Monday, July 13

स्वास्थ्य

स्वास्थ्यकर्मीले पाएनन् जोखिम भत्ता
प्रदेश ६, समाचार, स्वास्थ्य

स्वास्थ्यकर्मीले पाएनन् जोखिम भत्ता

नेपाल अखबार, जुम्ला। कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न अग्रभागमा खटिएका स्वास्थ्यकर्मीले जोखिम भत्ता नपाएको गुनासो गरेका छन् । जुम्लाको पातारासी गाउँपालिकाका स्वास्थ्यकर्मीले जोखिम भत्ता नपाएको गुनासो गरेका हुन् । गाउँपालिकाको पटमारा स्वास्थ्य चौकीका इन्चार्ज कृष्ण बुढाका अनुसार सङ्घ, प्रदेश र स्थानीय सरकारले कोरोना महामारीमा जोखिम भत्ता दिन्छौँ भनेर हौस्याएर काममा खटाएको तर अहिलेसम्म जोखिम भत्ता उपलब्ध गराउने विषय कुनै चासो देखाएको छैन । यस गाउँपालिकाअन्र्तगत चारवटा स्वास्थ्य चौकीका ४२ स्वास्थ्यकर्मी र ६७ महिला स्वयंसेविका कोेरोना महामारीमा आफ्नो ज्यान जोखिममा राखेर खटिए पनि जोखिम भत्ता उपलब्ध नभएको इन्चार्ज बुढाले बताए । कोरोना माहामारी रोकथाम तथा नियन्त्रणमा खटिएबापत प्रतिमहिला स्वयंसेविका एकमुष्ट रु एक हजार ५०० उपलब्ध गराउने गाउँपालिकाले निर्णय गरेको थियो तर अहिलेसम्म उपलब्ध नभएक...
पोखरामा एक नवजात शिशुसहित थप ३ जनामा कोरोना पुष्टि
प्रदेश ४, समाचार, स्वास्थ्य

पोखरामा एक नवजात शिशुसहित थप ३ जनामा कोरोना पुष्टि

नेपाल अखबार, पोखरा । पोखरामा भर्खर जन्मिएका २० घण्टाको नवजात शिशु सहित थप ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणका क्रममा २० घण्टाको नवजात शिशु सहित ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । नवजात शिशु पोखरा ४ का हुन् । शिशुलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको एनआइसियुमा भर्ना गरिएको छ । त्यस्तै अन्य संक्रमितमा पोखरा महानगरपालिका वडा नम्बर २ तथा २० का ६५ वर्षीय १/१ जना पुरुष रहेका छन् । संक्रमित सोही अस्पतालको फिभर क्लिनिकबाट पहिचान भएका हुन् । संक्रमितलाई आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ । यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ३ हजार ८ सय ६६ पुगेको छ ।...
भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख नजिक, एकै दिन ११७८ को मृत्यु
विश्व, समाचार, स्वास्थ्य, हाइलाइट-समाचार

भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख नजिक, एकै दिन ११७८ को मृत्यु

नेपाल अखबार, एजेन्सि। भारतमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक लाख नजिक पुगेको छ। वल्र्डओमिटरका अनुसार त्यहाँ अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९७ हजार पाँच सय २९ पुगेको छ। पछिल्लो २४ घण्टामा मात्रै त्यहाँ संक्रमणबाट एक हजार १ सय ७८ जनाले ज्यान गुमाएका छन्। यस अवधिमा त्यहाँ ८० हजार पाँच सय जनामा संक्रमण पुष्टि भएको छ। पछिल्लो सयम संक्रमण र मृत्युदर उच्च भएका देशमा भारत विश्वमै सबैभन्दा अगाडि छ। त्यहाँ अहिलेसम्म कोरोना संक्रमितको संख्या ६२ लाख २३ हजार नाघेको छ। भारत कोरोना संक्रमणबाट धेरै मृत्यु हुने देशमा अमेरिका र ब्राजिलपछि विश्वमै तेस्रो स्थानमा छ भने संक्रमितको संख्या सबैभन्दा धेरै भएको अमेरिकापछि दोस्रो स्थानमा भारत छ। पछिल्लो २४ घण्टामा विश्वभर कोरोना संक्रमणबाट पाँच हजार आठ सय ४३ जनाले ज्यान गुमाएका छन्। यस अवधिमा दुई लाख ८७ हजार भन्दा धेरै नयाँ संक्...
ट्रम्पको आरोपः भारतले कोरोनाका कारण ज्यान गुमाएकाहरुको आँकडा लुकाइरहेछ
विश्व, समाचार, स्वास्थ्य, हाइलाइट-समाचार

ट्रम्पको आरोपः भारतले कोरोनाका कारण ज्यान गुमाएकाहरुको आँकडा लुकाइरहेछ

नेपाल अखबार, एजेन्सि। अमेरिकामा राष्ट्रपति पदका लागि डोनल्ड ट्रम्प र जो बाइडनबीच पहिलो डिबेट सुरु भइसकेको छ । दुबै प्रतिद्वन्द्वी विभिन्न मुद्दा जस्तै स्वास्थ्य, न्याय र अर्थव्यवस्थालगायतमा कुरा गरिरहेका छन् र एक–अर्कामाथि तिखो हमला गरिरहेका छन् । कोभिड–१९ को महामारीबारे प्रश्न सोध्दा डोनल्ड ट्रम्पले यदि जो बाइडन उनको स्थानमा भएको भए अमेरिकामा धेरैको मृत्यु हुने बताए । जवाफमा बाइडनले महामारीसँग लड्नका लागि ट्रम्पसँग कुनै योजना नभएको आरोप लगाए । अमेरिकामा कोरोनाभाइरस संक्रमणका ७० लाखभन्दा बढी संक्रमित छन् भने हालसम्म दुई लाख बढीको मृत्यु भइसकेको छ । कोरोनाभाइरसमाथि चर्चाः बाइडनले कोरोनाभाइरस महामारीसँग लड्नका लागि ट्रम्प प्रशासनको आलोचना गरे जसको जवाफमा ट्रम्पले महामारीसँग जुध्नका लागि सरकारले उत्कृष्ट काम गरेको बताए । उनले भने, ‘हाम्रो सरकार कोरोनाभाइरससँग लड्नका लागि मास्क, पिपिई किट र औष...
रुसबाट २ करोड ५० लाख डोज कोरोना भ्याक्सिन नेपाल आपूर्ति गर्न सम्झौता
प्रशासन, समाचार, स्वास्थ्य, हाइलाइट-समाचार

रुसबाट २ करोड ५० लाख डोज कोरोना भ्याक्सिन नेपाल आपूर्ति गर्न सम्झौता

नेपाल अखबार,काठमाडाैं। रुसबाट २ करोड ५० लाख डोज कोरोना भ्याक्सिन नेपाल आपूर्ति गर्ने सम्झौता भएको छ। मंगलबार रुसको स्पुतनिक–भी भ्याक्सिन निर्माता कम्पनी रसियन डिरेक्ट इन्भेस्टमेन्ट फन्ड र औषधि निर्माता कम्पनी ट्रिनिटी फर्मास्युटिकल्सबीच भ्याक्सिन सम्झौता भएको रोयटर्सले जनाएको छ। ट्रिनिटी फर्मास्युटिकलको माध्यमबाट नेपालमा उक्त कोरोनाविरुद्धको खोप स्पुतनिक–भी वितरण हुने जनाइएको छ। रसियन डिरेक्ट इन्भेस्टमेन्ट फन्डले आफ्नो खोप विश्वभर निर्यात गरिरहेको छ। फन्डले भारतमा एक सय मिलियन डोज भ्याक्सिन पठाउने बताइसकेको छ। यस भ्याक्सिन भारतमा पनि परीक्षण हुने क्रममा रहेको छ। रुसी सरकारको प्रत्यक्ष लगानीमा आविष्कार गरिएको स्पुतनिक–भी भ्याक्सिनलाई केही समय अगाडि मात्र त्यहाँको सरकारले प्रयोगका लागि स्वीकृति प्रदान गरेको थियो। त्यहाँका राष्ट्रपति भ्लादमिर पुटिनले उक्त भ्याक्सिन आफ्नो छोरीमा पनि परीक्षण ग...
कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु,
समाचार, स्वास्थ्य

कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु,

नेपालअखबार, पाेखरा। नेपालमा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ। मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभरमा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा ३ महिला र ७ पुरुष रहेको छन्। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४९१ पुगेको छ।...
काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ८३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
समाचार, स्वास्थ्य

काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ८३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

नेपाल अखबार, काठमाडाैंं। काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ८३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार उपत्यकाका तीन जिल्लामा थप ९३४ जनामा कोरोना पुष्टि भएको हो। यो एकैदिन संक्रमित हुनेमध्ये अहिलेसम्मकै उच्च संख्या हो। मन्त्रालयका अनुसार उपत्यकाका काठमाडाैँमा ७४७ , भक्तपुरमा ७३ र ललितपुरमा ११४ जनामा कोरोना पुष्टि भएको हो।...
पछिल्लो २४ घण्टामा १५ सय १३ संक्रमित थपिए
समाचार, स्वास्थ्य

पछिल्लो २४ घण्टामा १५ सय १३ संक्रमित थपिए

नेपाल अखबार, पाेखरा । देशभर सक्रिय संक्रमितको संख्या २० हजार ३९६ पुगेको छ । मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । उनका अनुसार पछिल्लो २४ घण्टामा देशभर १५१३ संक्रमित थपिएका छन् । यस्तै आज काठमाडौ उपत्यकामा ९३४ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै देशभर संस्थागत आइसोलेशनमा ९ हजार ६८९ जना रहेका छन् भने होम आइसोलेशन १० हजार ७०७ जना रहेकाछन् । यस्तै पछिल्लो २४ घण्टामा ७३१ जना डिस्चार्ज हुँदा निको हुनेको कुल संख्या ५५ हजार ३७१ पुगेको गौतमले बताए । यस्तै आज १० हजार ८९१ जनाको पीसीआर परीक्षण भएको पनि गौतमले बताए ।...
बालुवा झिक्ने क्रममा पुरिएर १ जनाको मृत्यु
समाचार, स्वास्थ्य

बालुवा झिक्ने क्रममा पुरिएर १ जनाको मृत्यु

नेपाल अखबार, वालिङ । बालुवा झिक्ने क्रममा पुरिएर वालिङमा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वालिङ–११ पेखुका ३७ वर्षीय दुर्गाबहादुर थापा रहेको प्रहरीले जनाएको छ । बालुवा निकाल्ने क्रममा आज बिहान पुरिएर गम्भीर घाइते भएका थापाको उपचारका क्रममा मृत्यु भएको गह्रौँ प्राथमिक अस्पतालका सूचना अधिकारी देवेन्द्रप्रसाद भट्टराईले बताए । उनीसँगै बालुवा निकाल्ने क्रममा स्थानीयवासी ३५ वर्षीया मुना थापा र ३१ वर्षीया नारायणी सिञ्जाली घाइते भएका छन् । रासस...
पोखरामा थप १४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि
समाचार, स्वास्थ्य

पोखरामा थप १४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि

नेपाल अखबार, पाेखरा। पोखरामा थप १४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा पोखराका थप १४ जनालाई संक्रमण पुष्टि भएको हो । पोखरा ५ की ९ वर्षीय बालिका तथा १४ वर्षीय बालक सहित ३६ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको छ । त्यस्तै पोखरा ८ का ४९ वर्षीय पुरुष, १३ का २४ वर्षीय पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । त्यस्तै पोखरा १५ का ३४ वर्षीय पुरुष सहित ३३ र ५६ वर्षीय २ जना महिला, १७ का ५५ र ५६ वर्षीय महिला सहित २४, ३१ र ६१ वर्षीय ३ जना पुरुषलाई संक्रमण पुष्टि भएको छ । त्यस्तै पोखरा २० का ८३ वर्षीय वृद्धलाई समेत कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । यता नवलपरासी (ब.पु.पू) का ४ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमितहरु जिल्लाको विनयत्रिवेणीका हुन् । विनयत्रिवेणी ३ की १२ वर्षीय बालिका सहित ७० वर्षी...