Monday, June 1

अर्थ

सुपारीसँगै फस्टायो मरिच खेती
अर्थ, कृषि, समाचार

सुपारीसँगै फस्टायो मरिच खेती

नेपालअखबार, झापा । सुपारीका बोटसँगै लहराएर फल्ने मरिच खेतीतर्फ यहाँका किसानको आकर्षण बढेको छ । मरिचखेती गर्दै आएका किसानहरुले वर्षेनि रु नौ लाखसम्म आर्जन गरेका छन् । थोरै खेतीमा राम्रो आम्दानी हुने भएकाले किसानहरुले सुपारीसँगै मरिचखेती गरेका छन् । झापामा पछिल्लो समय ‘जहाँ सुपारी त्यही मरीच’खेती नारा जस्तै भएको छ । हात्तीले नखाने बाली भएकाले पछिल्लो समय हात्ती प्रभावित क्षेत्रमा मरिचको खेती बढिरहेको छ । मेचीनगर, अर्जुनधारा र बुद्धशान्तिमा मरिचको व्यावसायिक खेती हुने गरेको छ । कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टले जिल्लामा १५ हेक्टर जमिनमा मरिचको व्यावसायिक खेती भइरहेको बताउनुभयो । उहाँका अनुसार प्रतिहेक्टर एक हजार पाँच सय किलोका दरले मरीच उत्पादन हुन्छ । ज्ञान केन्द्रकै तथ्याङ्कका आधारमा यहाँका किसानले मरीच बिक्री गरेर वर्षेनी रु दुई करोड ७० लाख आर्जन गरिरहेका छन् । धेरैजसो मर...
माइक्रोसफ्टका प्रमुख नाडेला बने वर्षको सर्वोत्कृष्ट सीईओ
अर्थ, समाचार

माइक्रोसफ्टका प्रमुख नाडेला बने वर्षको सर्वोत्कृष्ट सीईओ

नेपालअखबार, काठमाडौं । यो वर्ष सन् २०२३ मा विश्वभर आर्टिफिसियल इन्टेलिजेन्सको बोलवाला रह्यो । दुनियाँका हरेक ठूला प्रविधि कम्पनीले यो प्रविधिको प्रयोग गरिरहेका छन् । माइक्रोसफ्ट कम्पनीको लगानी रहेको ओपन एआई कम्पनीले बनाएको च्याट जीपीटी नामक एआई च्याटबटले ठूलो तहल्का मच्चाइरहेको छ । सोही कारण एआई सम्बन्धी योजना तय गर्न सफलता प्राप्त गरेको भन्दै माइक्रोसफ्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत सत्य नाडेला सन् २०२३ को सीईओ अफ द इयर बनेका छन् । विश्वको सबैभन्दा ठूलो प्रविधि कम्पनी माइक्रोसफ्टले एआईमा अर्बौँ डलर लगानी गरेको छ । कम्पनीको यहीँ निर्णयकै कारण सत्य नाडेलालाई सीएनएनले वर्ष सीईओ घोषणा गरेको हो । माइक्रोसफ्टले हालै ओपन एआईसँगको साझेदारीलाई निरन्तरता दिइने घोषणा गरिसकेको छ । यसको माध्यमबाट माइक्रोसफ्टले ओपन एआई सर्भिस सहित आफ्ना सबै उपभोक्ता तथा इन्टरप्राइजेज प्रडक्टहरुमा ओपनएआई...
६ दिनमा ५०० करोड क्लबमा पुग्यो सालार
अर्थ, मनोरञ्जन, समाचार

६ दिनमा ५०० करोड क्लबमा पुग्यो सालार

नेपालअखबार,  हैदरावाद । दक्षिण भारतीय अभिनेता प्रभासको नयाँ फिल्म सालारले फिल्म हलहरूमा धमाल मच्चाइरहेको छ । प्रभास भारतीय फिल्म उद्योगको सबैभन्दा ठुलो सुपर स्टारमध्ये एक बनेका छन् । बाहुबली २ यता राम्रो फिल्म दिन नसकेका प्रभासले सालारको शानदार कमब्याक गरेका छन् । यो फिल्मले एकपछि अर्को गर्दै रेकर्ड पनि तोडिरहेको छ । क्रिटिक्सहरुबाट फिल्मले राम्रो रेस्पोन्स पाइरहेको छ भने दर्शकहरूले पनि खुलेर तारिफ गरिरहेका छन् । पहिलो दिनदेखि नै फिल्मले तुफानी कमाइ शुरु गरेको थियो । यो यस वर्षको सबैभन्दा ठुलो वर्ल्डवाइड कलेक्सन गर्ने फिल्म बनेको छ । यो हप्तामा फिल्मको कमाई तीव्र गतिमा अगाडि बढिरहेको छ । विश्वभर फिल्मको कमाई ५०० करोड भारु पुगिसकेको छ । यति ठुलो रकम फिल्मले जम्मा ६ दिनमा कमाएर देखाइदिएको छ । सैकनिल्कका अनुसार सालारले बुधवार भारतीय बक्स अफिसमा मात्रै १८ करोड भारुभन्दा धेरैको कलेक्सन...
चिराइतो बेचेर एकै जनाले कमाए १८ लाख
अर्थ, समाचार, समाज

चिराइतो बेचेर एकै जनाले कमाए १८ लाख

नेपालअखबार, भोजपुर । बहुउपयोगी जडीबुटी चिराइतोको मूल्य बढेपछि भोजपुरका किसान उत्साहित भएका छन् । चिराइतो यो वर्ष किसानको घरबाट प्रतिमन(४० केजी) ५० हजार रुपैयाँले बिक्री भएकाले किसान उत्साहित बनेका हुन् । यस वर्ष चिराइतो बिक्रीबाट १८ लाख रुपैयाँ आम्दानी भएको टेम्केमैयुङ–१ तिम्माका किसान देवेन्द्र राउतले बताए । सुरुमा प्रतिमन ४४ हजारले ३५ मन र प्रतिकेजी १० हजारका दरले १० केजी बीउ बेच्न सफल भएको उनको भनाइ छ । ‘यो वर्ष चिराइतोले राम्रो मूल्य पाएको अवस्था छ’, राउतले भने, ‘चिराइतो र यसको बीउ गरेर १८ लाख रुपैयाँको बिक्री गरेँ । सुरुमा मैले प्रतिमन ४४ हजारमा बेचेँ अहिले प्रतिमन ५० हजार रुपैयाँमा गाउँबाटै बिक्री भइरहेको छ ।’ यस वर्ष भोजपुरबाट एक हजार पाँच सय मन चिराइतो जिल्ला बाहिर गएको चिराइतो व्यवसायी सङ्गम राईले बताए । ‘यस वर्ष चिराइतोको मूल्य बढेको अवस्था छ’, उनले भने, ‘जिल्लाबाट एक हज...
३५ अर्ब तरलता तान्दै केन्द्रीय बैंक
अर्थ, समाचार

३५ अर्ब तरलता तान्दै केन्द्रीय बैंक

नेपालअखबार, काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबार ३५ अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ । बैंक तथा वित्तीय संस्थाहरूमा अधिक तरलता थुप्रिएसँगै केन्द्रीय बैंकले निक्षेप सङ्कलन उपकरणको माध्यमबाट उक्त तरलता उठाउने भएको हो ।पुस १ गते यता केन्द्रीय बैंकले ७० अर्ब रुपैयाँ तरलता उठाइसकेको छ । थप बुधबार उठाउने ३५ अर्बसहित यो महिना १ खर्ब ५ अर्ब रुपैयाँ तरलता प्रशोचन गर्नेछ । केन्द्रीय बैंकले जारी गरेको सूचना अनुसार निक्षेप सङ्कलन उपकरणमार्फत ३५ अर्ब रुपैयाँ १४ दिनका लागि उठाउन लागिएको हो । इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले पुस ११ गते अपराह्न १२ बजेसम्म अनलाइन बिडिङ सिस्टममार्फत आवेदन दिन सक्नेछन् । उक्त निक्षेप सङ्कलन बोलकबोल पश्चात् सोही दिन खरिद गरिने समेत बैंकले जनाएको छ । इच्छुक आवेदकले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्म...
निर्यात अर्ब रुपियाँमा खुम्चियो
अर्थ, पत्रपत्रिका, समाचार

निर्यात अर्ब रुपियाँमा खुम्चियो

नेपालअखबार, काठमाडौं । नेपालबाट विदेशी मुलुकमा हुँदै आएको निर्यात निरन्तर खुम्चिँदै आइरहेको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको पाँच महिनामा नेपालबाट विदेशी मुलुकमा हुने निर्यात ६३ अर्ब २० करोड रूपैयाँमा सीमित भएको छ । जबकि गत आर्थिक वर्षको पाँच महिनामा नेपालबाट विदेशमा ६७ अर्ब ३० करोड रूपैयाँको सामान निर्यात भएको थियो । गत आर्थिक वर्षको तुलनामा चालु आवको पाँच महिनाको निर्यात ६।०९ प्रतिशतले घटेको छ । भन्सार विभागका अनुसार चालु आर्थिक ( वर्षको साउनमा १३ अर्ब ५२ करोड रूपैयाँको वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात भएको थियो । त्यसैगरी चालु आवको दोस्रो महिना अर्थात् भदौमा निर्यात बढेर २६ अर्ब ४४ करोड रूपैयाँ पुग्यो । असोजमा निर्यात बढेर ४० अर्ब ८७ करोड रूपैयाँ पुग्यो । त्यसैगरी कात्तिकमा पनि निर्यात बढेर ५० अर्ब ५६ करोड रूपैयाँ पुगेको थियो । मंसिरमा भने निर्यात बढेर ६३ अर्...
१ करोड १५ लाख बराबरको अवैध प्याज नियन्त्रणमा
अर्थ, समाचार

१ करोड १५ लाख बराबरको अवैध प्याज नियन्त्रणमा

नेपालअखबार, बारा । बारामा प्रहरीले १ करोड रुपैयाँभन्दा बढीको अवैध प्याज नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय बारा मातहत समेतबाट खटिएको प्रहरी टोलीले गत भाद्रदेखि हालसम्ममा विभिन्न मितिमा भन्सार छलीका अवैध प्याज १ करोड १५ लाख ८ हजार ७ सय रुपैयाँ मूल्य बराबरको नियन्त्रणमा लिएको हो । सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेका अनुसार नियन्त्रणमा लिएको प्याजलाई आवश्यक कारबाहीको लागि राजश्व कार्यालय पथलैया बारा बुझाइएको छ ।...
पाँच महिनामा १७ अर्बको खाद्यान्न आयात
अर्थ, समाचार, समाज

पाँच महिनामा १७ अर्बको खाद्यान्न आयात

नेपालअखबार, काठमाडौँ । चालु आर्थिक वर्षको पाँच महिनामा नेपालले १७ अर्ब रुपैयाँको खाद्यान्न आयात गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको पाँच महिनाको तथ्यांक अनुसार १७ अर्ब ९३ करोड १९ लाख ७७ हजार रुपैयाँको खाद्यान्न वस्तु आयात गरिएको हो । चामल, धान, मकै, गहुँ लगायत खाद्यान्न वस्तु यो अवधिमा आयात भएको विभागको भनाइ छ ।  यी वस्तु भारत, चीन, इन्डोनेसिया, इटाली, जापान लगायत मुलुकबाट आयात गरिएको रिपोर्टमा उल्लेख छ । खाद्यान्नमा नेपालको १७ अर्ब ९२ करोड ६६ लाख रुपैयाँ व्यापार घाटा छ । नेपालले १७ अर्ब ९३ करोड १९ लाख ७७ हजार रुपैयाँको खाद्यान्न वस्तु आयात गर्दा ५३ लाख ७५ हजार रुपैयाँको मात्रै खाद्यान्न निर्यात गरेको छ ।खाद्यान्न वस्तु आयात–निर्यात बापत सरकारले १ अर्ब १७ करोड १५ लाख ४६ हजार राजस्व संकलन गरेको छ ।...
नेपाल टेलिकमले घोषणा गर्‍यो नगद लाभांश
अर्थ, समाचार

नेपाल टेलिकमले घोषणा गर्‍यो नगद लाभांश

नेपालअखबार, काठमाडौं । नेपाल टेलिकमले सेयरधनीका लागि नगद लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले प्रतिसेयर ४० रुपैयाँ नगद लाभांश दिने निर्णय गरेको हो । नगद लाभांश स्वीकृतिका लागि अर्थ मन्त्रालयमा अनुरोध पठाउने निर्णय बैठकले गरेको छ । मन्त्रालयको स्वीकृति र साधारणसभाबाट पारित भएपछि सेयरधनीले लाभांश पाउने छन् । टेलिकममा सरकारी स्वामित्व नै ९१ दशमलव ४९ प्रतिशत रहेकाले सोही अनुपातको लाभांश सरकारले नै पाउँछ । टेलिकमले अहिलेसम्म लाभांशमा ४० प्रतिशतको सीमा घटाएको छैन । कम्पनीले गत आर्थिक वर्ष पनि ४० प्रतिशत नै नगद लाभांश प्रदान गरेको थियो । अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा कम्पनीले २० प्रतिशत बोनस सेयर र २० प्रतिशत नै नगद लाभांश दिएको थियो । बिहीबार बजार बन्द हुँदा टेलिकमको सेयर मूल्य प्रतिकित्ता ९४० रुपैयाँ १० पैसा छ । टेलिकमले दिएको लाभांशको १० वर्षे इतिहास आर्थिक व...
९ पदमा ६७ कर्मचारी माग्दै राष्ट्र बैंकले गर्‍यो दरखास्त आह्वान
अर्थ, समाचार

९ पदमा ६७ कर्मचारी माग्दै राष्ट्र बैंकले गर्‍यो दरखास्त आह्वान

नेपालअखबार, काठमाडाैं। नेपाल राष्ट्र बैंकले विभिन्न पदहरूमा ६७ जना कर्मचारी मागेको छ। शुक्रबार सूचना प्रकाशन गर्दै राष्ट्रबैंकले अधिकृत तृतीय श्रेणीको सहायक निर्देशकदेखि द्वितिय श्रेणीको सहायकसम्मका लागि दरखास्त आह्वान गरेको हो। राष्ट्रबैंकले अधिकृत तृतीय श्रेणीको सहायक निर्देशक १९ जना, लेखा तथा लेखापरीक्षणतर्फ अधिकृत तृतीय श्रेणीका लागि ५ जना, वाणिज्य कानुनतर्फ २ जना, सूचना प्रविधितर्फ ६ जनाका लागि दरखास्त आह्वान गरेको छ। त्यस्तै सहायक द्वितीय श्रेणी अन्तर्गत कानुनतर्फ ४ जना र सूचना प्रविधितर्फ ११ जना कर्मचारी माग गरेको छ। इच्छुक र योग्यता पुगेका नेपाली नागरिकहरूले राष्ट्रबैंकको अनलाइनमार्फत पुस २६ भित्र दरखास्त दिन सक्नेछन्। दरखास्त शुल्क श्रेणीअनुसार फरकफरक निर्धारण गरिएको छ। सूचनाः...