Monday, July 13

स्वास्थ्य

कोरोनाबाट पछिल्लो २४ घण्टामा देशभर थप ११ जनाको मृत्यु
समाचार, स्वास्थ्य

कोरोनाबाट पछिल्लो २४ घण्टामा देशभर थप ११ जनाको मृत्यु

नेपाल अखबार, पाेखरा। नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५०० नाघेको छ । पछिल्लो २४ घण्टामा देशभर थप ११ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या ५०९ पुगेको स्वास्थ्य तथा जनसंख्या म्न्त्रालयले जनाएको छ ।
काठमाडौँ उपत्यकामा एकैदिन ९४३ जना कोरोना संक्रमित थपिए
समाचार, स्वास्थ्य

काठमाडौँ उपत्यकामा एकैदिन ९४३ जना कोरोना संक्रमित थपिए

नेपाल अखबार, काठमाडाैं। काठमाडौँ उपत्यकामा आज थप ९४३ कोरोना संक्रमित थपिएका छन्। बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार उपत्यकाका तीन जिल्लामा थप ९४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार उपत्यकाका काठमाडौँमा ८१७ भक्तपुरमा ५८ र ललितपुरमा ६८ कोरोना पुष्टि भएको हो।...
नेपालमा पछिल्लो २४ घण्टामा१९ सय ११ कोरोना संक्रमित थपिए
समाचार, स्वास्थ्य

नेपालमा पछिल्लो २४ घण्टामा१९ सय ११ कोरोना संक्रमित थपिए

नेपाल अखबार, पाेखरा। देशभर कोरोनाभाइरसको सक्रिय संक्रमितको संख्या २१ हजार ८३० पुगेको छ । स्वास्थ्य मन्त्रालयले २५ हजार सक्रिय संक्रमित नाघे फेरि लकडाउन गर्नेगरी सिफारिस गरिसकेको अवस्थामा बिहीबारसम्म सक्रिय संक्रमितम २१ हजार ८३० पुगेको हो । पछिल्लो समय देशभर कोरोना संक्रमित बढिरहेका छन् भने बितेको २४ घण्टामा मात्रै १ हजार ९११ संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा जानकारी दिए । उनका अनुसार हाल संस्थागत आइसोलेशनमा १० हजार ७६१ र होम आइसोलेशनमा ११ हजार ७९ हजार रहेका छन् । यसैगरी पछिल्लो २४ घण्टामा देशभर ९६१ जना निको भएका छन् भने यससँगै हालसम्म निको हुनेको कुल संख्या ५७ हजार ३८९ पुगेको छ । यस्तै देशभर आईसीयूमा २२० र भेन्टिलेटरमा २५ जना रहेका छन् ।...
गण्डकी प्रदेशमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि
प्रदेश ४, समाचार, स्वास्थ्य

गण्डकी प्रदेशमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि

नेपाल अखबार, पोखरा । गण्डकी प्रदेशमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा बागलुङका र तनहुँ गरि दुई जिल्ला संक्रमित थपिएका छन् । बागलुङ काठेखोला वडा नम्बर ३ का १ पुरुष , ७ का २ पुरुष र ५ का १ पुरुष गरि ४ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै तनहुँ शुक्लागण्डकी वडा नम्बर ८ का २ पुरुष , वडा नम्बर ४ का १ पुरुष , वडा नम्बर ५ कि ५७ वर्षिय महिला रहेका छन् । तनहुँको एक संक्रमितको वडा खुलाइएको छैन । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ९ सय ४९ पुगेको छ । सबै संक्रमित कन्ट्याक्ट ट्रेसिङको क्रममा पहिचान भएका हुनर । संक्रमित सबैलाई आईसोलेसनको व्यवस्था गर्ने तयारी भइरहेको निर्देशनालयले जानकारी दिएको छ ।...
डोटीमा सक्रिय सङ्क्रमितको सङ्ख्या कम हुँदै
समाचार, स्वास्थ्य

डोटीमा सक्रिय सङ्क्रमितको सङ्ख्या कम हुँदै

नेपाल अखबार, डाेटी। जिल्लामा पछिल्लो समय सक्रिय सङ्क्रमितको सङ्ख्या कम हुँदै गएको छ । हालसम्म कोरोना सङ्क्रमित भएका कूल १ हजार ८५ जनामध्ये ९५२ जना निको भएर घर फर्किसकेका छन् । अब जिल्लामा १३३ जना मात्रै सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ । चौध दिन आइसोलेसनमा राखेर उपचार गरी पुनःपरीक्षण गर्दा कोरोना सङ्क्रमण नेगेटिभ देखिएका सङ्क्रमितलाई घर पठाउने गरिएको छ । सङ्क्रमण भएको दश दिनपछि कोरोना सङ्क्रमित भएका व्यक्तिले अरु व्यक्तिमा नसार्ने भएकाले यहाँका सङ्क्रमित व्यक्तिले समुदायमा कोरोना सार्न नसकेको जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा।प्रकाश ठकुल्लाले जानकारी दिए । सङ्क्रमित सङ्ख्या बढे पनि कोरोना निको भएर जाने बढेको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका अनुसार बुधबारसम्म जिल्लाका नौ वटै स्थानीय तहबाट ३१७ महिला र ६३५ पुरुष गरी कूल ९५२ जना सङ्क्रमण...
नेपालमा आगामी माघसम्म कोरोनाविरुद्धको भ्याक्सिन आउने,९० प्रतिशतलाई पुग्ने
समाचार, स्वास्थ्य

नेपालमा आगामी माघसम्म कोरोनाविरुद्धको भ्याक्सिन आउने,९० प्रतिशतलाई पुग्ने

नेपाल अखबार, काठमाडाैं। कोरोना भाइरसविरुद्धको २ करोड ५० लाख डोज खोप नेपाल ल्याइँदै छ । रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्ड र नेपाली औषधि उत्पादक कम्पनी ट्रिनिटी फर्मास्युटिकल्सबीच खोप नेपालमा भित्र्याउने सम्झौता भएको हो । नेपालमा ल्याइने भनिएको ‘स्पुतनिक–५’ भ्याक्सिन ‘ह्युमन एडेनो भाइरल भेक्टर्स प्लेटफर्म’ मा आधारित छ । हाल रुसलगायत देशमा ४० हजार नागरिकमा भ्याक्सिनको तेस्रो चरण अर्थात् थर्ड ट्रायल भइरहेको छ । सो सफल भए आगामी माघसम्म नेपालमा भ्याक्सिन ल्याइने ट्रिनिटी फर्मास्युटिकल्सका प्रमुख कार्यकारी अधिकृत किशोर अधिकारीले बताए । उनले भने, ‘४० हजार नागरिकमा खोप परीक्षण सफल भए औषधि व्यवस्था विभागमा लाइसेन्सका लागि निवेदन दर्ता गर्छौं । यदि सबै प्रक्रिया पूरा हुँदै गए आगामी माघसम्म नेपालमा भ्याक्सिन आइपुग्छ ।’ ‘स्पुतनिक–भी’ को तेस्रो चरणको परीक्षण आगामी जनवरीभित्र पूरा हुने अपेक्षा गरिएको उन...
काठमाडौँ उपत्यकामा थप ९०२ कोरोना संक्रमित थपिए
समाचार, स्वास्थ्य

काठमाडौँ उपत्यकामा थप ९०२ कोरोना संक्रमित थपिए

नेपाल अखबार, काठमाडौँ। काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ९०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले उपत्यकाका तीन जिल्लामा थप ९०२ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए। प्रवक्ता गौतमका अनुसार आज काठमाडौँमा ६९७, भक्तपुरमा ९३ र ललितपुरमा ११२ गरी ९०२ जना संक्रमित थपिएका हुन्।...
कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु
समाचार, स्वास्थ्य

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु

नेपाल अखबार, पाेखरा। नेपालमा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभरमा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको हो। । मृत्यु हुनेमा २ महिला र ७ पुरुष रहेका छन्। याेसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४९८ पुगेको छ।...
१५ सय ५९ कोरोना संक्रमित थपिए
समाचार, स्वास्थ्य

१५ सय ५९ कोरोना संक्रमित थपिए

नेपाल अखबार, पाेखरा। नेपालमा पछिल्लो २४ घण्टामा थप १हजार ५५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरमा थप १ हजार ५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए। प्रवक्ता गौतमका अनुसार आज देशभरमा सक्रिय संक्रमितको संख्या २० हजार ८९१ रहेको छ, उनले देशभरमा १० हजार ८७ संस्थागत आइसोलेसनमा रहेको जानकारी दिए। उनले पछिल्लो २४ घण्टामा थप १२ हजार २०५ पीसीआर परीक्षण भएको जानकारी दिए। त्यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ५७ कोरोना संक्रमित निको भएसँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या ५६ हजार ४२८ पुगेको छ। संक्रमति निको हुने प्रतिशत ७२.५ रहेको छ।...
पोखरामा ७जना प्रहरी सहित थपिए २७ कोरोना संक्रमित
समाचार, स्वास्थ्य

पोखरामा ७जना प्रहरी सहित थपिए २७ कोरोना संक्रमित

नेपाल अखबार, पाेखरा। पोखरा महानगरका १३ वटा वडामा २७ सहित गण्डकी प्रदेशमा ४४ जना नयाँ कोराना संक्रमित थपिएका छन । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरामा वडा प्रहरी कार्यालय रामवजारमा कार्यरत २७, २८, ३१ र ३४ वर्षीय पुरुष तथा २२–२२ र २३ वर्षीया महिला प्रहरीमा कोरोना संक्रमण देखिएको जनाएको हो । त्यसै गरि पोखरा वडा नं ४ का ३४ वर्षीय पुरुष, वडा नं ५ का २४ वर्षीय पुरुष, वडा नं ६ का ३० र ६५ वर्षीय पुरुष र ५५ वर्षीया महिला, वडा नं ८ का २५ वर्षीय पुरुष तथा वडा नं ९ का ३४ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै पोखरा वडा नं १० का ५७ वर्षीय पुरुष र ३२ वर्षीया महिला, वडा नं १२ का ४३ र ३९ वर्षीय पुरुष र २८ वर्षीय महिला, वडा नं १४ का ३८ वर्षीय पुरुष, वडा १५ का ८ वर्षीय वालक सहित २८ र ३७ वर्षीय पुरुष, वडा १६ का ३७ वर्षीय पुरुष, वडा नं १७ का २४ वर्षीय पुरुष, वडा नं १८ का ३४ वर्ष...