Monday, October 5

स्वास्थ्य

बढ्न थाल्यो डेंगु संक्रमण
समाचार, समाज, स्वास्थ्य

बढ्न थाल्यो डेंगु संक्रमण

नेपालअखबार, काठमाडौं । डेंगुको संक्रमण यस वर्ष बर्खा नलाग्दै बढ्न थालेको छ । यो वर्ष जाडो महिनामा समेत संक्रमण शून्यमा नझरेको डेंगुले गत वर्षजस्तै प्रकोपको रूप लिने स्वास्थ्य क्षेत्रका अधिकारीहरूको चिन्ता छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग विशेषज्ञ डा. गोकर्ण दाहालका अनुसार यो वर्ष हिउँदमा समेत केस शून्यमा झरेन । उनले पछिल्ला दिनमा बिस्तारै डेंगु संक्रमण बढ्दै गएको बताए । ‘विभिन्न ठाउँमा फाटफुट्ट केस देखिन सुरू गरिसकेका छन् । एक हप्तामा २२ देखि २५ केस रिपोर्ट हुँदै आएको छ,’ दाहालले अनलाइनखबरसँग भने, ‘अब सचेत हुने अवस्था आइसकेको छ ।’ प्रि–मौसम सुरू हुने र गर्मी बढ्ना साथ अण्डाहरू लार्भा, प्युपा हुँदै लामखुट्टे बन्दा डेंगु फैलिने जोखिम बढी हुने उनले बताए । लामखुट्टेले पारेको अण्डा पानी पर्ने समय नआएसम्म सुरक्षित रहने भएकाले जम्मा भएर बसेको अण्डा पानी पर्ने बित्ति...
योग प्रशिक्षणका लागि ‘प्रशिक्षक तालिम’ सुरु
समाचार, समाज, स्वास्थ्य

योग प्रशिक्षणका लागि ‘प्रशिक्षक तालिम’ सुरु

नेपालअखबार, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आजदेखि योग प्रशिक्षक प्रशिक्षण तालिम सुरु गरेको छ । चालु आर्थिक बर्षबाट कार्यान्वयनमा आएका ‘महानगर : स्वर्णिम योजना’ अन्तर्गत स्वास्थ्य विभागले कार्यान्वयनमा ल्याएको ‘आरोग्य जीवन कार्यक्रम’ अन्तर्गत वडावडामा, टोलटोलमा योग कक्षा सञ्चालन गर्ने प्रशिक्षक उत्पादन गर्न प्रशिक्षण थालिएको हो । कार्यक्रमका फोकल पर्सन ज्ञानबहादुर ओलीकाअनुसार एक समूहमा ३० जना राखेर प्रशिक्षण प्रदान गरिनेछ । यसरी ३ सय जना प्रशिक्षक उत्पादन गर्ने लक्ष्य छ । अस्वस्थकर खानपान (जाँड रक्सी सेवन, चुरोट, खैनीको कुलत) निष्क्रिय जीवनशैली (शारीरिक व्यायामको कमी) जस्ता कारण दीर्घ र नसर्ने रोगको सामना गरिरहनु परेको छ । यो अवस्थामा सुधार ल्याएर सहरी स्वस्थ्य जीवनशैलीका लागि योग कक्षामार्फत प्रवर्धनात्मक, निरोगात्मक, सचेतनामूलक क्रियाकलाप सञ्चालन गर्ने कार्यक्रमको उद्देश्य रहेको ओल...
पछिल्लो एक हप्तामा २४ जनामा डेंगु पुष्टि
समाचार, समाज, स्वास्थ्य

पछिल्लो एक हप्तामा २४ जनामा डेंगु पुष्टि

नेपालअखबार, काठमाडौँ । नेपालमा पछिल्लो एक हप्तामा २४ जनामा डेंगु पुष्टि भएको छ । इपिडडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार २०२४ को दशौँ हप्तामा २४ जनामा डेंगु पुष्टि भएको हो । ईडीसीडीले जनवरी १ देखि ७ सम्म पहिलो हप्ता भनेर तथ्याङ्क राख्ने गरेको छ । (ईडीसीडी) अन्तर्गत किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख तथा वरिष्ठ स्वास्थ्य प्रशासक डा. गोकर्ण दाहालले याे वर्ष डेङ्गुको संक्रमण भइरहने बताए । डेंगु सार्ने एडिज लामखुट्टेको सङ्ख्या बढेमा डेङ्गु संक्रमण पनि बढ्ने उनले बताए । यो लामखुट्टे सफा पानी र १८ डिग्री बढी तापक्रममा सक्रिय हुन्छ । गर्मी र बर्खा सिजनमा बढी सक्रिय हुने गर्दछ ।...
टीकापुर अस्पतालमा चार वर्षमा दुई हजार महिलाको शल्यक्रिया
समाचार, समाज, स्वास्थ्य

टीकापुर अस्पतालमा चार वर्षमा दुई हजार महिलाको शल्यक्रिया

नेपालअखबार, कैलाली। कैलालीको टीकापुर अस्पतालमा चार वर्षमा दुई हजारभन्दा बढी महिलाले शल्यक्रिया सेवा लिएका छन्। उक्त सङ्ख्या सुत्केरी सेवा र पाठेघरको शल्यक्रिया सेवा लिएका महिलाको मात्र हो। अस्पतालका स्त्री रोग विशेषज्ञ डा. सञ्जयकुमार दासले  सुत्केरी सेवा लिने र पाठेघरको समस्या भएकालाई शल्यक्रिया सेवा दिएका हुन्। सो अवधिमा उनले जटिल अवस्थाका तीन हजार बढीलाई नर्मल सुत्केरी सेवासमेत दिएका छन्। टीकापुर अस्पतालमा हरेक महिना झण्डै दुई सयले सुत्केरी सेवा लिने गरेका छन्। सुत्केरी हुन जटिलता भएका ३५ देखि ४० जनाको शल्यक्रिया हुने गरेको डा. दास बताउँछन्। यसबाहेक अस्पतालमा सातामा तीन/चार महिलाको पाठेघरको शल्यक्रिया हुने गरेको छ। यसका साथै अस्पतालले पाठेघरको ल्याप्रोस्कोपी प्रविधिबाट समेत शल्यक्रिया सेवा दिने गरेको छ। ल्याप्रोस्कोपी प्रविधिबाट हालसम्म आठ जनाको शल्यक्रिया गरिएको डा. दासले बत...
भरतपुर आँखा अस्पतालको नवनिर्मित भवनको प्रधानमन्त्री प्रचण्डले गरे उद्घाटन
राजनीति, समाचार, स्वास्थ्य

भरतपुर आँखा अस्पतालको नवनिर्मित भवनको प्रधानमन्त्री प्रचण्डले गरे उद्घाटन

नेपालअखबार, चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भरतपुर आँखा अस्पतालको नवनिर्मित भवनको उद्घाटन गरेका छन् । भरतपुर महानगरपालिका ११ बाइपास रोडमा भरतपुर अस्पतालको जग्गामा बनेको आँखा अस्पतालको प्रधानमन्त्री प्रचण्डले शुक्रबार बिहान एक समारोहका बीच उद्घाटन गरेका हुन् । भरतपुर भ्रमण वर्षको उद्घाटन गर्न चितवन आएका बेला प्रधानमन्त्रीले आँखा अस्पतालको साढे ३ तलाको सुविधा सम्पन्न भवनको उद्घाटन गरेका हुन् । १३ करोड ५० लाख रुपैयाँ लागतमा अस्पाल भवन निर्माण गरिएको हो । कुल २५ हजार ५०० वर्ग फिट क्षेत्रफलमा बनेको भवनको फाउण्डेसन र फ्रेम स्ट्रक्चरर निर्माण शिवालय विल्डर्स काठमाण्डौंले ४ करोड ८३ लाख बयानब्बे हजारमा गरेको थियो भने, बाँकी काम अस्पताल आफैंले गरेको हो । भवनको भुईं तलामा बाल रोग बहिरंग विभाग, बालबालिकाहरुको लागि टिकट काउण्टर, ६ वटा ओपिडी कक्ष, फार्मेसी कक्ष, चश्मा बिक्री क...
कैलारीमा पन्ध्र शय्या अस्पतालको निर्माण अन्तिम चरणमा
समाचार, समाज, स्वास्थ्य

कैलारीमा पन्ध्र शय्या अस्पतालको निर्माण अन्तिम चरणमा

नेपालअखबार, गोदावरी। कैलारी गाउँपालिकामा १५ शय्या अस्पताल निर्माण अन्तिम चरणमा पुगेको छ। कैलारीको वडा नं ५स्थित बैजपुरमा निर्माणाधीन  सो अस्पतालको काम ९० प्रतिशत सम्पन्न भएको जनाइएको छ। अस्पताल निर्माणका लागि विसं २०७९ असार २९ मा निर्माण कम्पनीसंग ठेक्का सम्झौता भएको थियो। अस्पताल निर्माणको अवधि आगामी असारसम्म रहेको छ। चार वर्षअघि हरेक स्थानीय तहमा अस्पताल हुनुपर्ने सङ्घीय सरकारको नीतिअनुसार सो अस्पताल निर्माण गरिन लागेको हो। सङ्घीय सरकारको लगानीमा निर्माण भइरहेको अस्पतालको लागत १८ करोड ५२ लाख रहेको गाउँपालिकाका सूचना अधिकारी यगम कलेलले जानकारी दिए। उनले सकेसम्म मसान्तभित्रै भवन हस्तान्तरण भएर चालु आर्थिक वर्षको असार मसान्तबाट अस्पताल सञ्चालनमा ल्याउने लक्ष्य रहेको बताए। सो अस्पताल सञ्चालन भएपछि कैलारी गाउँपालिकाको दक्षिणी क्षेत्रका जनतालाई स्वास्थ्योपचारमा राहत मिल्ने अपेक्...
केन्द्रीय कारागारका कैदीबन्दी स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध
प्रशासन, समाचार, स्वास्थ्य

केन्द्रीय कारागारका कैदीबन्दी स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

नेपालअखबार, काठमाडाैं। केन्द्रीय कारागारका कैदीबन्दीलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गरिएको छ। कारागार व्यवस्थापन विभागले कारागारभित्र रहेका कैदीबन्दीको स्वास्थ्य उपचारमा सहज होस् भन्ने उद्देश्यले फागुनदेखि लागू हुने गरी स्वास्थ्य बीमा लागू गरिएको हो। केन्द्रीय कारागार कार्यालयका स्वास्थ्य कार्यक्रम प्रमुख कल्पना ज्ञवालीले केन्द्रीय कारागारमा एक वर्षभन्दा बढी कैद भुक्तान गरेका कैदीबन्दीलाई लक्षित गरी स्वास्थ्य बीमा कार्यक्रम लागू गरिएको जानकारी दिइन्। विभागले एक जना कैदीबन्दीको लागि तीन हजार ५०० रुपैयाँ उपलब्ध गराएर स्वास्थ्य बीमा गरेको हो। कैद भुक्तान गरेर कारागार बाहिर निस्किएपछि उक्त बीमा स्वतः खारेज हुने उनले बताए। कारागार प्रशासक ललित बस्नेतले कैदीबन्दीको स्वास्थ्यका लागि सहयोग पुग्ने उद्देश्यले कैदीबन्दीका लागि स्वास्थ्य बीमा कार्यक्रम लागू गरिएको बताए। उक्त कार...
‘ग्लोबल फन्ड’बाट सेभ दी चिल्ड्रेन बाहिरियो
अर्थ, समाचार, स्वास्थ्य

‘ग्लोबल फन्ड’बाट सेभ दी चिल्ड्रेन बाहिरियो

नेपालअखबार, काठमाडाैं। ग्लोबल फन्डको अनुदानमा सञ्चालन हुने एचआईभी र क्षयरोग कार्यक्रमको प्राप्तिकर्ता सेभ दी चिल्ड्रेनलाई नबनाउने निर्णय भएको छ। सोमबार स्वास्थ्य तथा जनसङ्ख्या  मन्त्रालयमा बसेको सिसिएम (कन्ट्री कोअर्डिनेटिङ मेकानिज्म) को एक सय ३०औं बैठकले ग्लोबल फन्डको सहयोगमा सञ्चालन हुने एचआईभी र क्षयरोगका कार्यक्रमका लागि नेपाल सरकार र गैरसरकारी क्षेत्रबाट संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) लाई प्राप्तिकर्ता (प्रिन्सिपल रेसिपिएन्ट) छान्ने निर्णय गरेको हो। एचआईभी, क्षयरोग र मलेरिया कार्यक्रम सञ्चालन गर्न सिसीएमा मार्फत ग्लोबल फन्डले यसअघि नै नेपाल सकार स्वास्थ्य मन्त्रालयलाई प्रमुख प्राप्तकर्ता बनाउनु निर्णय भइसकेको थियो भने गैरसरकारीतर्फ निर्णय हुन बाँकी थियो। सिसीएमका १७ सदस्यमध्ये ११ जनाले एचआईभी र क्षयरोग कार्यक्रम सञ्चालन गर्न गैरसरकारी संस्थातर्फ युएनडीपीलाई प...
त्रिपुरेश्वर आँखा अस्पतालबाट उपचार नपाएर फिर्ता जान पर्दैन : डा पोखरेल
समाचार, समाज, स्वास्थ्य

त्रिपुरेश्वर आँखा अस्पतालबाट उपचार नपाएर फिर्ता जान पर्दैन : डा पोखरेल

नेपालअखबार, काठमाडौँ । काठमाडौँको त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालले वार्षिकरुपमा १५ हजार शल्यक्रियासहित दुई लाख ५० हजार सेवाग्राहीलाई सहज र सुलभ मूल्यमा आँखासम्बन्धी सम्पूर्ण गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्य लिएको छ । अस्पतालले गत आर्थिक वर्ष २०७९÷८० मा ११ हजार जनाको शल्यक्रियासहित एक लाख ५४ हजार बिरामीलाई बहिरङ्ग सेवामार्फत आँखासम्बन्धी सबै खाले उपचार प्रदान गरेको थियो । आगामी चार वर्षभित्रमा निर्धारित लक्ष्य हासिल हुने गरी सेवालाई थप गुणस्तरीय, चुस्त र प्रभावकारी तुल्याइने उक्त अस्पताल सञ्चालक समितिका अध्यक्ष डा गोपालप्रसाद पोखरेलले बताए । उक्त अस्पतालले उक्त आवमा सेवाग्राहीलाई रु एक करोड १६ लाख मूल्य बराबर विभिन्न छुटसहित निःशुल्क उपचार सेवासमेत उपलब्ध गराएको थियो । त्यसअवधिमा अस्पतालले विभिन्न शिविर र दृष्टि केन्द्रमार्फत २७ हजार २०० जना बिरामीको निःशुल्क आँखा परीक्षण, श...
एकै स्थानिय तहका ४ सय जनाको आँखामा मोतिबिन्दु, ३०१ जनाको निःशुल्क शल्यक्रिया
समाचार, समाज, स्वास्थ्य

एकै स्थानिय तहका ४ सय जनाको आँखामा मोतिबिन्दु, ३०१ जनाको निःशुल्क शल्यक्रिया

नेपालअखबार, सुर्खेत । नेपाल नेत्रज्योति संघ आँखा उपचार मेहलकुना र मेहलकुना नगरपालिकाको सहकार्यमा गत माघ १७ गते देखि फागुन १ गतेसम्म वडास्तरमा संचालित आँखा शिविरमा आँखा जाँच गर्दा मोतिबिन्दुको समस्या देखिएका ४०० बिरामी मध्य ३०१ जनाको निःशुल्क शल्यक्रिया गरिएको छ । नगरपालिकाको वडास्तरमै गएर आँखा परिक्षण गर्दा १४ प्रतिशतमा मोतिबिन्दुको समस्या देखिएको हो । जम्मा २ हजार ८ सय ४० जना व्यक्तिको आँखा परिक्षण गर्दा ४०० जनामा मोतिबिन्दुको समस्या देखिएको थियो । वडास्तरमै गएर आँखा परिक्षण गरी मोतिबिन्दु भएको र त्यसको शल्यक्रिया समेत निःशुल्क हुन्छ भन्ने जानकारी गराँउदा समेत करिब १०० जना बिरामीहरु शल्यक्रियाका लागि नआएको बताउछन् नेपाल नेत्रज्योति संघ एकिकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रम कर्णालीका प्रमुन मान बहादुर कुँवर । ‘कर्णाली प्रदेशको सुगम क्षेत्रमा पनि मोतिबिन्दुको समस्यो यस्तो छ यहाँब...