Saturday, May 30

अर्थ

कर्जा प्रवाहमा थप कडाइ, अब धितोको ६० प्रतिशत मात्र पाइने
अर्थ, समाचार

कर्जा प्रवाहमा थप कडाइ, अब धितोको ६० प्रतिशत मात्र पाइने

नेपालअखबार, काठमाडाैं । नेपाल राष्ट्र बैंकले विभिन्न घर/जग्गा तथा सम्पती धितोमा राखि प्रवाह हुने कर्जा थप कडाइ गर्ने भएको छ । आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति मार्फत बैंकले बैंक तथा वित्तीय संस्थाले घर/जग्गा धितो राखी निश्चित प्रयोजन नखुलेका नयाँ अधिविकर्ष कर्जा, धितो कर्जा, सम्पति कर्जा, व्यक्तिगत आवधिक कर्जा प्रवाह गर्दा कर्जा र सोको धितो सुरक्षणको फेयर मार्केट भ्यालू बीचको अनुपात अधिकतम ४० प्रतिशत राख्नुपर्ने व्यवस्था गरेको हो । यस्तो व्यवस्था काठमाडौं उपत्यकाभित्र बढीमा ३० प्रतिशत र अन्य स्थानको हकमा बढीमा ४० प्रतिशतसम्म कायम गर्नुपर्ने बैंकले जनाएको छ ।...
सहकारी  विधि र नितीका आधारमा सञ्चालन हुनुपर्नेमा जोड
अर्थ, समाचार, समाज

सहकारी विधि र नितीका आधारमा सञ्चालन हुनुपर्नेमा जोड

नेपालअखबार, पोखरा । सहकारी संस्था विधि, निती तथा मुल्यमान्यताका आधारमा सञ्चालन हुनु पर्नेमा आज यहाँ आयोजित एक कार्यक्रमका बक्ताले जोड दिएका छन् । पोखरा महानगरपालिका वडा नं.१७ मा सञ्चालीत सफल वचत तथा ऋण सहकारी संस्थाद्धारा आयोजित एक दिने लेखा तालिमको उद्घाटन कार्यक्रमका वक्ताहरुले सुशासन र पारदर्शितामा जोड दिएका हुन । पोखरा १७ का वडाअध्यक्ष एवम् नेकपा एमाले महानगर प्रतिपक्षी दलका नेता राधिका शाही योगीले कार्यक्रमको उद्घाटन गर्दै मुलुकको समृद्धिको लागि सहकारीहरु उत्पादनसंग जोडिनुको विकल्प नभएको बताउनुभयो । सहकारी आर्थिक कारोवारसंगै शेयर सदस्यको जिवनस्तर उकास्नेखालका गतिविधिमा लाग्नु पर्ने बताउँदै उहाँले सहकारी बीच प्रतिष्पर्दा भन्दा पनि सहकार्य र समन्वयको आधारमा अघि वढ्नु पर्ने आवश्यकता औल्याउनु भयो । कास्की जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी एवम् सहकारीका संस्थापक अध्यक्ष अनिल शाहीले ...
पोखरामा प्याराग्लाइडिङ विस्थापित हुने चिन्ता, व्यवस्थापन गर्न व्यवसायीको माग
अर्थ, पर्यटन, समाचार

पोखरामा प्याराग्लाइडिङ विस्थापित हुने चिन्ता, व्यवस्थापन गर्न व्यवसायीको माग

नेपालअखबार, पोखरा । अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँगै पोखराको साहसिक पर्यटकीय पहिचान बनेको प्याराग्लाइडिङ विस्थापित हुने हो कि भन्ने कुराले प्याराग्लाइडिङ व्यवसायीलाई चिन्तित बनाएको छ । अन्तर्राष्ट्रिय विमानस्थल पोखरामा ल्याउन सक्रिय व्यवसायी त्यही विमानस्थलले झण्डै रु डेढ अर्ब लगानीको व्यवसाय विस्थापित हुने हो कि भन्ने चिन्तामा छन् । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले पोखराको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सकिएकाले आगामी जनवरीमा सञ्चालनमा ल्याउने तयारी गरेको छ । सोको लागि प्याराग्लाइडिङलाई विकल्पको छनोट गरेर सार्न निर्देशन दिइएको छ । तर, व्यवसायीको माग पोखराको आकाशबाट विस्थापन नभई व्यवस्थापन हुनुपर्छ भन्ने छ । ‘प्याराग्लाइडिङ साहसिक पर्यटनको एउटा ब्राण्ड हो, पोखराको आकाशमा उड्न जति पर्यटक रमाउँछन् त्यो अन्यत्रबाट हुँदैन । तसर्थ यही कतै व्यवस्थापन गर्नुपर्छ’...
करको दायरामा आउने करदाताको संख्या ४० लाख नाघ्यो
अर्थ, समाचार

करको दायरामा आउने करदाताको संख्या ४० लाख नाघ्यो

नेपालअखबार, काठमाडौं । करको दायारमा आउने करदाताको संख्या ४० लाख नाघेको छ । महालेखापरीक्षकको ५९औं वार्षिक प्रतिवेदन–२०७९ अनुसारमा आयकर, मूल्य अभिवृद्धि कर र अन्तशुल्क तीन वटै समूहका करदाताहरुको संख्यामा वृद्धि हुँदा करको दायरामा आउने कुल करदाताको संख्या ४० लाख ५९ हजार १०७ पुगेको हो । अघिल्लो वर्षको तुलनामा आयकरतर्फ १८.९ , मूल्य अभिबृद्धितर्फ ४.८७ र अन्तशुल्क इजाजत पत्रतर्फ ९.६८ प्रतिशतले वृद्धि भएको छ । यो वर्ष आयाकरतर्फ स्थायी लेखा नम्बर लिनेहरुको संख्या ६ लाख ४५ हजार ७१७ ले बढेर ४० लाख ५९ हजार १०७ पुगेको छ । यस्तै मूल्य अभिवृद्धितर्फ करमा दर्ताहुनेहरुको संख्या १२ हजार ४७३ ले बढेर २ लाख ६८ हजार ४३६ पुगेको छ भने अन्तशुल्क इजाजततर्फ ९ हजार १३१ थपिएर इजाजत पत्र लिनेको संख्या एक लाख ३ हजार ४२३ पुगेको छ ।...
गण्डकीमा बजेट माथिको छलफल जारी
अर्थ, प्रदेश ४, राजनीति, समाचार

गण्डकीमा बजेट माथिको छलफल जारी

नेपालअखबार, पाेखरा । गण्डकी प्रदेशसभामा बजेट माथिको छलफल जारी छ । देशसभाको आजको बैठकमा सदस्यहरूले बजेटका सम्बन्धमा आ–आफ्ना धारणा राखेका छन् । बैठकमा प्रदेशसभा सदस्य रामशरण बस्नेतले बजेटमा एउटा र रातो किताबमा अर्कै  आउने जस्ता प्रवृत्ति देखिएको बताए । जनताका आवश्यकतातर्फ बजेट केन्द्रित नभएको उनले बताए । यस बजेटबाट जनताका इच्छा र चाहना पूरा नहुने उनले बताए । बाढीका कारण जनजीवन अस्तव्यस्त भएको अवस्थामा सरकारले बेवास्ता गरेको आरोप लगाए। सरकारमा जवाफदेहिता नदेखिएको उनले बताए । मनकुमारी गुरुङले आफ्नो साधनस्रोतलाई ख्याल गर्नुपर्ने अवस्थामा हैसियत अनुसार बजेट आएको बताउँदै धेरै विषयलाई बजेटले समेटेको बताइन् । सरकारले जनतालाई अत्यावश्यक कतिपय नयाँ कार्यक्रम ल्याएको उनले बताइन् । कतिपय कार्यक्रम नीति तथा कार्यक्रममा परे पनि बजेटमा नसमेटिएको बताउँदै उनले रातो किताबमा ती विषय समेटिएर आउने विश्वास...
घरायसी विद्युतीय सामग्रीमा डिसहोमको प्रवेश, सुरु भयो उत्पादन
अर्थ, समाचार

घरायसी विद्युतीय सामग्रीमा डिसहोमको प्रवेश, सुरु भयो उत्पादन

नेपालअखबार, काठमाडौं । टेलिभिजन तथा इन्टरनेट सेवा प्रदायक कम्पनी डिसहोमले आफ्नो दायरा विस्तार गर्दै घरमा प्रयोग हुने विद्युतीय सामग्री उत्पादन थालेको छ । यसअघि डिसहोम लगायतका टेलिभिजन तथा इन्टरनेट सेवा प्रदायकलाई आवश्यक पर्ने सेटअप बक्स निर्माण गर्दै आएको कम्पनी डिजिटल होम इन्टरनेशनलले ‘डीएचआई’ ब्राण्डमा होम अप्लायन्सका सामाग्रीहरू उत्पादन सुरु भएको हो । यस कम्पनीमा डिसहोम कै लगानी रहेको छ । यसअघि डिसहोमकै लगानीमा गोदावरीमा सेटअप बक्स निर्माणको लागि प्लान स्थापना गरिएको थियो । सोही प्लान्टलाई विस्तार गरी होम अप्लायन्स उत्पादन सुरु गरिएको डिसहोमका प्रबन्ध निर्देशक तथा डीएचआईका निर्देशक सुदीप आचार्यले जानकारी दिएका छन् । उनका अनुसार १४ करोड सम्पतीका साथ यो कम्पनी सुरु गरिएको हो । जसमार्फत सेटअप बक्सका साथै अब वासिङ मेसिन, टिभी, रेफ्रिजेरेटर, राइस कुकर, चिम्नी, फ्रिजर, एयर कुलर, इलेक्ट्...
इन्धन अभावले श्रीलङ्कामा विद्यालय बन्दको घोषणा
अर्थ, विश्व, समाचार

इन्धन अभावले श्रीलङ्कामा विद्यालय बन्दको घोषणा

नेपालअखबार, एजेन्सि। इन्धन अभावका कारण श्रीलङ्कामा विद्यालय बन्दको घोषणा गरिएको छ। पहिलो चरणमा जुलाई ४ देखि एक साता बन्द गर्ने घोषणा गरिएको हो। शिक्षा मन्त्रालयले सरकारको स्वामित्वमा रहेका र सरकारको स्वीकृतिमा सञ्चालन भएका सबै निजी विद्यालयहरू बन्द गर्ने निर्णय गरिएको जनाएको छ। विद्यालयहरू बन्द गरिएपछि इन्धनको खपत कम हुने विश्वासका साथ विद्यालय बन्द गर्ने निर्णय गरिएको सरकारी अधिकारीहरूले जनाएका छन्। देशका ऊर्जा मन्त्रीले आइतबार एक दिनका लागि मात्र इन्धनको सञ्चय रहेको जानकारी दिएका थिए। देशमा आर्थिक सङ्कट थप जटिल बन्दै जाँदा सरकारले इन्धन आयात गर्न नसकेकाले सार्वजनिक यातायात ठप्प जस्तै भएको छ। श्रीलङ्काका अधिकांश पेट्रोल पम्पहरूमा निकै लामो लाइन देखिने गरेको छ। श्रीलङ्काले पेट्रोल र डिजेल बचत गर्न भन्दै अत्यावश्यक सेवाबाहेक सबै क्षेत्रका लागि इन्धन बिक्री दुई साता रोक्...
राष्ट्र बैंकद्वारा पोखरामा बिएसबिएस मेसिन सञ्चालन
अर्थ, समाचार

राष्ट्र बैंकद्वारा पोखरामा बिएसबिएस मेसिन सञ्चालन

नेपालअखबार, पाेखरा  । नेपाल राष्ट्र बैंकले काम नलाग्ने नोट नष्ट गर्नका लागि पोखरामा बैंक नोट सेडिङ एण्ड ब्रिकेटिङ सिस्टम (बिएसबिएस) मेसिन सञ्चालनमा ल्याएको छ । मेसिन सञ्चालनको स्वीच अन गरेर नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एक समारोहकाबीच शुभारम्भ गरे। यसअघिसम्म आगोको प्रयोगबाट जलाएर नोट नष्ट गर्ने गरिएकामा अब भने बिएसबिएस मेसिनका माध्यमबाट नोट नष्ट गरिनेछ नष्ट गरिएका नोटबाट ब्रिकेट उत्पादन हुने जनाइएको छ । कार्यक्रममा गभर्नर अधिकारीले नोट धुल्याउने कार्यलाई आधुनिकीकरण र यान्त्रिकीकरण गर्ने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको मेसिनका कारण वातावरणीय प्रदूषणमा पनि राहत पुग्ने बताए । बैंकको कार्यलाई आधुनिक एवं प्रविधियुक्त बनाउनका लागि बिएसबिएस मेसिनको प्रयोग उपयोगी बन्ने उनले बताए । यसअघि प्रचलनमा आउन अयोग्य ठहरिएका नोटलाई जलाएर नष्ट गरिँदै आइएकामा बिएसबिएस मेसिनको प्रयोगबा...
बेरुजु फस्र्यौट गर्न सरकार निरन्तर प्रयत्नशील छ : अर्थमन्त्री
अर्थ, समाचार

बेरुजु फस्र्यौट गर्न सरकार निरन्तर प्रयत्नशील छ : अर्थमन्त्री

नेपालअखबार,  काठमाडौं ।   महालेखा परिक्षकको कार्यालयले ६४ औं बार्षिकोत्सव सम्पन्न गरेको छ । कार्यालयको नयाँ भवनमा आयोजित बार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले महालेखा परिक्षकले गर्ने लेखा परिक्षणले मुलुकको सार्वजनिक प्रशाशनको बित्तीय अनुशाशन र सदाचारको बारेमा प्रष्ट पार्ने गरेको बताउनुभयो । उहाँले आधुनिक प्रविधिमार्फत लेखा परिक्षण हुन थालेकोमा खुसी व्यक्त गर्नुभयो । महालेखा परिक्षकको प्रतितवेदनले हरेक बर्ष बेरुजु बढ्दै गएको तथ्ये औंल्याउने भएकाले सुधारको खाँचो रहेको उहाँले बताउनुभयो । कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले बेरुजु फस्र्यौटलाई सरकारले उच्च प्राथमिकतामा राखेको जानकारी गराउनुभएको थियो । ‘यस बर्षको नीति तथा कार्यक्रममा समेत बेरुजु फस्र्यौटलाई प्राथमिकतामा राखिएको छ’ अर्थमन्त्री शर्माले भन्नुभयो, ‘सार्वजनिक आर्थिक कारोबार संचालनमा पारदर्...
पेट्रोल लिटरमै २० र डिजेल २९ रुपैयाँले घट्याे
अर्थ, समाचार

पेट्रोल लिटरमै २० र डिजेल २९ रुपैयाँले घट्याे

नेपालअखबार, काठमाडौ । पेट्रोलियम पदार्थको मूल्य घटेको छ ।  सत्ता गठबन्धनको निर्णयअनुसार नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा कटौती गरेको हो । आज शनिबार बसेको निगम सञ्चालक समिति बैठकले मूल्य घटाउने निर्णय गरेको हो । निगमले पेट्रोलमा २० रुपैयाँ र डिजेल-मट्टितेलमा २९ रुपैयाँ मूल्य घटाएको हो । यसअनुसार अब पेट्रोलको मूल्य १७९ निर्धारण हुनेछ भने डिजेल-मट्टितेलको १६३ कायम हुनेछ । घटेको मूल्य आजै राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ । आज बिहान बसेको सत्ता गठबन्धनको बैठकले कर कटौती गरेर पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्णय गरेको थियो ।...