Tuesday, February 3

अर्थ

एक वर्षमै १ अर्ब ३२ करोडको सुन्तला उत्पादन, कसरी भयो सम्भव?
अर्थ, कृषि, समाचार, समाज

एक वर्षमै १ अर्ब ३२ करोडको सुन्तला उत्पादन, कसरी भयो सम्भव?

नेपालअखबार,स्याङ्जा । स्याङ्जाबाट यस वर्ष एक अर्ब ३२ करोडभन्दा बढी मूल्यको सुन्तला उत्पादन भएको छ। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यान्वयन एकाइ स्याङ्जाका सूचना अधिकारी प्रतिभा बुढाथोकी क्षेत्रीका अनुसार स्याङ्जामा यस वर्ष कुल २३ हजार २३८ मेट्रिक टन सुन्तला उत्पादन भएको छ। यहाँ उत्पादन भएको सुन्लता थोकमा प्रतिकिलो ५७ का दरले बिक्री भएको छ। गत वर्षको तुलनामा यस वर्ष २० करोड बढी मूल्यको सुन्तला उत्पादन भएको हो। गत वर्ष २० हजार ८४ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो। यस वर्ष गत वर्षको तुलनामा उत्पादकत्वसमेत बढेको छ। यस वर्ष १६.३७ टन प्रतिहेक्टर उत्पादन भएको छभने गत वर्ष १४.६६ टन प्रतिहेक्टर उत्पादन भएको थियो। स्याङ्जा जिल्लामा उत्पादन भएको कुल परिमाणको सुन्तलामध्ये ९० प्रतिशत बिक्री हुने गरेको छ भने बाँकी रहेको १० प्रतिशत सुन्तला कोसेली, उपहार तथा घरघरमै खपत हुने गरेक...
आज सुनको मूल्य तोलामा २९०० रुपैयाँ बढ्यो
अर्थ, समाचार

आज सुनको मूल्य तोलामा २९०० रुपैयाँ बढ्यो

नेपालअखबार, काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा २९०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा २ लाख ५९ हजार ६०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य तोलामा २ लाख ६२ हजार ५०० रुपैयाँ कायम भएको हो । चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा ४ हजार ४१५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार ४ हजार ५२५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।...
सुनको मूल्य सामान्य घट्यो
अर्थ, समाचार

सुनको मूल्य सामान्य घट्यो

नेपालअखबार,काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा २ लाख ७० हजार ६०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य सोमबार सामान्य घटेर २ लाख ७० हजार रुपैयाँ कायम भएको हो । यस्तै चाँदीको मूल्य भने घटेको छ । आइतबार तोलामा ४ हजार ८३५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार बढेर तोलामा ४ हजार ८९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।...
रसुवागढी नाका जनवरी १ देखि खुल्दै
अर्थ, प्रशासन, समाचार

रसुवागढी नाका जनवरी १ देखि खुल्दै

नेपालअखबार, काठमाडौँ । रसुवागढी–चीन जोड्ने बेलिब्रिज जनवरी १ देखि सञ्चालनमा आउने भएको छ । साे नाका चीन सरकारले जनवरी १ अर्थात् पुस १७ गतेदेखि सञ्चालनमा ल्याउने जानकारी प्राप्त भएको जिल्ला प्रशासन  कार्यालय रसुवाले जनाएको हाे । प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले बिहीबार (जनवरी १) देखि बेलिब्रिज सञ्चालनमा आउने रातोपाटीलाई जानकारी दिए । ‘जनवरी १ देखि बेलिब्रिज सञ्चालन हुने भन्ने जानकारी हामीलाई प्राप्त भएको छ,’ पन्थीले भने, ‘आधिकारिक रूपमा भने आएको होइन । उहाँहरूले सामाजिक सञ्जालमा राखिसक्नु भएको छ । त्यसैलाई आधिकारिक मान्नु पर्ने देखियो ।’ बेलिब्रिज सञ्चालनमा आएपछि नाका पनि खुला हुने उनको भनाइ थियो । गत असार २४ गते चीन तर्फबाट आएको बाढीले रसुवागढी–चीन जोड्ने मितेरी पुल बगाएको थियो । त्यसपछि चिनियाँ सरकारले बेलिब्रिज निर्माण गरेको हो । करिब ६ महिनापछि सञ्चालनमा आउने भएको हो ।...
मुस्ताङ भन्सारबाट ११ अर्बको समान निकासी पैठारी
अर्थ, समाचार, समाज

मुस्ताङ भन्सारबाट ११ अर्बको समान निकासी पैठारी

नेपालअखबार,मुस्ताङ । कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट रु ११ अर्ब एक करोड ९५ लाख बराबरको सामान निकासी पैठारी भएको छ । गत ३० भदौदेखि पूर्ण रुपमा सञ्चालनमा आएको नेपाल–चीनस्थित कोरला नाकाबाट १० पुससम्ममा निकासी तथा पैठारी गरी उक्त मूल्य बराबरको वित्तीय कारोबार भएको मुस्ताङ भन्सार कार्यालयका प्रमुख रमेश खड्काले जानकारी दिए ।  कोरला नाका पूर्ण रुपमा सञ्चालनमा आएदेखि हालसम्म यहाँको कोरला नाका हुँदै चीनतर्फबाट रु १० अर्ब ८२ करोड ९८ लाखको मालवस्तु नेपाल भित्रिएको बताए । यसैगरी नेपालबाट हस्तकलालगायतका नेपाली उत्पादन रु १८ करोड ९७ लाख ७८ हजार बराबरको मालवस्तु यहाँको भन्सार कार्यालयमा जाँचपाँस भई चीनतर्फ निकासी भएको भन्सार प्रमुख खड्काले जानकारी दिए । कोरला नाकाबाट हालसम्म दुई हजार ७४ विद्युतीय सवारीसाधन नेपाल भित्रिएका छन् । आइतबारदेखि कोरला नाकाबाट थप चिनियाँ विद्युतीय सवारीसाधन नेपा...
विद्युत् प्राधिकरणले गर्‍यो २० अर्ब रुपैयाँको ऊर्जा बण्ड निष्कासन गर्ने निर्णय
अर्थ, समाचार

विद्युत् प्राधिकरणले गर्‍यो २० अर्ब रुपैयाँको ऊर्जा बण्ड निष्कासन गर्ने निर्णय

नेपालअखबार,काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले २० अर्ब रुपैयाँ बराबरको ऊर्जा बण्ड निष्कासन गर्ने निर्णय गरेको छ । आइतबार ऊर्जा मन्त्रालयमा बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले मन्त्रिपरिषदबाट ऊर्जा बण्ड जारी गर्न पाएको स्वीकृतअनुसार सो निर्णय गरेको हो । असोज २३ गते बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले जलविद्युत आयोजना निर्माणका लागि स्रोत व्यवस्थापन गर्न २० अर्ब रुपैयाँ बराबरको ऊर्जा ऋणपत्र निष्कासन गर्न स्वीकृति दिएको थियो । प्राधिकरण स्रोतका अनुसार ठुला आयोजनाहरूमा लगानी गर्ने गरी प्राधिकरण बोर्डले २०अर्ब रुपैयाँ बराबरको ऊर्जा बण्ड निष्कासन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्ले ऊर्जा बण्ड निष्कासनको स्वीकृतमा नै प्राधिकरणलाई उठाइने रकम पुँजीगत खर्चमा प्रयोग गर्नुपर्ने स्पष्ट सर्त तोकेको थियो । उक्त सर्तअनुसार कार्यान्वयन गर्ने गरी प्राधिकरण बोर्डले निर्णय गर...
सदस्यको धितो प्रयोग गरी सहकारी बैंकबाट लिने कर्जाको सीमामा कडाइ
अर्थ, समाचार

सदस्यको धितो प्रयोग गरी सहकारी बैंकबाट लिने कर्जाको सीमामा कडाइ

नेपालअखबार,काठमाडौं । नेपाल राष्ट्र बैंकले सहकारी बैंकका सदस्य संस्थालाई कर्जा व्यवस्था कसिलो बनाएको छ । सहकारी बैंकबाट सदस्य सहकारीले ऋण लिँदा सहकारीका कर्जा सदस्यले लिएको भन्दा धेरै नहुने व्यवस्था केन्द्रीय बैंकले गरेको हो । कुनै सहकारीका सदस्यले कर्जा लिँदा राखेको धितोलाई सो सहकारीले फेरि सहकारी बैंकमा राख्न सक्छ । तर, यसरी ऋणीको धितो राखी सहकारीले कर्जा लिँदा उसको सदस्यले लगेको कर्जा भन्दा धेरै हुन नहुने व्यवस्था केन्द्रीय बैंकले गरेको छ । यसअघि सहकारीहरूले आफ्ना सदस्यको धितोलाई प्रयोग गरेर अधिक कर्जा लिने गरेका थिए । त्यसले गर्दा संस्थामा धेरै जटिलता समेत आइपरेका थिए । केन्द्रीय बैंकले विगतमा भएका जटिलतालाई मध्यनजर गर्दै सहकारीले आफ्ना ऋणी सदस्यको धितोमा दिएको कर्जाभन्दा बढी ऋण उसले सहकारी बैंकबाट लिन नसक्ने व्यवस्था गरेको हो। आइतबार केन्द्रीय बैंकले सहकारी बैंकलाई एकीकृत निर...
सुनको मूल्य सामान्य बढ्यो
अर्थ, समाचार

सुनको मूल्य सामान्य बढ्यो

नेपालअखबार,काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा २ लाख ५९ हजार ७०० रुपैयाँ कायम भएको हो । यसअघि मंगलबार छापावाल सुन तोलामा २ लाख ५९ हजार रुपैयाँ कायम भएको थियो । यस आधारमा बुधबार छापावाल सुन तोलामा ७०० रुपैयाँ बढेको छ । यस्तै चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा ३ हजार ८८५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर तोलामा ४ हजार ५५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।...
बैंकहरूले पुसका लागि थप घटाए ब्याजदर
अर्थ, समाचार

बैंकहरूले पुसका लागि थप घटाए ब्याजदर

नेपालअखबार,काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामार्फत नीतिगत दर घटाएसँगै बैंकहरूले पुसका लागि ब्याजदर थप घटाएका छन् । उच्च तरलता तथा न्यून कर्जा प्रवाहका बाबजुत नीतिगत दर घटेसँगै बैंकको ब्याजदर थप घटेको हो । राष्ट्र बैंकले मौद्रिक नीति समीक्षामार्फत नीतिगत दर ४.५० प्रतिशतबाट ४.२५ मा झारेको थियो । यसले ब्याजदर थप घटाउन दबाब पुगेपछि बैंकहरूले पुस महिनाका लागि सार्वजनिक गरेको ब्याजदर मंसिरको तुलनामा घटेको छ । २० वटा वाणिज्य बैंकले सार्वजनिक गरेको सूचीअनुसार व्यक्तिगत मुद्दती निक्षेपमा दिने अधिकतम ब्याजदर औसतमा मंसिरको तुलनामा पुसमा ०.२० प्रतिशत विन्दुले झरेको छ । मंसिरमा व्यक्तिगत मुद्दतीमा दिने अधिकतम ब्याजदर औसत ५.०४०५ प्रतिशत थियो भने यो पुसमा ४.८३४ प्रतिशतमा झरेको हो । व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घट्दा बचत तथा संस्थागत मुद्दतीको ब्याज पनि घट्न जान्छ । ...
सुन तोलामा ३ हजार ५ सय बढ्यो
अर्थ, समाचार

सुन तोलामा ३ हजार ५ सय बढ्यो

नेपालअखबार,काठमाडौं । शुक्रबार एकैदिन सुनको भाउ तोलामा ३ हजार ५ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ५६ हजार ६ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ५३ हजार १ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । सुनको मूल्य यसअघिको उच्चतम रेकर्ड नजिक पुगेको छ । असोज ३१ गते सुन हालसम्मकै उच्च २ लाख ५८ हजार पुगेको रेकर्ड छ । चाँदीले भने केही दिनदेखि नयाँ रेकर्ड बनाइरहेको छ । शुक्रबार प्रतितोला ३ हजार ९०५ रुपैयाँ पुगेको छ, जुन मूल्य हालसम्मकै उच्च हो ।अघिल्लो दिनको तुलनामा चाँदी १०० रुपैयाँ बढेको हो । अघिल्लो दिन ३ हजार ८०५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।...