Tuesday, June 2

अर्थ

आज पनि सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल
अर्थ, समाचार

आज पनि सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल

नेपालअखबार,काठमाडौँ । नेपाली बजारमा आज (आइतबार) पनि सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ। अघिल्लो दिन अर्थात् शुक्रबार पनि सुनको मूल्यले ऐतिहासिक रेकर्ड बनाएको थियो। शुक्रबार प्रतितोला एक हजार चार सय रूपैयाँ बढेर सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको थियो। उक्त दिन सुन प्रतितोला एक लाख ७६ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ७६ हजार आठ सय रूपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला ६ सय रूपैयाँ बढी हो। यस्तै, आइतबार चाँदीको मूल्य भने घटेको छ। यस दिन चाँदीको मूल्य प्रतितोला दुई हजार २५ रूपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदी प्रतितोला दुई हजार ४० रूपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँ घटेको हो। आज अन्तर्राष्ट्रिय बजा...
दूरी १४ किलोमिटर, यात्रा अवधि दुईदेखि तीन घन्टा
अर्थ, समाचार, समाज

दूरी १४ किलोमिटर, यात्रा अवधि दुईदेखि तीन घन्टा

नेपालअखबार,नवलपरासी। नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत दाउन्ने क्षेत्रको यात्रा निकै कष्ट पूर्ण बनेको छ। सडक विस्तारका क्रममा दाउन्ने क्षेत्रको राजमार्ग भत्काइँदा अहिले यो खण्ड भएर यात्रा गर्नु निकै कठिन चुनौतीपूर्ण रहेको छ। सडक विस्तारका क्रममा भत्काइएका संरचनाहरू समयमै पुनर्निर्माण नहुँदा यात्रुहरू दिनहुँ कष्ट भोग्न बाध्य छन्। सडकखण्डको अन्य क्षेत्रमा धमाधम कालोपत्र गरिए पनि दाउन्ने क्षेत्रमा भने उबड–खाबड सडक, साँघुरा घुम्ती, निर्माणका लागि बनाइएका अस्थायी डाइभर्सन र धुलाम्मे बाटोले यात्रालाई कष्टकर बनाएको हो। यात्रु जीवन ढकालले भने, 'दुम्कीवासदेखि दाउन्ने हुँदै बर्दघाटसम्मको बाटो निकै जोखिम पूर्ण छ । धुलो, धुवासँगै दुर्घटनाको जोखिम पनि उत्तिकै छ। दाउन्नेको बाटो छिचोल्न चार घण्टा लाग्यो।' दाउन्ने खण्डमा धुलोका कारण दिउँसै ‘हेड लाइट’ बालेर हर्न बजाउँदै गाडीहरू गुडाउनुपर्ने बाध्यत...
नेपाल–बङ्गलादेश व्यापार : आयात तीन अर्ब, निर्यात २७ करोड
अर्थ, समाचार

नेपाल–बङ्गलादेश व्यापार : आयात तीन अर्ब, निर्यात २७ करोड

नेपालअखबार, झापा । चालु आर्थिक वर्षको आठ महिनामा बङ्गलादेशबाट रु दुई अर्ब ९६ करोड ९१ लाख ५२ हजार बराबरका मालसामान आयात तथा रु २७ करोड ६८ लाख ५४ हजार बराबरको सामग्री उक्त मुलुक निर्यात भएका छन् । काकँडभिट्टास्थित नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडका प्रमुख सुवास पाण्डेयका अनुसार बङ्गलादेशबाट सबैभन्दा धेरै रु एक अर्ब ६० करोड बराबरको अप्रशोधित जुट आयात भएको छ । यसैगरी आयात भएका अन्य वस्तुमा ब्याट्री, पोल्ट्री फिड सप्लिमेन्ट, कस्मेटिक आइटम, हाइड्रोजन प्याराअक्साइड, जुट यार्न, विद्युतीय उपकरण, औषधि, आलु, पेपर, ग्लास, फुड एण्ड वेभरेजका मालसामान छन् । काँकडभिट्टाबाट रु २३ करोड ६२ लाख ५८ हजारको खुदो निर्यात भएको छ ।  समीक्षा अवधिमा जडीबुटी, घरायसी सामग्री तथा पशुआहार पनि बङ्गलादेश निर्यात भएको छ । द्विदेशीय व्यापारमा सन्तुलन कायम हुन नसकेकामा चिन्ता व्यक्त गर्दै प्रमुख पाण्डेयले ...
जलविद्युतमा लगानी गर्न भारतीय लगानीकर्तालाई ‘इप्पान’को आग्रह
अर्थ, समाचार

जलविद्युतमा लगानी गर्न भारतीय लगानीकर्तालाई ‘इप्पान’को आग्रह

नेपालअखबार,काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् । नयाँ दिल्लीमा आज भएको ‘नेपाल–भारत इनर्जी समिटमा’ इप्पान अध्यक्ष कार्कीले भारतीय लगानीकर्तालाई लगानीको सुरक्षा र प्रतिफलको ग्यारेन्टी रहेकाले ढुक्कसँग लगानी गर्न आग्रह गरेका हुन् ।‘नेपाल सरकारले सन् २०३५ सम्ममा २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन पुर्‍याउने महत्वाकांक्षी लक्ष्य लिएको छ । त्यसका लागि ४६ दशमलब ५ अर्ब डलर लगानी आवश्यक रहेकाले नेपालमा लगानीको सुनौलो अवसर छ’, कार्कीले भने । नेपाल लगानी बोर्डले गरेको प्रारम्भिक अध्ययनअनुसार, नेपालको सौर्य ऊर्जा उत्पादन क्षमता ४ दशमलब ३२ गिगावाटभन्दा बढी रहेकाले सौर्य ऊर्जामा पनि भारतीय लगानीकर्ताले लगानी गर्नसक्ने उनको भनाइ छ । नेपाल आदानी समूह, टाटा पावर, जिन्दल पावर, जिएमआर समूह, एसजेभीए...
काँकडभिट्टाबाट ८ महिनामा १२ अर्ब ६४ करोडको पेट्रोलियम पदार्थ आयात
अर्थ, समाचार

काँकडभिट्टाबाट ८ महिनामा १२ अर्ब ६४ करोडको पेट्रोलियम पदार्थ आयात

नेपालअखबार,भद्रपुर (झापा) । चालु आर्थिक वर्षको आठ महिनामा काँकडभिट्टाबाट १२ अर्ब ७४ करोड १६ लाख मूल्य बराबरको पेट्रोलिय पदार्थ आयात भएको छ । गत आवको आठ महिनाको तुलनामा चालु आवको सोही अवधिमा ६४ करोड १७ लाख ५९ हजारले पेट्रोलियम पदार्थको आयातमा कमी आएको छ । गत आवको आठ महिनामा १३ अर्ब ३८ करोड ३३ लाखको पेट्रोलियम पदार्थ आयात भएको थियो । मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले पेट्रोलियम पदार्थको आयात घटे पनि राजस्व बढेको बताए । चालु आवका आठ महिनामा पेट्रोलिय पदार्थको आयातबाट छ अर्ब १२ करोड ४२ लाख राजस्व सङ्कलन भएको छ । यो गत आवको सोही अवधिको तुलनामा पाँच दशमलव छ प्रतिशतले बढी हो । गत आवको आठ महिनामा पाँच अर्ब ८० करोड १८ लाख राजस्व सङ्कलन भएको थियो ।...
आज  पनि  घट्यो सुनको भाउ
अर्थ, समाचार

आज पनि घट्यो सुनको भाउ

नेपालअखबार,काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य घटेको छ। गत शुक्रबारदेखि घट्ने क्रममा रहेको सुनको मूल्यले यसदिन पनि निरन्तरता पाएको हो। सोमबार प्रतितोला ६ सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला दुई सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७३ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ। सोमबार छापावाल सुन प्रतितोला एक लाख ७३ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।   त्यसैगरी, मंगलबार चाँदीको मूल्य भने स्थिर रहेको छ। सोमबार प्रतितोला एक हजार नौ सय ८० रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस तीन हजार १९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।...
आज सुनको मूल्य सामान्य घट्यो
अर्थ, समाचार

आज सुनको मूल्य सामान्य घट्यो

नेपालअखबार,काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य घटेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सुनको मूल्य तोलामा ६०० रुपैयाँ घटेको हो । महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७३ हजार ५०० रुपैयाँ कायम भएको छ । यसअघि आइतबार छापावाल सुन तोलामा १ लाख ७४ हजार १०० रुपैयाँ कायम भएको थियो । यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ।  आइतबार तोलामा १ हजार ९८० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार पनि सोही मूल्यमा कायम भएको हो ।...
आज सुनको मूल्य सामान्य घट्यो
अर्थ, समाचार

आज सुनको मूल्य सामान्य घट्यो

नेपालअखबार,काठमाडौँ । साताको कारोबारको पहिलो दिन सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आइतबार छापावाल सुनको मूल्य तोलामा ९०० रुपैयाँ घटेको हो । महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७४ हजार १०० रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७५ हजार रुपैयाँ कायम भएको थियो । यस्तै चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार तोलामा १ हजार ९९५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार तोलामा १ हजार ९८० रुपैयाँ कायम भएको महासंघको भनाइ छ ।...
सञ्चय कोषले माग्यो प्रबन्धकदेखि मुख्य सहायकसम्म ३८ जना कर्मचारी
अर्थ, प्रशासन, समाचार

सञ्चय कोषले माग्यो प्रबन्धकदेखि मुख्य सहायकसम्म ३८ जना कर्मचारी

नेपालअखबार,काठमाडौँ । कर्मचारी सञ्चय कोषले  ३८ जना कर्मचारी नियुक्त गर्न  दरखास्त आह्वान गरेको छ। शुक्रबार गोरखापत्र दैनिकमा सूचना प्रकाशन गर्दै कोषले आठौं तहमा प्रबन्धकदेखि पाँचौं तहमा मुख्य सहायकसम्म कर्मचारी मागेको हो। प्रबन्धक  एक जना, उपप्रबन्धक ४ जना, विभिन्न समूहमा ११ जना सहायक प्रबन्धक र २२ जना प्रमुख सहायक गरी ३८ जना कर्मचारी नियुक्तिका लागि दरखास्त मागेको हो। हरेक पदका लागि आवश्यक योग्यता र दरखास्त दस्तुर फरक फरक तोकिएको छ। इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरूले अनलाइनमार्फत पनि दरखास्त दिन सक्नेछन्।  ...
नारायणघाट– बुटवल सडक: पूर्वखण्डमा ४७ किलोमिटर कालोपत्र
अर्थ, समाचार, समाज

नारायणघाट– बुटवल सडक: पूर्वखण्डमा ४७ किलोमिटर कालोपत्र

नेपालअखबार,नवलपुर।  चार लेनमा विस्तार भइरहेको पूर्वपश्चिम राजमार्गको नारायणघाट–बुटवल खण्डअन्तर्गत ६५ किलोमिटर पूर्वखण्डमा ४७ किलोमिटर कालोपत्र भएको छ। नारायणघाट बुटवल सडक आयोजना (पूर्वखण्ड) कार्यालयका अनुसार हालसम्म यो बाटोमा  ५८ दशमलव सात प्रतिशत भौतिक प्रगति भएको छ। गैंडाकोटतर्फ १६ किलोमिटर कालोपत्र पूरा गरी देवचुली नगरपालिकामा धमाधम कालोपत्र भइरहेको छ। यो खण्डमा २२ वटा साना पुल निर्माण भएका छन्। निर्माण पूरा भएका पुलमा लिंकरोड निर्माण पूरा नभएकाले पुलबाट यातायातका साधन सञ्चालन हुन समय लाग्ने उक्त कार्यालयका सूचना अधिकारी शिव खनालले बताए। विनयी खोलाको पुल आगामी मनसुन अगाडि नै पूरा गर्ने लक्ष्यका साथ तीव्र गतिमा काम भइरहेको छ। केही हप्ता अगाडि अत्यधिक भारवहन गरेको ट्रकका कारण पुलमा क्षति भएपछि पथान्तरण गरेर सवारीसाधन सञ्चालन भएका छन्। सडक विस्तारको ठेक्का पाएको निर्माण कम्पनी चाइ...