मुस्ताङको घरपझोङमा स्वास्थ्य शिविर, तीन सय ५३ जना लाभान्वित
नेपालअखबार,मुस्ताङ । मुस्ताङमा गरिएको निःशुल्क स्वास्थ्य परीक्षणमा तीन सय ५३ जना लाभान्वित भएका छन् । मुस्ताङको जोमसोम, ठिनी र मार्फामा बिहीबार र शुक्रबार ४० वर्ष भन्दामाथि उमेरका नागरिकको परीक्षण गरिएको हो ।
प्रादेशिक स्वास्थ्य निर्देशानलय (गण्डकी प्रदेश)को आयोजना, मुस्ताङको घरपझोङ गाउँपालिका कार्यालयको समन्वय तथा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला गण्डकी प्रदेश, प्रदेश जनस्वास्थ्य कार्यालय मुस्ताङ, प्रदेश अस्पताल मुस्ताङ र प्रदेश आयुर्वेद चिकित्सालय मुस्ताङको सहकार्यमा नसर्ने रोगको बृहत स्वास्थ्यपरीक्षण सम्पन्न भएको प्रादेशिक स्वास्थ्य निर्देशानलय गण्डकी प्रदेशका जनस्वास्थ्य अधिकृत कमल रानाभाटले जानकारी दिए ।
उनले नसर्ने रोग पहिचान गर्न बृहत स्वास्थ्य शिविर सञ्चालन गरिएको बताए । मुस्ताङमा नसर्ने रोगको पहिचान गरी त्यस्ता समस्या भएका बिरामीलाई उपचारमा सहयोग पुर्याउन उद्देश्यले बृहत्त ...









