Wednesday, July 15

स्वास्थ्य

काठमाडौं उपत्यकाका तीन स्थानमा देखियो बर्डफ्लू
कृषि, समाचार, समाज, स्वास्थ्य

काठमाडौं उपत्यकाका तीन स्थानमा देखियो बर्डफ्लू

नेपालअखबार, काठमाडौँ । काठमाडौं उपत्यकाका तीन स्थानमा बर्डफ्लू देखिएको छ । ललितपुरको खुमलटार, नागर्जुन–६ रामकोट, तार्केश्वर –७, संगालछापमा बर्डफ्लू देखिएको हो । पशु सेवा विभागका सूचना अधिकारी डा. चन्द्र ढकालले बर्डफ्लू देखिएको पुष्टि गरे । गत शुक्रबार कृषि अनुसन्धान परिषद् नार्कको अनुसन्धान फार्ममा पहिलो संक्रमण पुष्टि भएको थियो । सूचना अधिकारी ढकालका अनुसार त्यहाँ अनुसन्धान प्रायोजनका लागि पालिएका टर्की र अरु चराहरु मर्न थालेपछि त्यसको नमूना परीक्षणमा पठाउँदा बर्डफ्लू पुष्टि भयो । बर्डफ्लू देखिएसँगै कुखुरा र अन्डा तथा दानाहरु नष्ट गर्ने काम भइरहेको छ । रामकोटमा ४ हजार ५९१ वटा कुखुरा र २ हजार २५५ वटा अन्डा नष्ट गरिएको छ । त्यसैगरी, तार्केश्वरमा ९४० वटा कुखुरा, दाना १०० केजी र १००० वटा क्रेट नष्ट गरिएको छ । साथै ललितपुरको खुमलटारमा २ हजार ५३० वटा अन्डा, २१७ वटा कुखुरा र दाना २५० केज...
मनाङ अस्पतालसँग नै छैन एम्बुलेन्स
समाचार, स्वास्थ्य

मनाङ अस्पतालसँग नै छैन एम्बुलेन्स

नेपालअखबार, मनाङ । जिल्ला अस्पताल मनाङमा एम्बुलेन्स नभएपछि बिरामीलाई समस्या भएको छ । एम्बुलेन्स अभावका कारण बिरामी समयमै स्वास्थ्य उपचार पाउनबाट वञ्चित हुँदै आएका छन् । एम्बुलेन्स अभावका कारण बिरामी उपचारका लागि अन्य सवारी साधनमा कष्टकर यात्रा गर्न बाध्य छन् । पर्यटकीय क्षेत्र मनाङमा आएका बाह्य तथा आन्तरिक पर्यटकलाई पनि बिरामी पर्दा स्वास्थ्य संस्था जान समस्या भइरहेको छ । पर्यटक तथा स्थानीयलाई अस्पतालसम्म पुर्‍याउन एम्बुलेन्सको एकदमै खाँचो रहेको जिल्ला अस्पतालका प्रशासन विभागका प्रमुख रहमद अन्सारीले बताए । ‘अस्पतालसित एम्बुलेन्स छैन, गम्भीर प्रकृतिका बिरामीलाई अन्यत्र रिफर गर्नुपर्ने अवस्था भएमा एम्बुलेन्स खोज्दाखोज्दै बिरामीको ज्यान जाने हो कि भन्ने त्रास हुन्छ’, उनले भने । उनका अनुसार गाउँपालिकामा भएका एम्बुलेन्स बिग्रिएर थन्किएका छन् । जिल्ला रेडक्रस सोसाइटीसित भएको एम्बुलेन्स ...
नेपाललाई आँखा उपचारमा विश्वकै प्रमुख गन्तव्यस्थल बनाउन सकिन्छ : डा. रुइत
समाचार, स्वास्थ्य, हाइलाइट-समाचार

नेपाललाई आँखा उपचारमा विश्वकै प्रमुख गन्तव्यस्थल बनाउन सकिन्छ : डा. रुइत

नेपालअखबार, काठमाडाैं । नेपालले गर्व गर्न लायक व्यक्तित्व हुन डा सन्दुक रुइत। मोतिबिन्दुका कारण नेत्रज्योति गुमाउँदा अन्धकारमय जीवन बिताउन विवश लाखौँ नेपालीको आँखा देखाइदिएका उनले विश्वका अन्य मुलुकहरुमा पनि गएर सेवा गरेका छन्। विश्व समुदायमा नेपालको नाम चिनाउन त्यो पनि चिकित्सा प्रविधिमा उनले पुर्‍याएको योगदानलाई सबैले उच्च प्रशंसा गर्नैपर्छ। मोतिबिन्दु उपचार गर्ने सरल विधि (इन्ट्राअकुलर लेन्स) हो विकास गरेर अन्धोपन हटाउन खेलेको भूमिकाको योगदान गर्दै हालै उनलाई अन्तरराष्ट्रिय पुरस्कार प्रदान गरिएको छ। बहराइनका राजा सेख हमद विन इसा अल खालिफाले सन् २००९ मा  पूर्वराजा सेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापना गरेको ‘इसा अवार्ड फर सर्भिस टू ह्युमानिटी’ संस्थाले उनलाई ‘इशा अबार्ड’बाट सम्मानित गरेको छ। पुरस्कारको राशि १० लाख अमेरिकी डलर रहेको छ। आफू पुरस्कृत भएको खबर पाउँदा उनी बिरामीको...
दादुराको खोप लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह
प्रशासन, समाचार, स्वास्थ्य

दादुराको खोप लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह

नेपालअखबार, काठमाडाैं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दादुराबाट जोगाउन आफ्ना नानीबाबुलाई दादुरा र रुबेलाविरुद्धको खोप लगाउन सबैमा आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले बालबालिकालाई दादुरा र रुबेलाबाट  बचाउन  नौ  महिना पुगेपछि पहिलो मात्रा र १५ महिना पुगेपछि दोस्रो मात्रा खोप लगाउन आग्रह गरेको छ । नेपालगञ्जमा दादुरा तथा रुबेलाविरुद्धको खोप नलगाएकाहरूमा सङ्क्रमण देखिएपछि मन्त्रालयले आफ्ना बालबालिकालाई खोप नछुटाउन आग्रह गरेको हो । खोप शाखाका प्रमुख सागर दाहालले दादुराबाट जोगाउन नौदेखि १५ महिनासम्मका आफ्ना बालबालिकालाई दादुराविरुद्धको खोप लगाउन आग्रह गरे। दुई डोज खोप लगाएमा यसको प्रभावकारिता ९७ प्रतिशत हुने विज्ञको भनाइ छ । मिजल्स भाइरसका कारणबाट सर्ने दादुराले नेपालगञ्ज उपमहानगरपालिकामा सङ्क्रमण फैलिएको छ...
दादुराको संक्रमणबाट नेपालगञ्जमा एक बालकको मृत्यु
समाचार, स्वास्थ्य

दादुराको संक्रमणबाट नेपालगञ्जमा एक बालकको मृत्यु

नेपालअखबार, बाँके । दादुराको संक्रमणबाट नेपालगञ्जमा बुधबार एक बालकको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय बाँकेकी प्रमुख सुनिता पौडेलका अनुसार बिरामी भएर घरमै उपचार गराइरहेका बालकको मृत्यु भएको हो । स्वास्थ्य कार्यालय बाँकेका अनुसार अहिलेसम्म दादुराका २५ जनाभन्दा बढी बिरामी फेला परेका छन् । दादुराले बालकको मृत्यु भएपछि नेपालगञ्जमा संक्रमणको खतरा बढेको भन्दै स्वास्थ्य कार्यालयले आकस्मिक बैठक बसेर प्रकोप नियन्त्रणका लागि सहयोग गर्न सबै स्थानीय तहमा पत्र पठाएको छ । अभिभावकले दादुराबाट बिरामी भएका बालबालिकालाई लुकाएकाले उपचार तथा रोग निदानमा ढिलाइ भएको पौडेलले बताइन् । ‘धेरैजसो बिरामीलाई घरमै राखेर उपचार गरिँदै छ,’ स्वास्थ्य कार्यालय बाँकेकी प्रमुख सुनिता पौडेलले भनिन्, ‘अब थप बिरामीको खोजी गर्दै र दादुराविरुद्धको खोप लगाउने तयारीमा छौं ।’ उनले ४५ हजार डोज खोप आइपुगेको र जनशक्त...
कोरोनाबाट मृत्यु भएकाको वास्तविक संख्या सार्वजनिक गर्न चीनलाई डब्ल्यूएचओको आग्रह
विश्व, समाचार, स्वास्थ्य

कोरोनाबाट मृत्यु भएकाको वास्तविक संख्या सार्वजनिक गर्न चीनलाई डब्ल्यूएचओको आग्रह

नेपालअखबार, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना संक्रमणका कारण ज्यान गुमाएका र अस्पतालमा भर्ना भएर उपचारत व्यक्तिको विश्वसनीय संख्या सार्वजनिक गर्न आग्रह गरेको छ । डब्ल्यूएचओका प्रमुख टेड्रोस एदनोम गेब्रियससले मिडिया ब्रिफिङको क्रममा चीनलाई कोरोना संक्रमणसँग सम्बन्धित तथ्यांक यथाशीघ्र सार्वजनिक गर्न आग्रह गरेका हुन् । उनले भनेका छन्, ‘अस्पतालमा भर्ना भएका र मृत्यु भएकाको विश्वसनीय तथ्यांक छिटो र नियमित रुपमा सार्वजनिक गर्न हामीले चीनलाई भनेका छौं । साथै रियल टाइम भाइरल सिक्वेन्सिङको जानकारी पनि धेरै भन्दा धेरै जानकारी गराउन पनि भनेका छौं ।’ चीनमा पछिल्लो समय कोरोनाको संक्रमण तीव्र रुपमा फैलिइरहेको समाचार सार्वजनिक हुँदै आएको छ । तर चीनले भन्ने गरेको भन्दा धेरै संख्यामा संक्रमित र मृतक हुनसक्ने अनुमान गरिएको छ । डब्ल्यूएचओका प्रमुखले कोरोनाको अवस्थाबारे चीनस...
बिरामीको उपचारका लागि स्वास्थ्य प्रतिष्ठानहरुमध्ये विपी उत्कृष्ट
समाचार, स्वास्थ्य

बिरामीको उपचारका लागि स्वास्थ्य प्रतिष्ठानहरुमध्ये विपी उत्कृष्ट

नेपालअखबार, धरान। प्रतिष्ठानहरुका अस्पतालहरुमध्ये बिरामीको उपचारका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले उत्कृष्ट सेवा दिएको पाइएको छ । स्वास्थ्य मन्त्रालयले प्रत्येक वर्ष गर्ने वार्षिक संयुक्त समीक्षामा प्रस्तुत प्रतिष्ठानहरुको अघिल्लो वर्षको कार्यप्रगति हेर्दा त्यस्तो देखिएको हो ।  प्रतिष्ठानहरुमध्ये सबैधन्दा बढी उपचारका लागि बिरामी पनि सोही प्रतिष्ठानमा आउने गरेको देखिन्छ । विपी प्रतिष्ठान अस्पताल धरानमा एक वर्षमा ४ लाख ८१ हजार ५ सय १५ बिरामीले ओपीडी सेवा लिएका छन् । त्यसैगरी, ६९ हजार ६ सय ८१ ले आकस्मिक सेवा र ४२ हजार ९ सय ४८ भर्ना भएर उपचार सेवा लिएका छन् । दोस्रोमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्स, तेस्रोमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र चौथोमा पोखरा, पाँचौ राप्ती र छैटौंमा कर्णाली रहेका छन् । बिरामीको उपचारमा आउने मध्ये  कम मृत्यु हुने प्र...
चिकित्सा शिक्षाको स्नातक तहको प्रवेश परीक्षाको आवेदन खुला
प्रशासन, शिक्षा, समाचार, स्वास्थ्य

चिकित्सा शिक्षाको स्नातक तहको प्रवेश परीक्षाको आवेदन खुला

नेपालअखबार, काठमाडौं। चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाको स्नातक तह (युजी) को शैक्षिक कार्यक्रमहरुमा एकीकृत प्रवेश परीक्षाको अनलाइन आवेदन २४ पुसमा खोल्ने भएको छ । आयोगले एमबीबीएस, बीडीएस, बीएससी नर्सिङ, बीएएसएलपी, बी पर्फयुजन टेक्नोलोजी, बीएएमएस, बीएनएस, बीएससी एमएलटी, बीएससी एमआईटी, बी फार्मा, बी अप्टोमेट्री, बीपीटी, बीपीएचको लागि अनलाइन आवेदन खुला गरेको हो । आवेदन फारम पुस २४ गते बिहान १० बजेदेखि २०७९ माघ २४ गते अपरान्ह पाँच बजेसम्म भर्न पाइनेछ । आयोगले नेपाली आवदेकको लागि चार हजार र विदेशी आवेदकको लागि ८ हजार रुपैयाँ शुल्क तोकेको छ । आयोगका अनुसार योग्यता पुगेका इच्छुक उम्मेदवारहरुले आयोगको वेबसाइटमार्फत अनलाइन आवेदन भर्न सक्नेछन् । परीक्षा फागुन २४ गतेदेखि आयोगले यी शैक्षिक कार्यक्रमहरुको प्रवेश परीक्षा फागुन २४ गतेदेखि फागुन २८ गतेसम्म सञ्चालन गर्ने भएको छ । आय...
चीनबाट आउने यात्रुलाई मोरक्कोमा प्रतिबन्ध, अष्ट्रेलिया र क्यानडामा पनि कडाइ
विश्व, समाचार, स्वास्थ्य

चीनबाट आउने यात्रुलाई मोरक्कोमा प्रतिबन्ध, अष्ट्रेलिया र क्यानडामा पनि कडाइ

नेपालअखबार, एजेन्सि। चीन भएर आउने कुनै पनि यात्रुलाई मोरक्कोले प्रतिबन्ध लगाउने भएको छ। आगामी जनवरी ३ देखि मोरक्कोमा चीन भएर आउने कुनै पनि यात्रीले प्रवेश पाउने छैनन्। अष्ट्रेलिया र क्यानडाले पनि चीनबाट आउने यात्रुहरूमा कडाइ गर्ने भएका छन्। अष्ट्रेलिया र क्यानडा भित्रन अब चीन र हङकङ भएर आउने कुनै पनि यात्रुले ४८ घन्टा भित्रको कोरोना नेगेटिभ रिपोर्ट देखाउनुपर्नेछ। क्यानडाको पब्लिक हेल्थ एजेन्सी (पिएचएसी) का अनुसार चीन र हङकङबाट आउने यात्रुले कोरोनाको नेगेटिभ रिपोर्ट अनिवार्य देखाउनुपर्नेछ। कोरोनाको नयाँ भेरियन्टको बढ्दो जोखिमबाट बच्न यसअघिनै अमेरिकाले चीनबाट आउने यात्रुमाथि कडाई सुरू गरिसकेको छ। यसअघि कोरोनाको नेगेटिभ रिपोर्ट भए पुग्ने अमेरिकामा अब कोरोना परिक्षणसमेत गर्नुपर्ने भएको छ। यसअघि फ्रान्स, बेलायत, स्पेन, ताइवान, जापान, भारत, इटाली, दक्षिण कोरिया र पाकिस्तानले पन...
कोरोना सङ्क्रमण फैलिन नदिन जमुनाह नाकामा कडाइ
प्रशासन, समाचार, स्वास्थ्य

कोरोना सङ्क्रमण फैलिन नदिन जमुनाह नाकामा कडाइ

नेपालअखबार, नेपालगञ्ज। कोरोना सङ्क्रमण फैलिन नदिन नेपालगञ्जस्थित जमुनाहा नाकामा परीक्षणमा कडाइ गरिएको छ । भारतबाट नेपाल आउँदै गरेकी एक महिलामा कोरोना सङ्क्रमण पुष्टि भएपछि नेपालगञ्जस्थित नाकामा सतर्कता अपनाउन थालिएको नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा संयोजक रामबहादुर चन्दले जानकारी दिए। कोरोना सङ्क्रमण कम भएपछि गत असोज १ गतेदेखि यो नाकामा जाँच रोकिएको थियो । छिमेकी देश भारत र चीनमा कोरोना सङ्क्रमण देखिन थालेपछि नाकामा फेरि कडाइ सुरु गरिएको चन्दले बतए। अहिले नेपालगञ्ज नाकामा पनि स्वास्थ्य सावधानीसँगै भारतबाट नेपाल फर्किनेको अनिवार्य कोरोना परीक्षण गर्न सुरु गरिएको छ । भारतको सिमलाबाट नेपाल फर्किदै गरेकी जाजरकोटकी ३० वर्षीय महिलालाई परीक्षणको क्रममा शुक्रबार कोरोना सङ्क्रमण पुष्टि भएको जमुनाह हेल्थ डेस्कका ल्याब टेक्निसियन चिरञ्जीवी ज्ञवालीले जानकारी दिए। उनका अनुसार, भारतबाट ...