Saturday, May 9

अपराध

३ करोड ५९ लाख जरिवाना तोकिएकी फरार प्रतिवादी पक्राउ
अपराध, समाचार

३ करोड ५९ लाख जरिवाना तोकिएकी फरार प्रतिवादी पक्राउ

नेपालअखबार,काठमाडौँ । बैकिङ कसुर मुद्दामा अदालतबाट ३ करोड ५९ लाख ९६ हजार जरिवाना ठहर भएका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट बेलकोटगढी नगरपालिका–४ घर भएर बुढानीलकण्ठ बस्ने बिन्दा ढुंगेल रिजाल छिन् । सोमबार उनलाई ललितपुरको महालक्ष्मी नगरपालिका–१ बाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले  बताए । ४५ वर्षीया ढुंगेलविरुद्ध पाँच वटा मुद्दा अदालतबाट फैसला भैसकेको छ । ती मुद्दामा उनलाई अदालले ३ करोड ५९ लाख जरिवाना हुने ठहर गरेको हो । उनीविरुद्ध वैदेशिक रोजगारसम्बन्धी २० लाख बिगो भएको मुद्दासमेत दर्ता भएर पक्राउ पुर्जी जारी भएको भेटिएको एसपी आचार्यले जानकारी दिए ।...
मेक्सिकोकी राष्ट्रपतिमाथि बीच सडकमा यौन दुर्व्यवहार
अपराध, विश्व, समाचार

मेक्सिकोकी राष्ट्रपतिमाथि बीच सडकमा यौन दुर्व्यवहार

नेपालअखबार,काठमाडौं । मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेइनबाउम यौन दुर्व्यवहारमा परेकी छन्। मंगलबार मेक्सिको सिटीमा नागरिकहरूसँग कुराकानी गरिरहेकी उनीमाथि एक पुरूषले दुर्व्यवहार गरेका हुन्। उनीमाथि दुर्व्यवहार भएको भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेको छ। अन्तर्राष्ट्रिय समाचार संस्था एशोशियटेड प्रेस (एपी)का अनुसार राष्ट्रपति शेइनबाउममाथि यौन दुर्व्यवहारको घटना राजधानीको ऐतिहासिक डाउनटाउन क्षेत्रमा भएको हो। भिडिओमा देखिएअनुसार राष्ट्रपति शेइनबाउम नागरिकहरूसँग कुरा गरिराख्दा एक पुरूष उनको नजिक जान्छन् र काँधमा हात राखेर उनको घाँटीमा चुम्बन गर्छन्। राष्ट्रपति शेइनबाउमले तत्काल फर्केर ती पुरूषको हात आफ्नो काँधबाट हटाउँछिन्। उनले शान्तपूर्वक, हाँसेरै उनको सामना गर्छिन्। त्यसपछि सरकारी अधिकारी त्यहाँ आएर राष्ट्रपतिको छेउबाट ती पुरूषलाई हटाएका थिए। त्यसपछि पनि उनले राष्ट्रपतिको नज...
खैरो हेरोइनसहित ४ जना पक्राउ
अपराध, समाचार

खैरो हेरोइनसहित ४ जना पक्राउ

नेपालअखबार,काठमाडौं । काठमाडौंको टोखा नगरपालिका–९ गोंगबुबाट चार युवा लागुऔषधसहित पक्राउ परेका छन् । प्रहरीले उनीहरूलाई गौंगबुको दिपज्योतिमा टिनको छाप्रोमा बस्दै आएका सुजल विश्वकर्माको डेरा कोठामा लागुऔषधसहित युवा पक्राउ गरेको हो । पक्राउ पर्नेमा निरज लामा (३२), सुजल विश्वकर्मा (२८), बिदुर याङ्बो (३१) र रोमन राई (१९) रहेका छन् । प्रहरी उनीहरूको साथबाट लागुऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ फेला परेको जनाएको छ ।...
बूढानीलकण्ठका मेयरको घर तोडफोड गरेको आरोपमा २ युवती पक्राउ
अपराध, समाचार

बूढानीलकण्ठका मेयरको घर तोडफोड गरेको आरोपमा २ युवती पक्राउ

नेपालअखबार,काठमाडौं । जेनजी आन्दोलनका क्रममा काठमाडौंको बूढानीलकण्ठ नगरपालिकाका प्रमुख (मेयर) मिठाराम अधिकारीको घर तोडफोड गरेको आरोपमा दुई युवती पक्राउ परेका छन् । प्रहरीले मेयर अधिकारीको घर तोडफोड गरेको आरोपमा २० वर्षीया निशा राई र २२ वर्षीया आयुषा कुमाललाई पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई प्रहरी वृत्त बौद्धमा राखिएको छ ।तोडफोडको आरोपमा पक्राउ परेकी निशा ईलामको माई नगरपालिका–८ घर भई हाल बूढानीलकण्ठ नगरपालिका–१० गैरीगाउँ र आयुषा गुल्मीको हस्तिचौर गाउँपालिका-२ की हुन् । उनीहरूलाई बूढानीलकण्ठ–१० गैरीगाउँबाट पक्राउ गरिएको प्रहरी प्रभाग कपनले जनाएको छ ।...
बाबुको हत्या आरोपमा पक्राउ परे छोरा
अपराध, प्रशासन, समाचार

बाबुको हत्या आरोपमा पक्राउ परे छोरा

नेपालअखबार, काठमाडौं। पाँचथरको हिलिहाङ गाउँपालिकाका एक युवकले बाबुको हत्या गरेको खुलेको छ। हिलिहाङ गाउँपालिका–१ फेदापाका ६९ वर्षीय युवराज राईको कान्छा छोरा ३१ वर्षीय सन्देश राईले हत्या गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। युवराज आइतबार बिहान १०:३० बजे घरदेखि करिब ५०० मिटर उत्तरतर्फ करेसाबारीमा मृत फेला परेका थिए। मृत युवराजको शरीरका विभिन्न भागमा चोटपटक देखिएपछि हत्याको आशङ्कामा प्रहरीले अनुसन्धान अघि बढाएको थियो। प्रारम्भिक अनुसन्धानमा युवराजका कान्छा छोरा सन्देशले बाबुको हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक अनिषकुमार कर्णले जानकारी दिए। प्रहरीले सन्देशलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको छ। युवराजको शव कानुनी प्रक्रिया पूरा गरी परीक्षणका लागि जिल्ला अस्पताल फिदिम ल्याइएको प्रनाउ कर्णले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइ...
जेनजी आन्दोलनको क्रममा प्रहरी हत्या गरेको आरोपमा पक्राउ परेका पाँच जना पुर्पक्षका लागि कारागार चलान
अपराध, प्रशासन, समाचार

जेनजी आन्दोलनको क्रममा प्रहरी हत्या गरेको आरोपमा पक्राउ परेका पाँच जना पुर्पक्षका लागि कारागार चलान

नेपालअखबार, काठमाडौं । जेनजी आन्दोलनको क्रममा प्रहरी हत्या गरेको आरोपमा पक्राउ परेका पाँच जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । आन्दोलनमा प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत असई मिलन राय, जवान उत्तम थापा र प्रहरी प्रभाग कोटेश्वरमा कार्यरत सहायक हवल्दार अमृत गुरुङको हत्या आरोपमा पक्राउ परेका पाँच जना कारागार चलान भएका हुन् । असई रायको हत्या आरोपमा सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका– ४ घर भएका ६२ वर्षका होमप्रसाद पौडेल र उदयपुरको चौदण्डीगढी नगरपालिका–१० हडिया घर भएका २८ वर्षीय टिकाराम विक पक्राउ परेका थिए । उनीहरूविरुद्ध कर्तव्य ज्यान र आपराधिक उपद्रवको कसुरमा मुद्दा दर्ता भएकोमा दुवै जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । त्यसैगरी प्रहरी जवान उत्तम थापाका हत्या आरोपमा काभ्रेको रोशी गाउँपालिका–९ राजवास घर भएका २८ वर्षीय युवराज क्याप्छाकी र मकवानपुरको थाहा नगरपालिका–७ बता...
मलद्वारमा लागुऔषध लुकाएर ल्याउँदै गरेका दुई जना पक्राउ
अपराध, समाचार

मलद्वारमा लागुऔषध लुकाएर ल्याउँदै गरेका दुई जना पक्राउ

नेपालअखबार, उदयपुर । प्रतिबन्धित लागुऔषध मलद्वारमा फ्रिजिङ गरेर ल्याउँदै गरेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालिका-७ बस्ने अन्दाजी २४ वर्षीय पर्शुराम तिमल्सिना र वडा नं. ६ बस्ने २३ वर्षीय बिकि भन्ने विवेक राई छन्। उदयपुरको चौदण्डीगढी नगरपालिका-४, पैतालिस चोकमा ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको टोलीले आइतबार साँझ करिब ५ बजेतिर पैदल हिँडिरहेका दुई जनालाई शंका लागेर चेकजाँच गरेको थियो। शंकास्पद लागेपछि उनीहरूलाई नगर अस्पताल चौदण्डीगढीमा लगेर एक्स-रे गर्दा यो रहस्य बाहिर आएको हो। उनीहरूले मलद्वारभित्र लागू औषधका एम्पुलहरू 'फ्रिजिङ' गरेर लुकाएर ल्याउँदै गरेको खुल्यो। तिमल्सिनाको साथबाट १५ एम्पुल र राईको साथबाट १८ एम्पुल गरी जम्मा ३३ एम्पुल प्रतिबन्धित लागू औषध फेला परेको छ। अस्पतालका डाक्टरहरूले उनीहरूको मलद्वारबाट लागुऔषध सुरक्षित रूपमा निकालेका ...
केन्द्रीय कारागारबाट भागेका कैदी पाल्पामा पक्राउ
अपराध, समाचार

केन्द्रीय कारागारबाट भागेका कैदी पाल्पामा पक्राउ

नेपालअखबार,काठमाडौँ । केन्द्रीय कारागार (सुन्धारा)बाट भागेका कैदी पाल्पामा पक्राउ परेका छन्। पाल्पाको पूर्व खोला गाउँपालिका वडा- ३ का ३५ वर्षीय रुद्र प्रसाद न्यौपाने पक्राउ परेका हुन्। उनलाई जिल्ला प्रहरी कार्यालय पाल्पाको टोलीले आइतबार पक्राउ गरेको हो। न्यौपानेलाई बैकिङ कसुर मुद्दाका कारागारमा राखिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका डिएसपी होमप्रकाश चौधरीले जानकारी दिए। उनका अनुसार  भदौं- २४ गतेको आन्दोलन सुन्धरा कारागारबाट भागेको थिए। भागेर गाउँमै लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको हो। 'हामीले न्यौपानेलाई नियन्त्रणमा लिएर जिल्ला कारागार पठाइदिएका छौं,' उनले भने।...
गुल्मीमा छोराले गरे बुवाको हत्या, आमा सख्त
अपराध, समाचार, समाज

गुल्मीमा छोराले गरे बुवाको हत्या, आमा सख्त

नेपालअखबार,गुल्मी । गुल्मीका एक युवाले आफ्नै बाबुको हत्या गरेका छन् । गुल्मी मालिका गाउँपालिका–३ म्यालमा २३ वर्षीय भोटबहादुर विकले बुवाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। उनले बुवा–आमा माथि धारिलो हतियार प्रहार गरेका थिए । जसबाट बुवाको मृत्यु भएको छ भने आमा सख्त घाइते भएकी छन् । विकले करिब ५० वर्षीय बुवा धनबहादुर बिक र आमा ४८ वर्षीय दिलमाया विकलाई हँसिया र काठको मुङ्ग्रोले प्रहार गरेका थिए । धनबहादुरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) गङ्गाबहादुर सारूले बताए । उनले प्रारम्भिक अनुसन्धानका क्रममा विकको मानसिक सन्तुलन ठिक नभएको खुलेको बताए । दिलमायालाई गम्भीर चोट लागेकाले उपचारका लागि उपचार लागिएको बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याउनको छ । हत्या गर्ने विकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गर...
सुर्खेतमा फरुवा प्रहार गरी छोराद्वारा आमाको हत्या
अपराध, समाचार, समाज

सुर्खेतमा फरुवा प्रहार गरी छोराद्वारा आमाको हत्या

नेपालअखबार,सुर्खेत । सुर्खेतको भेरीगंगा नगरपालिकामा फरुवा प्रहार गरी  छोराले आफ्नै आमाको हत्या गरेका छन् । मृत्यु हुनेमा करिब ५० वर्षीया धनिकला बस्नेत छिन् । हत्याको आरोपमा उनका छोरा कबिराम बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढ्थापाअनुसार, शुक्रबार बिहान करिब ७ बजेको समयमा भेरीगंगा नगरपालिका वडा नम्बर १२, मसिनाटोलस्थित घरमा सुतिरहेकी आमा धनिकलाको टाउकोमा कबिरामले फरुवाले प्रहार गरेका थिए । गम्भीर घाइते भएकी धनिकलालाई तत्काल उपचारका लागि कर्णाली प्रदेश अस्पताल कालागाउँ, सुर्खेत लगिएको थियो । बिहान ८ आठ बजे डाक्टरले उनलाई मृत घोषणा गरेको प्रहरी नायव उपरीक्षक मोहनजंग बुढ्थापाले जानकारी दिए । आमामाथि कुटपिट गरी हत्या गर्ने कबिरामलाई इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरी टोलीले छिन्चु बजार क्षेत्रबाट नियन्त्रणमा लिएको ह...