Saturday, August 1

अर्थ

पेट्रोल र डिजेलको मूल्य बढ्यो
अर्थ, समाचार

पेट्रोल र डिजेलको मूल्य बढ्यो

नेपालअखबार,काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य समायोजन भएको छ । नेपाल आयल निगमले राती १२ बजेदेखि लागु हुनेगरी पेट्रोल १ र डिजेलमा २ रुपैयाँ मूल्य बढाएको हो । त्यस्तै आन्तरिक हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर २ रुपैयाँ तथा अन्तर्राष्ट्रिय हवाई इन्धन प्रति प्रतिकिलोलिटर  १५ डलरले घटाइएको छ ।  अब पेट्रोलको मूल्य काठमाडौँ तथा पोखरामा १६३ रुपैयाँ, सुर्खेत र दाङमा १६२ रुपैयाँ र बाँकी क्षेत्रमा १६०.५० रुपैयाँ कायम भएको छ । त्यस्तै, डिजेलको मूल्य काठमाडौँ तथा पोखरामा १५३ रुपैयाँ, सुर्खेत र दाङमा १२२ रुपैयाँ र बाँकी क्षेत्रमा १५०.५० रुपैयाँ कायम भएको छ । आन्तरिक हवाई इन्धन प्रतिलिटर १२६ रुपैयाँ तोकिएको छ भने अन्तर्राष्ट्रिय हवाई इन्धनको काठमाडौँमा ९६०, भैरहवामा ७९३ र भैरहवामा ७७८ अमेरिकी डलर कायम गरिएको छ ।...
किवीबाट जाम र वाइन, फल बिक्रीबाट भन्दा दोब्बर आम्दानी
अर्थ, समाचार, समाज

किवीबाट जाम र वाइन, फल बिक्रीबाट भन्दा दोब्बर आम्दानी

नेपालअखबार ,त्रिशूली। दुप्चेश्वर गाउँपालिकाले स्थानीय किसानले उत्पादन गरेको किवीको प्रशोधन गरी जाम र वाइन उत्पादन सुरु गरेको छ। गाउँपालिकाको प्राविधिक सहयोगमा उत्पादन मात्रै नभइ जाम र वाइनको बजारीकरण पनि गरिरहेको छ। दुप्चेश्वर गाउँपालिकाले ‘पोस्ट हार्भेस्ट मूल्य शृंखला अभिवृद्धि कार्यक्रम’मार्फत वडा नं. २ कडेनीका किवी प्रशोधन गरी गाउँमै जाम बनाउन सुरु गरेको गाउँपालिका अध्यक्ष शङ्करबहादुर थापाले जानकारी दिए। उनका अनुसार बजारमा फलभन्दा जाम उत्पादन गरेर बिक्री गर्दा किसानले दोब्बर बढी आम्दानी पाइरहेका छन्। किवीको बिक्रीबाट किसानले प्रतिकेजी २५० सम्म पाएका छन्। सोही परिणामको किवीको प्रशोधन गरेर तयार गरिएको जामबाट दोब्बर लाभ लिएका छन्। 'किसानले व्यावसायिक रूपमा गरेको किवी खेतीको उत्पादित फल स्थानीय बजारदेखि राजधानी काठमाडौँसम्म लगेर बिक्री गर्दा भोगिरहेको समस्या समाधानका लागि पालिका...
५ महिनामा साढे ४१ करोडको अम्रिसो निर्यात
अर्थ, समाचार, समाज

५ महिनामा साढे ४१ करोडको अम्रिसो निर्यात

नेपालअखबार ,काठमाडौँ । नेपालबाट अम्रिसो निर्यात हुँदा साढे ४१ करोड रुपैयाँ भित्रिएको छ । यो २०८१ साउनदेखि मङ्सिर मसान्तसम्मको  भन्सार विभागको तथ्यांक हो ।भन्सार विभागका अनुसार ४१ करोड ५२ लाख ७३ हजार रुपैयाँको ५४ लाख ९० हजार १७० किलो अम्रिसो निर्यात भएको छ । उक्त परिमाणको अम्रिसो भारतमा निर्यात भएको विभागको तथ्याङ्कमा उल्लेख छ ।...
२६ औँ पोखरा सडक महोत्सवको सम्पूर्ण तयारी पुरा
अर्थ, समाचार, समाज

२६ औँ पोखरा सडक महोत्सवको सम्पूर्ण तयारी पुरा

नेपालअखबार ,पोखरा । रेवान पोखराको आयोजनामा शनिबारदेखि पोखरामा शुरु हुने २६ औँ पोखरा सडक महोत्सवको सम्पूर्ण तयारी पुरा भएको छ । महोत्सवको नेपाल सरकारका प्रवक्ता समेत रहेका सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङ्गले उद्घाटन् गर्ने आयोजक रेवान पोखराले जनाएको छ । कोमागाने पार्कमा हुने उद्घाटन समारोह अघि खहरेबाट विभिन्न जातजाती, ६० बढी आमा समुह, पर्यटन सम्बद्ध विभिन्न संघसंस्था लगायतको उपस्थितीमा साँस्कृतीक झाँकी सहित ¥याली निस्कने छ महोत्सव संयोजक विकास भट्टराईले जानकारी दिए । आयोजक समितिका अध्यक्ष विश्वराज पौडेलका अनुसार महोत्सव सफल पार्न गठित विभिन्न समिति, उप–समितिले आ–आफ्नों तयारी पुरा गरेका छन् । महोत्सव तयारीका लागि रेवान पोखराले सुरक्षा परिषद् बैठक, स्वास्थ्य समितिको बैठक, सांस्कृतिक समूहको बैठक, लगायतका बैठकहरू सम्पन्न गरेको थियो । कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, जिल्ला ...
वीरगञ्जबाट डिजेल आयात घट्यो, पेट्रोल बढ्यो
अर्थ, समाचार

वीरगञ्जबाट डिजेल आयात घट्यो, पेट्रोल बढ्यो

नेपालअखबार,वीरगञ्ज । वीरगञ्ज नाकाबाट डिजेल आयात घटेको छ भने पेट्रोल पैठारी बढेको छ। चालु आर्थिक वर्षको पाँच महिनामा डिजेलको आयात १.१३ प्रतिशतले घटेको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । सो अवधिमाराजस्व सङ्कलनमा पनि ६.९१ प्रतिशतले गिरावट आएको छ । आर्थिक वर्ष  २०८१/८२ को पाँच महिनामा ३२ अर्ब ३५ करोड २६ लाख ८८ हजारको तीन लाख ६६ हजार ७१९ किलोलिटर डिजेल आयात भएको थियो । गत आर्थिक वर्षको सोही अवधिमा भने ४० अर्ब ३६ करोड ५० लाख १५ हजारको तीन लाख ७० हजार नौ सय २० किलोलिटर डिजेल आयात भएको थियो। चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा डिजेल आयात घटे पनि पेट्रोल आयातमा भने वृद्धि भएको छ। चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा रु १६ अर्ब २१ करोड दुई लाख २७ हजार पर्ने एक लाख ८८ हजार ३४५ किलोलिटर पेट्रोल आयात भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा भने १६ अर्ब ३९ करोड ८० लाख ६० हजार पर्ने एक ...
सुनचाँदीको मूल्य घट्यो
अर्थ, समाचार

सुनचाँदीको मूल्य घट्यो

नेपालअखबार,काठमाडौं । बुधबार सुनचाँदीको भाउ सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन प्रतितोला १ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँ रहेको सुन आज १ लाख ४९ हजार ७ सय रुपैयाँमा झरेको हो ।चाँदीको भाउ तोलामा ५ रुपैयाँ घटेको छ । आज १८०० रुपैयाँमा झरेको छ । अघिल्लो दिन प्रतितोला १८०५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।...
वीरगञ्ज नाकाबाट घट्यो चारपांग्रे सवारीको आयात
अर्थ, समाचार

वीरगञ्ज नाकाबाट घट्यो चारपांग्रे सवारीको आयात

नेपालअखबार,वीरगञ्ज । वीरगञ्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा चारपांग्रे सवारीसाधनको आयात घटेको छ। वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालु आवको पाँच महिनामा ९२ करोड तीन लाख ३६ हजार मूल्य पर्ने चार सय ८२  जीप, कार र भ्यान आयात भएका छन्। गत आवको पाँच महिनाका तुलनामा चालु आवको सोही अवधिमा संख्याको आधारमा ३८ दशमलव १३ प्रतिशत र राजस्वको आधारमा १६ दशमलव ४३ प्रतिशतले सवारीसाधनको आयात घटेको हो। जबकि गत आवको सोही अवधिमा भने एक अर्ब २० करोड १४ लाख दुई हजार मूल्य पर्ने सात सय ७९ वटा जीप, कार र भ्यानको आयात भएको थियो। ती सवारीसाधन आयात हुँदा कार्यालयले रु दुई अर्ब ८० करोड ९१ लाख राजस्व संकलन गरेको थियो। इन्धनबाट चल्ने जीप, कार र भ्यानको मात्रै नभएर वीरगञ्ज नाका हुँदै भित्रिने चारपांग्रे विद्युतीय सवारीसाधनको पनि आयात घटेको भन्सारको तथ्यांकले देखाएको छ। चालु आवको पाँच महिनामा यो ना...
रामेछापमा बढ्यो जुनार उत्पादन
अर्थ, कृषि, समाचार

रामेछापमा बढ्यो जुनार उत्पादन

नेपालअखबार,रामेछाप।। मन्थली र रामेछाप नगरपालिकाकाका विभिन्न वडामा जुनार पाकेर पहेँलपुर भएपछि बिक्री गर्न थालिएको छ। रामेछाप नगरपालिकाको वडा नं ६ को ओख्रेनी, वडा नं ७ को सुकाजोर र मन्थली नगरपालिकाको वडा न ४ सालु र वडा नं १३ र १४ फुलासीमा भएका बगैंचामा जुनार पाकेर पहेँलपुर भएपछि टिपेर बिक्री गर्न थालिएको हो। गत वर्षको तुलनामा यस वर्ष जुनार उत्पादन बढेको किसानले बताएका छन्। जुनारका लागि यस वर्ष उपयुक्त हावापानी भएका कारण तथा किसानले नियमित प्राविधिकको परामर्शमा औषधोपचार तथा भिटामिन प्रयोग गर्न पाएपछि जिल्लाको जुनार उत्पादन पनि बढेको छ। मार्फत मन्थली र रामेछाप नगरपालिकामा लागू भएको बगैंचाबाट मात्र यस वर्ष २२ करोड ७५ हजार रुपैयाँ बराबरको जुनार बिक्री हुने अनुमान गरिएको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाकी प्राविधिक भवानी बस्नेतले बताए। परियोजनाका अनुसार गत वर्ष जुनार बगैंचाबाट १९ करोड...
पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने
अर्थ, प्रशासन, समाचार

पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने

नेपालअखबार,काठमाडौं । नेपाल आयल निगमले यही पुस अन्तिम सातादेखि भारतको मोतिहारीदेखि पाइपलाइनबाट डिजेलसँगै पेट्रोल र मट्टितेल पनि ल्याउने तयारी गरेको छ । निगमले २०७६ सालदेखि पाइपलाइनमार्फत मोतिहारीदेखि अमलेखगन्जसम्म डिजेल आयात गरिरहेको छ । पेट्रोल, डिजेल र मट्टितेल आयात गर्न सकिने गरी निर्माण गरिएको ‘मल्टी प्रोडक्ट पाइपलाइन’बाट पेट्रोल र मट्टितेल ल्याउने काम अन्तिम चरणमा पुगेको निगमको मधेस प्रादेशिक कार्यालयका प्रमुख प्रलयंकर आचार्यले जानकारी दिए । निगमले परियोजनाको दोस्रो चरणअन्तर्गत पाइपलाइनबाट पेट्रोल र मट्टितेल ल्याउने कामको परीक्षण सफल गरिसकेको छ । ‘पाइपलाइनबाट परीक्षणका रूपमा पेट्रोल र मट्टितेल अमलेखगञ्ज ल्याएका छौँ, भण्डारणका लागि डिपोभित्र नयाँ पाइपलाइन र ट्यांक निर्माण भएको छ । हाल ती संरचनामा ‘चार्ज’ गर्ने र मिटरको गुणस्तर परीक्षणको काम भइरहेको छ ।”,’ उनले भने । निगम...
वीरगन्जको सुख्खा बन्दरगाह भन्सारमा राजस्व संकलनमा कमी
अर्थ, प्रशासन, समाचार

वीरगन्जको सुख्खा बन्दरगाह भन्सारमा राजस्व संकलनमा कमी

नेपालअखबार,वीरगञ्ज। वीरगञ्जको सिर्सियास्थित सुख्खाबन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच महिनामा १९ अर्ब ७८ करोड ११ लाख २७ हजार राजस्व संकलन गरेको छ। कार्यालयले पाँच महिनाको अवधिमा कुल वार्षिक लक्ष्यको ३२.९४ प्रतिशत राजस्व संकलन गरेको हो। सुख्खाबन्दरगाह भन्सार कार्यालयका प्रमुख धनबहादुर बरुवालले चालु आवको पाँच महिनामा राजस्व संकलनमा कमी आएको जानकारी दिए। कार्यालयका अनुसार विदेशी वस्तु तथा सामानको आयात घटेसँगै राजस्व संकलन पनि प्रभावित भएको छ। चालु आवको साउनमा तीन अर्ब ७५ करोड, भदौमा चार अर्ब ६४ करोड, असोजमा चार अर्ब ३६ करोड र कात्तिकमा रु तीन अर्ब ७९ करोड राजस्व संकलन भएको कार्यालय जनाएको छ। यस्तै, मंसिरमा भने अन्य महिनाको तुलनामा सबैभन्दा कम अर्थात् रु तीन अर्ब २२ करोड ८४ लाख २९ हजार राजस्व संकलन भएको छ। कार्यालयले गत आवको पाँच महिनामा २१ अर्ब चार करोड १६ लाख ७३...