Friday, June 19

स्वास्थ्य

सहकारी द्वारा निःशुल्क स्वास्थ्य शिबिर, पोखरा
समाचार, समाज, स्वास्थ्य

सहकारी द्वारा निःशुल्क स्वास्थ्य शिबिर, पोखरा

नेपालअखबार,पोखरा । दर्शन बचत तथा ऋण सहकारी संस्था लि। को आयोजना तथा रिजनल हस्पिटल प्रा।लि। जिरो कि.मी. पोखरा को प्राविधिक सहयोगमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । नेपाल ठकुरी संगम परिवार कास्कीको प्राङ्गणमा सम्पन्न कार्यक्रममा रिजनल हस्पिटलका डाक्टर तथा प्राविधिकहरुको सहयोगमा मुटु रोग तथा महिला प्रसुती तथा स्त्री रोग, सुगर, प्रेसर, ल्याब, ईको, इसिजि सेवा निःशुल्क सेवा प्रवाह गरिएको थियो । स्वास्थ्य शिविरमा अतिथिहरु ठकुरी महिला परिवार कास्कीको अध्यक्ष सरस्वती हमाल, ठकुरी भू।पू। परिवार कास्कीको पुर्व अध्यक्ष फम सिंह, ठकुरी युवा परिवार कास्कीको अध्यक्ष रमेश हमाल, रिजनल हस्पिटल प्रा.लि.को अध्यक्ष सबिन अधिकारी लगायतको उपस्थिति रहेका थियो । यसै गरी रिजनल हस्पिटलबाट बरिष्ठ मुटु रोग बिशेषज्ञ डा. मनोज कोइरालाको नेतृत्वमा बरिष्ठ स्त्रीरोग तथा प्रसुती रोग बिशेषज्ञ डा. तारा गुरुङ शाही, वरि...
रजत महोत्सव अवसरमा होली माउण्टमा निशुल्क दन्त शिविर
समाचार, समाज, स्वास्थ्य

रजत महोत्सव अवसरमा होली माउण्टमा निशुल्क दन्त शिविर

नेपालअखबार,पोखरा । पोखरा– २९ भण्डारीढिकमा रहेको होली माउण्ट अंग्रेजी माविले रजत महोत्सवको पूर्व सन्ध्यामा निशुल्क दन्त शिविर तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ । विद्यालय स्थापनाको २५ वर्ष पुगेको उपलक्ष्यमा अभिभावक र विद्यार्थी लक्षित गरी निशुल्क दन्त शिविर आयोजना गरेको विद्यालयका संस्थापक प्रिन्सिपल तोलाकान्त न्यौपानेले जानकारी दिए । उक्त अवसरमा २०८१ को खेलकुद पुरस्कार वितरण तथा विविध सांस्कृति कार्यक्रम समेत प्रस्तुत गरिएको थियो । माता मनकामना डेन्टल केयर पोखरा न्यूरोडको प्राविधिक सहयोगमा भएको उक्त शिविरमा अभिभाव र विद्यार्थी गरी १ हजार १ सय जनाले सेवा लिएका प्रिन्सिपल न्यौपानेले जानकारी दिए । उक्त शिविरमा माता मनकामना डेन्टल केयरका मेनेजि· डिरेक्टर डि.एच युवराज पौडेल ‘अर्जुन’, डा.आफ्री वुन, डिएच लाल बहादुर थापा र असिस्टेन्ट प्रेमु गुरुङ दात परिक्षण गरेका थिए । म...
पाल्पामा १० हजार बढी किशोरीलाई एचपीभी खोप दिइने
समाचार, समाज, स्वास्थ्य

पाल्पामा १० हजार बढी किशोरीलाई एचपीभी खोप दिइने

नेपालअखबार , पाल्पा । पाल्पाका दश हजार बढी किशोरीलाई पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको खोप दिइने भएको छ । संघीय सरकारले अभियानका रूपमा सञ्चालन गरेको कार्यक्रम अनुसार जिल्लाका दश स्थानीय तहका कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने दश हजार ४५८ जना किशोरीहरुलाई एचपीभी खोप दिइने तयारी भएको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख टुकप्रसाद पोखरेलले जानकारी दिए । विद्यालयमा अध्ययनरत दश हजार ३८८ जना र विद्यालय बाहिर रहेका ७० जना छात्राहरु यो कार्यक्रममा सहभागी हुनेछन् । दुई चरणमा सञ्चालन हुने अभियानमा २३५ वटा विद्यालय र ७७ वटा स्वास्थ्य संस्थामा खोप केन्द्रको व्यवस्था गरिएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । खोप अभियानमा ३१५ भ्याक्सिनेटर स्वास्थ्यकर्मी र ६२७ स्वयमसेवक परिचान हुनेछन् । पहिलो चरण माघ २२ गते देखि २६ गतेसम्म पाँच स्थानीय तह र  दोस्रो चरण माघ २८ देखि फागुन ४ गतेसम्म ५ स्थानीय ...
पोखरा १२ मा स्वास्थ्य शिविर
समाचार, समाज, स्वास्थ्य

पोखरा १२ मा स्वास्थ्य शिविर

नेपालअखबार,पोखरा। पोखरा महानगरपालिका वडा नं १२ मा निःशुल्क प्रजनन् स्वास्थ्य शिविर तथा स्वास्थ्य सचेतना कार्यक्रम भएको छ । नेपाल परिवार नियोजन संघ कास्कीले पोखरा महानगरपालिका वडा नं १२ वडा कार्यालयको सहयोगममा कार्यक्रम गरेको हो । कार्यक्रमबाट शनिवार ५८ जना लाभान्वित हुनुभएको छ । एक सातासम्म वडा कार्यालयको सिफारिसमा संघको कार्यालयमा सम्पर्कमा आउनु हुनेलाई सेवा प्रदान गरिने छ । कार्यक्रमक उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं १२ का वडा अध्यक्ष सन्तोष बास्तोलाले हरेक नागरिक आफ्नो स्वास्थ्य बारे सचेत हुनुपर्ने बताउनुभयो । उहाँले काम गर्नका लागि दृढ इच्छा शक्ति आवश्यक भएको उल्लेख गर्नुभयो । नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देलले सरकारी तथा गैर सरकारी संस्थासँग सहकार्य गर्दै संघ अघि बढ्न चाहेको उल्लेख गर्नुभयो । उहाँले वडा अध्यक्ष बास्तोलाले नागरिकप्रतिको स्वास्थ्यमा गम्भिरत...
तनहुँका १४ हजार छात्रालाई एचपीभी खोप लगाइँदै
समाचार, समाज, स्वास्थ्य

तनहुँका १४ हजार छात्रालाई एचपीभी खोप लगाइँदै

नेपालअखबार,तनहुँ ।  जिल्लाका १४ हजार बढी छात्रालाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाइने भएको छ । जिल्लास्थित दशवटै स्थानीय तहका विद्यालयमा अध्ययनरत १४ हजार हजार दुई सय ७८ छात्रालाई एचपीभी खोप लगाउन लागिएको हो । एचपीभी खोप अभियान यही माघ २२ देखि ३० गतेसम्म सञ्चालन हुने स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए । पहिलो चरणमा माघ २२ देखि २५ गतेसम्म व्यास नगरपालिका, भानु नगरपालिका, देवघाट, बन्दीपुर र आँबुखैरेनी गाउँपालिकामा अभियान सञ्चालन गरिने छभने दोस्रो चरणमा माघ २७  देखि ३० गतेसम्म शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका, म्याग्दे, ऋषिङ र घिरिङ गाउँपालिकामा खोप अभियान सञ्चालन हुनेछ । कार्यालय  प्रमुख अधिकारीका अनुसार विद्यालय जाने कक्षा ६ देखि १० सम्मका १४ हजार ७८ र विद्यालय नजाने दुई सय गरी १४ हजार दुई सय ७८ छात्रालाई खोप लगाइनेछ । भानु नगरपालिकाका एक...
भाटखोलामा पाठेघरको मुखको निशुल्क भिआइए परिक्षण
समाचार, समाज, स्वास्थ्य

भाटखोलामा पाठेघरको मुखको निशुल्क भिआइए परिक्षण

नेपालअखबार,पोखरा । रोटरी क्लब अफ पोखरा न्यूरोड, रोटरी क्लब अफ नक्साल शक्ति, रोटरी क्लब अफ पोखरा क्यापिटलको संयूक्त आयोजना, फेदीखोला गाउँपालिका वडा नं। ३ को सहकार्य तथा गण्डकी मेडिकल कलेजको प्राविधिक सहयोगमा शनिबार फेदीखोला गाउँपालिका वडा नं। ३ भाटखोलाका ८७ जना महिलाहरुको पाठेघरको क्यान्सर सम्बन्धि भिआईए परिक्षण गरियो । जसमध्ये जम्मा ६ जनाको भिआइए पोजिटिभ देखिएकोले उनिहरुलाई थप परिक्षणको लागि गण्डकी मेडिकल कलेजमा रिफर गरिएको छ । रोटरी क्लब अफ पोखरा न्यूरोडका अध्यक्ष दिपेन्द्र शर्माले सन् २०२४÷२५ मा कास्की, स्याङजा, तनहुँ लगायतका जिल्लाका १५ सय भन्दा वढि महिलाहरुको पाठेघरको भिआइए परिक्षण गर्ने लक्ष्य लिएको वताउदै उक्त अभियान अन्तरगत तेस्रो शिविर भाटखोलामा गरिएको वताए । यस अगाडि पोखरा महानगरपालिका वडा नं। १६ र ७ नं वडामा गरिसकिएको वताए । फेदीखोला गाउँपालिका वडा नं। ३ का वडा अध्यक्ष कृष्ण बह...
नवीकरण नहुँदा बागमती प्रदेशका स्वास्थ्य संस्था सुविधाबाट बञ्चित
प्रशासन, समाचार, स्वास्थ्य

नवीकरण नहुँदा बागमती प्रदेशका स्वास्थ्य संस्था सुविधाबाट बञ्चित

नेपालअखबार,चितवन । बागमती प्रदेशअन्तर्गतका स्वास्थ्य संस्था नवीकरण नहुँदा स्वास्थ्य सेवा प्रभावित भएका छन् । ऐन, नियमावली र मापदण्ड निर्माणमा भएको ढिलाइले प्रदेश सरकार मातहत सञ्चालित अस्पताल तथा स्वास्थ्य संस्थाको दर्ता र नवीकरण ढप्प भएको हो । पुष्पाञ्जली अस्पताल भरतपुरका सञ्चालक डा‍.भोजराज अधिकारीले अस्पताल दर्ता नवीकरण नहुँदा उपकरण खरिदमा भन्सार छुट र मूल्य अभिबृद्धि कर (भ्याट) छुट सुविधाबाट बञ्चित हुनु परेको बताए । “एक वर्षदेखि भन्सारमा रोकिएको सिटी स्क्यान मेसिनमा छुट बिना नै ल्याउनुपर्यो”, उनले भने, “लिलाम हुने अवस्था आएपछि करिब रु ६० लाखभन्दा बढी खर्चेर उपकरण ल्याउन बाध्य भइयो ।” भरतपुर अस्पताल विकास समितिका पूर्वअध्यक्ष समेत रहेका डा.अधिकारीले अस्पताल नवीकरण नहुँदा एम्बुलेन्स, शववहानलगायतका सवारीसाधन र उपकरण खरिदमा समस्या भएको बताए । नवीकरण नहुँदा अस्पतालको स्तरोन्नति रोकिएक...
लाहाचोकमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
समाचार, समाज, स्वास्थ्य

लाहाचोकमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

नेपालअखबार,पोखरा ।दर्शन फाउण्डेशन र पोखरा नर्सिङ क्याम्पसको संयुक्त आयोजनामा कास्कीको माछापुच्छ्रे« गाउँपालिका वडा नंं। ४ स्थित लाहाचोक स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । स्वास्थ्य सेवाको पहुँच बढाउँदै समुदायमा स्वास्थ्य सचेतना फैलाउने उद्देश्यले आयोजित शिविरमा १३० जना बिरामीको परीक्षण गरिएको थियो । सो शिविरमा डा। नेहा न्यौपानेले महिलाहरूको पाठेघर सम्बन्धी जाँच गर्नुभएको थियो । जाँचको क्रममा ६५ जनामा महिला प्रजनन अंग संक्रमण पाइएको, भिआइए ९भिजुअल इन्स्पेक्सन विथ एसिटिक एसिड० १ जना महिलामा पोजिटिभ देखिएको, २ जना सम्भावित जोखिममा रहेको र आङ खसेको समस्या ३ जनामा पाइएको डा। न्यौपानेले बताउनुभयो । महिलाको स्वास्थ्यलाई लक्षित गर्दै गरिएको यो प्रयासले उनीहरूको समस्या पहिचान गरी आवश्यक उपचार र परामर्श प्रदान गरिएको थियो । उक्त शिविरमा अन्य स्वास्थ्य समस्या भएका ८० ...
बुर्तिवाङमा बन्यो ५० शय्याको अस्पताल
समाचार, समाज, स्वास्थ्य

बुर्तिवाङमा बन्यो ५० शय्याको अस्पताल

नेपालअखबार ,ढोरपाटन। ढोरपाटन नगरपालिका–१ बुर्तिवाङमा शुक्रबारदेखि ५० शय्याको अस्पताल सञ्चालन भएको छ। यसबाट निसीखोला, तमानखोला र बडिगाड गाउँपालिकाका स्थानीय प्रत्यक्ष लाभान्वित हुनेछन्। गण्डकी प्रदेश सरकारका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले शुक्रबार अस्पतालको सेवा प्रारम्भ गर्दै ५०  शय्याको अस्पतालमा स्तरोन्नतिपछि जनशक्ति व्यवस्थापनको कामलाई अगाडि बढाइएको बताए। विसं २०२१ मा दुई कोठाबाट स्थापना भएको स्वास्थ्य संस्था ६० वर्षपछि अस्पताल बनेको हो। विसं २०६४ मा जिल्ला अस्पतालमा स्तरोन्नति गर्न ३२ करोड लागतमा भौतिक पूर्वाधार निर्माण प्रारम्भ भएको थियो। गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई ५० शय्याको प्रादेशिक अस्पतालका रूपमा सञ्चालन गरिने उल्लेख थियो। अस्पतालमा पूर्वाधार, उपकरण तथा जनशक्ति व्यवस्थापनका लागि १२ क...
अछाममा मरेको कुखुराको मासु खाएपछि किशोरको मृत्यु
समाचार, समाज, स्वास्थ्य

अछाममा मरेको कुखुराको मासु खाएपछि किशोरको मृत्यु

नेपालअखबार ,कैलाली। अछाममा मरेको कुखुराको मासु खाएपछि बिरामी भएका एक किशोरको मृत्यु भएको छ भने परिवारका अन्य तीनजना बिरामी भएका छन् । कमलबजार नगरपालिका-३ बयलाका १५ वर्षीय कमल विकको आइतबार मृत्यु भएको अछामका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए विकले शुक्रबार स्थानीय मासु पसलबाट ल्याएको मरेको कुखुराको मासु खाएको थिए । मासु खाएपछि बिरामी भएका विकको आइतबार मृत्यु भएको भण्डारीले बताए । उनका अनुसार कुखुराको मासु खाने मृतककी हजुरआमा ७० वर्षीय नाम विक, उनकी १४ वर्षीय नातिनी सीता विक र नाति ९ वर्षीय विकास विक पनि बिरामी भएका छन् । उनीहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको डीएसपी भण्डारीले बताए । मरेको कुखुराको मासु खाएपछि मृतक किशोरसहित परिवारका अन्य सदस्यमा पेट दु:ख्ने, बान्ता गर्ने लगायतका स्वास्थ समस्या देखिएको थियो। मृतक किशोरका आमाबुवा रोजगारीका...