Saturday, August 29

स्वास्थ्य

कोरोना निको हुनेको संख्या १० हजार २९४ पुग्यो, ६ हजार ६१३ जना सक्रिय संक्रमित
समाचार, स्वास्थ्य

कोरोना निको हुनेको संख्या १० हजार २९४ पुग्यो, ६ हजार ६१३ जना सक्रिय संक्रमित

नेपाल अखबार, काठमाडौं । बितेको २४ घण्टामा थप १ हजार ७०५ जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म कोरोनाभाइरस संक्रमणमुक्त हुनेको कुल संख्या १० हजार २९४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सोमबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए । यस्तै पछिल्लो २४ घण्टामा थप १४४ जनामा संक्रमण पुष्टि भएको छ भने हाल सक्रिय संक्रमितको संख्या ६ हजार ६१३ रहेको छ । यस्तै अहिलेसम्म निको भएकासहितको कूल संक्रमितको संख्या १६ हजार ९४५ रहेको पनि गौतमले बताए । उनका अनुसार आज काठमाडौं उपत्यकामा ९ जनामा संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंका ३, भक्तपुरका १ र ललितपुरका ५ जना रहेका छन् ।...
भारतमा एकैदिन भेटिए २९ हजार बढी कोरोना संक्रमित
विश्व, स्वास्थ्य

भारतमा एकैदिन भेटिए २९ हजार बढी कोरोना संक्रमित

नेपाल अखबार, एजेन्सि। भारतमा कोरोनाभाइरस संक्रमितको संख्या ८ लाख ७९ हजार ४ सय ४७ रहेको छ । यो आँकडा कोभिड१९इन्डिया डट ओआरजीमा उल्लेख गरिएको छ । आइतबार २४ घण्टाभित्र यहाँ २९ हजार १ सय ५ जना कोरोना संक्रमित भेटिएका छन् । २४ घण्टाभित्र भेटिएको संक्रमितको संख्या यो अहिलेसम्मकै धेरै हो । यसअघि जुलाई ११ मा सबैभन्दा धेरै २७ हजार ७ सय ५४ संक्रमित भेटिएका थिए । भारतमा आइतबार १८ हजार १ सय ३९ बिरामी निको भएको भारतीय सञ्चार माध्यमले बताएको छ । अहिलेसम्म यहाँ ५ लाख ५४ हजार ३ सय ७० बिरामी ठिक भइसकेका छन् । पछिल्लो २४ घण्टामा पाँच सय व्यक्तिको ज्यान गएको छ । मृतकको संख्या यहाँ २३ हजार १ सय ८७ पुगेको छ । स्रोतः दैनिक भास्कर...
ऐश्वर्या र छोरी आराध्यालाई पनि कोरोना
विदेश, स्वास्थ्य

ऐश्वर्या र छोरी आराध्यालाई पनि कोरोना

नेपाल अखबार, मुम्बई । अभिनेत्री ऐश्वर्या राय बच्चन र उनकी छोरी आराध्या बच्चनलाई पनि कोरोना पुष्टि भएको छ । अमिताभ बच्चन र अभिषेक बच्चनको कोरोना रिपोर्ट पोजेभिट आएपछि घरका सबै सदस्यको परीक्षण गरिएको थियो । पहिलो पटक गरिएको परीक्षणमा जया बच्चन, ऐश्वर्या र आराध्याको रिपोर्ट नेगेटिभ आएको थियो । दोस्रो परिक्षणमा भने ऐश्वर्या र आराध्याको रिपोर्ट पोजेटिभ आएको छ । कोरोना पुष्टि भएपछि ऐश्वर्या र आराध्या नानावती अस्पताल भर्ना हुने बताइएको छ ।  जय बच्चनको रिपोर्ट भने नेगेटिभ छ । उनी होम क्वारेन्टाइनमा रहने भारतीय मिडियाले जनाएका छन् ।...
थप ८२ जनामा कोरोना संक्रमण, उपत्यकामा ६ जना
समाचार, स्वास्थ्य

थप ८२ जनामा कोरोना संक्रमण, उपत्यकामा ६ जना

नेपाल अखबार, काठमाडौं । आइतबार नेपालमा ८२ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । ३ हजार ९ सय १६ वटा पीसीआर परीक्षणमा ८२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयले  जनाएको छ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १६ हजार ८०१ पुगेको छ । काठमाडौंमा ५ र ललितपुरमा एक जनामा संक्रमण देखिएको छ । हाल उपचाररत कोरोना संक्रमितको संख्या ८ हजार १७४ रहेको  छ । आइतबार १४७ जना डिस्चार्ज भएका छन् । हालसम्म कोरोना भाइरस संक्रमण निको भएर ८  हजार ५ सय ८९ जना घर फर्किएका छन् ।...
थपिए १५ कोरोना संक्रमित गण्डकी प्रदेशमा
प्रदेश ४, समाचार, स्वास्थ्य

थपिए १५ कोरोना संक्रमित गण्डकी प्रदेशमा

नेपाल अखबार,  पोखरा । गण्डकी प्रदेशमा १५ जना कोरोना भाइरस (कोभिड-१९)का संक्रमित थपिएका छन् । पोखरास्थित क्षयरोग उपचार केन्द्र र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणबाट आइतबार  १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार तनहुँमा ६ जना, पर्वत, बागलुङ र लमजुङमा दुई/दुईजना, नवलपुर (बर्दघाट सुस्तापूर्व), स्याङ्जा र गोरखाका एक/एकजनामा संक्रमण पुष्टि भएको हो ।आइतबार थपिएका १५ जनासहित गण्डकीमा कोरोना संक्रमितको संख्या ११९२ जना पुगेको छ । जसमध्ये ७३६ जना भने डिस्चार्ज भइसकेका छन् ।...
हावाबाट कसरी फैलिन्छ कोरोना संक्रमण?
विश्व, स्वास्थ्य, हाइलाइट-समाचार

हावाबाट कसरी फैलिन्छ कोरोना संक्रमण?

नेपाल अखबार, एजेन्सि। विश्व स्वास्थ संगठन डब्लूएचओले कोरोना भाइरस ‘कोभिड १९’को संक्रमण सतहको सम्पर्कमा आउँदा मात्र हुन्छ भनेको थियो। सोही कारण डब्लूएचओले यसबाट बच्न मुख्यगरी हात धुन सल्लाह दिएको थियो। तर यतिबेला डब्लूएचओ आफैंले कोरोना भाइरस हावाबाट फैलन्छ भन्ने दाबीलाई नजरअन्दाज गर्न नसकिने बताइरहेको छ। यसको मतलब डब्लूएचओले कोरोना हावबाट फैलन्छ भन्ने तथ्यलाई स्वीकारेको छ। डब्लूएचओले यसबारे थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ। हावाबाट पनि कोरोना फैलन्छ भनेर युनिभर्सिटी अफ कोलोराडोका वैज्ञानिकसहित विभिन्न ३० भन्दा बढी मुलुकका २ सयभन्दा बढी वैज्ञानिकले अनुसन्धानमा पत्ता लगाएका हुन्। उनीहरुले नै डब्लूएचओलाई यस तथ्यबारे चिठी लेखेर जानकारी प्रदान गरेका थिए। कोरोना हावबाट फैलन्छ भन्ने खबर विश्वभर सम्प्रेषण भएपछि मानिसहरु त्रसित बनेका छन्। हावाबाट कोरोना फैलनुको मतलब? हावाबाट संक्रमण त्यतिबेला...
कोरोना संक्रमणका कारण नेपालमा थप तीन जनाको मृत्यु
समाचार, स्वास्थ्य

कोरोना संक्रमणका कारण नेपालमा थप तीन जनाको मृत्यु

नेपाल अखबार, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणका कारण नेपालमा थप तीन जनाको मृत्यु भएको पुष्टि भएको छ । दुई जनाको पाटन अस्पताल र एक जनाको केएमसी अस्पतालमा मृत्यु भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं महानरपालिका-१० शंमखुलका ६० वर्षीय पुरुष १६ असारमा पाटन अस्पतालमा भर्ना भएका थिए । मिर्गौला रोगका विरामी उनी फोक्सोमा पानी जमेपछि अस्पताल पुगेका थिए । अस्पतालमा भर्ना भएको भोलिपल्ट गरिएको परीक्षणमा कोरोना पुष्टि भएको थियो । उनको उपचारका क्रममा २६ गते निधन भएको छ । पाटन अस्पतालमा नै सिन्धुपाल्चोक, पाँचपोखरी-६ का ४५ वर्षीय पुरुषको पनि निधन भएको छ । उनी क्षयरोगको उपचारका लागि १८ गते अस्पताल भर्ना भएका थिए । उपचारका क्रममा गरिएको परीक्षणमा २२ गते उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो र २५ गते उनको निधन भएको छ । यस्तै केएमसी अस्पताल, सिनामंगलमा निधन भएका गोकर्णेश्वर...
भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या ८ लाख पुग्यो, एकैदिन २७ हजार सङ्क्रमित
विदेश, समाचार, स्वास्थ्य

भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या ८ लाख पुग्यो, एकैदिन २७ हजार सङ्क्रमित

नेपाल अखबार, एजेन्सी । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमितको सङ्ख्या ८ लाखभन्दा बढी पुगेको छ । शनिबार विहान सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार भारतमा अहिलेसम्म आठ लाख २० हजार ९१६ जना सङ्क्रमित भएका छन् । ती मध्ये २७ हजार ११४ जना पछिल्लो २४ घण्टामा सङ्क्रमित भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । यो सङ्ख्या एकैदिनमा सङ्क्रमित  भएकाहरुको सङ्ख्यामध्ये अहिलेसम्मकै सबैभन्दा धेरै हो । पछिल्लो २४ घण्टामा भारतभरी कोरोनाभाइरसका कारण ५१९ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ ।  देशभरी कुल सङ्क्रमितमध्ये दुई लाख ८३ हजार ४०७ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेका छन् । त्यसैगरी पाँच लाख १५ हजार ३८६ जना सङ्क्रमणमुक्त भएका छन् भने २२ हजार १२३ जनाको मृत्यु भएको छ । भारतका प्रदेश अनुसार हेर्दा सवैभन्दा धेरै महाराष्ट्र प्रदेश बढी प्रभावित भएको छ । महाराष्ट्रमा मात्रै दुई ल...
कोरोनाको बढ्दो मिटर : एकै दिन २ लाख ३४ हजारमा संक्रमण
विश्व, स्वास्थ्य

कोरोनाको बढ्दो मिटर : एकै दिन २ लाख ३४ हजारमा संक्रमण

नेपालअखबार, एजेन्सि। विश्वभर कोरोना संक्रमण झन् तीब्र गतिमा बढ्न थालेको छ। पछिल्लो २४ घण्टामा दुई लाख ३४ हजार पाँच सय २५ जनामा संक्रमण पुष्टि भएको छ। वर्ल्डओमिटरका अनुसार यो विश्वभर एकैदिन पुष्टि भएको अहिलेसम्मकै ठूलो संख्या हो। गएको २४ घण्टामा सबैभन्दा धेरै अमेरिकामा ७१ हजार दुई सय ७१ जनामा संक्रमण पुष्टि भएको छ। त्यसैगरी ब्राजिलमा ४५ हजार दुई सय ३५, भारतमा २७ हजार सात सय २८, दक्षिण अफ्रिकामा १२ हजार तीन सय भन्दा धेरै, मेक्सिकोमा सात हजार भन्दा धेरै, रुसमा साढे ६ हजार भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा विश्वभर पाँच हजार तीन सय ५७ जनाले कोरोना संक्रमणको कारण ज्यान गुमाएका छन्। योसँगै विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या पाँच लाख ६१ हजार नौ सय ८० पुगेको छ। यो शनिबार बिहान ६ बजेसम्मको तथ्यांक हो। अहिलेसम्म विश्वभर संक्रमितको संख्या एक कारोड २६ लाख १४ हजार एक सय ८६ पुग...
कोरोना भाइरसलाई पूरै सखाप पार्न सकिन्नजस्तो छः डब्लूएचओ (भिडियो)
विश्व, स्वास्थ्य

कोरोना भाइरसलाई पूरै सखाप पार्न सकिन्नजस्तो छः डब्लूएचओ (भिडियो)

नेपाल अखबार, एजेन्सि। कोरोना भाइरसलाई पूरै सखाप पार्न सकिएलाजस्तो नदेखिएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जनाएको छ। डब्लूएचओका आपतकालीन कार्यक्रम प्रमुख डाक्टर माइक रायनले शुक्रबार जनेभामा आयोजित अनलाइन पत्रकार सम्मेलनमा भने, ‘अहिले जुन स्थिति देखापरिरहेको छ, त्यसबाट यो भाइरसलाई पूरै नष्ट गर्न सकिन्छजस्तो लाग्दैन।’ उनले अगाडि भने, ‘क्लस्टरमा अधिक संक्रमण देखिएको छ, त्यहाँ दोस्रो लहर आउनबाट रोकेर र लकडाउन बढाएर अघि बढ्न सक्छौं।’  ...