Monday, October 5

अर्थ

ताप्लेजुङमा तीन घर जलेर नष्ट
अर्थ, समाचार, समाज

ताप्लेजुङमा तीन घर जलेर नष्ट

नेपालअखबार, ताप्लेजुङ। ताप्लेजुङको मेरिङदेन गाँउपालिका–१ थिङ्लाबुमा आगलागीका कारण तीन घर जलेर नष्ट भएका छन् । आज भएको आगलागीका कारण भक्तराज चोङवाङ, बलबहादुर चोङवाङ र वीरध्वज चोङवाङको घर जलेर नष्ट भएको स्थानीय शिक्षक गणेश एभेङले जानकारी दिए । भक्तराज र बलबहादुरको तीन तले र वीरध्वजको दुई तले घरसहित घरभित्र रहेका सामान जलेर नष्ट हुँदा लाखौँको क्षति भएको स्थानीयले बताए । तीन वटा घर नजिक नजिक रहेकाले एकै समयमा जलेर नष्ट भएको जनाइएको छ । घटनाको स्थलगत अनुसन्धानका लागि सान्थाक्रा प्रहरीचौकीबाट प्रहरीको टोली खटिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । आगलागीको कारण खुलेको छैन । यस्तै क्षतिको यकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।...
पोखरा विमानस्थल : अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई एक वर्षसम्म सबै शुल्कमा छुट
अर्थ, प्रशासन, समाचार

पोखरा विमानस्थल : अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई एक वर्षसम्म सबै शुल्कमा छुट

नेपालअखबार, पाेखरा । सरकारले पर्यटकीय नगरी पोखरामा नवनिर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई विभिन्न शुल्कमा शतप्रतिशत छुट दिएको छ । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का अनुसार नयाँ अन्तर्राष्ट्रिय विमानस्थलमा एयरलाइन्सलाई आकर्षित गर्न एक वर्षसम्म विमानस्थलको सेवा शुल्कमा सतप्रतिशत छुट दिने निर्णय गरिएको हो । क्यानका प्रवक्ता जगन्नाथ निरौलाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्णयअनुरुप पोखरा विमानस्थल सञ्चालनमा आएको मितिदेखि एक वर्षसम्मका लागि अन्तर्राष्ट्रियतर्फको उडान र अवतरणमा शतप्रतिशत छुट दिने निर्णय भएको जानकारी दिए । उनका अनुसार विमानस्थलमा अवतरण शुल्क, विसन शुल्क, सञ्चार तथा उड्डयन शुल्क र सुरक्षा जाँच शुल्कमा शतप्रतिशत छुट दिने निर्णय भएको छ । यस्तो छुट अन्तर्राष्ट्रिय उडान भर्ने स्वदेशी तथा विदेशी एयरला...
साढे २१ अर्ब ऋणमा बनेको पोखरा विमानस्थलको लगानी कहिले उठ्ला
अर्थ, समाचार

साढे २१ अर्ब ऋणमा बनेको पोखरा विमानस्थलको लगानी कहिले उठ्ला

नेपालअखबार, पाेखरा । पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माणका लागि करिब २२ अर्ब लगानी लागेको छ । २०७३ वैशाख १ मा शिलान्यास भएको विमानस्थल करिब ७ वर्षपछि निर्माण पूरा भएको छ । विमानस्थल बनाउन चीनको एक्जिम बैंकबाट ऋण लिइएको हो । राष्ट्रिय गौरवको आयोजना निर्माण सकिएपछि यही जनवरी १ देखि अन्तर्राष्ट्रिय उडान भर्ने तयारी छ । तत्कालीन समयमा २१ अर्ब ४७ करोड लागत लाग्ने बताइएको थियो । इपिसी मोडलमा बनेको विमानस्थलमा काम ढिलो सकिए पनि लागत बढ्ने थिएन । एक्जिमले ७५ प्रतिशत ऋण र २५ प्रतिशत अनुदान दिएको हो । २ प्रतिशत ब्याजदरमा लिइएको बैंकको ऋण सरकारले तिर्न थालिसकेको छ । करिब ४ हजार रोपनी क्षेत्रफलमा विमानस्थल निर्माण गरिएको छ । यसलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पको रुपमा लिइएको छ । तर, यहाँको भुगोलका कारणले ठूला जेट विमान उडान र अवतरण नहुने बताइएको छ । एयरबस मात्रै पोखरामा ल्याण्ड ह...
अर्थतन्त्रको पुनरूत्थान सरकारको पहिलो प्राथमिकता : प्रधानमन्त्री प्रचण्ड
अर्थ, राजनीति, समाचार

अर्थतन्त्रको पुनरूत्थान सरकारको पहिलो प्राथमिकता : प्रधानमन्त्री प्रचण्ड

नेपालअखबार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रको पुनरुत्थान सरकारको पहिलो प्राथमिकता हुने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको पदाधिकारी प्रतिनिधिमण्डलसँग आज बिहान भएको भेटमा प्रचण्डले सो कुरा बताएका हुन् । महासंघको पदाधिकारीहरु आज बिहान प्रचण्डको निजी निवास खुमलटार गएर भेटवार्ता गरेका थिए । सो अवसरमा अध्यक्ष प्रचण्डले अर्थतन्त्रको पुनरूत्थान आफ्नो पहिलो प्राथमिकता रहेको र मन्त्रिपरिषदको पहिलो बैठकबाट यस सम्बन्धमा निर्णय समेत भैसकेको जानकारी गराएका थिए । अर्थतन्त्रको संवेदनशील अवस्थाका सम्बन्धमा निजी क्षेत्रको चासो र चिन्तालाई आफूले सम्मान गर्ने पनि उनले बताए । ‘महासंघ अर्थतन्त्र जोगाऔं भन्ने अभियानमा लागेको छ, यति बिहानै भेटघाटका लागि आउनुु भयो’ प्रचण्डले भनेका थिए, ‘समस्या समाधानका लागि भनिरहनुु भएको छ, सरकारले यसलाई गम्भीर रुपमा लिन्छ ।’ प्रधानमन्त्...
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक सौर्यको जेट विमान अवतरण
अर्थ, समाचार

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक सौर्यको जेट विमान अवतरण

नेपालअखबार, काठमाडाैं । निजी वायु सेवा सञ्चालक कम्पनी सौर्य एयरलाइन्सले नवनिर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज परीक्षण उडान गरेको छ । आगामी पुस १७ गतेदेखि विमानस्थल सञ्चालनमा आउने भएपछि सो एयरलाइन्सले सफलतापूर्वक जेट विमानबाट उडान भरेको हो । यससँगै पोखरामा पहिलोपटक सौर्यले उडान गरेको छ । सौर्यले ‘सिआरजे २००’ विमान अवतरण गराएको हो । हाल सञ्चालनमा रहेको पोखरा विमानस्थलमा प्राविधिक कारणबाट सो विमान अवतरण गर्न नसक्ने भएकाले यसअघि पोखरामा सौर्यको उडान थिएन । सो एयरलायन्सले अङ्ग्रेजी नयाँ वर्षदेखि नियमित उडान गर्ने जनाएको छ । विगत आठ वर्षदेखि आन्तरिक उडानमा सक्रिय सौर्यले काठमाडौँ–पोखरा–काठमाडौँ दैनिक दुई उडान गर्ने पोखरा स्टेसनका इञ्चार्ज जितेन्द्र यादवले बताए । उनका अनुसार युरोप, अमेरिका तथा अन्य देशमा आन्तरिक उडानका लागि लोकप्रिय ‘सिआरजे २००’ जहाजमा जेट इन्जिन भएकाले सुरक्षित एव...
विदेशबाट फर्केर गाइपालन
अर्थ, कृषि, समाचार, समाज

विदेशबाट फर्केर गाइपालन

नेपालअखबार, तुलसीपुर। तुलसीपुर उपमहानगरपालिका वडा नं ८ दुधेनाका ४६ वर्षीय शशि बुढाथोकी व्यावसायिकरुपमा उन्नत जातका गाई पाल्दै आएकी छन् । विगत १२ वर्षदेखि पशुपालन व्यवसाय गर्दै आएकी उनले अहिले आफ्नो परिवारका तीनसदस्यसहित अन्य दुई जनालाई रोजगारी पनि दिएकी छन् । यो पेसाबाट सन्तुष्ट भएकी बुढाथोकीले भनिन्, “वार्षिक करिब रु दस लाखदेखि रु १२ लाखसम्म बचत गर्न सफल भएको छु, यसलाई सन्तोष नै मान्नुपर्छ ।” बिहानको मिमिरे उज्यालोदेखि साँझसम्म प्राय गाईका बाच्छाबाच्छीको स्याहार सुसारमा  व्यस्त रहने उनी धन कमाउनकै लागि १२ वर्ष पहिले साउदी अरब गएकी थिइन् । त्यहाँ गएका नेपालीले पाएको दुःख देखेपछि अप्ठेरो पर्दा सहयोग गर्न नेपालीहरुसँग आर्थिक सहयोग सङ्कलन गरिएकामा गैरकानूनी भएको भन्दै साउदीका एक व्यापारीले प्रहरीलाई खबर गरेकाले आफू साउदी जेलमा परेको बुढाथोकीले बताइन् । पछि नेपाली दूतावासको सयोगमा २०५६ स...
साढे पाँच हजार उद्योगमा विदेशी लगानी स्वीकृत
अर्थ, प्रशासन, समाचार

साढे पाँच हजार उद्योगमा विदेशी लगानी स्वीकृत

नेपालअखबार, काठमाडाैं । नेपालमा हालसम्म साढे पाँच हजारभन्दा बढी उद्योगमा विदेशी लगानी स्वीकृत भएकामा पर्यटन र सेवामूलक क्षेत्रका उद्योगमा तुलनात्मक रुपमा बढी लगानी भएको देखिएको छ । उद्योग विभागको ‘विदेशी लगानीसम्बन्धी मासिक प्रगति विवरण’अनुसार गत कात्तिक मसान्तसम्म वैदेशिक लगानी भित्र्याउने उद्योगहरुमध्ये सेवा र पर्यटन क्षेत्रका उद्योगको सङ्ख्या मात्रै आधाभन्दा बढी छन् । विभागको विवरणअनुसार गत कात्तिक मसान्तसम्म पाँच हजार छ सय २८ उद्योगका लागि आएको वैदेशिक लगानी प्रस्ताव स्वीकृत भइसकेको छ । यी उद्योगमा हालसम्म कूल रु चार खर्ब ३० अर्ब ८६ करोड ९७ लाख ५८ हजार बराबरको वैदेशिक लगानी स्वीकृत भइसकेको विभागको तथ्याङ्कबाट देखिन्छ । गत कात्तिकमा मात्र विभागले रु तीन अर्ब ६५ करोड बराबरको वैदेशिक लगानी स्वीकृत गरेको थियो । यद्यपि, लगानी प्रस्ताव गरेका उद्योगको सङ्ख्या र रकम भने निकै बढी छ । गत अ...
निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य
अर्थ, समाचार

निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य

नेपालअखबार, काठमाडाैं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ ।  । शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी निगमले  पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँ घटाएको हो । यस्तै एलपी ग्यास र हवाइ इन्धको  मूल्य भने हाललाई यथावत् राखिएको छ । निगमका अनुसार अब प्रतिलिटर पेट्रोलको मूल्य १७८ र  डिजेल तथा मट्टितेलको १७५ रुपैयाँ कायम भएको छ ।  भारतीय आयल कर्पोरेशनबाट शुक्रबार मूल्य घटेर आएसँगै निगमले पनि घटाएको हो ।...
बढ्यो सुनको मूल्य प्रतितोला १ लाख नाघ्यो
अर्थ, समाचार

बढ्यो सुनको मूल्य प्रतितोला १ लाख नाघ्यो

नेपालअखबार, काठमाडाैं । नेपाल सुनचाँदी व्यवसायी महासंघले एक साताको अवधिमा सुनको मूल्य प्रतितोला १ हजार २०० रुपैयाँले बढेको जानकारी दिएको छ । महासंघले गत साताको शुक्रबारको तुलनामा १२ सय रुपैयाँले बढ्दै सुनको मूल्य १ लाख ३०० रुपैयाँ पुगेको जानकारी दिएको हो । गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार १०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ६०० रुपैयाँ कायम थियो । जुन, यो साताको शुक्रबारसम्म प्रतितोला १२ सय रुपैयाँले बढेर छापावाल सुनको मूल्य १ लाख ३०० रुपैयाँ कायम भएको छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा ९९ हजार ८०० रुपैयाँ छ । साताको पहिलो कारोबार दिन सुनको भाउ बढेको थियो । यस्तै, सोमबार पनि उकालो लागेको सुनको भाउ मंगलबार भने घटेर बुधबार समेत स्थिर रहेको थियो । बिहीबार सामान्य उकालो लागेको सुनको भाउ शुक्रबार एकै दिन ६०० रुपैयाँले बढेको थियो । यसैगरी, यो सात...
पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको तयारी
अर्थ, समाचार

पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको तयारी

नेपालअखबार, पाेखरा । बुद्ध एयरले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने पहिलो अन्तर्राष्ट्रिय उडानको तयारी गरिरहेको छ ।  बुद्ध एयरले आगामी पुस १७ देखि सञ्चालनमा आउन लागेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय गर्न लागेको हो । यसका लागि कम्पनीले नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) समक्ष अनुमतिका लागि निवेदन दिएको छ । “पोखरा विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय उडानका लागि हामीले तयारी सुरु गरिसकेका छौँ, सबै तालमेल मिले पहिलो अन्तर्राष्ट्रिय उडान बुद्ध एयरबाट हुनेछ”, बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णले भने । पोखरा विमानस्थलबाट बुद्ध एयरले भारतका तीन गन्तव्य पोखरा–बनारस–पोखरा, पोखरा–दिल्ली–पोखरा र पोखरा–देहरादुन–पोखरामा उडान गर्ने योजना बनाएको छ । पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान ‘सिङ्गल अप्रोच’बाट हुनेछ ।  विमानस्थलको प...