Monday, August 24

अर्थ

३५ अर्ब तरलता तान्दै केन्द्रीय बैंक
अर्थ, समाचार

३५ अर्ब तरलता तान्दै केन्द्रीय बैंक

नेपालअखबार, काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबार ३५ अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ । बैंक तथा वित्तीय संस्थाहरूमा अधिक तरलता थुप्रिएसँगै केन्द्रीय बैंकले निक्षेप सङ्कलन उपकरणको माध्यमबाट उक्त तरलता उठाउने भएको हो ।पुस १ गते यता केन्द्रीय बैंकले ७० अर्ब रुपैयाँ तरलता उठाइसकेको छ । थप बुधबार उठाउने ३५ अर्बसहित यो महिना १ खर्ब ५ अर्ब रुपैयाँ तरलता प्रशोचन गर्नेछ । केन्द्रीय बैंकले जारी गरेको सूचना अनुसार निक्षेप सङ्कलन उपकरणमार्फत ३५ अर्ब रुपैयाँ १४ दिनका लागि उठाउन लागिएको हो । इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले पुस ११ गते अपराह्न १२ बजेसम्म अनलाइन बिडिङ सिस्टममार्फत आवेदन दिन सक्नेछन् । उक्त निक्षेप सङ्कलन बोलकबोल पश्चात् सोही दिन खरिद गरिने समेत बैंकले जनाएको छ । इच्छुक आवेदकले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्म...
निर्यात अर्ब रुपियाँमा खुम्चियो
अर्थ, पत्रपत्रिका, समाचार

निर्यात अर्ब रुपियाँमा खुम्चियो

नेपालअखबार, काठमाडौं । नेपालबाट विदेशी मुलुकमा हुँदै आएको निर्यात निरन्तर खुम्चिँदै आइरहेको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको पाँच महिनामा नेपालबाट विदेशी मुलुकमा हुने निर्यात ६३ अर्ब २० करोड रूपैयाँमा सीमित भएको छ । जबकि गत आर्थिक वर्षको पाँच महिनामा नेपालबाट विदेशमा ६७ अर्ब ३० करोड रूपैयाँको सामान निर्यात भएको थियो । गत आर्थिक वर्षको तुलनामा चालु आवको पाँच महिनाको निर्यात ६।०९ प्रतिशतले घटेको छ । भन्सार विभागका अनुसार चालु आर्थिक ( वर्षको साउनमा १३ अर्ब ५२ करोड रूपैयाँको वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात भएको थियो । त्यसैगरी चालु आवको दोस्रो महिना अर्थात् भदौमा निर्यात बढेर २६ अर्ब ४४ करोड रूपैयाँ पुग्यो । असोजमा निर्यात बढेर ४० अर्ब ८७ करोड रूपैयाँ पुग्यो । त्यसैगरी कात्तिकमा पनि निर्यात बढेर ५० अर्ब ५६ करोड रूपैयाँ पुगेको थियो । मंसिरमा भने निर्यात बढेर ६३ अर्...
१ करोड १५ लाख बराबरको अवैध प्याज नियन्त्रणमा
अर्थ, समाचार

१ करोड १५ लाख बराबरको अवैध प्याज नियन्त्रणमा

नेपालअखबार, बारा । बारामा प्रहरीले १ करोड रुपैयाँभन्दा बढीको अवैध प्याज नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय बारा मातहत समेतबाट खटिएको प्रहरी टोलीले गत भाद्रदेखि हालसम्ममा विभिन्न मितिमा भन्सार छलीका अवैध प्याज १ करोड १५ लाख ८ हजार ७ सय रुपैयाँ मूल्य बराबरको नियन्त्रणमा लिएको हो । सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेका अनुसार नियन्त्रणमा लिएको प्याजलाई आवश्यक कारबाहीको लागि राजश्व कार्यालय पथलैया बारा बुझाइएको छ ।...
पाँच महिनामा १७ अर्बको खाद्यान्न आयात
अर्थ, समाचार, समाज

पाँच महिनामा १७ अर्बको खाद्यान्न आयात

नेपालअखबार, काठमाडौँ । चालु आर्थिक वर्षको पाँच महिनामा नेपालले १७ अर्ब रुपैयाँको खाद्यान्न आयात गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको पाँच महिनाको तथ्यांक अनुसार १७ अर्ब ९३ करोड १९ लाख ७७ हजार रुपैयाँको खाद्यान्न वस्तु आयात गरिएको हो । चामल, धान, मकै, गहुँ लगायत खाद्यान्न वस्तु यो अवधिमा आयात भएको विभागको भनाइ छ ।  यी वस्तु भारत, चीन, इन्डोनेसिया, इटाली, जापान लगायत मुलुकबाट आयात गरिएको रिपोर्टमा उल्लेख छ । खाद्यान्नमा नेपालको १७ अर्ब ९२ करोड ६६ लाख रुपैयाँ व्यापार घाटा छ । नेपालले १७ अर्ब ९३ करोड १९ लाख ७७ हजार रुपैयाँको खाद्यान्न वस्तु आयात गर्दा ५३ लाख ७५ हजार रुपैयाँको मात्रै खाद्यान्न निर्यात गरेको छ ।खाद्यान्न वस्तु आयात–निर्यात बापत सरकारले १ अर्ब १७ करोड १५ लाख ४६ हजार राजस्व संकलन गरेको छ ।...
नेपाल टेलिकमले घोषणा गर्‍यो नगद लाभांश
अर्थ, समाचार

नेपाल टेलिकमले घोषणा गर्‍यो नगद लाभांश

नेपालअखबार, काठमाडौं । नेपाल टेलिकमले सेयरधनीका लागि नगद लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले प्रतिसेयर ४० रुपैयाँ नगद लाभांश दिने निर्णय गरेको हो । नगद लाभांश स्वीकृतिका लागि अर्थ मन्त्रालयमा अनुरोध पठाउने निर्णय बैठकले गरेको छ । मन्त्रालयको स्वीकृति र साधारणसभाबाट पारित भएपछि सेयरधनीले लाभांश पाउने छन् । टेलिकममा सरकारी स्वामित्व नै ९१ दशमलव ४९ प्रतिशत रहेकाले सोही अनुपातको लाभांश सरकारले नै पाउँछ । टेलिकमले अहिलेसम्म लाभांशमा ४० प्रतिशतको सीमा घटाएको छैन । कम्पनीले गत आर्थिक वर्ष पनि ४० प्रतिशत नै नगद लाभांश प्रदान गरेको थियो । अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा कम्पनीले २० प्रतिशत बोनस सेयर र २० प्रतिशत नै नगद लाभांश दिएको थियो । बिहीबार बजार बन्द हुँदा टेलिकमको सेयर मूल्य प्रतिकित्ता ९४० रुपैयाँ १० पैसा छ । टेलिकमले दिएको लाभांशको १० वर्षे इतिहास आर्थिक व...
९ पदमा ६७ कर्मचारी माग्दै राष्ट्र बैंकले गर्‍यो दरखास्त आह्वान
अर्थ, समाचार

९ पदमा ६७ कर्मचारी माग्दै राष्ट्र बैंकले गर्‍यो दरखास्त आह्वान

नेपालअखबार, काठमाडाैं। नेपाल राष्ट्र बैंकले विभिन्न पदहरूमा ६७ जना कर्मचारी मागेको छ। शुक्रबार सूचना प्रकाशन गर्दै राष्ट्रबैंकले अधिकृत तृतीय श्रेणीको सहायक निर्देशकदेखि द्वितिय श्रेणीको सहायकसम्मका लागि दरखास्त आह्वान गरेको हो। राष्ट्रबैंकले अधिकृत तृतीय श्रेणीको सहायक निर्देशक १९ जना, लेखा तथा लेखापरीक्षणतर्फ अधिकृत तृतीय श्रेणीका लागि ५ जना, वाणिज्य कानुनतर्फ २ जना, सूचना प्रविधितर्फ ६ जनाका लागि दरखास्त आह्वान गरेको छ। त्यस्तै सहायक द्वितीय श्रेणी अन्तर्गत कानुनतर्फ ४ जना र सूचना प्रविधितर्फ ११ जना कर्मचारी माग गरेको छ। इच्छुक र योग्यता पुगेका नेपाली नागरिकहरूले राष्ट्रबैंकको अनलाइनमार्फत पुस २६ भित्र दरखास्त दिन सक्नेछन्। दरखास्त शुल्क श्रेणीअनुसार फरकफरक निर्धारण गरिएको छ। सूचनाः...
एक जना नेपालीको टाउकोमा ८१ हजार ऋण
अर्थ, समाचार

एक जना नेपालीको टाउकोमा ८१ हजार ऋण

नेपालअखबार, काठमाडौं । सरकारले आर्थिक मितव्ययिताको धज्जी उडाउँदै जथाभावी खर्च गर्दा सार्वजनिक ऋणसमेत अस्वाभाविक रूपमा थप्नुपर्ने अवस्था सिर्जना भएको छ । जसका कारण वर्षेनी सार्वजनिक ऋण हवात्तै बढ्ने क्रम देखिएको छ । हाल सार्वजनिक ऋण २३ खर्ब ७१ अर्ब २५ करोड पुगेको छ । जसअनुसार प्रति नेपालीको टाउकोमा सार्वजनिक ऋण ८१ हजार ३ सय ६ रुपियाँ थपिएको छ । कुल सार्वजनिक ऋण २३ खर्ब ७१ अर्ब २५ करोड रुपियाँलाई २०७८ सालको नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ मा भाग लगाउँदा प्रतिव्यक्ति ऋणको हिस्सा ८१ हजार रुपियाँ नाघेको हो । गत कात्तिकसम्म प्रतिव्यक्ति ऋणको हिस्सा ८० हजार ८ सय १९ रुपियाँ रहेको थियो । अर्थविद् चन्द्रमणि अधिकारीले निरन्तर आन्तरिक ऋण लिंदा ब्याज बढी पर्ने र ब्याज तिर्दैमा रकम सकिने हुँदा विकास निर्माणको कार्य गर्न नसकिने बताए । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।...
अब क्यूआरमार्फत भर्चुअल भिजा कार्डबाट पेमेन्ट गर्न सकिने
अर्थ, समाचार

अब क्यूआरमार्फत भर्चुअल भिजा कार्डबाट पेमेन्ट गर्न सकिने

नेपालअखबार, काठमाडौँ । ग्लोबल आइएमई बैंकको अगुवाइमा नेपाल इलेक्ट्रोनिक पेमेन्ट सोलुशनको स्विचिङ सुविधा र स्विफ्ट टेक्नोलोजीको प्राविधिक सहयोगमा “भिजा स्क्यान टू पे” भुक्तानी प्रणालीको शुभारम्भ गरिएको छ । काठमाडौँमा आयोजित एक विशेष समारोहमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट, ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, नेपाल इलेक्ट्रोनिक पेमेन्ट सोलुशनका प्रमुख कार्यकारी अधिकृत सञ्जीव सुब्बा र स्विफ्ट टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत निरज ढुङ्गानाले क्यूआर स्क्यान गरी प्रथम कारोबार सहित उक्त सेवाको संयुक्तरुपमा शुभारम्भ गरेका हुन् । उक्त प्रविधिमार्फत ग्लोबल आइएमई बैंकका भिजा कार्ड बाहक ग्राहकहरूले अब फिजिकल कार्डको प्रयोग बिना नै ग्लोबल आइएमई बैंकको मोबाइल एप ग्लोबल स्मार्ट प्लसमार्फत क्यूआर क्यान गरी कुनै पनि पेमेन्ट गर्न सक्नेछन् । भि...
उखु किसानको ५२ करोड बक्यौता तत्काल उपलब्ध गराउन प्रधानमन्त्रीको निर्देशन
अर्थ, राजनीति, समाचार

उखु किसानको ५२ करोड बक्यौता तत्काल उपलब्ध गराउन प्रधानमन्त्रीको निर्देशन

नेपालअखबार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उखु किसानको बाँकी रहेको अनुदान रकम तत्कालै उपलब्ध गराउन निर्देशन दिएका छन् । आइतबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अर्थमन्त्री डा. प्रकाशशरण महत, कृषि मन्त्री डा. बेदुराम भुसाल र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल, मुख्यसचिव डा. बैकुण्ठ अर्याल एवम् अर्थ मन्त्रालय, कृषि मन्त्रालय र उद्योग मन्त्रालयका सचिवहरूलाई बोलाएर प्रधानमन्त्रीले यस्तो निर्देशन दिएका हुन् । बैठकले उखु किसानहरूको बाँकी भुक्तानी तत्काल उपलब्ध गराउने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ । आर्थिक वर्ष २०७९/८० को किसान प्रोत्साहन बापत सरकारले प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान उपलब्ध गराउने निर्णय गरेको थियो । सो मध्येको करिब ५२ करोड रुपैयाँ भुक्तानी हुन बाँकी रहेको कृषि तथा पशुपन्...
भारतीय प्रधानमन्त्रीको गृहनगरमा पेन्टागन भन्दा ठुलो हीरा व्यापार भवन
अर्थ, विदेश, समाचार

भारतीय प्रधानमन्त्रीको गृहनगरमा पेन्टागन भन्दा ठुलो हीरा व्यापार भवन

नेपालअखबार, गुजरात । भारतको गुजरातमा अमेरिकी सुरक्षा मुख्यालय पेन्टागन भन्दा ठुलो बहुउद्देश्यीय भवन निर्माण गरिएको छ । सुरत डायमण्ड बोर्स (एसडीबी) नामको सो भवन उद्घाटन समारोहमा विश्वका ७० हजार व्यवसायीहरूलाई निमन्त्रणा गरिएको त्यहाँका सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । आफ्नो गृहनगरमा निर्मित एसडीबी भवनको प्रधानमन्त्री नरेन्द्र मोदीले आज उद्घाटन गर्दै छन् ।  यो भवनलाई सबैभन्दा ठुलो अन्तर सम्बन्धित कार्यालय भवन मानिएको छ। यसमा ४ हजार ७०० भन्दा बढी कार्यालयहरू  रहन सक्नेछन् । यसको निर्माण लागत ३५ अर्ब भारतीय रुपैयाँ छ। भवनको निर्माण फेब्रुअरी २०१५ मा सुरु भएको थियो । यसको काम अप्रिल २०२२ मा सम्पन्न भएको हो। एसडीबी भवनमा सूरतको हीरा उद्योगले उत्पादन र व्यापार दुवैको लागि एउटै छानामुनि सबै थोक पाउन सकिने उद्देश्य राखेको बताइएको छ । सूरतले विश्वको प्राकृतिक हीराको ९२ प्रतिशत उत्पादन गर्छ...