै आएका छन् । न्वांगी पर्व भदौ महिनाभरि नै मनाउने भए पनि २२ गते भने सामूहिक रूपमा भेला भएर विभिन्न सांस्कृतिक कार्यक्रम गरी मनाउँदै आएका छन् । यस वर्ष चितवनको इच्छाकामना गाउँपालिका–६ कालिखोलामा देशभरका चेपाङ एकै ठाउँमा भेला भएर न्वांगी मनाउन लागिएको नेपाल चेपाङ सङ्घका केन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङले जानकारी दिए। उनका अनुसार चेपाङ बाहुल्यता रहेको चितवन, मकवानपुर, धादिङ र गोरखामा हरेक वर्ष पालैपालो गरी भदौ २२ गते राष्ट्रिय पर्व न्वांगीलाई उत्सवका रूपमा मनाउने गरिएको छ । उक्त उत्सवमा सहभागी हुन नपाउनेले आआफ्नो घर र टोलटोलमा मनाउने गर्छन् । भदौ २२ गते सामूहिक रूपमा न्वांगी मनाउँदै आए पनि आफ्नो कूलअनुसार चेपाङ समुदा...
काठमाडौँ महानगरमा बढे डेङ्गी  सङ्क्रमणका विरामी
समाचार, समाज, स्वास्थ्य

काठमाडौँ महानगरमा बढे डेङ्गी सङ्क्रमणका विरामी

नेपालअखबार,काठमाडौँ । काठमाडौँ महानगरपालिकाले डेङ्गी सङ्क्रमणको जोखिम आगामी कात्तिकसम्म रहने भएकाले थप सचेत रहन आग्रह गरेको छ । पछिल्लो समय  कामपाको ३२ वटै वडामा डेङ्गीका बिरामी बढेका कामपा  स्वास्थ्य विभागले जानकारी दिएको छ । भदौदेखि आगामी कात्तिकसम्म डेङ्गी सङ्क्रमणको जोखिक बढी रहेकाले कामपाले थप सचेत रहन आग्रह गरेको हो । पछिल्लो समय कामपा डेङ्गी सङ्क्रमित पनि बढिरहेकाले यसले महामारीको रूप समेत लिन सक्ने भन्दै कामपाले अलि बढीनै सचेत रहन आग्रह गरेको कामपा स्वास्थ्य विभागका महामारी रोग रोकथाम तथा नियन्त्रण फोकलपर्सन ऋषिप्रसाद भुसालले जानकारी दिए । भुसालका अनुसार, स्थानीय सरकार वा केन्द्रीय सरकारले उक्त रोग नियन्त्रणका लागि यो गरे वा गरेनभन्दा पनि प्रत्येक नागरिकले घरघरबाट डेङ्गी सङ्क्रमण नियन्त्रणको लागि पहल गरे ठूलो समस्याको सामना गर्नुगर्दैन त्यसैले यसको लागि नागरिक आफैँ पनि जिम्मे...
शुक्रबार एकैदिन ३४ विपद्का घटना
समाचार, समाज

शुक्रबार एकैदिन ३४ विपद्का घटना

नेपालअखबार,काठमाडौँ  । शुक्रबार देशभर कूल ३४  विपद्का घटना घटेका छन् । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पहिरो, अविरल वर्षा, चट्याङ, आगलागी, जनावर आक्रमणजस्ता विपद्का घटना घटेका छन् । विपद्‌मा परेर एकको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । विभिन्न पाँच वटा सडकमा अवरोध भएका छन् भने अनुमानित क्षति तीन लाख ९५ हजार बराबर भएको छ । प्राधिकरणका अनुसार, पाँचथर, ताप्लेजुङ, लम्जुङ, मुस्ताङ, रोल्पा, रुकुमपूर्व, सुर्खेत, जाजरकोट, रुकुम पश्चिम, डोटी, बझाङ र सोलुखुम्बुमा पहिरोकारण जनजीवन प्रभावित भएको छ यस्तै, सोलुखुम्बु, कास्की, दाङ, कालिकोट,रुकुम पश्चिम, बैतडी, डडेल्धुरामा अविरल वर्षाका घटना भएका न् । यसैगरी बझाङ, सुनसरी, ओखलढुंगा, रुपन्देही, सर्खेत, मुगु, कैलालीमा चट्याङका घटना भएका छन् । यस्तै, सर्लाही, बर्दिया, कञ्चनपुर र डोटीमा जनावर आक्रमणको घटना घटेको...
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
समाचार, समाज

सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट

नेपालअखबार, काठमाडौँ । विभिन्न सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस भएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रिट निवेदन पेस गरेका हुन् ।नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध आफूले शुक्रबार सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको वरिष्ठ अधिवक्ता त्रिपाठीले बताए । उनले भने, ‘मैले रिट निवेदन पेस गरेको छु । दर्ताको प्रक्रियामा छ ।’ सरकारको उक्त निर्णयले संविधान प्रदत्त मौलिक हक कुण्ठित भएको रिट निवेदकको जिकिर छ । संविधानले विचार, अभिव्यक्तिका साथै सञ्चारको स्वतन्त्रता प्रदान गरेको तर सरकारको उक्त निर्णयले जनताका ती संविधान प्रदत्त अधिकार कुण्ठित हुन पुगेको रिट निवेदनमा उल्लेख छ । रिट निवेदक त्रिपाठीले कुनै पनि सामाजिक सञ्जालको प्रयोग र सञ्चालनमा बाधा नपु¥याउन विपक्षीहरूको नाममा प्रतिषेधको आदेश माग गरेका छन् ।...
८ कडा रोगको एकीकृत सुविधा स्वास्थ्य बीमा मार्फत पाउने
समाचार, समाज, स्वास्थ्य

८ कडा रोगको एकीकृत सुविधा स्वास्थ्य बीमा मार्फत पाउने

नेपालअखबार,काठमाडौं । स्वास्थ्य बीमामा आबद्ध भएका नागरिकहरूले आठ प्रकारका कडा रोगको उपचार तथा विपन्न नागरिकको एकीकृत सुविधा आउँदो १ कात्तिकदेखि पाउने भएका छन् । स्वास्थ्य मन्त्रालयले सामाजिक स्वास्थ्य सुरक्षाका कार्यक्रमहरूलाई एकीकृत गर्ने निर्णयअनुसार आगामी कार्तिक देखि यो व्यवस्था लागु गर्न लागेको हो । एकीकृत सुविधाको कार्यान्वयनका लागि मन्त्रालयले हालसालै ‘विपन्न नागरिक औषधि उपचार कार्यक्रम सञ्चालन निर्देशिका २०८२ (पहिलो संशोधन)’ स्वीकृत गरेका थियो । संशोधित निर्देशिकाअनुसार, विपन्न नागरिकले पाउँदै आएको उपचार सुविधाको सम्पूर्ण भुक्तानी स्वास्थ्य बीमा बोर्डमार्फत हुने व्यवस्था गरिएको थियो । सेवा निरन्तरताका लागि असोजभित्र बीमा अनिवार्य यो सुविधा १ कात्तिकदेखि स्वास्थ्य बीमा प्रणालीमार्फत मात्र उपलब्ध हुने भएकाले हाल उपचार सेवा लिइरहेका वा नयाँ सेवा लिन चाहने सबै विपन्न...
भूकम्पमा परी अफगानिस्तानमा मृत्यु हुनेको संख्या २२ सय कट्यो
विदेश, समाचार, समाज

भूकम्पमा परी अफगानिस्तानमा मृत्यु हुनेको संख्या २२ सय कट्यो

नेपालअखबार,काठमाडौँ । भूकम्पमा परी अफगानिस्तानमा मृत्य हुनेको संख्या २ हजार २०० नाघेको छ। गत आइतबार मध्येरातमा पाकिस्तानसँग सिमा जोडिएको नांगरहार प्रान्तको जलालवाद सहरबाट १७ किलोमिटर उत्तरपूर्वी भूभागलाई केन्द्रबिन्दु बनाएर ६ म्याग्नेच्युडको भूकम्प गएको थियो। बिहीबारसम्म मृत्यु हुनेको संख्या २ हजार २०५ पुगेको तालिबानी सरकारी अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ। घाइतेहरूको संख्या ३ हजार ५ सय नाघेको छ। तीमध्ये धेरै जना गम्भीर घाइते भएकाले मृतकको संख्या बढ्न सक्ने भनिएको छ। ६ म्याग्निच्युडको भूकम्पपछि पनि पराकम्पनहरू आइरहेका छन्। दुईपटकसम्म ५ म्याग्निच्यूडभन्दा बढी तीव्रताका भूकम्प गइसकेको छ। बिहीबार राति ८:५६ बजे ५.६ म्याग्निच्युडको भूकम्प गएको छ। सो पराकम्पनबाट थप मानिसको मृत्यु भएको रिपोर्ट आएको छैन। यद्यपि कुनार र नांगरहर क्षेत्...