Thursday, August 27

स्वास्थ्य

कोरोनाबाट नेपालमा थप १ को मृत्यु, संक्रमित ९ हजार पुगे
समाचार, स्वास्थ्य

कोरोनाबाट नेपालमा थप १ को मृत्यु, संक्रमित ९ हजार पुगे

नेपाल अखबार, काठमाण्डौ । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । गुल्मी छत्रकोट गाउँपालिका -५ का ६९ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय  प्रवक्ता डा. जागेस्वर प्रसाद गौतमले जानकारी दिए  । उपचारका लागि भारत गएर जेठ २५ गते  नेपाल फर्किएर होम-क्वारेन्टिनमा रहेका उनको असार ५ गते निधन भएको थियो ।  उनको ५ गते नै स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएकोमा असार ६ गते उनमा कोरोना संक्रमण रहेको पुष्टि भएको  थियो । यस सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३ पुगेको छ । नेपालमा पछिल्लो २४ घन्टामा ४ सय २१ जना कोरोना संक्रमण पुष्टि भएको छ। प्रवक्ता गौतमले नियमित प्रेस ब्रिफिङमा ४ सय २१ संक्रमित भेटिएको जानकारी दिएका हुन। यो सँगै कोरोना संक्रमिको संख्या ९ हजार २६ पुगेको छ ।...
कैलालीमा क्वारेन्टिनमा खटिएकी स्वास्थ्यकर्मीमा कोरोना संक्रमण
प्रदेश ७, समाचार, स्वास्थ्य

कैलालीमा क्वारेन्टिनमा खटिएकी स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

नेपाल अखबार, कैलाली । कैलालीमा थप एक जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको जानकी गाउँपालिकामा रहेको पथरिया स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य शाखा प्रमुख जितबहादुर चौधरीले बताए । लामो समयदेखि क्वारेन्टिनमा रहेकाहरुको स्वास्थ्य परीक्षणमा खटिएकी २८ वर्षीया महिला स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको चौधरीले जनाकारी दिए । उनले भने, ‘जेठको ३० गते उहाँको स्वाब संकलन गरिएको थियो । शनिबार पोजेटिभ रिर्पाेट आयो ।’उनलाई अहिले पथरिया स्वास्थ्य चौकीमै आइसोलेसन वार्ड तयार गरेर त्यही राखिएको छ । योसँगै सुदूरपश्चिम प्रदेशमा ६ जना स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको छ । यसअघि कञ्चनपुरका २ जना, डडेल्धुरकामा २ जना र सेती प्रादेशिक अस्पतालमा १ स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको थियो ।...
कर्णाली प्रदेशमा सल्यानका ६ सहित थप ११ जनामा संक्रमण पुष्टि
प्रदेश ६, समाचार, स्वास्थ्य

कर्णाली प्रदेशमा सल्यानका ६ सहित थप ११ जनामा संक्रमण पुष्टि

नेपाल अखबार,  सुर्खेत ।  कर्णाली प्रदेशमा आइतबार थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै सो प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार २ सय ५६ पुगेको छ। कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार आइतबार पुष्टि हुने संक्रमितमध्ये ६ जना सल्यान जिल्लाको बनगाड कुपिन्डे नगरपालिकाका पुरुष हुन्। तीमध्ये बनगाड कुपिन्डे २, ३, ५ र ६ वडाका एक–एक जना र सो नगरपालिकाको वडा नम्बर ४ का दुई जना छन्। त्यसैगरी सुर्खेत भेरीगंगा नगरपालिका ७ र ८ का एक–एक जना पुरुष, दैलेख महावु गाउँपालिका १ का एक पुरुष र एक महिला र रुकुम पश्चिम मुसिकोट नगरपालिका १२ का एक पुरुष छन्।...
मिर्गौला रोगी बालकले १२ दिनमा जिते कोरोनालाई
समाचार, स्वास्थ्य

मिर्गौला रोगी बालकले १२ दिनमा जिते कोरोनालाई

नेपाल अखबार, सप्तरी।  सप्तरीको राजविराज नगरपालिका–१३ पिपराहीका १४ वर्षीय मिर्गौला रोगी एक बालक कोरोना जितेर घर फर्कन सफल भएको छ। भारतको दिल्लीस्थित एम्स अस्पतालबाट उपचार गरी घर फर्कने क्रममा कोभिड–१९ को संक्रमणमा परेका उनी १२ दिनको आइसोलेशन केन्द्र बसाइपछि शनिबार साँझ डिस्चार्ज भएको हो। राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बालकको रिपोर्ट नेगेटिभ देखिएपछि उपचारपछि डिस्चार्ज गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा रणजीतकुमार झाले बताए। बालकको ४० वर्षीया आमासमेतसँगै डिस्चार्ज भएकी छन्। ‘बालकैमा मिर्गौैला रोगी, त्यसमाथि कोरोनाको संक्रमण सुनेर अत्तालिएकी थिए’, बालककी आमाले भनिन्, ‘उच्च मनोबलले ठूला रोग पनि परास्त हुने रहेछ।’ जटिल खाले लक्षणबिना कोरोनामुक्त बालकले उच्च मनोबलले रोग परास्त हुने अनुभव सुनाउए। बालक र आमालाई राजविराजस्थित क्वारेन्टिनमा ब...
कास्कीमा थप २ जनामा कोरोना पुष्टि गण्डकीमा थपिए १९ संक्रमित
प्रदेश ४, समाचार, स्वास्थ्य

कास्कीमा थप २ जनामा कोरोना पुष्टि गण्डकीमा थपिए १९ संक्रमित

नेपाल अखबार, पोखरा । कास्कीमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार दिउसो पोखरा महानगरपालिकाका एक ४० बर्षीय पुरुष र  मादी गाउँपालिकाका १९ बर्षीय युवकमा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । सम्बधित पालिकाको क्वारेन्टिनमा रहेका उनीहरुलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा ल्याउने तयारी भएको निर्देशनालयले जनाएको छ  । निर्देशनालयका अनुसार गण्डकी प्रदेशमा आइबार दिउसो  थप १९ जनामा  कोरोना पुष्टि भएको छ  ।  यससँगै प्रदेशमा संक्रमितको संख्या ५ सय २३ पुगेको छ । आइबार दिउसो कास्कीका २ जना सँग, बागलुङका ५ जना स्याङजाका १० जना, तनहुँका १  जना र नवलपरासी बर्दघाट सुस्ता पूर्वकका १ जनामा  कोरोना भाइरस देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । यस अघि आइबार बिहान प्रदेशका बागलुङ, म्याग्दी, पर्वत र तनहुँ जिल्लाका थप १६ जनामा कोरोना भाइरस पुष...
सुत्केरीमा कोरोना देखिएपछि गुल्मीका ३ गाउँ सिल
समाचार, स्वास्थ्य

सुत्केरीमा कोरोना देखिएपछि गुल्मीका ३ गाउँ सिल

नेपाल अखबार, गुल्मी । गुल्मीको गुल्मी दरबार गाउँपालिकामा एक जना सुत्केरीमा कोरोना संक्रमण पुष्टि भएपछि तीन वटा गाउँ सिल गरिएको छ । गुल्मी दरबार गाउँपालिका वडा नं. ७ की २१ वर्षीया सुत्केरीमा शनिबार कोरोना पुष्टि भएको थियो । गुल्मी दरबार गाउँपालिकाका वडा नम्बर ७ का अध्यक्ष टोपबहादुर बस्नेतले शनिबारै सूचना जारी गरी रोटेपानी, उखाप र रिपाहावासीलाई घरबाहिर ननिस्किन तथा बाहिरी मानिसहरुलाई पनि प्रवेश गर्न नदिन आह्वान गरेका छन् । ती महिलालाई आरडिटी पोजेटिभ देखिएपछि दुई दिनअघि लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा रिफर गरिएको थियो । लुम्बिनी मेडिकल कलेज प्रभासबाट स्वाब संकलन गरेर भैरहवा पठाएकोमा शनिबार पीसीआर रिपोर्ट पनि पोजेटिभ आएको स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए । उनका श्रीमान भारतबाट जेठ ११ गते गाउँ आएका थिए । १४ दिन क्वारेन्टिनमा बसेपछि जेठ २७ गते आरडिटी नेग...
पेटसम्बन्धी रोगमा करेला अचूक औषधि, यस्ताे छ खाने तरिका
स्वास्थ्य

पेटसम्बन्धी रोगमा करेला अचूक औषधि, यस्ताे छ खाने तरिका

नेपाल अखबार,  एजेन्सि। नेपालमा पेटको समस्या नभएका मानिस को होला र! ग्यास्ट्रिकलाई नेपालको राष्ट्रिय रोग नै हो भनेर व्यंग्य गर्ने चलन पनि छ। अझ आधुनिक जीवनशैली र खानपानका कारण अहिले धेरै जना पेटसम्बन्धी विभिन्न रोगबाट पीडित छन्। यसै सन्दर्भमा भारतीय आचार्य बालकृष्णाले पेटसम्बन्धी रोगका लागि करेला अचूक औषधि हुने जानकारी दिएका छन्। जुन यहाँ प्रस्तुत गरिन्छ: –करेलाले पेट सफा गराउँछ। –कब्जियत भएमा वा राम्रोसँग दिसा नभएमा करेलाको तरकारी खानुपर्छ। पेट सफा गराउँछ। –ग्यासको समस्या वा पेटमा अन्य गडबडी भएमा करेला खाँदा फाइदा पुग्छ। –कब्जियत हुने, पेटमा ग्यास भरिने, अपच हुने, पेटमा इन्फेक्सन, खाना मन नगर्नेजस्ता समस्या भएका बच्चालाई करेलाको पात मुखमा राख्न लगाउने र एक थोपा मह चटाइदिने गर्दा समस्या समाधान हुन्छन्। –करेलाको पातको रस निकालेर पिएमा जुका, चुर्नाजस्ता पेटभित्रका सबै कीरा बाहिर निस्किन्छन्। ...
गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५ सय ४
प्रदेश ४, समाचार, स्वास्थ्य

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५ सय ४

नेपाल अखबार, पोखरा । गण्डकी प्रदेशमा आइबार  बिहान  थप १६ जना कोरोना संक्रमित थपिएसँगै प्रदेशमा संक्रमितको संख्या ५ सय ४ पुगेको  छ । आइबार  बिहान प्रदेशका बागलुङ, म्याग्दी, पर्वत र तनहुँ  जिल्लाका थप १६ जनामा कोरोना भाइरस देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । निर्देशनालयका अनुसार संक्रमण देखिनेमा तनहुँका २९ बर्षीय पुरुष , बागलुङका ४  वटा पालिकाका  २१ देखि ४८ बर्ष उमेर समुहका २६ जना पुरुष, म्याग्दी  ९ बर्षीय बालिकासहित २० र ३३ बर्षीय पुरुष  तथा ३० बर्षीया महिला र पर्वतका  २७ र ३२ वर्षका २  जना पुरुष  रहेका छन् । संक्रमितलाइ सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको निर्देशनालयले जनाएको छ । गण्डकी प्रदेशमा हालसम्म पर्वतका ६ बर्षीय बालकसहित ४० जना पुरुष र ५ महिला, तनहुँका ७० जना पुरुष तथा एक महिला , बागलुङमा १०२ जना पुरुष तथा १० महिला , स्याङ्जाका ७३ जना पुरुष तथा ३ म...
सुदूरपश्चिम एकै दिन  ६९ जनामा कोरोना पुष्टि
समाज, स्वास्थ्य

सुदूरपश्चिम एकै दिन ६९ जनामा कोरोना पुष्टि

नेपाल अखबार, काठमाडाैं । सुदूरपश्चिममा  थप ६९ जनामा कोरोना पुष्टि भएको छ । कैलालीको धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा आज कोरोना पुष्टि भएकाहरूमा डडेलधुराका २७, कैलालीका २४, डोटीका ११ तथा अछाम, बैतडी र बझाङका दुईदुई एवं कञ्चनपुरका एक जना रहेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।यससँगै सुदूरपश्चिममा कोरोना सङ्क्रमित ९४८ पुगेका छन् । रासस...
होम क्वारेन्टिन बसेकी बालिकाको मृत्यु
समाचार, स्वास्थ्य

होम क्वारेन्टिन बसेकी बालिकाको मृत्यु

नेपाल अखबार,प्युठान । प्युठानमा आरडिटी नेगेटिभ भएर पनि होम क्वारेन्टिनमा बसेकी बालिकाको मुत्यु भएको छ । झिमरुक गाउँपालिका वडा नं २ की ११ वर्षीया बालिकाको आज अपराह्न घरमै निधन भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले बताए । गत जेठ २१ गते भारतबाट आएकी वडा नं २ स्थित सर्वोदय माध्यमिक विद्यालयको क्वारेन्टिनमा १४ दिन बसेपछि यही असार ३ गते उनको कोरोना आरडिटी  गरिएको थियो । आरडिटी रिपोर्ट नेगेटिभ आएपछि उनी होम क्वारेन्टिनमै बस्दै आएको जनाइएको छ । मृतक बालिका मिर्गौैला र ब्लड क्यान्सरको बिरामी रहेको जानकारी आएको सूचना अधिकारी पौडेलले बताए । बालिकाको पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन गर्न स्वास्थ्यकर्मी घटनास्थल जाँदै गरेको जनाइएको छ । रासस...