Friday, July 31

अर्थ

धितोको मूल्य घट्दै जाँदा बैंकहरूले मूल्यांकनकर्तालाई कालोसूचीमा राख्न थाले
अर्थ, समाचार

धितोको मूल्य घट्दै जाँदा बैंकहरूले मूल्यांकनकर्तालाई कालोसूचीमा राख्न थाले

धितोको मूल्य घट्दै जाँदा बैंकहरूले मूल्यांकनकर्तालाई कालोसूचीमा राख्न थालेपछि मूल्यांकनकर्ताहरू चिन्तित भएका छन्। नेपाल भ्यालुयर्स (मूल्यांकनकर्ता) एसोसिएसनले धितोको मूल्य बढेको समयमा भएको मूल्यांकन र अहिले कारोबार कम हुँदा भएको मूल्यांकनको विषयलाई लिएर बैंकहरूले मूल्यांकनकर्तालाई कालोसूचीमा राख्न नहुने तर्क गरेको छ। एसोसिएसनका अध्यक्ष इन्जिनियर सञ्जयकुमार महतोले बैंकहरूले नेपाल राष्ट्र बैंकको निर्देशिका देखाएर कालोसूचीमा राख्न थालेको बताए। कोभिड अगाडि र पछाडिको मूल्यांकनमा दुई तिहाइ नपुगे मूल्यांकनकर्ताहरूलाई कालोसूचीमा राख्ने गरेको उनको भनाइ छ। 'यसले गर्दा मूल्यांकनकर्ताहरूमा निराशा छ। यही अवस्था रहे मूल्यांकन गर्ने/नगर्ने भन्ने विषय अन्योल हुन्छ,' उनले भने। हाल देशका हरेक ठाउँमा धितोको मूल्यांकन औसतमा ३० प्रतिशतभन्दा धेरैले घटेको उल्लेख गर्दै उनले मूल्यांकनकर्ताहरूलाई काल...
मलेसिया र दुबईबाट फर्केर गाईपालन, मासिक एक लाख आम्दानी
अर्थ, कृषि, समाचार, समाज

मलेसिया र दुबईबाट फर्केर गाईपालन, मासिक एक लाख आम्दानी

नेपालअखबार, दाङ । वैदेशिक रोजगारीबाट फर्किएर घोराही उपमहानगरपालिका–१ सुकाखोलाका बोमबहादुर थापाले गाईपालन व्यवसायबाट मनग्य आम्दानी गरेका छन् । उनले करिब ११ वर्ष वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया र दुबईमा काम गरेका थिए । उनले भने, “विदेशमा १८ घण्टा काम गर्छौँ, कमाइ भएको देख्छौँ, स्वदेशमा काम आठ घण्टा पनि गर्दैनौँ कमाइ चाहिँ धेरै खोज्छौँ, अनि जति कमाए पनि कमै देख्छौँ ।” बिहानै ४ बजे उठेर गाई दुहुने र गाउँका अन्य किसानकोसमेत दूध लिएर घोराही बजारको डेरीमा पुर्‍याउने अनि घर फर्केर फेरि गाईको हेरचाह गर्ने यसरी नै बित्छ थापाको दैनिकी । उसो त थापाका लागि कामको चाप भने विदेशको जस्तै छ । थापाले विगत पाँच वर्षदेखि एक दिन पनि यो काम छुटाएका छैनन् । थापालाई लाग्छ म एक दिन बिरामी भएँ भने यो दूध अर्को दिन कहाँ लगेर बेचुँ । गाईलाई दानापानीको काम परिवारका अन्य सदस्यले गरे पनि दूध बजारसम्म पुर्...
आज सुनको मूल्य सामान्य बढ्यो
अर्थ, समाचार

आज सुनको मूल्य सामान्य बढ्यो

नेपालअखबार,काठमाडौँ । साताको कारोबारको पहिलो दिन सुनको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८४ हजार १०० रुपैयाँ कायम भएको हो । यसअघि शुक्रबार छापावाल सुन तोलामा १ लाख ८३ हजार ५०० रुपैयाँ कायम भएको थियो । यस हिसाबले छापावाल सुन तोलामा ६०० रुपैयाँ वृद्धि भएको छ । यसैबिच आइतबार चाँदीको मूल्य भने घटेको छ । शुक्रबार तोलामा १ हजार ९३० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार तोलामा १ हजार ९१० रुपैयाँ कायम भएको हो ।...
भारतको हवाई क्षेत्र पाकिस्तानी विमानका लागि बन्द
अर्थ, विदेश, समाचार

भारतको हवाई क्षेत्र पाकिस्तानी विमानका लागि बन्द

नेपालअखबार,नयाँ दिल्ली । पहलगाम आक्रमणपछि पाकिस्तानसँग बढ्दो तनावका बिच भारतले बुधबार पाकिस्तानी विमानहरूको लागि आफ्नो हवाई क्षेत्र बन्द गर्ने निर्णय गरेको छ । समाचार एजेन्सी पीटीआईका अनुसार अधिकारीहरूले यो प्रतिबन्ध मे १ देखि मे २३ सम्म लागू हुने बताएका हुन् । यससम्बन्धमा, भारतीय विमानस्थल प्राधिकरण (एएआई) ले बुधबार साँझ एक नोटमा जारी गरेको छ । हवाई क्षेत्रमा उडानहरूको सम्बन्धमा नोटम अर्थात् ‘नोटिस टू एयरमेन’ जारी गरिन्छ । यो प्रतिबन्धको अर्थ भारतीय हवाई क्षेत्र पाकिस्तानमा दर्ता भएका पाकिस्तानी एयरलाइन्स र अपरेटरहरूद्वारा सञ्चालित, स्वामित्वमा रहेका वा भाडामा लिइएका विमानहरूका लागि उपलब्ध हुनेछैन । एक वरिष्ठ सरकारी अधिकारीले पीटीआईलाई बताएअनुसार यो प्रतिबन्ध पाकिस्तानको सैन्य विमानमा पनि लागू हुनेछ । भारत र पाकिस्तानबिच कुनै सिधा उडान भने छैन । तर, पाकिस्तानी एयरलाइन्सहरूले स...
कोशीको लगानी सम्मेलन आज
अर्थ, समाचार

कोशीको लगानी सम्मेलन आज

नेपालअखबार,विराटनगर ।  कोशी प्रदेश सरकारले आज र भोलि शुक्रबार पहिलो प्रदेश लगानी सम्मेलन गर्दैछ । सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् । पहिलो लगानी सम्मेलनमा ७१ वटा परियोजना प्रस्तुत गरिंदैछ । तीमध्ये दुई दर्जन परियोजना अघि बढाउनका लागि सम्झौता हुने प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डाक्टर सरोज कोइरालले बताए । लगानी सम्मेलनमा  सोकेसिङ गरिने ७१ वटा योजनाको लागत एक खर्ब ७३ अर्ब ४९ करोड बराबर छ । पर्यटन, कृषि, उद्योग, उर्जा, पुर्वाधार, आईटी, सेवा लगायत आठवटा क्षेत्रका परियोजनाहरू सोकेसिङ गरिनेछ । लगानी सम्मेलनमा नेपालको निजी क्षेत्रसँगै चीन, रुस, अमेरिका, दक्षिण कोरिया, भारत लगायतका देशका लगानीकर्ता र गैरआवासीय नेपालीहरूको सहभागिता हुनेछ । सम्मेलनअघि निजी क्षेत्रको सहजताका लागि मंगलबार आठवटा कानुन अध्यादेशमार्फत संशोधन गरेको थियो । लगानीमैत्...
आज सुनको मूल्य सामान्य वृद्धि
अर्थ, समाचार

आज सुनको मूल्य सामान्य वृद्धि

नेपालअखबार,काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य सामान्य वृद्धि भएको छ । अघिल्लो दिनको तुलनामा छापावाल सुनको मूल्य तोलामा ५०० रुपैयाँ वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । जसअनुसार छापावाल सुन मंगलबार तोलामा १ लाख ८८ हजार ८०० रुपैयाँ कायम भएको छ । यसअघि सोमबार छापावाल सुन तोलामा १ लाख ८८ हजार ३०० रुपैयाँ कायम भएको थियो । यस्तै मंगलबार चाँदीको मूल्य तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको छ । सोमबारकै मूल्यमा मंगलबार पनि चाँदी कारोबार भएको हो।...
सुन तोलामा १४ सय घट्यो
अर्थ, समाचार

सुन तोलामा १४ सय घट्यो

नेपालअखबार,काठमाडौं । सोमबार सुनको भाउ तोलामा १४ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुन प्रतितोला १ लाख ८८ हजार ३ सय रुपैयाँ मूल्य तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ८९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ९९० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ९७० मा झरेको छ ।...
चार महिनापछि यारी नाका भन्सार कार्यालय सञ्चालनमा
अर्थ, प्रशासन, समाचार

चार महिनापछि यारी नाका भन्सार कार्यालय सञ्चालनमा

नेपालअखबार,हुम्ला । हुम्लाको उत्तरी क्षेत्रको यारी नाका भन्सार कार्यालय चार महिनापछि सञ्चालनमा आएको छ । अत्यधिक चिसोका कारण गत पुस १० गतेदेखि बन्द भएको कार्यालय पुनः सञ्चालनमा आएको हो । कार्यालय प्रमुख रामराज जैसी पुनः हिल्सामा पुगेपछि सेवा सुरु भएको हो । “तत्कालीन समयमा उक्त क्षेत्रमा हिउँ जम्न थालेपछि विभागलाई जानकारी गराएरै कार्यालय बन्द गरिएको थियो, कार्यालय आइतबारदेखि फेरि सञ्चालनमा आएको छ”, कार्यालय प्रमुख जैसीले बताए । सदरमुकामबाट यारी नाका भन्सार कार्यालय पुग्न नारा लेख काटेर जानुपर्ने हुन्छ । हिमपात हुने समयमा उक्त सडकखण्ड पूर्ण रुपमा बन्द हुन्छ । नारा लेकमा जमेका हिउँ हिल्सा सिमकोट सडक योजनाले पन्छ्याउन थालेकोले यातायात सेवा पनि चाँडै सञ्चालमा आउने अपेक्षा गरिएको छ । यातायात सेवा सञ्चालनमा आए ताक्लाकोटबाट पनि सामान आयात पुनः सुरु हुनेछ ।...
साफेबगरको हाटबजारमा आगलागी, १० वटा पसल जलेर नष्ट
अर्थ, समाचार, समाज

साफेबगरको हाटबजारमा आगलागी, १० वटा पसल जलेर नष्ट

नेपालअखबार,अछाम। अछामको साफेबगरमा आगलागी हुँदा १० वटा पसल जलेर नष्ट भएको छ। शनिबार बिहान साफेबगर नगरपालिका-३ हाटबजारमा बिहान पौने ४ बजेदेखि आगलागी हुँदा १० वटा पसल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी इन्स्पेक्टर जय पार्कीले जानकारी दिए। हाटबजारमा प्रेम खड्काले सञ्चाले गरेको सुभेच्छा म:म सेन्टरबाट आगलागी सुरू भएको थियो। उक्त पसलमा बिजुलीको तार सट भई आगलागी भएपछि आसपास रहेका थप ९ वटा पसलमा पनि आगो सल्किएको इन्स्पेक्टर पार्कीले जानकारी दिए। आगलागीबा त्यस आसपास रहेका किराना पसल, ब्युटी पार्लर, सुनचाँदी लगायतका विभिन्न व्यवसाय सञ्चालित पसलहरू जलेर नष्ट भएका छन्। आगलागी बिहान ६ बजेपछि नियन्त्रणमा आएको इन्स्पेक्टर पार्कीले जानकारी दिए। आगो निभाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयहरू खटेका थिए। आगो पूर्ण रूपमा नियन्त्रणमा आइसकेकाले क्षतिको विवरण संकलन भइर...
कारागारभित्रै सीप सिकेर कमाउँछन् कैदीबन्दीहरू
अर्थ, समाचार, समाज

कारागारभित्रै सीप सिकेर कमाउँछन् कैदीबन्दीहरू

नेपालअखबार,मकवानपुर । मकवानपुरको भीमफेदी कारागारमा रहेका कैदीबन्दीहरू कारागारभित्रै सीपमूलक कार्य गरी राम्रो आम्दानी गर्दै आएका छन् । कारागार व्यवस्थापनले विभिन्न आरोपमा कैद भुक्तान गरिरहेका कैदीबन्दीलाई समाजमा पुनःस्थापित गराउने उद्देश्यले कारागारभित्रै सीपमूलक कार्य गर्न प्रेरित गरेपछि उनीहरू त्यसतर्फ आकर्षित भएका हुन् । कारागारभित्र कैदीहरू कोही गलैँचा बनाउन व्यस्त छन् भने कोही मुढा त कोही मैनबत्ती बनाउन व्यस्त रहेकोे दृश्य कारागारभित्र देख्न सकिन्छ । कैदीबन्दीमध्ये धेरैले कुनै न कुनै सीपमूलक काम गरेर आयआर्जन गरिरहेका छन् । कतिपय कैदीबन्दीहरूलाई जेलमा भेट्न आउने आफन्तसँग भेटघाट गर्नसम्म फुर्सद हुँदैन । कैदीबन्दीहरू सीपमूलक कार्य गरेर मासिक रु १५ हजारदेखि रु २० हजारसम्म आम्दानी गर्ने गरेका छन् । विभिन्न कारण र बाध्यतामा अपराध कर्म गरे पनि कारागारभित्रै सीप सिकेर आम्दानी गर्न पाउ...