बैतडीमा राति गाडी चलाउन रोक
नेपालअखबार,काठमाडौं । अविरल वर्षाका कारण बाढीपहिरोको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय बैतडीले रातिको समयमा राजमार्ग र सहायक सडकमा सवारीसाधन सञ्चालनमा रोक लगाएको छ । जिल्लावासीलाई पनि आकस्मिक अवस्थामा बाहेक यात्रा नगर्न आह्वान गरेको छ ।
तीन दिनदेखि लगातार वर्षा हुँदा सुदूरपश्चिम प्रदेशका बैतडीसहितका जिल्लाको जनजीवन प्रभावित भएको छ । महाकाली नदीको सतह बढेकाले किनारका बासिन्दालाई चनाखो रहन आग्रह पनि गरिएको छ ।
बैतडीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले विपदको जोखिम भएकाले स्थानीय उच्च सतर्कता अपनाउन, जोखिम भएका स्थानमा नबस्न र अति आवश्यक नभई यात्रा नगर्न भनिएको जानकारी दिए ।
साथै कुनै विपद्जन्य घटना भएको अवस्थामा तत्काल परिचालित हुनेगरी तयारी अवस्थामा रहन पनि सुरक्षाकर्मीसहित जिम्मेवार निकायहरुलाई भनिएको उनले बताए ।
जिल्ला प्रशासन कार्यालयले मनसुनजन्य विपद्का सम्भावनालाई मध्यनज...










