Monday, June 1

अर्थ

मेची भन्सारबाट २ अर्ब ९५ करोड बराबरको चिया निर्यात
अर्थ, कृषि, समाचार

मेची भन्सारबाट २ अर्ब ९५ करोड बराबरको चिया निर्यात

नेपालअखबार,भद्रपुर (झापा) । मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८१/८२ को छ महिनामा चिया निर्यात ५५.७० प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कानुसार (साउन–पुस)सम्ममा दुई अर्ब ९५ करोड ९० लाख ३७ हजार बराबरको चिया निर्यात भएको छ । सोही अवधिमा ११ हजार २३२.२७ मेट्रिक टन चिया निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी गणपति कँडेलले जानकारी दिए । गत आव २०८०/८१ को सोही अवधिमा एक अर्ब ९० करोड पाँच लाख छ हजार बराबरको चिया निर्यात भएको थियो ।कार्यालयको तथ्याङ्कानुसार प्लाइउड २७.९०, सिमेन्ट क्लिङ्कर चार हजार १४१, भेनियर सिटको निर्यात २३६ प्रतिशतले वृद्धि भएको छ । यसैगरी फलामे पाता, छुर्पी, अदुवा, काउली, बन्दागोपी, ब्रोकाउली, फलामलगायत वस्तुको निर्यातमा कमी आएको छ । पूर्वी नाकामा रहेको मेची भन्सारबाट चालु आवको छ महिनामा रु १३ अर्ब ८४ करोड चार लाख ३९ हजारको मालवस्तु निर्यात भएको छ ।...
त्रिवेणी पालिकाको प्रगति, ६ करोडको अदुवा बिक्री
अर्थ, कृषि, समाचार

त्रिवेणी पालिकाको प्रगति, ६ करोडको अदुवा बिक्री

नेपालअखबार, रूकुम। रूकुम–पश्चिमको त्रिवेणी गाउँपालिकामा यो वर्ष अदुवा उत्पादन र विक्री दुबै बढेको छ। गत वर्षभन्दा यो वर्ष अदुवाखेति गर्ने किसानको सङ्ख्या घटे पनि उत्पादन बढेको हो । जहाँ करिब छ करोडको अदुवा बिक्री भएको त्रिवेणी गाउँपालिकाका कृषि शाखा प्रमुख रमेश पुनले जानकारी दिए । उनका अनुसार अदुवा बिक्रीबाट किसानले पाँच करोड ९२ लाख आम्दानी गरेका छन् । दश वटा वडा रहेको त्रिवेणीमा एक हजार नौ सय ५० परिवारले अदुवाखेती गर्दै आएका छन् । प्रत्येक किसानले दुई रोपनीभन्दा बढी जग्गामा अदुवाखेती गर्दै आएका पुनले बताउनुभयो । पालिकाभर हाल एक सय ९५ हेक्टर जग्गामा अदुवा उत्पादन भइरहेको उनले जानकारी दिए । कृषि शाखा प्रमुख पुनका अनुसार एक रोपनी क्षेत्रफलमा चार क्विन्टलभन्दा बढी अदुवा उत्पादन हुने गरेको छ । पालिकाभर यो वर्ष १५ हजार छ सय क्विन्टल अर्थात् १५ दशमलव छ मेट्रिकटन अदुवा उत्पादन भएको छ । क...
अलैँची बिक्रीबाट २२ करोड आम्दानी
अर्थ, कृषि, समाचार

अलैँची बिक्रीबाट २२ करोड आम्दानी

नेपालअखबार,लमजुङ । लमजुङ का किसानले अलैँची बिक्री गरेर रु २२ करोड आम्दानी गरेका छन् ।  प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ लमजुङका निमित्त वरिष्ठ कृषि अधिकृत हरिबहादुर मिजारका अनुसार चालु आर्थिक वर्षमा जिल्लामा उत्पादित एक सय ५० मेट्रिक टन अलैँची किसानले बिक्री गरेका छन् । यस वर्ष जिल्लामा प्रतिकिलो रु एक हजार पाँचदेखि दुई हजार चार सयसम्ममा अलैँची बिक्री भएको छ ।त्यसैगरी, गत आर्थिक वर्ष २०८०/८१ मा जिल्लाका किसानले दुई सय ५१ मेट्रिक टन अलैँची बिक्री गरी रु २४ करोड आम्दानी गरेका थिए । मिजारका अनुसार गत वर्ष जिल्लाका किसानले प्रतिकिलो रु एक हजार दुई सयका दरले अलैँची बिक्री गरेका थिए । गत वर्षको तुलनामा यस वर्ष उत्पादन घटेको हो । त्यसैगरी, आर्थिक वर्ष २०७९/८० मा  तीन सय ८० मेट्रिक टन अलैँची बिक्रीबाट रु २० करोड आम्दानी भएको थियो । उक्त वर्ष प्रतिकिलो अलैँची कम्तीमा रु पा...
आज घट्यो सुन–चाँदीको भाउ
अर्थ, समाचार

आज घट्यो सुन–चाँदीको भाउ

नेपालअखबार,काठमाडौँ । नेपाली बजारमा आज (आइतबार) सुन–चाँदीको भाउ घटेको छ। अघिल्लो दिन अर्थात् शुक्रबार प्रतितोला एक हजार तीन सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला आठ सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५७ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ५७ हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो। यसैगरी, आइतबार चाँदीको मूल्य पनि घटेको छ। यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय ६० रूपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदी प्रतितोला एक हजार आठ सय ९० रूपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३० रूपैयाँ घटेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २७ सय ०४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।...
पोखरा महोत्सवमा दर्शकको भीड बढ्दै
अर्थ, समाचार, समाज

पोखरा महोत्सवमा दर्शकको भीड बढ्दै

नेपालअखबार,पोखरा । पोखराको अमरसिंह चौरमा जारी १३ औं संस्करणको पोखरा महोत्सवमा दर्शकको भीड बढेको छ । महोत्सवको दशौं दिन महोत्सव स्थल संगै दर्शकको भीड अमरसिंह चोक देखि महोत्सव स्थल सम्मको सडक भरिएको थियो । दर्शकको भीड लाग्दा महोत्सव आयोजकलाई समेत दर्शकलाई सम्हाल्न गाह्रो परेको थियो । शनिवार दिउसो मात्र नभई सांझको कन्सर्टमा समेत युवाहरुको बाक्लो उपस्थिती रहेको महोत्सवका प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । शनिवार दर्शकको बाक्लो उपस्थिती संगै महोत्स्व स्थलमा राखिएको स्टलहरुमा समेत उल्लेख्य कारोबार भएको महोत्सवका अर्थ तथा स्टल ब्यवस्थापन उपसमिति संयोजक जयराम आचार्यले जानकारी दिए । महोत्सवमा विशेष गरी घरायसी सामाग्री, लत्ता कपडा, श्रृङ्गारका सामाग्री, जाडो मौसमका सामाग्री, कृषिका सामाग्री संगै तरकारी लगायतका सामाग्रीको ब्यापार वढेको आचार्यले बताए । महोत्सवको दशौं दिन लोक दोहारी...
पुससम्म बागमती प्रदेश सरकारको बजेट खर्च १६ प्रतिशत
अर्थ, राजनीति, समाचार

पुससम्म बागमती प्रदेश सरकारको बजेट खर्च १६ प्रतिशत

नेपालअखबार,बागमती । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षको छ महिनामा १६ प्रतिशत मात्रै बजेट खर्च गरेको छ । पुससम्ममा कूल बजेटको करिब १६ दशमलव २७ प्रतिशत मात्र खर्च भएको आर्थिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी सुरज पौडेलले जानकारी दिए । चालु आवका लागि प्रदेश सरकारले रु ६४ अर्ब ५४ करोड चार लाख ३१ हजारको बजेट ल्याएकामा पुससम्म रु १० अर्ब ५० करोड २९ लाख नौ हजार खर्च भएको छ । चालुको तुलनामा पुँजीगत खर्च कम भएको पौडेलको भनाइ छ । विनियोजित बजेटमध्ये सबैभन्दा बढी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले ४१ दशमलव ५६ प्रतिशत, प्रदेशसभा सचिवालयले २८ दशमलव ३६ प्रतिशत बजेट खर्च गरेको छ भने सबैभन्दा कम पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयले चार दशमलव छ प्रतिशत बजेट खर्च गरेको मन्त्रालयले जनाएको छ ।...
सुनको मूल्य आज तोलामा १२०० रुपैयाँले बढ्यो
अर्थ, समाचार

सुनको मूल्य आज तोलामा १२०० रुपैयाँले बढ्यो

नेपालअखबार,काठमाडौं । सुनको मूल्य आज तोलामा १२०० रुपैयाँले बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलाको एक लाख ५६ हजार ६०० रुपैयाँमा कारोबार भएको छ । बुधबार तोलाको एक लाख ५५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि बढेको छ । बुधबारको तुलनामा तोलाको ५० रुपैयाँले बढेको हो । बुधबार १८३० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज तोलाको १८८० रुपैयाँ कायम भएको छ ।...
युट्युबबाट सिकेर च्याउ खेतीमा लागेका वडाध्यक्ष
अर्थ, कृषि, समाचार, समाज

युट्युबबाट सिकेर च्याउ खेतीमा लागेका वडाध्यक्ष

नेपालअखबार, नवलपरासी । सामाजिक सञ्जालको सदुपयोग गर्न सके सफलता प्राप्त गर्न सकिने उदाहरण प्रस्तुत गरेका छन्  नवलपुरको स्थानीय तहका जनप्रतिनिधिले। नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु–३ का वडाध्यक्ष मानबहादुर महतोले युट्युबको भिडियो हेरेर व्यावसायिक च्याउखेती सुरु गरी राम्रो उत्पादन गरेका छन्। समाजमा सामाजिक सञ्जालको सदुपयोग गर्न नसक्दा विभिन्न विकृति तथा साइबर अपराध भइरहेको समयमा उहाँले भने युट्युबमा राखिएका कृषिसम्बन्धी भिडियोबाटै सिकेर च्याउखेती सुरु गरेका हुन्। 'मैले च्याउखेतीका बारेमा कुनै औपचारिक तालिम लिएको छैन,' उनले भने, 'युट्युबमा आउने भिडियो हेरेर च्याउखेतीका बारेमा धेरै कुरा बुझेपछि अहिले व्यावसायिक रूपमा आफैँले खेती गरेको छु, च्याउ उत्पादन निकै राम्रो भइरहेको छ।' वडाध्यक्ष महतोले युट्युबमा राखिएको भिडियोबाट प्रेरित भएर एमडी कृषि तथा पशुपन्छी फार्म दर्ता गरी आफ्न...
विदेशीसँग पैसा असुल्न बाह्य राजस्व विभाग बनाउँदै ट्रम्प
अर्थ, विदेश, समाचार

विदेशीसँग पैसा असुल्न बाह्य राजस्व विभाग बनाउँदै ट्रम्प

नेपालअखबार,वासिङटन डीसी । अमेरिकामा डोनाल्ड ट्रम्पले जनवरी २० मा राष्ट्रपतिको रूपमा शपथ लिँदैछन् । शपथ ग्रहण अघि पनि ट्रम्प निकै सक्रिय देखिएका छन् । मेक्सिको र क्यानडा जस्ता देशहरूमाथि उनले उच्च भन्सार महसुल लगाउने कुरा गरेका छन् । अतिरिक्त महसुल वृद्धिको कुरामा उनी धेरै गम्भीर देखिएका छन् । सीएनएनमा छापिएको खबरका अनुसार, ट्रम्पले जनवरी २० मा बाह्य राजस्व सेवा नाम गरेको नयाँ सरकारी विभाग सुरु गर्दैछन् । यो विभागको काम विदेशबाट हुने आम्दानी र शुल्कको समयमै असुली हुनेछ । यस विभागले भन्सार, महसुल र विदेशी स्रोतबाट हुने अन्य आम्दानी असुल गर्नेछ । व्यापार असन्तुलन, बसाइँसराइ र लागूऔषध तस्करी जस्ता समस्याहरू समाधान गर्न क्यानडा, मेक्सिको र चीन जस्ता देशहरूमाथि दबाब दिन यो विभाग गठन गरिएको ठानिएको छ । यसबाहेक पनि ट्रम्पले चीनलगायत अन्य धेरै देशका उत्पादनहरूमा पनि कर बढाउने योजना पनि बनाएका छन...
२० औँ लेखनाथ महोत्सव सम्पन्न, ९ करोड ५० लाख भन्दा बढीको कारोबार
अर्थ, समाचार, समाज

२० औँ लेखनाथ महोत्सव सम्पन्न, ९ करोड ५० लाख भन्दा बढीको कारोबार

नेपालअखबार,लेखनाथ ।‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र समृद्धि’’ भन्ने मूल नाराका साथ पुस १८ गतेबाट लेखनाथमा सुरु भएको २० औँ संस्करणको लेखनाथ महोत्सव मंगलबार समापन भएको छ । समापन समारोहलाई सम्बोधन गर्दै पोखरा महानगर पालिकाका प्रमुख धनराज आचार्यले महोत्सव अत्यन्त भव्यताका साथ सफल भएकोमा आमदर्शक र आयोजकलाई धन्यवाद् दिदै महोत्सवमा राखिएको गौतम बुद्धको मुर्तिलाई उपयुक्त दुइ ठाउँ मध्ये एक स्थानमा व्यवस्थित गरिने छ आचर्यको भनाइ रहेको छ । वहाँले यस क्षेत्रमा २१ ओटा विभिन्न परियोजना जस्तै वेगनास तालको वाटर स्पोर्ट, पोखराको प्रवेशद्धारमा रहेको हेलमेटडाडाँ लगायतका विभिन्न परियोजना सफल पार्न निजी क्षेत्रलाई लगानी गर्न सक्रिय सहभागिताका लागि आह्वन गर्दैे पोखरा आफैँमा सौन्दर्यले भरिपूर्ण रहेको र शिक्षा, खेलकुद, धार्मिक क्षेत्र, भाषा, साहित्यमा लगायतका कुरालाई समेटेर महानगरसँग सहकार्य ...