चीनले बनायो एआई अस्पताल, रोबोटले गर्छन् विरामीको उपचार
नेपालअखबार,काठमाडौं।आर्टिफिसियल इन्टेलिजेन्सले अर्थतन्त्र तथा जनजीवनका धेरै क्षेत्रहरुमा तरंग उत्पन्न गरिरहेको छ र त्यसमा स्वास्थ्यसेवाको क्षेत्र पनि अछुतो छैन ।
गतवर्ष स्टानफोर्डको एआई सहर भाइरल बन्यो, जहाँ २५ जना इन्टेलिजेन्स एजेन्टहरु बसोबास तथा सामाजिकीकरण गर्छन्। त्यसभन्दा एक कदम अघि बढ्दै चिनियाँ वैज्ञानिकहरुले एआई अस्पताल शहरको विकास गरेको ग्लोबल टाइम्सले उल्लेख गरेको छ ।
उक्त एआई अस्पताल सहरमा भर्चुअल विरामीहरुलाई एआई डाक्टरले उपचार गर्दछन् । यो चिकित्सा क्षेत्रका पेशाकर्मी तथा आम सर्वसाधारणका लागि निकै महत्वपूर्ण रहेको बताइएको छ । यो एआई अस्पतालले ठ्याक्कै उस्तै वातावरण (सिमुलेसन)मा डाक्टरहरुलाई तालिम दिँदै रोगको उपचारमा आफ्नो क्षमतालाई स्वचालित रुपमा निरन्तर विकास तथा सुधार गर्ने लक्ष्य राखेको छ ।
सिंघुवा विश्वविद्यालयका शोधकर्ताहरुले विकास गरेको उक्त आर्टिफिसियल इन्...








