Saturday, August 29

स्वास्थ्य

भारतमा कोरोना : एकै दिन ११२० को मृत्यु, ४५ हजार भन्दा धेरैमा संक्रमण
विश्व, स्वास्थ्य

भारतमा कोरोना : एकै दिन ११२० को मृत्यु, ४५ हजार भन्दा धेरैमा संक्रमण

नेपाल अखबार, एजेन्सि। भारतमा कोरोना भाइरसबाट हुने संक्रमण र मृत्युदर तीब रुपमा बढ्न थालेको छ। पछिल्लो २४ घण्टामा मात्रै भारतमा ४५ हजार पाँच सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस अवधिमा भारतमा एक हजार एक सय २० जनाले ज्यान गुमाएका भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २९ हजार आठ सय ९० पुगेको छ। त्यहाँ संक्रमितको संख्या १२ लाख ३९ हजार ६ सय ८४ पुगेको छ। भारतमा लकडाउन हटेसँगै कोरोना संक्रमण र मृत्युदर तीब्र रुपमा बढ्न थालेको छ।...
नेपालमा थप १०० जनामा कोरोना पुष्टि
समाचार, स्वास्थ्य

नेपालमा थप १०० जनामा कोरोना पुष्टि

नेपाल अखबार, , काठमाडाैं। पछिल्लो २४ घण्टामा नेपालमा थप १०० जनामा कारोना संक्रमण पुष्टि भएको छ। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप १०० जनाको पीसीआर परीक्षण रिपोर्ट पोजिटिभ आएको बताए। प्रवक्ता गौतमका अनुसार सक्रिय संक्रमितको संख्या ५ हजार ३७० रहेको छ। पछिल्लो ३७७९ जनाको पीसीआर परीक्षण गरिएको थियो। त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप २०७ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या १२ हजार ६८४ पुगेको छ।...
राजविराजमा स्वास्थ्यकर्मीसहित १३ जनामा कोरोना संक्रमण
समाचार, स्वास्थ्य

राजविराजमा स्वास्थ्यकर्मीसहित १३ जनामा कोरोना संक्रमण

नेपाल अखबार, सप्तरी । सप्तरी सदरमुकाम राजविराजमा बुधबार स्वास्थ्यकर्मीसहित १३ जनामा कोरोना संक्रमण देखिएको छ । राजविराज नगरपालिका–२ का ३१ बर्षीय पुरुष, राजविराज ३ का ६३, ३२ र २३ बर्षीय पुरुष, राजविराज ६ का ३२ र ३६ बर्षीया महिला, तथा ४० र ४३ वर्षका पुरुष संक्रमित देखिएका छन् । राजविराज वडा नम्बर ७ का २० बर्षीय पुरुष र ४०, १७, १५ र १५ बर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । सप्तरीकै तथा अग्निसाइर कृष्णासवरण गाउँपालिका १ का एक पुरुष संक्रमित देखिएका छन् । अस्पतालका नर्स र स्वीपरलाई संक्रमण राजविराजस्थित एक मात्र सरकारी अस्पताल गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालका एक नर्स र एक स्वीपरलाई कोरोना संक्रमण पुष्टि भएको छ । एक जना अस्पतालभित्रको आकस्मिक कक्षमा कार्यरत नर्स र र अर्का एक स्वीपर रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियाँलाल यादवले जानकारी दिए । भारतमा झण्डै ४ महिना बसेर आए...
कर्णालीमा ३ बालबालिकासहित थप २२ जनामा कोरोना संक्रमण
प्रदेश ७, समाचार, स्वास्थ्य

कर्णालीमा ३ बालबालिकासहित थप २२ जनामा कोरोना संक्रमण

नेपाल अखबार, सुर्खेत । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा तीनजना बालबालिकासहित २२ जना कोरोना भाइरस (कोभिड-१९) का संक्रमित थपिएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला र दैलेख अस्पतालको प्रयोगशालामा भएको परीक्षणबाट बुधबार थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । प्रदेशको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार थपिएका संक्रमित १६ जना दैलेख र ६ जना कालीकोटका हुन् । दैलेखका संक्रमितहरु ठाँटीकाँध गाउँपालिकाको वडानम्बर १, २, ३, ४ र ६ का दुईजना मिहला र १४ जना पुरुष रहेका छन् । यस्तै, कालीकोटको रास्कोट नगरपालिका वडानम्बर २ की एक वर्षे बालिका, १८ महिने र तीन वर्षे बालक, २२ र २४ वर्षीया युवती रहेका छन् भने वडानम्बर ८ का २१ मर्षीय युवक रहेका छन् । यससँगै कर्णालीमा कोरोना संक्रमितको संख्या १७८३ पुगेको छ । यस्तै, कर्णालीमा बुधबार मात्रै १३ जना डिस्चार्ज भएका छन् । यो...
२४ घण्टामा नेपालमा थप १५० जनामा कोरोना संक्रमण पुष्टि
समाचार, स्वास्थ्य

२४ घण्टामा नेपालमा थप १५० जनामा कोरोना संक्रमण पुष्टि

नेपाल अखबार, काडमाडाैं। पछिल्लो २४ घण्टामा नेपालमा थप १५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले देशभरका परीक्षण केन्द्रमा गरिएको परीक्षणमा थप १५० जनाको पीसीआर रिपोर्ट पोजिटिभ देखिएको बताए। योसँगै नेपालमा काेराेना संक्रमितको संख्या  १७ हजार ९९४  पुगेकाे छ भने सक्रिय संक्रमितको संख्या ५ हजार ४७७ रहेको छ। पछिल्लो २४ घण्टामा २७ परीक्षण केन्द्रमा ३ हजार ९६३ जनाको पीरीआर परीक्षण गरिएको थियो। नेपालमा पछिल्लो २४ घण्टामा थप ६०९ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन्। योसँगै नेपालमा उपचारपछि कोरोनालाई जितेर घर फर्कनेको संख्या १२ हजार ४७७ पुगेको छ। प्रवक्ता गौतमका अनुसार नेपालमा कोरोनाका कारण अहिलेसम्म ४० जनाको ज्यान गइसकेको छ।...
विश्वमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुने व्यक्तिको संख्या ६ लाख १३ हजार नाघ्यो
विश्व, स्वास्थ्य

विश्वमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुने व्यक्तिको संख्या ६ लाख १३ हजार नाघ्यो

नेपाल अखबार, एजेन्सी । विश्वमा कोरोना भाइरस संक्रमणको कारण ६ लाख १३ हजार  ५४२ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० ले मङ्गलबार जानकारी दिएको छ । सो संगठनकाअनुसार मङ्गलबारसम्म विश्वभरीमा १ करोड ४८ लाख ६६ हजार ३९४ जना व्यक्ति कोरोना  संक्रमित भएका छन् । संक्रमित मध्ये हालसम्म ८९ लाख २३ हजार ९५६ व्यक्ति कोरोना मुक्त भएका छन् ।  विश्वभरमा ५३ लाख  २८ हजार ८९६ व्यक्ति कोरोना भाइरस संक्रमित रहेका उनीहरुको उपचार भइरहेको छ ।  संक्रमितहरु मध्ये  ६३ हजार ६९९ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र ३९ लाख  ६१ हजार ५५६ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् ।  यस प्रकोपका कारण अमेरिकामा १ लाख ४३ हजार...
गण्डकीमा थपिए १६ जना कोरोना संक्रमित
प्रदेश ४, समाचार, स्वास्थ्य

गण्डकीमा थपिए १६ जना कोरोना संक्रमित

नेपाल अखबार, पाेखरा। गण्डकी प्रदेशमा मं‌गलबार फेरि १६ जना कोरोना भाइरस (कोभिड-१९)का नयाँ संक्रमित थपिएका छन् । क्षयरोग उपचार केन्द्र पोखरामा भएको परीक्षणबाट मंगलबार थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार थपिएका १६ जाना मध्ये ७ जना स्याङजाको पुतलीबजारका ७ जना रहेका छन् । तीमध्ये ३ जना नयाँ पुष्टि भएका हुने भने ४ जना यसअघि गणना हुन छुटेका गल्याङ र वालिङका हुन् । यस्तै, लमजुङका राईनाश का ३ पुरुष, बेशीसहर, सुन्दरबजार र मध्यनेपालका ३ गरी ६ जना पुरुष रहेका छन् । अन्य ३ जना बागलुङको बागलुङ नगरपालिका र जैमिनीका रहेका छन् । मंगलबार बिहानै मात्रै गण्डकीमा  ९ जनामा काेराेना संक्रमण पुष्टिभएको थियो । यससँगै गण्डकीमा मंगलबार मात्रै २५ मा संक्रमण पुष्टि भएको छ भने जम्मा संक्रमित संख्या १३४५ पुगेको छ ।...
गण्डकीमा थप ९ जनामा कोरोना पुष्टि
प्रदेश ४, समाचार, स्वास्थ्य

गण्डकीमा थप ९ जनामा कोरोना पुष्टि

नेपाल अखबार, पोखरा । गण्डकीमा थप ९ जना कोरोना संक्रमित भेटिएका छन् । यो सँगै प्रदेशमा कुल संक्रमितको संख्या १३२९ पुगेको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार म्याग्दी, बागलुङ र स्याङ्जामा गरि ९ संक्रमित थपिएका हुन् । आज थपिएका संक्रमितमध्ये म्याग्दीको अन्नपूर्णमा २ र बेनीमा १ पुरुष संक्रमित थपिएका छन् । यसैगरी, स्याङ्जाको फेदीखोलामा र बागलुङको ताराखोलामा ३, ३ जना संक्रमित थपिएका छन् । संक्रमितमध्ये १ हजार २० जनाले कोरोना जितेर घर फर्कि सकेका छन् । ४ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।...
डब्ल्यूएचओले कोरोना भ्याक्सिन बनाउने वैज्ञानिकलाई  दियो बधाइ
विश्व, स्वास्थ्य, हाइलाइट-समाचार

डब्ल्यूएचओले कोरोना भ्याक्सिन बनाउने वैज्ञानिकलाई दियो बधाइ

नेपाल अखबार, एजेन्सि । कोरोना भाइरसविरुद्धको भ्याक्सिनबाट सकारात्मक परिणाम प्राप्त भएकोलाई विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) स्वागत गरेको छ । भ्याक्सिन बनाउने अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरुलाई डब्ल्यूएचओले बधाइसमेत दिएको छ । यद्यपि फैलिँदो संक्रमणबाट लड्नका लागि अझै धेरै काम गर्न बाँकी रहेको डब्ल्यूएचओले जनाएको छ । जेनेभामा एक प्रेस कन्फ्रेन्समा बोल्दै डब्ल्यूएचओका आपतकालीन कार्यक्रमका निर्देशक डा. माइक रेयानले अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकलाई बधाइ दिँदै भने, ‘यो सकारात्मक परिणाम हो । तर अझै लामो यात्रा तय गर्न बाँकी छ ।’ उनले ठूलो संख्यामा परीक्षण गर्नुपर्ने पनि बताएका छन् । अक्सफाेर्ड  विश्वविद्यालयका वैज्ञानिकहरुले निर्माण गरेकाे खाेपलाई आशलाग्दो खोपको रुपमा हेरिएको छ । यद्यपि यसको अन्य सुरक्षात्मक उपाय र ठूलो समूहमा गरिने परीक्षण भने चलिरहेको छ । कोरोनाविरुद्ध हाल विश्वभ...
कोरोना अपडेट : बितेको २४ घण्टामा १८६ जना संक्रमित थपिए
समाचार, स्वास्थ्य

कोरोना अपडेट : बितेको २४ घण्टामा १८६ जना संक्रमित थपिए

नेपाल अखबार, काठमाडौं । बितेको २४ घण्टामा नेपालमा थप १८६ जनामा कोरोनाभाइरस संक्रमित थपिएका छन् । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंका २, ललितपुरका १ सहित १८६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । हाल सक्रिय संक्रमितको संख्या ५ हजार ९३६ जना र निको भएकासहित कुल संक्रमितको संख्या १७ हजार ८४४ पुगेको गौतमले बताए । पछिल्लो २४ घण्टामा ४ हजार २१६ जनाको पीसीआर परीक्षण भएको छ भने  थप १७३ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको कुल संख्या ११ हजार ८६८ पुगेको छ । अहिलेसम्म संक्रमितमध्ये ६६.५१ प्रतिशत निको भएको पनि गौतमले बताए ।...