Monday, June 1

अर्थ

७१ मेगावाटको क्यासकेड जलविद्युत् आयोजना निर्माण सकियो
अर्थ, समाचार

७१ मेगावाटको क्यासकेड जलविद्युत् आयोजना निर्माण सकियो

नेपालअखबार, म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा ७१ मेगावाट क्षमताको नीलगिरिखोला दोस्रो ‘क्यासकेड’ जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ । नीलगिरिखोला क्यासकेड म्याग्दीमा हालसम्म निर्माण भएको मध्ये सबैभन्दा ठूलो जलविद्युत् आयोजना हो । आयोजनाको प्रवद्र्धक कम्पनी नीलगिरिखोला हाइड्रोपावर कम्पनी लिमिटेडका प्रतिनिधि उपेन्द्रराज गौतमले आजदेखि टनेलमा पानी हालेर परीक्षण गरिने जानकारी दिउ । ‘टनेलमा पानी पठाउने क्रममा छोटेपादेखि दोविल्नासम्म खोलाको पानीको बहाव थपघट हुने भएकाले माछा मार्ने, नुहाउने, गाईवस्तु, चौपाया छाड्ने र आवतजावत गर्ने कार्य नगराउन अनुुरोध गरेका छौं,’ उनले भने । बाँध, सुरुङ, विद्युत्गृह, प्रसारण लाइन, स्विचार्ड निर्माण सकेपछि नेपाल विद्युत् प्राधिकरणसँग समन्वय गरेर प्रतिनिधिको रोहवरमा परीक्षणको तयारी गरिएको हो । छोटेपामा निर्माण भएको डिसेन्डर (ब...
डिजेल आयात १८ प्रतिशतले घट्यो
अर्थ, समाचार

डिजेल आयात १८ प्रतिशतले घट्यो

नेपालअखबार, काठमाडौँ । बजारमा डिजेलको खपतमा कमी आएको छ । आर्थिक गतिविधि पूर्ण रूपमा चलायमान नभई विकास निर्माणका काम अगाडि बढ्न नसक्दा डिजेलको खपतमा कमी आएको हो । डिजेलको खपत घटेसँगै आयातमा समेत कमी आएको छ । नेपाल आयल निगमका अनुसार चालु आर्थिक वर्षको छ महिनामा डिजेल आयात १८ प्रतिशतले घटेर पाँच लाख १९ हजार २२८ किलोलिटर आयात भएको हो । निगमका निमित्त कार्यकारी निर्देशक नागेन्द साहले विकास निर्माणको काम सुस्त हुनुका साथै विद्युतीय गाडीको प्रयोगले डिजेलको खपतमा कमी आएको जानकारी दिए । बजारमा माग कम हुँदा आयातमा समेत कमी आएको उनको भनाइ छ । सामान्य अवस्थामा एक लाख ४० हजार किलोलिटर डिजेल खपत हुने गरेकोमा हाल घटेर मासिक ९४ हजार ४०५ किलोलिटरमा झरेको छ । यस्तै पेट्रोलको खपत भने दुई प्रतिशतले बढेर तीन लाख १५ हजार ५६ किलोलिटर पुगेको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।...
स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह
अर्थ, समाचार, समाज

स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपालअखबार, काठमाडौँ । नेपाल उद्योग परिसंघ (सीएनआई) ले मेक इन नेपाल स्वदेशी अभियानमा आबद्ध उद्योगी सदस्यहरूको समस्या एवं समाधानका विषयमा छलफल गरेको छ । नेपाल सरकारका मुख्यसचिव डा.वैकुण्ठ अर्याल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवद्धय मुकुन्दप्रसाद निरौला, नारायणप्रसाद शर्मा दुवाडी लगायतको उपस्थितिमा बिहीबार राजधानीमा आयोजित स्वदेशी मिट एन्ड ग्रीटमा स्वदेशी उद्योगहरूको प्रवर्द्धनका लागि लिइनुपर्ने नीतिगत विषयहरूमा छलफल गरेको हो । कार्यक्रममा मेक इन नेपाल स्वदेशी अभियानले हालसम्म गरेका विभिन्न कार्यहरूका विषयमा जानकारी समेत गराइएको थियो । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले परिसंघले स्वदेशी अभियानमा आबद्ध उद्योगहरूका लागि नीतिगत वकालत गर्ने, नेटवर्किङ र बजारीकरणमा सहयोग गर्ने, स्वदेशी उत्पादनको प्रवर्द्धन गर्ने लगायतका गतिविधिहरू सञ्चालन गरिरहेको बताए । स्वदेशी...
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य लिटरमा १ रुपैयाँ घट्यो
अर्थ, समाचार, समाज

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य लिटरमा १ रुपैयाँ घट्यो

नेपालअखबार, काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँले घटाएको छ । भारतबाट पछिल्लो समय मूल्य घटेर आएकाले समायोजन गरेको सोमबार विज्ञप्ति निकालेर जानकारी दिएको छ । मूल्य घटेपछि सोमबार राति १२ बजेदेखि काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १६६ कायम भएको छ भने डिजेल र मट्टितेल प्रतिलिटर १५६ कायम भएको छ । त्यस्तै चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपोबाट बिक्री हुने ठाउँमा पेट्रोलको मूल्य प्रतिलिटर १६३ रुपैयाँ ५० पैसा र डिजल तथा मट्टितेल १५३ रुपैयाँ कायम भएको छ ।सुर्खेत र दाङ क्षेत्रमा भने पेट्रोल प्रतिलिटर १६५ र डिजल तथा मट्टितेल १५५ कायम भएको छ ।...
वैदेशिक लगानी प्रोत्साहन गर्न आईपीआरको आवश्यकतामाथि भारतको जोड
अर्थ, समाचार

वैदेशिक लगानी प्रोत्साहन गर्न आईपीआरको आवश्यकतामाथि भारतको जोड

नेपालअखबार, काठमाडौँ । अनधिकृत व्यापार नियन्त्रण हेतु व्यापार, पारवहन र सहकार्य सम्बन्धी भारत–नेपाल अन्तर–सरकारी उपसमिति  (आइजीएससी) को पछिल्लो बैठक सम्पन्न भएको छ । बैठक पुस २७ देखि २८ गतेसम्म काठमाडौँमा बसेको थियो । काठमाडौँस्थित भारतीय राजदूतावास तथा विभिन्न मन्त्रालयका वरिष्ठ अधिकारी सम्मिलित भारतीय टोलीको नेतृत्व भारत सरकार वाणिज्य मन्त्रालयका सहसचिव विपुल बंशलले गरेका थिए भने विभिन्न नेपाली मन्त्रालय र विभागका प्रमुख प्रतिनिधि सम्मिलित नेपाली टोलीको नेतृत्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रामचन्द्र तिवारीले गरेका थिए । व्यापार र लगानी सम्बन्धलाई सुदृढ बनाउन लक्षित  द्विपक्षीय संयन्त्र आईजीएससीको यो बैठकले विभिन्न महत्त्वपूर्ण विषयहरूमा व्यापक छलफल गरेको थियो । दुवै पक्षले औषधीय तथा आयुर्वेदिक वस्तुका लागि आपसी बजार पहुँचबारे छलफल गरेका थिए । भारतीय पक्षले वैदेशिक ल...
ग्यासमा दोहोरो मूल्य कायम गर्ने तयारी
अर्थ, प्रशासन, समाचार

ग्यासमा दोहोरो मूल्य कायम गर्ने तयारी

नेपालअखबार, काठमाडौं  । उद्योग,  वाणिज्य  तथा  आपूर्तिमन्त्री  रमेश  रिजालले सरकार पेट्रोलियम पदार्थको आपूर्ति सहज गराई  समयसापेक्ष  पूर्वाधार  विकास  गर्न  प्रतिबद्ध  रहेको बताएका छन् । बिहीबार नेपाल आयल निगमको ५४ औँ वार्षिक उत्सवको उद्घाटन गर्दै मन्त्री रिजालले इन्धनको आपूूर्ति सहज बनाई राष्ट्रिय विपत्  जस्ता  समस्यामा  पनि  निगमले  सामाजिक  उत्तरदायित्व जिम्मेवारी अन्तर्गत सहयोग उपलब्ध गराएको बताएका हुन् । निगमले  पछिल्लो  समयमा  करिब  ५०  अर्ब  ऋण  चुक्ता  गरी  नाफा  आर्जन  गर्न  सफल  भएको  भन्दै  मन्त्री  रिजालले  विस्तारै  परम्परागत  कामभन्दा  समय  सुहाउँदो  नवप्रवर्धनका  काममा  लाग्नुुपर्ने बताए । दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषण अन्तर्गतको ड्रिलिङ कार्यलाई निरन्तरता दिन समन्वय गरिरहेको मन्त्री रिजालले जानकारी दिए । “भविष्यमा  पेट्रोलियम  पदार्थमाथिको  निर्भरतालाई  केही  हदसम...
खोटाङबाट रु ३६ करोड बढीको सुन्तला निर्यात
अर्थ, कृषि, समाचार, समाज

खोटाङबाट रु ३६ करोड बढीको सुन्तला निर्यात

नेपालअखबार, खोटाङ । दश स्थानीय तह रहेको खोटाङ जिल्लाबाट यस वर्ष रु ३६ करोड ३५ लाखभन्दा बढीको सुन्तला निर्यात भएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाको आठ सय १० हेक्टर क्षेत्रफल जमिनमा सुन्तलाखेती भएको कृषि ज्ञान केन्द्रले जनाएका छ  । केन्द्रका कृषि प्रसार अधिकृत सञ्जयकुमार पण्डितका अनुसार  जिल्लामा यस वर्ष तीन हजार सात सय ३५ मेट्रिक टन सुन्तला उत्पादन भएको छ । यस वर्ष सबैभन्दा बढी जन्तेढुङ्गा गाउँपालिकामा सुन्तला उत्पादन भएको उनले जानकारी दिए । “जिल्लामा अहिले सात सय ४२ हेक्टर क्षेत्रफलमा लगाइएको सुन्तलाले उत्पादन दिन थालेको छ । गत वर्षको तुलनामा यस वर्ष दश मेट्रिक टन बढी उत्पादन भएको देखिन्छ”, उनले भने, “आगामी वर्ष थप वृद्धि हुँदै जाने अनुमान छ । किसानले उत्पादन गरेका सुन्तलाले राम्रो बजार पाएसँगै व्यावसायिकरूपमा खेती गर्नेको सङ्ख्या पनि बढ्दै गएको छ ।” जन्तेढुङ्गा –६ दिप्ल...
गैरआवासीय नेपालीलाई विदेशी लगानी भित्र्याउन सीमा नलाग्ने
अर्थ, प्रशासन, समाचार

गैरआवासीय नेपालीलाई विदेशी लगानी भित्र्याउन सीमा नलाग्ने

नेपालअखबार, काठमाडौँ । गैरआवासीय नेपालीलाई इन्भेस्टमेन्ट कम्पनीमा विदेशी लगानी भित्र्याउन सीमा लागु नहुने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गरेर नेपाल सरकार र गैरआवासीय नेपालीको संयुक्त लगानीमा स्थापना भएको इन्भेस्टमेन्ट कम्पनीमार्फत नेपालमा लगानी गर्ने गैरआवासीय नेपालीलाई विदेशी लगानीको न्यूनतम सीमा नलाग्ने व्यवस्था गरेको हो । यसअघि नेपालमा लगानी ल्याउन न्यूनतम सीमा दुई करोड रुपियाँ निर्धारण गरेको थियो । गैरआवासीय नेपालीलाई इन्भेस्टमेन्ट कम्पनीमा लगानी गर्न सीमा नलाग्ने व्यवस्थाले सानो सानो लगानी भित्र्याउन सहज हुने बताइएको छ । विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ ले दिएको अधिकार प्रयोग गरी गत वर्ष कात्तिक २८ मा सरकारले विदेशी लगानीको न्यूनतम सीमा पाँच करोड रुपियाँबाट घटाएर दुई करोडमा झारेको थियो । न्यूनतम लगानीको सीमा पाँच करोड रुपियाँ राख्...
३ तोला सुन बेचेर थालेको सुन्तला खेतीबाट वर्षमा १० लाख आम्दानी
अर्थ, कृषि, समाचार, समाज

३ तोला सुन बेचेर थालेको सुन्तला खेतीबाट वर्षमा १० लाख आम्दानी

नेपालअखबार,  बेनी । बेनी नगरपालिका–४ बास्कुनाकी तिलकुमारी हुमेनले खेतवारी बाँझो रहन थालेपछि सुन बेचेर सुन्तलाखेती गरेकी थिइन् । धान उत्पादन राम्रो नहुने र बाँझो जग्गा रहन थालेपछि हुमेनले करिब २५ वर्षअघि तीन तोला सुनको गरगहना बेचेर सुन्तलाको बगैँचा स्थापना गरेका हुन् । घरमा काम गर्ने जनशक्ति नभएको र आम्दानीको स्रोत पनि नभएकाले हुमेनले गरगहना बेचेर दैनिक ज्यालादारीमा मजदुर परिचालन गरी खेतमा खाडल खन्ने र सुन्तला लगाएको बताइन् । सुन बचेर सुन्तलाखेती गरेकी ६८ वर्षीय हुमेनको परिवारको जीवनस्तर अहिले सुन्तला खेतीबाटै फेरिएको छ । ‘‘सुन बेचेर सुन्तला लगाएको थिएँ, सुन्तलाले सुनै फलाए जस्तो भयो मलाई, सुन्तलाकै आम्दानीले बेचेको सुन पनि फर्काएँ, यसैको आम्दानीबाट घरखर्च सहजै चलेको छ”, हुमेनले भनिन् । अहिले सबै परिवारको मुख्य आम्दानीको स्रोत सुन्तलाखेती रहेको उनको भनाइ छ । कान्छो छोरासँगै बसोबास गर्...
बेमौसमी मकै खेतीबाट आम्दानी
अर्थ, कृषि, समाचार, समाज

बेमौसमी मकै खेतीबाट आम्दानी

नेपालअखबार,  नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–६ का तिलकप्रसाद रिजालले अहिले दुई बिघा क्षेत्रफलमा मकैखेती गरेका छन् । विगत १५ वर्षदेखि बेमौसमी मकैखेती गर्दै आएका उनले हिउँदे मकैखेतीबाट रु पाँच लाख आम्दानी गर्ने गरेका छन् । रिजालले भने “हरियो मकै बिक्रीका लागि समस्या नहुने तथा उत्पादन पनि राम्रो हुने भएकाले हामी मकै खेती गर्न थालेका छौँ ।” रिजाल पशु विकास कृषि फार्म दर्ता गरी व्यावसायिक रूपमा मकैखेती गर्दै आएका उनले हिउँदे मकै बिक्री गरी एउटा याममा  चार लाखदेखि रु पाँच लाखसम्म आम्दानी गर्न थालेका छन् । “बाह्रै महिना मकै उत्पादन हुने भएकाले यहाँका किसानले व्यावसायिक मकै खेती गरेर जिल्ला बाहिर बिक्री गर्दै आएका छौँ”, उनले भने, “हरियो मकैको प्रतिघोगा रु पाँचदेखि रु दशका दरले तथा सुक्खा प्रतिक्विन्टल रु तीन हजारका दरले बिक्री हुने गरेको छ ।” बर्खे धान रोप्न...