Monday, October 5

स्वास्थ्य

केएमसीमा विश्वकै सानो दुर्लभ कलेजोकाे क्यान्सरको सफल उपचार
समाचार, समाज, स्वास्थ्य

केएमसीमा विश्वकै सानो दुर्लभ कलेजोकाे क्यान्सरको सफल उपचार

नेपालअखबार, काठमाडौं । एमआरआई र सिटि स्क्यानको फ्युजनबाट काठमाडौं मेडिकल कलेजमा विश्वमै दुर्लभ क्यान्सरको बिना चिरफार सफल उपचार गरिएको छ । काठमाडौं कपन बस्ने ४९ वर्षीय दावा शेर्पाको कलेजोमा रहेको एक सेन्टिमिटर भन्दा सानो क्यान्सर नष्ट गरिएको हो । केएमसीले बिरामी शेर्पाको रेडियो फ्रिक्वेन्सी एब्लेसन प्रविधिबाट सफलतापूर्वक विश्वकै सानो दुर्लभ क्यान्सरको उपचार गरेको हो । एक सेन्टिमेटर भन्दा सानो क्यान्सर पत्ता लगाएर बिना चिरफार सफलतापूर्वक नष्ट गरिएको यो केस विश्वकै दुर्लभ रहेको उपचारमा संलग्न केएमसीका इन्टरभेसन रेडियोलोजी विशेषज्ञ डा.पंकज काफ्लेले दावी गरे । ‘रगतको जाँच गर्दा क्यान्सर होकि भन्ने शंका लाग्यो, त्यसपछि एमआरआई गरेर हेर्दा कलेजोमा १० मिलिमिटर भन्दापनि सानो क्यान्सर देखियो ।’ अत्याधिक मादकपदार्थ सेवनले कलेजो पनि विग्रएकोले रेडियो फ्रिक्वेन्सी एब्लेसन प्रविधिद्वारा क्यान्सर नष्ट ग...
खाली तालुमा कपाल उमार्ने नयाँ तरिका
समाचार, समाज, स्वास्थ्य

खाली तालुमा कपाल उमार्ने नयाँ तरिका

नेपालअखबार, काठमाडौँ । कपाल झर्ने समस्या नभएको व्यक्ति पाउन अहिले निकै मुस्किल छ । समस्या कपाल झर्नेसँग मात्रै सम्बन्धित छैन । हिजोआज कम उमेरकै युवायुवतीहरूमा समेत कपाल झर्ने समस्या व्याप्त छ । विशेष गरी युवा पुरुषहरूमा कपाल झरेर तालु खुइलिने समस्या बढिरहेको छ । यो समस्या हटाउने उपाय भनेको कपाल प्रत्यारोपण हो । यसमा व्यक्तिको टाउकोमा अन्य हिस्साको कपाललाई झिकेर टाउकोमा कपाल नउम्रिएको ठाउँमा प्रत्यारोण गरिन्छ । यो लोकप्रिय तरिका हो रित्तो टाउकोमा कपाल उमार्नेे । तर यसको पनि आफ्नै जोखिम छ । यसैबिच इरानको इरान युनिभर्सिटी अफ मेडिकल साइन्सेजले  गरेको एउटा अनुसन्धानमा तालुको रिक्तपन हटाउनका लागि नयाँ तरिका ल्याएको छ । यसमा भने व्यक्तिको शरीरबाट निकालिएको फ्याटी टिस्यूमार्फत फेरि कपाल उमार्न सकिने यो अनुसन्धानमा संलग्न वैज्ञानिकहरूको दाबी थियो । अधिकांश पुरुषहरूमा टाउकोको कपाल झर्ने ‘प्...
सुत्केरीको मृत्यु भएपछि आम्दा अस्पतालका मेसुमाथि कुटपिट
समाचार, समाज, स्वास्थ्य

सुत्केरीको मृत्यु भएपछि आम्दा अस्पतालका मेसुमाथि कुटपिट

नेपालअखबार, बुटवल । सुत्केरी मृत्युको विषयलाई लिएर मृतकका आफन्तहरूले सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) बुटवलका मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र बस्यालमाथि कुटपिट गरेका छन् । मंगलबार दोस्रो बच्चा सुत्केरी गराउने क्रममा अस्पतालमा आएकी गुल्मी ठुलो लुम्पेककी ३२ वर्षीय भवानी रास्कोटीको मृत्यु भएसँगै विवाद बढेपछि मृतकका आफन्तहरूले अस्पतालका चिकित्सक मेसु डा बस्यालमाथि हातपात गरेका हुन् । नवजात शिशु भने सकुशल भएको अस्पताल व्यवस्थापनले जनाएको छ । लुम्बिनी चिकित्सक सङ्घका सचिव डा सन्तोष पोखरेलले उपचार गर्ने चिकित्सकमाथि हातपात हुनु दुभाग्यपूर्ण भएको बताए । चिकित्सकको सुरक्षाको ग्यारेन्टी नभएसँग आफूहरू उपचार रोकेर विरोध गर्ने बताए ।कुटपिटबाट घाइते डाक्टरको लुम्बिनी प्रादेशिक अस्पतालको आइसियू कक्षमा उपचार भैरहेको छ । इलाका प्रहरी कार्यालय बुटवलमा हातपात गर्ने ७ जनालाई  नियन्त्रण लिएको...
दुख्ने गिर्खा भन्दा नदुख्ने गिर्खा खतरनाकः डाक्टर रिता महासेठ (भिडियाे सहित)
समाचार, समाज, स्वास्थ्य

दुख्ने गिर्खा भन्दा नदुख्ने गिर्खा खतरनाकः डाक्टर रिता महासेठ (भिडियाे सहित)

नेपालअखबार, काठमाडौं । पछिल्लो समय नेपालमा क्यान्सरका सबै प्रकारका उपचारहरु हुन थालेका छन् । एक दशकअघिसम्म क्यान्सर भन्ने वित्तिकै आम मानिसमा मृत्युको नजिक पुगेको आभाष हुन्थ्यो तर, चिकित्सा पद्दतिमा विकास भएका नविनतम उपचार पद्दतिका कारण क्यान्सर समयमै पत्ता लागे पूर्णरुपमा निको हुन्छ । नेपाल मेडिकल कलेज शिक्षण अस्पतालकी क्यान्सर विशेषज्ञ डाक्टर रिता महासेठका अनुसार जसरी हामीले चढ्ने कार, मोटरसाइकल समयसमयमा हामी सर्भिसिङ गर्ने, मेकानिकलाई देखाउने गरिरहन्छौं, त्यसरी नै हाम्रो शरीरको पनि सर्भिसिङ गर्नुपर्छ, डाक्टरलाई देखाउनु पर्छ । डाक्टरलाई देखाउन रोगै लागिहाल्नुपर्छ भन्नु हुँदैन । त्यसमाथि क्यान्सर लाग्नबाट जोगिने हो भने वर्षमा एकपल्ट होलबडी चेकअप गराउँदा राम्रो । ‘बाइक र कार भन्दा त हामीले बढी काम गरेका हुन्छाैं । बाइक र कारलाई मेकानिककाेमा लागेर बेला बेला सर्भिस गर्नुहुन्छ, आफ्नाे शरीर...
दुई वर्षमा बितिसक्दा पनि १९५ स्थानीय तहमा सुरू भएन अस्पताल निर्माण प्रक्रिया
प्रशासन, समाचार, स्वास्थ्य

दुई वर्षमा बितिसक्दा पनि १९५ स्थानीय तहमा सुरू भएन अस्पताल निर्माण प्रक्रिया

नेपालअखबार, काठमाडाैं। अझै १९५ स्थानीय तहले आधारभूत तहको अस्पतालका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) पेस गरेका छैनन्। सरकारले दुई वर्षभित्र सबै स्थानीय तहमा आधारभूत स्वास्थ्य सेवा पुर्‍याउनका लागि लागि अस्पताल निर्माण गर्ने घोषणा गरे पनि ती स्थानीय तहले निर्माणको प्रक्रिया नै अगाडि बढाएका छैनन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा डिपिआर पेस नगर्दा आधारभूत अस्पताल निर्माणको काम अगाडि बढ्न सकेको छैन। मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले डिपिआर पेस नगरेका ती स्थानीय तहमा अस्पताल निर्माणको काम हुन नसकेको बताए। सरकारले २०७७/०७८ को नीति तथा कार्यक्रममा  सबै स्थानीय तहमा आधारभूत स्वास्थ्य  पुर्‍याउने उद्देश्यले ५, १० र १५ शय्याका अस्पताल निर्माण गर्ने घोषणा गरेको थियो। सोही अनुसार सरकारले बजेट विनियोजन गरेपनि ती स्थानीय तहमा  जग्गा नभएको र उपलब्ध जग्गामा पनि विवादले ग...
गेटा मेडिकल कलेजले बुधबारदेखि अस्पताल सञ्चालन गर्दै
प्रशासन, समाचार, स्वास्थ्य

गेटा मेडिकल कलेजले बुधबारदेखि अस्पताल सञ्चालन गर्दै

नेपालअखबार, धनगढी । कैलालीको गेटा मेडिकल कलजेले बुधबारदेखि अस्पताल सञ्चालनमा ल्याउने भएको छ । मेडिकल कलेज सञ्चालनका लागि निर्माण गरिएका संरचनामा न्यूनतम स्वास्थ्य सेवासहितको अस्पताल सञ्चालनमा ल्याउन लागिएको हो । गेटा मेडिकल कलेज अस्पतालका निर्देशक डाक्टर प्रमोद जोशीले बुधबार (भोलि) देखि आधारभूत स्वास्थ्य सेवासहितको अस्पताल सञ्चालन गरिने जानकारी दिए । सरकारले गेटामा एक सय शय्याको अस्पताल सञ्चालनका लागि स्वीकृती दिएको भए पनि तत्काललाई आधारभूत सेवासहितको अस्पताल सञ्चालन गर्न लागिएको निर्देशक जोशीले बताए । आधारभूत उपचार सेवा दिनका आवश्यक तयारी सकिएको सकेको अस्पतालले जनाएको छ । स्वास्थ्य सेवा विभागले आधारभूत सेवा सञ्चालन गर्न गेटा मेडिकल कलेजललाई आवश्यक पर्ने उपकरण उपलब्ध गराइसकेको छ । बुधबारदेखि ओपीडी सेवा दिने अस्पतालले क्रमशः आकस्मिक सेवा, आईसीयू सेवा, हाडजोर्नी तथा नसारोग, जनरल सर्...
२४ घण्टामा ४४० जनामा डेंगु संक्रमण पुष्टि
समाचार, स्वास्थ्य

२४ घण्टामा ४४० जनामा डेंगु संक्रमण पुष्टि

नेपालअखबार, काठमाडौँ । पछिल्लो २४ घण्टामा ४४० जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।  यससँगै गएको आठ महिनामा संक्रमितको संख्या ३९ हजार २३० पुगेको  ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका (ईडीसीडी) ले जनाएको छ । यो अवधिमा संक्रमणका कारण २० जनाको मृत्यु भएको छ भने ६७ जिल्लामा फैलिएको छ । सात प्रदेश मध्ये सबैभन्दा बढी संक्रमण पुष्टि कोशी प्रदेशमा भएको छ भने त्यसपछि पछिल्लो दुई सातायता संक्रमित सङ्ख्या गण्डकी प्रदेशमा बढेको छ । कोशी प्रदेशमा हालसम्म २३ हजार ९५९ संक्रमित भएका छन् भने गण्डकी प्रदेशमा ७ हजार ७९६ जना संक्रमित भएका छन् । त्यस्तै बाग्मती प्रदेशमा ४ हजार ९४० संक्रमित भएका छन् । यस्तै, क्रमशः १ हजार १४२ सुदूरपश्चिम प्रदेश, ६७२ लुम्बिनी, ५९० मधेस, र १३१ कर्णाली प्रदेश संक्रमण पुष्टि भएको हो ।...
तनहुँमा डेङ्गुबाट ६ वर्षीय बालकको मृत्यु
समाचार, समाज, स्वास्थ्य

तनहुँमा डेङ्गुबाट ६ वर्षीय बालकको मृत्यु

नेपालअखबार, दमौली (तनहुँ)  । डेङ्गु सङ्क्रमणबाट तनहुँको व्यास नगरपालिका-४ शीतलचोकका ६ वर्षीय बालकको मृत्यु भएको छ । गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा बालकको आज मृत्यु भएको हो । दमौलीस्थित कन्काई ग्लोबल एकेडेमीमा अध्ययनरत उनको निधनमा विद्यालयले आज शोक बिदा दिएको छ । व्यास नगरपालिकाका स्वास्थ्य शाखाप्रमुख प्रमोद सोतीले बालकको मृत्युबारे औपचारिक जानकार प्राप्त नभएको बताए । ६ वर्षीय बालकको मृत्युसँगै व्यास नगरपालिकामा डेङ्गुबाट मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । डेङ्गु सङ्क्रमणबाट गत असार १६ गते व्यास नगरपालिका–१० निवासी ३५ वर्षीय युवा, असोज २ गते व्यास नगरपालिका–११ निवासी १५ वर्षीय किशोर, असोज ८ गते व्यास नगरपालिका–२ निवासी १३ वर्षीया बालिका र असोज २० गते व्यास नगरपालिका–२ निवासी ३४ वर्षीया महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । रासस...
उपराष्ट्रपति यादवलाई डेंगु सङ्क्रमण, सिभिल अस्पताल भर्ना
समाचार, स्वास्थ्य

उपराष्ट्रपति यादवलाई डेंगु सङ्क्रमण, सिभिल अस्पताल भर्ना

नेपालअखबार, काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई डेंगु सङ्क्रमण पुष्टि भएको छ । डेंगु सङ्क्रमण पुष्टि भएपछि यादवलाई उपचारको लागि  सिभिल अस्पताल भनाए गरिएको उपराष्ट्रपति कार्यालयले जानकारी दिएको छ । यसैबीच राष्ट्रपति रामचन्द्र पौडेल उपराष्ट्रपति  यादवको स्वास्थ्य लाभको कामना गरेका छन् । राष्ट्रपति पौडेलले उपराष्ट्रपति यादवलाई टेलिफोन गरी स्वास्थ्य लाभको कामना गरेका हुन् । पछिल्लो समय काठमाडौँ उपत्यकालगायत देशभर डेंगु सङ्क्रमण बढ्दै गएको छ । चिकित्सकहरूले लामखुट्टेको टोकाइबाट बच्न आग्रह गर्दै आएका छन् ।...
हेलम्बुमा एक्कासी विरामी परेकामध्ये एक बालकको मृत्यु
समाचार, समाज, स्वास्थ्य

हेलम्बुमा एक्कासी विरामी परेकामध्ये एक बालकको मृत्यु

नेपालअखबार, काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बुमा एकसाथ वाकवाकी, ज्वरो र झाडा पखाला जस्ता लक्षण देखिएका १९ जनामध्ये एक बालकको मृत्यु भएको छ । तीन वर्ष मुनिका एक बालकको काठमाडौं ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले जनाएको छ । १६ असोजमा विरामी भएका उनीहरुको मेलम्ची अस्पतालमा प्रारम्भिक उपचार गरिएको थियो । उनीहरुमध्ये १४ जनालाई थप उपतचारका लागि काठमाडौं ल्याइएको थियो । २ जनाको आईसीयू र ८जनाको हाइकेयरमा उपचार भइरहेको छ भने तीन जना डिस्चार्ज भएका छन् । घटनाको कारण पत्ता लगाउन विरामीहरुको रगत र पिसाब, र खननाको नमुना परीक्षणका लागि पठाइएको मन्त्रालयले जनाएको छ ।...