Saturday, May 9

अपराध

नाबालिग बलात्कार गरेको आरोपमा सेनाका अमल्दार पक्राउ
अपराध, समाचार

नाबालिग बलात्कार गरेको आरोपमा सेनाका अमल्दार पक्राउ

नेपालअखबार, काठमाडाैं । नाबालिगलाई बलात्कार गरेको आरोपमा प्रहरीले गोरखाबाट नेपाली सेनाका अमल्दारलाई पक्राउ गरेको छ । बाग्लुङ गल्कोट–११ घर भएर सेनाको सडक निर्माण कार्यदलमा कार्यरत अमल्दार मनबहादुर रानालाई पक्राउ गरिएको गोरखाका एसपी केदार खनालले  बताए । रानामाथि चुमनुब्री–३ स्थित सिर्दिबासमा तरकारी टिप्न गएकी १४ वर्षीया नाबालिगलाई बलात्कार गरेको आरोप छ । उनलाई भदौ २५ मा पक्राउ गरिएको एसपी खनालले जानकारी दिए । अरोपीमाथि जबर्जस्ती करणी मुद्दामा म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।...
१६ वर्षपछि पक्राउ
अपराध, समाचार

१६ वर्षपछि पक्राउ

नेपालअखबार, काठमाडाैं । नेपाल प्रहरीले ज्यान मार्ने उद्योगमा फरार एक जनालाई १६ वर्षपछि पक्राउ गरी जेल चलान गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले विसं २०६३ साउन २ गते काठमाडौँ महानगरपालिका वडा नं ३२ कोटेश्वर चोकमा मनोज खड्काको हत्यामा सङ्लग्न कुमार तामाङ भन्ने राजकुमार मगरलाई पक्राउ गरी आइतबार डिल्लीबजार कारागार चलान गरेको हो । साथीको जन्मदिन मनाउने क्रममा झगडा हुँदा विसं २०६३ साउन २ गते राति १० बजे गम्भीर घाइते भएका खड्काको भोलिपल्ट बिहान ५ बजे उपचारका क्रममा मृत्यु भएको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले कर्तव्य ज्यान मुद्दामा पक्राउ परेका मगरलाई जिल्ला अदालतको आदेशानुसार कारागार चलान गरेको जानकारी दिए । प्रवक्ता मैनालीका अनुसार कर्तव्य ज्यान मुद्दामा फरार रहेका मगरलाई विस २०७९ साउन ३० गते कतार प्रहरीको सहयोगमा पक्राउ गरी काठमाड...
नेकपा समाजवादीका अध्यक्ष बस्नेत घर तोडफोड
अपराध, समाचार, हाइलाइट-समाचार

नेकपा समाजवादीका अध्यक्ष बस्नेत घर तोडफोड

नेपालअखबार, भक्तपुर । नेकपा (एकीकृत समाजवादी) भक्तपुर जिल्ला अध्यक्ष श्यामसुन्दर बस्नेतको मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघर नागरिक अस्पताल पछाडि रहेको घरमा हतियारधारी समूहले प्रवेश गरी तोडफोड गर्नुका साथै अपहरणको प्रयास गरेका छन् । आज बिहान करिब ३ बजे हतियारधारी समूहले समाजवादीका अध्यक्ष बस्नेतको घरमा चार/पाँच जना व्यक्ति प्रवेश गरी ढोका तोडफोड गरेको, एक थान मोवाइल र जुत्ता लगेको पाइएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले बताए । उनले भने, “घटना फरक प्रकृतिको रहेकाले छ, यसलाई हामीले गम्भीर रुपमा अनुसन्धान अगाडि बढाइएको छ । घटनाबारे परिसरका प्रहरी उपरीक्षकसहित अनुसन्धान टोलीले निरीक्षण गरेको छ ।” उनले प्रहरी वृत्त थिमिका प्रमुख एवं प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीसहितको टोली दिनभर घटनास्थलमा रहेर विभिन्न कोणबाट अनुसन्धान अगाडि बढाइएको बताए । हतियारधारी समूह...
लमजुङमा भरुवा बन्दुकसहित एकजना पक्राउ
अपराध, समाचार

लमजुङमा भरुवा बन्दुकसहित एकजना पक्राउ

नेपालअखबार,  लमजुङ। लमजुङ प्रहरीले भरुवा बन्दुकसहित एकजना पक्राउ परेका छन् । क्वोहोलासोथर गाउँपालिका ८ घाम्राङ घर भई वडा नम्बर ९  साल्मे बस्ने बर्ष २७ का यमबहादुर रानामगरलाई दुई थान भरुवा बन्दुकसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । लमजुङका प्रहरी प्रमुख डिएसपी प्रकाश श्रीमलका अनुसार अवैध भरुवा बन्दुक लुकाई छिपाई राखेको तथा स्थानीय मानिसहरुलाई धाक धम्की दिने गरेको भन्ने विषेश सूराकको आधारमा प्रहरी टोलीले १ थान लोड गरेको र १ थान अनलोड गरेको अवस्थामा २ थान भरुवा बन्दुकसहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका राना मगरलाई जिल्ला अदालत लमजुङबाट हातहतियार तथा खरखजना सम्बन्धी कसूरमा ७  दिन म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।  निर्वाचन नजिकिएसँगै प्रहरीले अवैध रुपमा राखिएका हातहतियारबाट हुन सक्ने घटनालाई रोक्न सक्रियता बढाएको छ ।...
आशंका नै नगरिएको हाइलेबलको गिरोहलाई काठमाडौं प्रहरीद्वारा पक्राउ, नाइट क्लवका युवा युवतीहरू चकित
अपराध, समाचार

आशंका नै नगरिएको हाइलेबलको गिरोहलाई काठमाडौं प्रहरीद्वारा पक्राउ, नाइट क्लवका युवा युवतीहरू चकित

काठमाडौं । नेपाल प्रहरीले स्वदेशी र विदेशी महँगा रक्सीहरू केमिकल र मिसावट गरे नक्कली हर्कत गर्ने गिरोहलाई पक्राउ गरेको छ । प्रहरीले भदौ ७ गते काठमाडौंको कोटेश्वरस्थित इलाकाबाट बिभिन्न ब्राण्डका नक्कली रक्सीसहितको गिरोहलाई पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ । विशेष सूचनामार्फत तत्कालै जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी प्रभाग कोटेश्वरसमेतबाट बिशेष प्रहरी टोली परिचालन गरी अवैध हर्कत गर्ने व्यक्तिहरू पक्राउ गरेको हो । प्रहरीले हरि वली भन्ने ब्यक्तिको संलग्नता पाइएकोले उनको डेराबाट बिभिन्न ब्राण्डका मदिराहरू ४ कार्टुन सिल प्याक गरिएको अवस्थामा फेला पारी बरामद गरिएको विज्ञप्तिमा उल्लेख छ । हरि वलीसँग थप सोधपुछ लगायतको अनुसन्धान कार्य शुरु गरिएकोमा उक्त मदिरा उत्पादन, ओसार पसार, भण्डारण तथा बिक्री बितरण गर्ने कार्यमा संलग्न अन्य ३ जना व्यक्तिहरूको पहिचान खुल्न आएकोले निजहरूलाई ...
दुबईमा १ लाख तलब हुने भन्दै ठगीधन्दा, प्रतिव्यक्ति ८ लाख रुपैयाँ असुली
अपराध, समाचार

दुबईमा १ लाख तलब हुने भन्दै ठगीधन्दा, प्रतिव्यक्ति ८ लाख रुपैयाँ असुली

नेपालअखबार, काठमाडाैं । दुबईमा एक लाख तलब हुने भन्दै रोजगारीमा लगाइदिने बहाना बनाएर ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नवलपरासी घर भई गोंगबु बस्ने वर्ष ५४ को भोज बहादुर चौधरीलाई पक्राउ गरेको हो । उनले नरबहादुर थनेतलगायतलाई दुबई जानको लागि प्रतिव्यक्ति आठ लाख रुपैयाँ लाग्ने र दुबई पुगेपछि आर्म्स गार्डको काम लगाइदिने भन्दै रकम असुली गरेको पाइएको प्रहरीले जनाएको छ । उनले थनेतलगायतका पीडितहरूबाट ३८ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएपछि वैदेशिक रोजगार विभागमा उजुरी परेको थियो । विभागको पत्राचारपछि अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले चौधरीलाई सामाखुसीबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभागमा पठाइएको प्रहरी नायव उपरीक्षक राजु लामाले जानकारी दिए ।...
श्रीमतीको हत्या आरोपमा झापामा एक जना पक्राउ
अपराध, समाचार

श्रीमतीको हत्या आरोपमा झापामा एक जना पक्राउ

नेपालअखबार, झापा । झापाको झापा गाउँपालिकामा एक व्यक्ति श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा  झापा गाउँपालिका-६ स्थित चन्द्रबस्तीका ४० वर्षीय नाइके हास्दा रहेका छन् । उनले  शुक्रबार राति १०: १० बजे ३५ वर्षीय श्रीमती तालामाईको कोखामा हतियार प्रहार गरेर हत्या गरेको झापा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वसन्त पाठकले जानकारी दिए ।श्रीमतीको हत्या गरी फरार भएका उनलाई आज बिहान ८ बजे नेपाल–भारत सीमा नजिकै कचनकवल–१ बाट पक्राउ गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।...
भारतमा एक महिला शिक्षिकालाई पेट्रोल छर्केर जिउँदै जलाइयो, उपचारका क्रममा मृत्यु
अपराध, विदेश, समाचार, समाज

भारतमा एक महिला शिक्षिकालाई पेट्रोल छर्केर जिउँदै जलाइयो, उपचारका क्रममा मृत्यु

नेपालअखबार, एजेन्सि। भारतको राजस्थानमा एक दलित महिला शिक्षिकालाई केही व्यक्तिले जिउँदै जलाएका छन्। विद्यालय जान लागेकी ती शिक्षिकालाई एक समूहले पेट्रोल छर्केर आगो लगाउँदा गम्भीर घाइते भएकी थिइन्। आगलागीबाट नराम्ररी जलेकी शिक्षकाको अस्पतालमा उपचारकै क्रममा मंगलबार राति मृत्यु भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्। करिब ७ दिन अगाडि भएको यो घटनाको भिडियो बुधबार सार्वजनिक भएको थियो। प्रहरीका अनुसार यो घटना अगस्ट १० मा जयपुरबाट ८० किलोमिटर टाढा रहेको रायसर गाउँमा भएको हो। बिहान ८ बजे रेगरौनस्थित वीणा मेमोरियल स्कुलकी ३२ वर्षिया शिक्षिका अनिता रेगर आफ्नो ६ वर्षे छोरा राजवीरसँग विद्यालय जाँदै थिइन्। त्यहीँ क्रममा उनलाई केही व्यक्तिले घेरेर आक्रमण गरेका थिए। आक्रमणकारीबाट बच्न उनी नजिकै रहेको कालुराम रेगरको घरमा पसेकी थिइन्। त्यहीँबाट प्रहरीलाई खबर गरे पनि समयमा प्रहरी घटनास्थल ...
जिल्ला प्रशासन कार्यालय कास्कीद्वारा मिटरब्याज पीडितहरूलाई उजुरी दर्ता गर्न आग्रह
अपराध, प्रशासन, समाचार, समाज

जिल्ला प्रशासन कार्यालय कास्कीद्वारा मिटरब्याज पीडितहरूलाई उजुरी दर्ता गर्न आग्रह

नेपाल अखबार, पोखरा । जिल्ला प्रशासन कार्यालय कास्कीले मिटरब्याजी पीडितहरूलाई उजुरी दर्ता गर्न आग्रह गरेको छ । कार्यालयले आइतबार एक सूचना जारी गर्दै मिटरब्याजीले गरेका अपराध र शोषणविरुद्ध भदौ ५ गतेभित्र तथ्य प्रमाणसहित उजुरी दर्ता गर्न पीडितहरूलाई आग्रह गरेको हो ।सूचनामा लेखिएको छ – “कास्की जिल्लामा मिटरब्याजीहरुले गरेको अपराध र शोषणको तथ्य एवं प्रमाण सहित जिल्ला प्रशासन कार्यालय कास्कीका वा जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दर्ता गराउन सबैमा सूचित गरिन्छ।”...
रुपन्देहीको ओमसतियामा गोली चल्यो, एक जना घाइते
अपराध, समाचार, समाज, सुरक्षा-अपराध

रुपन्देहीको ओमसतियामा गोली चल्यो, एक जना घाइते

नेपाल अखबार, बुटवल । रुपन्देहीको ओमसतियामा एक युवकमाथि गोली प्रहार भएको छ । अज्ञात समूहले चलाएको गोली लागेर सिद्धार्थनगर नगरपालिका १ बेलहियाका अन्दाजी २५ वर्षीय विकास गुरुङ घाइते भएका छन् ।नम्बर नखुलेको पल्सर मोटरसाइकलमा सवार तीन जनाको समूहले मोटरसाइकलमै सवार गुरुङमाथि ओमसतिया-४ बसन्तपुरमा आइतबार राति पौने १२ बजेतिर एक राउण्ड गोली हानेका प्रहरीले जनाएको छ ।...