Tuesday, June 2

अर्थ

एकै वर्षमा बेचे ४७ लाखको केरा, भन्छन्- स्वदेशमै आत्मनिर्भर बन्न सकिन्छ
अर्थ, कृषि, समाचार, समाज

एकै वर्षमा बेचे ४७ लाखको केरा, भन्छन्- स्वदेशमै आत्मनिर्भर बन्न सकिन्छ

नेपालअखबार,कैलाली । टीकापुर नगरपालिका–४ का किसान टेकेन्द्र धामीले गत वर्ष केराखेतीबाट रु १५ लाख मुनाफा कमाएका छन् । उनले गत वर्ष तीन बिघा सात कठ्ठामा गरिएको केराखेतीबाट रु ४७ लाखको केरा बिक्री गरेका थिए । जसमा १५ लाख रुपैयाँ मुनाफा कमाएको उनको भनाइ छ । ‘समयमै उत्पादन हुँदा रु ४७ लाखको केरा बिक्री गरेँ, फुटकर बिक्री गरेको हिसाब राखेको छैन’, उनले भने, ‘एक बिघामा रु १५ लाखसम्म कमाएको छु ।’ धामीले १९ बिघामा केराखेती गर्नुभएको छ । यसका साथै तीन बिघामा उखु, अन्य जमिनमा धान र केराको टिस्यु कल्चर बेर्ना उत्पादनको काम गरिरहेका छन् । चौध वर्षदेखि केराखेतीमा संलग्न उनले थोपा सिँचाइ प्रविधिबाट खेती गर्दै आएका छन् । यसरी केराखेतीमा लागेका धामीलाई रानीजमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइले साथ दिएको छ । ‘आयोजनाले थोपा सिँचाइ, पावर टिलर, अटो सहयोग गरेको छ, मैले उत्पादन ग...
त्रिवेणी भन्सार: क्वारेनटाइन निर्माण नहुँदा निकासी पैठारी शून्य
अर्थ, प्रशासन, समाचार

त्रिवेणी भन्सार: क्वारेनटाइन निर्माण नहुँदा निकासी पैठारी शून्य

नेपालअखबार, नवलपरासी। ६ वर्ष अगाडि मूल भन्सारमा स्तरोन्नति भएको त्रिवेणी भन्सार कार्यालय नाम मात्रको ‘मूल भन्सार’ बनेको छ। भारतसँग सीमा जोडिएको गण्डकी प्रदेशकै एकमात्र यस भन्सारमा आवश्यक पर्ने क्वारेनटाइनको निर्माण नहुँदा हालसम्म निकासी पैठारी हुनसकेको छैन। विसं २०७६ फागुनमा मूल भन्सारको मान्यता पाएको नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–७ मा रहेको यस भन्सारमा हालसम्म क्वारेनटाइन निर्माण हुन नसक्दा मालसामान निकासी पैठारी शून्य छ। फागुन २०७६ अगाडि यस भन्सार भैरहवा भन्सार कार्यालयको छोटी भन्सारको रूपमा रहेको थियो। संघीय सरकारको निर्णयअनुसार मूल भन्सारको मान्यता पाएको यस भन्सारमा आवश्यक पूर्वाधार निर्माण हुन नसक्दा भारततर्फ पठाउने मालसामान र भारतबाट नेपाल भित्रिने मालसामानको अवस्था शून्य रहेको भन्सार कार्यालयले जनाएको छ। त्रिवेणी भन्सार कार्यालयका प्रमुख भन्स...
पोखरा–मुग्लिन सडकः पश्चिम खण्डको भौतिक प्रगति ५५ प्रतिशत
अर्थ, समाचार, समाज

पोखरा–मुग्लिन सडकः पश्चिम खण्डको भौतिक प्रगति ५५ प्रतिशत

नेपालअखबार,गण्डकी । पोखरा-मुग्लिन सडकको पश्चिम खण्ड (पोखरा–जामुने)को भौतिक प्रगति ५५.१० र वित्तीय प्रगति ४२.५० प्रतिशत पुगेको छ । कुल ३८.८८ किमी दूरीको उक्त खण्डमा हालसम्म ३७.७० किमीमा एकतर्फी पहिलो तहको कालोपत्र भइसकेको आयोजना कार्यालयले जनाएको छ । उक्त खण्डका प्रमुख इन्जिनियर कृष्णबहादुर कुँवरका अनुसार २६.३८ किमीमा दुईतर्फी (चार लेन) र १०.३२ किमी सडकमा एकतर्फी (दुई लेन) कालोपत्र भइसकेको छ । विसं २०७८ भदौदेखि निर्माण सुरु गरिएको उक्त खण्डको ठेक्का म्याद आगामी पुससम्म रहेको छ । निर्माण कम्पनीले समयमा काम नगरेपछि यसअघि दुईपटकसम्म म्याद थप भएको इन्जिनियर कुँवरले बताए । चिनियाँ निर्माण कम्पनी यनहुई काइयुयान हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनले उक्त खण्डमा सडक विस्तार एवं स्तरोन्नतिको काम गरिरहेको हो । तनहुँको जामुनेदेखि पोखराको सेती पुलसम्मको आधा सडक छ लेन र आधाजति चार लेनको बन्ने इन्जिनि...
कोशी प्रदेशमा कफीखेती विस्तार हुँदै
अर्थ, कृषि, समाचार, समाज

कोशी प्रदेशमा कफीखेती विस्तार हुँदै

नेपालअखबार,झापा । कोशी प्रदेशमा कफीखेती विस्तार भइरहेको छ । प्रदेशका १२ जिल्लामा व्यावसायिक कफीखेती सुरु गरिएका छन् । प्रदेशको दुई हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा कफीखेती विस्तार भइसकेको राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय विर्तामोडका सूचना अधिकारी अनन्त ढुङ्गानाले जानकारी दिए । उनका अनुसार इलाम, धनकुटा, भोजपुर, खोटाङ, सङ्खुवासभा, ओखलढुङ्गा, सोलुखुम्बु, तेह्रथुम, उदयपुर, मोरङ, पाँचथर र ताप्लेजुङ जिल्लामा व्यावसायिक रुपमा कफीखेती भइरहेको छ । पाँच हजारभन्दा बढी किसानले कफीखेती गरिरहेको उनले बताए । हाल कोशीमा ९० देखि १०० मेट्रिक टन कफीको दाना उत्पादन भइरहेको छ । यसको बजार मूल्य लगभग रु २० करोड छ । उत्पादित कफीको आधाभन्दा बढी परिमाण विदेश निर्यात हुने गरेको छ । नेपालमा ५०० मेट्रिक टन कफी उत्पादन हुँदै आएकामा कोशी प्रदेशको २० प्रतिशत योगदान रहेको छ । कोशी प्रदेशमा सबैभन...
कोकाकोलाले सरकारलाई तिर्यो ७८ करोड बक्यौता कर
अर्थ, कर्पोरेट, समाचार

कोकाकोलाले सरकारलाई तिर्यो ७८ करोड बक्यौता कर

नेपालअखबार,काठमाडौं । बोटलर्स नेपाल (तराई)ले सरकारलाई तिर्न बाँकी रहेको ७८ करोड ६ लाख रूपैयाँ कर तिरेको छ। कम्पनीले कोकाकोला उत्पादन गर्दै आइरहेको छ। बजेटमा दिइएको सुविधा अनुसार कम्पनीले बक्यौता कर तिरेको हो। आर्थिक ऐन २०८२ ले ‘स्वामित्व परिवर्तन भई करारोपण भइसकेको बासिन्दा निकायको हित रहेको नेपालको अर्को बासिन्दा निकायलाई सो स्वामित्व परिवर्तनको आधारमा संशोधित कर निर्धारण भई वक्यौता रहेको भएमा त्यस्तो निकायले २०८२ साल असार मसान्तसम्ममा निर्धारित कर रकम दाखिल गरेमा त्यस्तो संशोधित कर निर्धारण बमोजिमको व्याज र शुल्क मिनाहा हुने’ उल्लेख गरेको छ। कर तिरेको जानकारी कम्पनीले नेपाल स्टक एक्सचेन्जमा गराएको हो।...
कास्कीका किसानले पाएनन् दुधको भुक्तानी
अर्थ, कृषि, समाचार

कास्कीका किसानले पाएनन् दुधको भुक्तानी

नेपालअखबार,पोखरा ।‘एक किलो दानालाई ६३ रुपैयाँ पर्छ । हामीले ६४ रुपैयाँमा दुध बेच्छौँ । २ रुपैयाँमा घरबार चल्छ ?,’ लाहाचोकका व्यावसायिक दुध किसान कृष्णप्रसाद अधिकारीले सरकारसँग प्रश्न गरे । उनले उत्पादन लागतभन्दा कम मूल्यमा दुध बेच्न बाध्य भएको गुनासो गरेका छन् । मूल्यको समस्या पनि उत्तिकै चर्को छ । किसानले प्रतिलिटर ६५ रुपैयाँमा बेच्ने दुध उपभोक्ताले १ सय ४० रुपैयाँसम्म तिरेर किन्नुपर्ने अवस्था छ । ‘हामी ६५ रुपैयाँमा बेच्छौँ । बिचौलियाले ठुलो नाफा खाएको छ । उपभोक्ताले त्यही दुधलाई १ सय ४० रुपैयाँसम्म तिर्छन्,’ उनले भने, ‘किसान र उपभोक्ता दुवै मारमा परेका छौँ । बिचौलिया मोटाएका छन् ।’ अर्का किसान कृष्णप्रसाद अधिकारीले विक्री भएको दुधको भुक्तानी ठुला डेरी उद्योगले महिनौँसम्म नदिँदा पलायन हुनुपर्ने अवस्था आएको बताए ।‘हामीले उद्योगलाई दुध दिन्छौँ । तर उनीहरूले तीन–चार महिनासम्म भुक्तान...
नारायणघाट–बुटवल सडक : एक वर्ष म्याद थप्ने तयारी
अर्थ, समाचार, समाज

नारायणघाट–बुटवल सडक : एक वर्ष म्याद थप्ने तयारी

नेपालअखबार,नवलपरासी । चार लेनमा विस्तार भइरहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकको म्याद एक वर्ष थपिने भएको छ । सडक विभाग आयोजना निर्देशनालय (एडिबी)का आयोजना निर्देशक इञ्जिनियर चुडाराज ढकालले निर्माण कम्पनीले म्याद धेरै मागेको भए पनि एक वर्ष थप्दा काम सक्ने सहमति गरेपछि म्याद थप्ने तयारी गरिएको जानकारी दिए । “निर्माण कम्पनी र आयोजनाको कन्सल्टेन्टसँग कुरा गर्दा एक वर्षमा फिनिसिङबाहेकका काम सकाउने सहमति भएको कारण म्याद थप्ने तयारी गरेका छौँ”, उनले भने, “निर्माण कम्पनीले ९० प्रतिशत काम सकाउने सहमति भएपछि हामी एक वर्ष म्याद थप गर्ने निष्कर्षमा पुगेका छौँ ।” आयोजना निर्देशक ढकालका अनुसार सडक योजनाको तेस्रोपटक थप भएको म्याद यही साउन ८ गते सकिँदैछ । हालसम्म आयोजनाको भौतिक प्रगति ६९ दशमलव तीन प्रतिशत सकिएको उनले जानकारी दिए । नारायणघाट–बुटवल सडक योजना (पूर्वी खण्ड)का सूचना अधि...
ऊर्जा उत्पादनमा सधै सहजीकरण हुन्छः पूर्व प्रधानमन्त्री देउवा
अर्थ, राजनीति, समाचार

ऊर्जा उत्पादनमा सधै सहजीकरण हुन्छः पूर्व प्रधानमन्त्री देउवा

नेपालअखबार,काठमाडौँ ।  पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको सामाजिक र आर्थिक विकासका लागि ऊर्जा उत्पादन र लगानी सहजीकरणमा विशेष ध्यान दिनुपर्ने बताएका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पानको साधरणसभामा बोल्दै उनले नेपाललाई प्रकृतिले प्रदान गरेको ऊर्जा सम्पत्तिको अधिकतम उपयोग गर्नुपर्नेमा जोड दिए। देउवाले आफ्नो कार्यकालमा विद्युत निर्यात सुरु भएको स्मरण गर्दै भने, ‘म प्रधानमन्त्री हुँदा विद्युत निर्यातको सुरुवात भएको थियो। यो नेपालको ऊर्जा क्षेत्रको महत्वपूर्ण उपलब्धि हो।’ उनले विद्युत उत्पादनलाई थप सहज बनाउन नीतिगत सुधार र लगानीमैत्री वातावरण आवश्यक रहेको बताए। देउवाले सामाजिक विकासमा पछाडि परिनुको प्रमुख कारण उदारवाद भएको उल्लेख गर्दै स्वदेशी र विदेशी लगानीलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए। ‘लगानीलाई सधैं सहजीकरण गर्नुपर्छ। स्वद...
आज सुनको मूल्य बढ्यो
अर्थ, समाचार

आज सुनको मूल्य बढ्यो

नेपालअखबार,काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँ वृद्धि भएको हो । जसअनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोलामा १ लाख ९३ हजार ३०० रुपैयाँ कायम भएको छ । यसअघि आइतबार उक्त सुन तोलामा १ लाख ९२ हजार ९०० रुपैयाँ कायम भएको थियो । यसैगरी चाँदीको मूल्य पनि बढेको छ । आइतबार तोलामा २ हजार २८५ रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य सोमबार बढेर तोलामा २ हजार ३१५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।...
फेरि अधिक तरलता भएपछि राष्ट्र बैंकले आइतवार ४५ अर्ब निक्षेप खिच्दै
अर्थ, समाचार

फेरि अधिक तरलता भएपछि राष्ट्र बैंकले आइतवार ४५ अर्ब निक्षेप खिच्दै

नेपालअखबार,काठमाडौँ । अधिक तरलता भएपछि राष्ट्र बैंकले आइतवार ४५ अर्ब निक्षेप खिच्न लागेको छ । निक्षेप संकलन उपकरण बोलकबोलमार्फत राष्ट्र बैंकले निक्षेप खिच्न लागेको हो । अहिले कुल निक्षेप ७० खर्ब भन्दा बढी पुगेको छ । केन्द्रीय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधा मार्फत तरलता खिच्दै आएको छ । खासगरी केन्द्रिय बैंकको खुला बजार कारोबार सम्बन्धी कार्यविधि अनुसार वित्तीय बजारमा दीर्घकालीन प्रकृतिको अधिक तरलता स्थिति देखिए त्यसको व्यवस्थापन गरी बजार ब्याजदर व्यवस्थित गर्न कारोबार सञ्चालन समितिले आवश्यकता अनुसार कुनै पनि दिन संरचनात्मक खुला बजार कारोबार अन्तर्गत बढीमा ६ महिना अवधिको दीर्घकालीन निक्षेप संकलन उपकरण प्रयोग गर्न सक्ने व्यवस्था छ । यही व्यवस्था टेकेर केन्द्रीय बैंकले पटकपटक निक्षेप संकलन उकरण प्रयोग गर्दै ...