Monday, August 3

अर्थ

तीन दिनदेखि सुन र चाँदीको मूल्य स्थिर
अर्थ, समाचार, समाज

तीन दिनदेखि सुन र चाँदीको मूल्य स्थिर

नेपालअखबार, काठमाडौं । नेपाली बजारमा लगातार तीन दिनदेखि सुन र चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले लगातार तीन दिनदेखि सुनचाँदीको मूल्य स्थिर रहेको जनाएको हो । महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार ३०० रुपैयाँ कायम छ । यस्तै, आज तेजाबी सुनको मूल्य तोलामा १ लाख १० हजार ७५० रुपैयाँ कायम छ । यो साताको आइतार र सोमबार पनि यही मूल्यमा सुनको कारोबार भएको थियो । यसैगरी, आज चाँदीको मूल्य पनि स्थिर छ । यही साताको आइतबार यता चाँदीको मूल्य स्थिर रहेको महासंघले जनाएको छ । जसअनुसार आज चाँदीको मूल्य तोलामा १३९५ रुपैयाँ कायम छ ।...
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलभित्रको पार्किङ शुल्क घटाउन माग
अर्थ, समाचार, समाज

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलभित्रको पार्किङ शुल्क घटाउन माग

नेपालअखबार, पाेखरा। पोखरा उद्योग वाणिज्य सङ्घले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलभित्रको पार्किङ शुल्क घटाउन माग गरेको छ। सङ्घका अध्यक्ष पवनकुमार प्रजापति नेतृत्वको प्रतिनिधिमण्डलले नागरिक उड्डयन प्राधिकरण पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका निर्देशक विक्रम गौतमलाई सोमबार ध्यानाकर्षणपत्र बुझाउँदै पुरानो विमानस्थलभन्दा झन्डै २१ गुणा महँगो शुल्क कुनै पनि कोणबाट जायज नभएको बताएको हो। सङ्घले आवागमनलाई असर नपर्ने गरी यात्रुलाई पुर्‍याउन जाँदा बिदाइ र आगन्तुक/अथिति पाहुनालाई स्वागत गरी सवारीमा चढाउने व्यवस्था मिलाउन पनि आग्रह गरेको छ। ध्यानाकर्षणपत्रमा विमानस्थल निर्माणको सूत्रधार,अभियानकर्ता एवं उपभोक्ताको नाताले विमानस्थलसँग सङ्घको गहिरो चासो जोडिएको उल्लेख गर्दै राष्ट्रिय गौरवको परियोजनाका रूपमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रवाह हुने सेवा–सुविधा अन्तर्राष्ट्रियस्तरकै हुनुपर्ने...
बैंकमा किन थुप्रियो पैसा ?
अर्थ, समाचार

बैंकमा किन थुप्रियो पैसा ?

नेपालअखबार, काठमाडौं । अहिले बैंक तथा वित्तीय संस्थासँग कर्जा दिने क्षमता अधिक छ। यसअघिका समय बैंक तथा वित्तीय संस्थासँग लगानी योग्य पुँजी (तरलता) नहुँदा कर्जा नपाउने गुनासो पटक–पटक आउँथ्यो। तर, अहिले यथेष्ट पैसा छ। यस्तो अवस्थामा पनि बैंकहरूले निजी क्षेत्रलाई थप कर्जा दिन चाहिरहेका छैनन् भने व्यवसायीहरूले पनि थप कर्जा मागेका छैनन्। बैंकको खराब अर्थात् निस्क्रिय कर्जा बढेकाले बैंकहरू कर्जा दिएर जोखिम मोल्नभन्दा सरकारी ऋणपत्रमा ७–८ प्रतिशतको ब्याजदरमा लगानी गर्न तयार देखिन्छन्। असार मसान्तमा सकभर ऋण दिनभन्दा धमाधम उठाउन लागि परेका छन्। व्यवसायीहरू चर्को ब्याजले कर्जा लिएर शिथिल अर्थतन्त्रको अवस्थामा थप लगानी गर्न डराइरहेका छन्। यसअघि आमसर्वसाधारणको निक्षेप चालु पुँजी कर्जा शीर्षकमा ऋण लिएर जथाभावी लगानी गरेपछि यसलाई नेपाल राष्ट्र बैंकले कडाइ गरेर सीमा तोकेपछि थप कर्जा लिन सकेका छैनन्।...
२० वर्ष चलेका गाडी हटाउन सम्भव छ ?
अर्थ, प्रशासन, समाचार

२० वर्ष चलेका गाडी हटाउन सम्भव छ ?

नेपालअखबार, काठमाडाैं। विदेशमा पुराना यात्रुवाहक तथा मालवाहक सार्वजनिक सवारीसाधन उमेरहदको सीमाभन्दा फिटनेस र इमिसन टेस्टुका आधारमा विस्थापित हुँदै आइरहेका छन् । नेपालमा भने प्रभावकारी ढंगले फिटनेस र इमिसन टेस्ट नहुने भएकाले उमेरहदका कारणले सार्वजनिक सवारीसाधन विस्थापित हुँदै आइरहेका छन् । दुर्घटना र प्रदूषणको प्रमुख कारक रहेको भन्दै सरकारले २०७४ सालदेखि नै २० वर्ष नाघेका पुराना सवारीसाधनमाथि प्रतिबन्ध लगाउँदै आएको छ । युरोपेली मुलुक जर्मनीमा १० वर्षकै अवधिमा पुराना सवारीसाधन विस्थापित हुँदै आएका छन् । ती मुलुकले पुराना सवारीसाधन विस्थापित गरेर नयाँ खरिद गर्नेलाई प्रोत्साहन गर्ने नीति अंगीकार गर्दै आएका छन् । नेपालमा पेट्रोलियम पदार्थबाट चल्ने सार्वजनिक सवारीसाधनलाई यात्रुवाहक र मालवाहक तत्कालै विद्युतीयमा कन्भर्जन (रूपान्तरण) गर्न नसकिए पनि साना चारपांग्रेलाई भने गर्न सकिने पर्याप्त ...
कृषि क्षेत्रमा पर्याप्त बजेट नल्याइएकाे कर्णालीका सांसदको गुनासो
अर्थ, राजनीति, समाचार

कृषि क्षेत्रमा पर्याप्त बजेट नल्याइएकाे कर्णालीका सांसदको गुनासो

नेपालअखबार, सुर्खेत । कर्णाली प्रदेशका प्रदेशसभा सदस्यहरूले सरकारले कृषि क्षेत्रमा ध्यान दिन नसकेको टिप्पणी गरेका छन् । सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमाथिको मन्त्रालयगत छलफलका क्रममा सांसदहरूले कुल ग्राहस्थ्य उत्पादनमा ३० प्रतिशतभन्दा बढी योगदान रहेको कृषि क्षेत्रलाई बजेट बिनियोजनमा वेवास्ता गरिएको बताए । सांसद विनोदकुमार शाहले ६० प्रतिशतभन्दा धेरै संलग्न रहेको कृषि क्षेत्रमा मन्त्रालयले बजेट पर्याप्त ल्याउनबाट चुकेको टिप्पणी गरे । उनले भने, “बजेटले कृषिलाई जसरी सम्बोधन गर्नुपर्ने हो, त्यसरी गर्न सकेन । हामी यसमा दुःखी छौँ, कुल ग्राहस्थ्य उत्पादनमा ३० प्रतिशत योगदान रहेको यो क्षेत्रमा बजेट न्यून छ ।” सांसद बिन्दमान विष्टले तल्लो कर्णाली र माथिल्लो कर्णालीलाई एउटै तराजुमा राखेर बजेट विनियोजन गर्दा विकासको गति अगाडि बढ्न नसक्ने बताए । “माथिल्लो कर्णाली र तल्लो कर्णाल...
बर्गरबाट हट्यो टमाटर, मूल्य २२३ रुपैयाँ प्रति किलो
अर्थ, समाचार, समाज

बर्गरबाट हट्यो टमाटर, मूल्य २२३ रुपैयाँ प्रति किलो

नेपालअखबार, मुम्बई । अमेरिकी फास्ट फूड चेन म्याकडोनाल्ड्सले भारतका धेरै भागहरूमा आफ्नो बर्गर र र्‍यापबाट टमाटर हटाएको छ। समाचार एजेन्सी रोयटर्सका अनुसार यो निर्णयको कारण टमाटरको आपूर्ति र गुणस्तरसँग सम्बन्धित प्रश्न हो। भारतका केही भागमा पछिल्लो एक महिनामा टमाटरको मूल्य २८८ प्रतिशतले बढेको छ । शुक्रबार एक किलो टमाटरको भाउ १४० भारतीय रुपैयाँ (करिब २२३ नेपाली रुपैयाँ) पुगेको थियो । दिल्लीस्थित म्याकडोनाल्ड्सका केही स्टोरहरूले सूचनाहरू राखेर यसबारे जानकारी दिएका छन्। ती सूचनामा लेखिएको छ, ‘सबै प्रयासका बाबजुद पनि हामीले गुणस्तरीय टमाटरको आपूर्ति सुनिश्चित गर्न सकेका छैनौं । जसका कारण हामी टमाटररहित खाना खुवाउन बाध्य छौँ ।’  सञ्चालकहरूले समस्या टमाटरको मूल्यमा नभएर गुणस्तरमा भएको दाबी गरेका छन् । –बीबीसी हिन्दी...
सार्वजनिक बिदाको दिन पनि राति ८ बजेसम्म काउन्टर खुला राख्न बैंकहरुलाई निर्देशन
अर्थ, प्रशासन, समाचार

सार्वजनिक बिदाको दिन पनि राति ८ बजेसम्म काउन्टर खुला राख्न बैंकहरुलाई निर्देशन

नेपालअखबार, काठमाडौं । सरकारी खर्चको भुक्तानी जारी राख्न सार्वजनिक विदाको दिन पनि काउन्टर खुला राख्न केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन गरेको छ । राष्ट्र बैंकले असार २३ गते शनिबार, २४ गते आइतबार र महिनाको अन्तिम शनिबार असार ३० गते समेत बैंक काउन्टर खुला राख्न निर्देशन गरेको हो । आर्थिक वर्षको अन्तमा भुक्तानी तथा हिसाबकिताब खाता क्लोज गर्नुपर्ने भएकाले सहजताका लागि सार्वजनिक विदाको दिन पनि राति ८ बजेसम्म काउन्टर खुला राखेर कारोबार गर्न केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई भनेको हो । नेपाल सरकार, अर्थमन्त्रालय, महालेखा नियन्त्रक कार्यालयको अनुरोध बमोजिम राजस्व संकलन, चेक क्लियरिङ एवम् विद्युतिय रकम ट्रान्सफर (ईएफटी) को फण्ड सेटलमेन्ट गर्ने प्रयोजनका लागि यस्तो निर्देशन गरिएको बैंकले जनाएको छ । महालेखा  नियन्त्रकको कार्यालयले सरकारी भूक्तानीका लागि असार २४ ...
चिया निर्यात अनुदानका लागि १३ करोड ४१ लाख रुपैयाँ निकासा
अर्थ, प्रशासन, समाचार

चिया निर्यात अनुदानका लागि १३ करोड ४१ लाख रुपैयाँ निकासा

नेपालअखबार,काठमाडौँ । नेपालको चिया निर्यात अभिवृद्धिमा दिगोपना कार्यक्रम अन्तर्गतको वैदेशिक स्रोत ई.आई.एफ. नगद अनुदानका लागि सरकारले १३ करोड ४१ लाख रुपैयाँ थप रकम निकासा गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, कोष तथा लेखा नियन्त्रक कार्यालयको मागपत्र अनुसार शुक्रबार महालेखा नियन्त्रक कार्यालयले तेस्रोपटक उक्त अनुदान रकम निकासा फुकुवा गरेको हो । यसअघि सोही शीर्षकमा महालेखा नियन्त्रकले दुई पटक गरी ६ करोड ८७ लाख १० हजार रुपैयाँ निकासा गरेको थियो । योसँगै यस वर्ष चिया निर्यातमा कूल २० करोड १९ लाख १० हजार रुपैयाँ निकासा भएको छ ।...
घट्यो इन्धनको मूल्य
अर्थ, समाचार

घट्यो इन्धनको मूल्य

नेपालअखबार, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । सोमबार साँझ एक विज्ञप्ति जारी गर्दै निगमले सोमबार राति १२ बजेटदेखि लागु हुने गरी मूल्य घटाएको हो । निगमका अनुसार पेट्रोल तथा डिजेल/मट्टितेलमा पहिलो, दोस्रो तथा तेस्रो वर्गका लागि क्रमशः प्रतिलिटर ७.५० रुपैयाँ, ६ रुपैयाँ र ५ रुपैयाँले घटाइएको छ । यसअनुसार पेट्रोल भारतसँगको सीमावर्ती क्षेत्रमा प्रतिलिटर १६७ रुपैयाँ ५० पैसादेखि काठमाडौं पोखरा र दिपायल क्षेत्रमा १७० रुपैयाँसम्म कायम भएको छ । डिजेल र मट्टितेलमा १४७ रुपैयाँ ५० पैसादेखि १५० रुपैयाँसम्म मूल्य कायम भएको छ । यस्तो मूल्य निगमको डिपोबाट १५ किलोटरसम्मको क्षेत्रमा लागु हुन्छ । भारतीय आयल कर्पोरेसन लिमिटेडबाट १६ आसरमा प्राप्त भएको नयाँ खरिद मूल्यसूचीका आधारमा यस्तो निर्णय भएको हो । विभागले साविकको आन्तरिकतर्फको हवाई इन्धनमा प्रतिलिटर १४ रुपैयाँ तथा अन्त...
धान उत्पादनलाई प्रवर्द्धन गरी अर्थतन्त्र बलियो बनाउनुपर्छ- कृषिमन्त्री भुसाल
अर्थ, कृषि, समाचार

धान उत्पादनलाई प्रवर्द्धन गरी अर्थतन्त्र बलियो बनाउनुपर्छ- कृषिमन्त्री भुसाल

नेपालअखबार, काठमाण्डौ ।  कृषि तथा पशुपक्षी विकासमन्त्री डा वेदुराम भुसालले अधान उत्पादनलाई प्रवर्द्धन गरी अर्थतन्त्र बलियो बनाउनुपर्ने बताउनु भएको छ । राष्ट्रिय कृषि अनुसन्धान परिषद्ले खुमलटारमा आयोजना गरेको २०औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८० मा उहाँले प्रविधि र बिउ किसानसम्म पुर्‍याएर उपलब्धि हासिल गर्नतर्फ लाग्नुपर्ने बताउनु भएको हो । उहाँले बाँझो जमिनको उपयोग गर्ने यस वर्षको नीति रहेको बताउनु भएको छ । हाम्रो अर्थतन्त्रलाई सबल बनाउन धानलाई प्रवर्द्धन गर्नुपर्ने छ । एक लाख ३० हजार हेक्टर जमिन बाँझो भएको छ । राज्यको तर्फबाट उपयुक्त सेवा सुविधा पुर्‍याउन नसक्दा बसाइँसराइको दर बढिरहेको छ  । यस वर्ष बाँझो जमिनको उपयोग गर्ने नीति छ, सेवा सुविधा पुर्‍याउन मन्त्रालय क्रियाशील हुनेछ  भुसालले भन्नुभयो । उहाँले राष्ट्रिय योजना आयोगले कृषि मन्त्रालयको बजेट ‘सिलिङ’ घटाउँदा समस्य...