Wednesday, August 19

अपराध

श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ
अपराध, समाचार

श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

नेपालअखबार, काठमाडाैं । पाँचथरमा आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा एक जना पुरुष पक्राउ परेका छन् । ३५ वर्षीया निला राईलाई कुटपिट गरी हत्या गरेको अभियोगमा फिदिम नगरपालिका–१४ बुर्दुम बस्ने ४० वर्षीय राज कुमार राईलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो । राज कुमारले घरायसी वादविवादको क्रममा असार १७ गते कुटपिट गर्दा गम्भीर घाइते भएकी निलाको विर्तासिटी अस्पताल बिर्तामोडमा उपचारको क्रममा शुक्रबार मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी तमाखे रानिटारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।...
युट्युबमा अश्लील शीर्षक राखी भिडिओ अपलोड गर्ने एक पक्राउ
अपराध, समाचार

युट्युबमा अश्लील शीर्षक राखी भिडिओ अपलोड गर्ने एक पक्राउ

नेपाल अखबार, काठमाडाैं । युट्युब च्यानलमा अश्लिल शीर्षक राखेर सामग्री पोष्ट गरेको आरोपमा प्रहरीको साइबर ब्यूरोले एकजनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा नुवाकोटको बेलकोटगढी नगरापालिका–७ घर भई काठमाडौं बस्ने प्रवेश लामा छन् । नेपाल प्रहरीको साइबर ब्युरोका अनुसार ४ रियल टिभी नामक युट्युब च्यानल खोली अश्लीलता फैलाउने खालका भिडिओ अपलोड गर्ने नुवाकोट बेलकोटगढी- ७ का २२ वर्षीय प्रवेश लामा पक्राउ परेका हुन्। उनी अहिले काठमाडौंको बौद्धमा बस्दै आएका थिए।  लामालाई सोमबार पक्राउ गरिएको र पाँच दिन हिरासतमा राखी अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतबाट अनुमति लिइएको ब्युरोले जानकारी दिएको छ।...
७ वर्षीया बालिका बलात्कार गरेको आरोपमा १६ वर्षीय किशोर पक्राउ
अपराध, समाचार

७ वर्षीया बालिका बलात्कार गरेको आरोपमा १६ वर्षीय किशोर पक्राउ

नेपालअखबार, सिन्धुपाल्चोक। सिन्धुपाल्चोकमा ७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १६ वर्षीय किशोर पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतका अनुसार बलात्कार आरोपमा १६ वर्षीय किशोरलाई शुक्रबार राति पक्राउ गरिएको हो। उनले ७ वर्षीया बालिकामाथि गत असार १३ गते बलात्कार गरेको आरोप छ। उनीहरू छिमेकी समेत हुन्। किशोरले आफ्नो घरमा लगेर बलात्कार गरेको भन्दै कार्यालयमा जाहेरी परेको थियो। जिल्ला अदालत सिन्धुपाल्चोकबाट किशोरलाई पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ। प्रहरीले थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।...
बर्दियामा गोली लागेर एकको मृत्यु
अपराध, समाचार

बर्दियामा गोली लागेर एकको मृत्यु

नेपालअखबार, बर्दिया । बर्दियाको गुलरिया नगरपालिका–३ मा भारतीय जङ्गलमा गोली लागि एक जनाको मृत्यु भएको छ । बिहान करिब १० बजे सीमावर्ती भारतीय जङ्गलमा निउरो टिप्न गएका हेमराज गोडियाको अज्ञात व्यक्तिले चलाएको गोली दायाँ खुट्टामा लागेको थियो । उनलाई अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको बर्दियाका प्रहरी नायब उपरीक्षक सूर्य सुवेदीले जानकारी दिए । गोली कसले कसरी चलाएको हालसम्म जानकारी नभएको उपरीक्षक सुवेदीले बताए । शव परीक्षण गरी आफन्तको जिम्मा लगाइएको छ ।...
उधारो रकम नतिरेर फरार व्यक्ति पक्राउ
अपराध, समाज

उधारो रकम नतिरेर फरार व्यक्ति पक्राउ

नेपालअखबार, वीरगञ्ज । उधारो कारोबार गरी रकम नतिरेर फरार भएका एक व्यक्तिलाई वीरगञ्ज प्रहरीले पक्राउ गरेको छ । पर्साको वीरगञ्ज महानगरपालिका–१ घर भएका ४९ वर्षीय दशरथ ठाकुर हजामलाई प्रहरीले पक्रेको हो । उनी चितवनको भरतपुर महानगरपालिका–४ स्थित गढीमाई सप्लायर्सका सन्चालक हुन् । उनीविरुद्ध कपिलवस्तु वाणगंगा नगरपालिका वडा नं.४ बस्ने तिलकराम गुप्ताले उधारो कारोबार गरी फरार रहेको भनी उजुरी गरेका थिए । गुप्ताले सञ्चालन गरेको मारुती नन्दन एग्रो इण्डष्ट्रिज प्रा.लि.बाट ठाकुर हजामले ४५ लाखको उधारो कारोबार गरी फरार रहेको आरोप छ । ठाकुर हजामलाई उच्च अदालत पाटन हेटौंडा इजलास, संयुक्त वाणिज्य इजलासले २०७६ असार ७ गते १२ लाख २६ हजार जरिवाना र ७ कैद तोकेको थियो । तर उनी फरार भएका कारण अदालतको फैसला कार्यान्वयन हुन सकेको थिएन । वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको फैसला कार्यान्वयन विशेष टोलीले असार १५...
बैतडीमा बलात्कार आरोपमा वडाध्यक्षसहित दुई पक्राउ
अपराध, समाचार

बैतडीमा बलात्कार आरोपमा वडाध्यक्षसहित दुई पक्राउ

नेपालअखबार, बैतडी । बैतडीमा बलात्कारको आरोपमा एक वडाध्यक्षसहित दुई जना पक्राउ परेका छन्। मेलौली नगरपालिका-१ का वडाध्यक्ष शरदसिंह नेगी र सोही ठाउँका केशवसिंह नेगीलाई पक्राउ गरेको प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए। उनका अनुसार उनीहरूले २८ वर्षीया युवतीलाई गत चैत १५ गते बलात्कार गरेको आरोप छ। पीडितको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरी निरीक्षक जोशीले बताए। पीडित महिलाको स्वास्थ्य परीक्षण उजुरी दिएकै दिन जिल्ला अस्पतालमा गरिएको छ। आरोपित दुबै जनालाई हिरासतमा राखी अनुसन्धान सुरू गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। पीडित महिला परिवारकै संरक्षणमा रहेकी छन्।...
दाङमा श्रीमानले आफ्नै घरमा आगो लगाए
अपराध, समाचार

दाङमा श्रीमानले आफ्नै घरमा आगो लगाए

नेपालअखबार, दाङ । दाङको तुलसीपुरमा एक व्यक्तिले पेट्रोल छर्किएर आफ्नै घरमा आगो लगाएका छन् । आगलागीमा परेर उनकी श्रीमती जलेर घाइते भएकी छिन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ बेलुवाका उज्वल श्रेष्ठले घरमा पेट्रोल छर्केर घरमा आगो लगाउन खोज्दा उनकी  २८ वर्षीया श्रीमती माया श्रेष्ठ घाइते भएकी हुन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार मंगलबार दिउँसो १२ बजेतिर श्रेष्ठले घरमा आगो लगाउन खोजेको थिए । त्यसक्रममा जलेर घाइते भएकी उनकी श्रीमतीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । श्रेष्ठको हात, खुट्टामा जलेको छ । ती व्यक्तिले श्रीमतीसँग पटक-पटक विवाद हुँदै आएको र आफू तनावमा भएको प्रहरीसमक्ष बताएका छन् । उनले घरमा आगो लगाएर आफू पनि आत्महत्या गर्न खोजेको बयान दिएको प्रहरी नायब उपरीक्षक अर्यालले बताए ।आगलागीबाट कोठामा रहेका दराज, कपडा...
चितवनमा पेस्तोलसहित एक जना पक्राउ
अपराध, समाचार

चितवनमा पेस्तोलसहित एक जना पक्राउ

नेपालअखबार, चितवन। जिल्ला प्रहरी कार्यालय चितवनले कटुवा पेस्तोल र दुई राउण्ड गोलीसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–१० स्वामीचोक घर भई हाल हाल भरतपुर–५ विकासचोक बस्ने ३२ वर्षीय प्रकाश विक रहेका छन् । विकको कोठामा शङ्का लागि चेकजाँच गर्ने क्रममा आइतबार पेस्तोल, गोली, नगद एक लाख १४ हजार, सुनको सिक्री एक थान र पाँच थान मोबाइल बरामद भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । रासस...
१३ वर्षीया बालिकामाथि बालयौन दुरूपयोग गरेको आरोपमा एक पक्राउ
अपराध, समाचार

१३ वर्षीया बालिकामाथि बालयौन दुरूपयोग गरेको आरोपमा एक पक्राउ

नेपालअखबार, झापा। झापामा १३ वर्षीया बालिकामाथि बालयौन दुरूपयोग गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। बुद्धशान्ति गाउँपालिका-४ जुनेली बस्ती बस्ने २६ वर्षीय विजय राईलाई प्रहरीले शुक्रबार दिउँसो पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। उनीमाथि १३ वर्षीय बालिकालाई बालयौन दुरूपयोग गरेको आरोप छ। राईले बिहीबार साँझ बालिकालाई बालयौन दुरुपयोग गरेको भन्ने जाहेरी परेको थियो। जाहेरीपछि ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।...
छात्रहरूमाथि अप्राकृतिक यौन दुर्व्यवहार !  ज्ञानज्योति बोर्डिङका सञ्चालक पक्राउ
अपराध, समाचार

छात्रहरूमाथि अप्राकृतिक यौन दुर्व्यवहार ! ज्ञानज्योति बोर्डिङका सञ्चालक पक्राउ

नेपालअखबार, पोखरा । कास्कीकाे माछापुच्छ्रे गाउँपालिका-४ स्थित ज्ञानज्योति बोर्डिङ स्कूलका सञ्चालकलाई यौन दुराचारको आरोप लागेको छ । स्कुलका छात्रहरुलाई सञ्चालक रामचन्द्र शाहीले बाल यौन दुराचार तथा अप्राकृतिक मैथुन गरेको आरोप लागेको हो । जिल्ला प्रहरी कार्यालय कास्कीले स्कूलका सञ्चालक ४८ वर्षका शाहीलाई पक्राउ गरेकाे छ । पक्राउ परेका शाही विरुद्ध बाल यौन दुरुपयोग, अप्राकृतिक मैथुन तथा बालबालिका सम्बन्धी कसुरमा कास्की जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर अनुसन्धान शुरु गरिएको कास्की प्रहरीले जनाएको छ । घटनाबारे विद्यार्थी र स्कुल प्रशासनबिच बिहिबार छलफल भएपनि विवाद नटुङ्गिएपछि शुक्रबार विद्यालय बन्दसमेत गरिएकाे थियाे ।...