गाजा क्षेत्रमा ७० अर्ब अमेरिकी डलर बराबरको क्षति
नेपालअखबार, काठमाडौं । इजरायल–हमास युद्धका कारण प्रभावित गाजा क्षेत्रमा ७० अर्ब अमेरिकी डलर बराबरको क्षति पुगेको अनुमान गरिएको छ । त्यसको पुनर्निर्माणमा २० अर्ब डलर आवश्यक पर्ने अनुमान समेत गरिएको छ ।
संयुक्त राष्ट्रसंघ, युरोपेली संघ र विश्व बैंकले संयुक्त रूपमा गरेको मूल्यांकनबाट सो अनुमान गरिएको हो ।
संयुक्त राष्ट्रसंघको विकास कार्यक्रम (युएनडीपी) का प्यालेस्टाइन विशेष प्रतिनिधि याको सिलियर्सले मंगलबार पत्रकारहरुसँग भने, ‘गाजाको करिब ८४ प्रतिशत क्षेत्र क्षतिग्रस्त भएको छ र गाजा शहरजस्ता ठाउँमा ९२ प्रतिशतसम्म क्षति देखिन्छ । पुनर्निर्माणको विशाल अभियानका लागि आगामी तीन वर्षमा २० अर्ब डलर आवश्यक पर्नेछ ।’
उनका अनुसार, गाजाको पुनर्निर्माणका लागि अरब मुलुकहरूसँगै युरोपेली देश र अमेरिकाबाट पनि सम्भावित आर्थिक सहयोगका संकेत प्राप्त भएका छन् ।
२१ लाख मानिसहरूलाई मानवीय सहायता
युएनडीपील...









