Thursday, July 9

अर्थ

नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ
अर्थ, समाचार

नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ

नेपालअखबार,काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा २ लाख १६ हजार १०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बिहीबार घटेर २ लाख १५ हजार २०० रुपैयाँ कायम भएको हो । यस्तै बिहीबार चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलामा २ हजार ५५० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार घटेर तोलामा २ हजार ५२० रुपैयाँ कायम भएको महासंघको भनाइ छ ।...
दशैंको दिनबाहेक सार्वजनिक बिदामा बैंक र भन्सार खुला राखिने
अर्थ, समाचार

दशैंको दिनबाहेक सार्वजनिक बिदामा बैंक र भन्सार खुला राखिने

नेपालअखबार, काठमाडौं । दशैंको दिन बाहेक अन्य सार्वजनिक बिदाका दिनमा बैंक तथा भन्सार खुला राखिने भएको छ । मंगलबार अर्थ मन्त्रालयमा निजी क्षेत्रका प्रतिनिधिसँगको छलफलमा अर्थसचिव घनश्याम उपाध्यायले सो जानकारी गराएका हुन् । उनले पहिरोका कारण अवरोध पुगेको तातोपानी नाका जोड्ने बाटो खुलाउन सरकारले प्यास गरिरहेको बताएका थिए । मंगलबार अर्थमन्त्री रामेश्वर खनालले मन्त्रालयमा निजी क्षेत्रका प्रतिनिधिमूलक संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिसँग छलफल गरेका थिए । छलफलमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श, नेपाल उद्योग परिसंघ, नेपाल अटो डिलर्स एसोसिएसन, चौधरी ग्रुप र भाटभटेनी ग्रुपसमेतका उद्योगी र व्यवसायी सहभागी थिए । सो क्रममा उद्योगी/व्यवसायीले कर सहुलियत, सहुलियतपूर्ण कर्जा, बीमा रकम यथाशीघ्र भुक्तानीको माग गरेका थिए । छलफलमा अर्थमन्त्री खनालले एकीकृत व्यापार पुनरुत्थान योजना ल्याउ...
बासमती चामलबारे पाकिस्तानसँगको विवादले भारत-ईयूबीच व्यापार वार्तामा असर
अर्थ, विदेश, समाचार

बासमती चामलबारे पाकिस्तानसँगको विवादले भारत-ईयूबीच व्यापार वार्तामा असर

नेपालअखबार,काठमाडौँ । बासमती चामलको बारेमा भारत र पाकिस्तानबीचको विवादले भारतको युरोपियन युनियनसँग (ईयू) हुन लागेको व्यापार सम्झौताको प्रक्रियालाई जटिल बनाएको छ। व्यापार सम्झौताका लागि नयाँ दिल्लीमा रहेका ईयूका वार्ताकारहरूलाई बासमतीको नामकरण प्रयोग गर्ने आफ्नो अधिकार स्वीकार गर्न भारतले दबाब दिइरहेको भनेर वार्तामा संलग्न अधिकारीहरूको हवाला दिँदै फाइनान्सियल टाइम्सले लेखेको छ। भारत र पाकिस्तान संसारका सबभन्दा ठूला बासमती चामल उत्पादक हुन्। दुवैले यसको नाममाथि आफ्नो मात्रै अधिकार भएको दाबी गर्छन्। उनीहरूले तोकिएको क्षेत्रमा उब्जाएको चामललाई मात्रै बासमतीको मान्यता हुनुपर्ने भन्छन्। आफ्ना उत्पादकहरूले  फलाएको चामलको राम्रो मूल्य पाऊन् भनेर उनीहरूले त्यस्तो दाबी गरेका हुन्। भारतको माग अनुसार भारतमा उत्पादन भएको चामललाई मात्रै बासमतीको मान्यता दिए पाकिस्तानसँग कूटनीतिक सम्बन्ध  बिग्रन...
कोरला नाकाबाट एक सय बढी विद्युतीय सवारी आयात
अर्थ, समाचार

कोरला नाकाबाट एक सय बढी विद्युतीय सवारी आयात

नेपालअखबार,मुस्ताङ । यहाँको लोमान्थाङस्थित कोरला नाकाबाट १०० बढी विद्युतीय सवारी आयात गरिएका छन् । भन्सार विभागको प्रक्रिया पुर्‍याइ चीनबाट आयात गरिएका ती सवारी हाल भन्सार कार्यालय न्हेचुङमा राखिएका छन् । मुस्ताङ भन्सार कार्यालयले कोरलानाकाबाट करिब ५०० बढी बीवाइडी कम्पनीका सवारी आयात गरिने जनाएको  छ । आठ दिन अघि मात्रै खुल्ला गरिएको यस नाकाबाट हालसम्म १०० बढी विद्युतीय सवारी भित्रिएको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जानकारी दिए । यसअघि ती विद्युतीय सवारी रसुवागढी र तातोपानी नाकाबाट आयात गर्ने तयारी थियो । तर, त्यहाँका नाका बाढी पहिरोका कारण अवरुद्ध भएपछि कोरलानाका वैकल्पिक रूपमा प्रयोग गरिएको हो । “भन्सार कार्यालयका अनुसार कोरलानाकाबाट ५०० भन्दा बढी ईभी ल्याउने जनाइएको छ,” उनले भने, “चिनियाँ भन्सारमा जाँचपास भएपनि नेपाली भन्सारले पनि जाँचपास गर्छ ।” चीनबाट आयात गरिएक...
एनसेलले प्रहरीमा दियो सीसीटीभी फुटेजसहित तोडफोड
अर्थ, समाचार, समाज

एनसेलले प्रहरीमा दियो सीसीटीभी फुटेजसहित तोडफोड

नेपालअखबार, काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार कम्पनी एनसेलले जेनजी प्रदर्शन क्रममा आफ्नो कार्यालयमा भएको तोडफोड, आगजनी र डकैतीविरुद्ध प्रहरीमा उजुरी दिएको छ । लैनचौरस्थित एनसेलको मुख्य कार्यलय ‘एनसेल आइकन’ मा २४ भदौमा जेनजी प्रदर्शन र आन्दोलनका नाममा विभिन्न अपराधी समूहले मौका छोपी कार्यालयमा तोडफोड, आगजनी र डकैतीको घटना गराएको र कम्पनीको सम्पत्तिमा ठूलो क्षति पुगेको भन्दै एनसेलले सोमबार जिल्ला प्रहरी कार्यालय काठमाडौंमा उजुरी दर्ता गराएको हो । उजुरीमा यी घटनासँग संलग्न अपराधीलाई पक्राउ गरी आवश्यक अनुसन्धान गरी कानुनको दायरामा ल्याई हदैसम्मको सजायको भागिदार बनाइ उनीहरूबाट डकैती गरी लगिएको सामान फिर्ता दिलाउन साथै आगजनीबाट क्षति भएको सम्पत्तिको क्षतिपूर्ति समेत दिलाइ भराइ पाऊँ भनी उल्लेख गरिएको छ । आन्दोलनका नाममा अपराधीले समूह बनाइ कम्पनीको सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीलाई ...
गुगललाई युरोपेली सङ्घद्वारा झन्डै ३ अर्ब युरो जरिवाना
अर्थ, विश्व, समाचार

गुगललाई युरोपेली सङ्घद्वारा झन्डै ३ अर्ब युरो जरिवाना

नेपालअखबार,जुरिच । युरोपेली सङ्घ (ईयू) ले गुगललाई विज्ञापन प्रविधि (एड टेक) क्षेत्रमा वर्चस्व दुरुपयोग गरेको आरोपमा २.९५ अर्ब युरो जरिवाना गरेको छ। युरोपेली आयोगले शुक्रबार गरेको निर्णयअनुसार गुगलले आफ्नै विज्ञापन प्रविधिलाई प्राथमिकता दिँदै प्रतिद्वन्द्वी कम्पनीहरूको पहुँचलाई कमजोर बनाएको र यसले प्रतिस्पर्धा कानुन उल्लङ्घन गरेको ठहर गरेको हो। गुगलले भने आयोगको निर्णयलाई ‘गलत’ भन्दै अपिल गर्ने जनाएको छ। कम्पनीकी नियामक मामिला प्रमुख ली–एन मुलहोल्याण्डले भनिन्, ‘यो जरिवाना अन्यायपूर्ण छ। यसले हजारौँ युरोपेली व्यवसायलाई प्रभावित पार्छ, जसले उनीहरूको आम्दानी घटाउँछ।’ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समेत युरोपेली संघको निर्णयलाई ‘धेरै अन्यायपूर्ण’ भन्दै सामाजिक सञ्जालमा कडा प्रतिक्रिया दिएका छन्। उनले यसविरुद्ध अमेरिकी प्रशासनले अनुसन्धान सुरु गर्न सक्ने र युरोपेली सामानमा नया...
६१ स्थानीय तहले अझै ल्याउन सकेनन् चालु आर्थिक वर्षको बजेट
अर्थ, राजनीति, समाचार

६१ स्थानीय तहले अझै ल्याउन सकेनन् चालु आर्थिक वर्षको बजेट

नेपालअखबार,काठमाडौँ । हालसम्म ६१ स्थानीय तहले चालु आर्थिक वर्षका बजेट सार्वजनिक गर्न सकेका छन् । नियमानुसार, गत असार १० गते स्थानीय तहको बजेट सार्वजनकि गर्नुपर्ने व्यवस्था छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार कूल ७५३ स्थानीय तहमध्ये ६९२ स्थानीय तहले हालसम्म बजेट सार्वजनिक गरी कार्यान्वयन गरेका छन् । बजेट पेश नभएका स्थानीय तहको सङ्ख्या ६१ वटा छन् । सो मन्त्रालयका अनुसार कोशी प्रदेशका पाँच, मधेस प्रदेशका ४०, वाग्मती प्रदेशका पाँच स्थानीय तहले हालसम्म बजेट प्रस्तुत गरेका छैनन । राजनीतिक विवाद र स्थानीय समस्याका कारण ती स्थानीय तहले बजेट प्रस्तुत गर्न नसकेको पाइएको छ । गण्डकी प्रदेशका सबै स्थानीय तहले बजेट ल्याउँदा, लुम्बिनी प्रदेशका सात, कर्णाली प्रदेशका तीन र सुदूरपश्चिम प्रदेशको एक स्थानीय तहले बजेट ल्याएका छैनन् । भोजपुरको साल्पासिलिछो गाउँपालिका, इटहरी उपम...
सुनको मूल्य तोलामा १ लाख ९९ हजार ४०० रुपैयाँ पुग्यो
अर्थ, समाचार

सुनको मूल्य तोलामा १ लाख ९९ हजार ४०० रुपैयाँ पुग्यो

नेपालअखबार,काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा २ लाख रुपैयाँ नजिक पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवारको तुलनामा छापावाल सुन तोलामा १ लाख ९९ हजार ४०० रुपैयाँ पुगेको हो । अघिल्लो दिन छापावाल सुन तोलामा १ लाख ९९ हजार रुपैयाँ कायम थियो । यस आधारमा बिहीबार छापावाल सुनको मूल्य ४०० रुपैयाँ बढेको हो । यसैबिच चाँदीको मूल्य पनि बढेको छ । बुधबार तोलामा २ हजार ३४५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर तोलामा २ हजार ३५५ रुपैयाँ कायम भएको हो ।...
आजदेखि भारतमाथि ५०% अमेरिकी कर
अर्थ, विश्व, समाचार

आजदेखि भारतमाथि ५०% अमेरिकी कर

नेपालअखबार,वासिङ्टन डिसी । अमेरिकी सरकारले भारतमाथि २५ प्रतिशत थप भन्सार लगाउने आधिकारिक सूचना जारी गरेको छ । यो शुल्क भारतीय समय अनुसार बुधबार बिहान ९:४५ बजेदेखि लागू भएको हो।पहिले भन्सार दर २५ प्रतिशत थियो । अब भारतमा कुल ५० प्रतिशत भन्सार लाग्नेछ। सूचनामा भनिएको छ, ‘अगस्ट २७, २०२५ मा वा त्यसपछि प्रयोगको लागि आइपुगेका वा गोदामबाट हटाइएका कुनै पनि भारतीय सामानहरूमा यो बढेको शुल्क लाग्नेछ।’ भारतले रुसबाट कच्चा तेल खरिद गरेर युक्रेन विरुद्धको युद्धमा रुसलाई सहयोग गरिरहेको कारण ट्रम्पले भारतमाथि ५० प्रतिशत कर लगाएको बताएको छ। यता, भारतले ट्रम्पको यो निर्णयलाई 'अनुचित, अनुचित र तर्कहीन' भनेको थियो। भारतमाथि अमेरिकी भन्सार अप्रिल २०२५ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमा २६ प्रतिशत कर लगाउने घोषणा गरे तर पछि यो निर्णय ९० दिनको लागि स्थगित गरियो। जुलाई २०२५ : राष्ट्रपति ट्रम्प...
नेपालबाट ११ सय मेगावाटभन्दा बढी विद्युत निर्यात हुन थाल्यो
अर्थ, समाचार

नेपालबाट ११ सय मेगावाटभन्दा बढी विद्युत निर्यात हुन थाल्यो

नेपालअखबार,काठमाडौं । भारत सरकारले नेपालका दुई जलविद्युत आयोजनाबाट उत्पादन भएको ८० मेगावाट विद्युत खरिदका लागि सहमति प्रदान गरेको छ । यससँगै नेपालबाट निर्यात हुने विद्युतको कुल परिमाण ११ सय मेगावाटभन्दा बढी भएको छ । यसअघि अनुमति प्राप्त १०१०.९ मेगावाट र थपिएको ८० मेगावाट गरी कुल भारत निर्यात क्षमता १०९०.९ मेगावाट पुगेको हो । नेपालबाट भारतको बाटो हुँदै ४० मेगावाट विद्युत बंगलादेश निर्यात भइरहेको छ । यी सबै गरेर नेपालबाट कुल निर्यात हुनसक्ने परिमाण ११ सय ३० दशमलव ९ मेगावाट पुगेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । पछिल्लो पटक २६ साउनमा भारत सरकारले २०० मेगावाटका लागि अनुमति प्रदान गरेकोमा विहीवार थप ८० मेगावाटका लागि अनुमति प्रदान गरेको हो । यसअन्तर्गत ४८.५ मेगावाटको मेवा खोला र ३१.०४ मेगावाटको करुवा सेती हाइड्रो पावरबाट उत्पादित विद्युत भारत निर्यात हुनेछ । यो अनुमति दुईपक्षीय सम्झौता...