Saturday, May 30

अर्थ

बेमौसमी फूलखेती गरेर एकै वर्षमा १५ लाख आम्दानी
अर्थ, कृषि, समाचार, समाज

बेमौसमी फूलखेती गरेर एकै वर्षमा १५ लाख आम्दानी

नेपालअखबार,घोराही (दाङ) । घोराही उपमहानगरपालिका-१४ झिङ्गौराका लोकेन्द्र रोकामगरको बारीमा हिजोआज सयपत्रीका फूल ढकमक्क फुलेका छन् । उनले बाह्रै महिना यसैगरी फूलको व्यावसायिक खेती गर्दै आएका छन् । बेसिजन अर्थात् बेमौसमी याममा पनि उहाँ फूल, माला बिक्री गर्दै आएको बताउँछन् । चाडपर्वमा मात्र नभई मगरको बारीमा अघिपछि पनि फूल फुलिरहेको हुन्छ । व्यावसायिक रूपमा फूलखेती गरेका उनी यही व्यवसायमा सन्तुष्ट  छन् । आम्दानीको पाटो पनि राम्रो भएको छ फूलखेतीबाट । फूलखेती गर्नुभन्दा अघि उनी वैदेशिक रोजगारमा थिए । ‘विगत लामो समयदेखि विदेशमा रोजगार गरेर फेर्केपछि फूलखेती थालेको हुँ’, उनले भने, ‘बाहिरी देशमा कमाएको भन्दा फूलखेतीबाटै आम्दानी हुने गरेको छ, अब विदेश नजाने बरु यही व्यवसायलाई अझ बढाउँदै लैजाने उहाँको सोच छ ।’ रोजगारीका सिलसिलामा सात वर्ष कतारमा बिताउनुभएका रोकामगरले जिल्लामा दसैँ, तिहारलगायत ...
नेपालीहरूले स्वदेशी उत्पादनलाई पहिलो प्राथमिकतामा राख्ने हो भने विकासले गति समाउन धेरै समय लाग्दैन: युवा व्यवसायी  महरा
अर्थ, बजारमा नयाँ, समाज

नेपालीहरूले स्वदेशी उत्पादनलाई पहिलो प्राथमिकतामा राख्ने हो भने विकासले गति समाउन धेरै समय लाग्दैन: युवा व्यवसायी महरा

नेपालअखबार,काठमाडौं । नेपालीहरूले स्वदेशी उत्पादनलाई पहिलो प्राथमिकतामा राख्ने हो भने विकासले गति समाउन धेरै समय लाग्दैन । हिमाली कफी सपका सञ्चालक युवा व्यवसायी प्रकाश महरासँग नेपाल अखबारसँग कुराकानी गर्दै युवा व्यवसायी प्रकाश महरा भन्नुहुन्छ यदि हामीले विदेशी ब्रान्डका सामग्रीलाई प्रतिस्पर्धा गर्न सक्ने हाम्रै उत्पादनलाई अगाडि बढाउने हो भने देशले तीव्रगतिमा विकास गर्ने बताउनुहुन्छ । महरा डोटी जिल्ला निवासी अध्ययनकै क्रममा काठमाडौँ आएका थिए । सन् २००९ मा थप अध्ययनका लागि जापान पुग्नु भयो । अध्ययनसँगै जापानमा रोजगारीमा जुट्दै गर्दा उहाँले आफ्नो जीवनको १५ वर्ष उतै बिताउनु भएको रहेछ । हाल जापानमा अन्तर्राष्ट्रिय विद्यालयमा कलेजमा कार्यरत हुनुहुन्छ। नेपालमा युवा व्यावसायीको रूपमा उदाउँदै गरेका हिमाली कफी सपका सञ्चालक प्रकाश महत्व महरा भन्नुहुन्छ प्राय सबै कफी सपहरुमा भारतीय ब्राण्डका कफीहरू बि...
वीरगञ्ज नाका हुँदै २६ अर्बको पेट्रोलियम पदार्थ आयात
अर्थ, समाचार

वीरगञ्ज नाका हुँदै २६ अर्बको पेट्रोलियम पदार्थ आयात

नेपालअखबार,वीरगञ्ज । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा २६ अर्ब ३३ करोड बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ। सो अवधिमा डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएसन टर्बाइन फ्युल (एटिएफ) र मट्टितेल आयात गरिएको हो। गत आवको दुई महिनाको तुलनामा चालु आवको दुई महिनामा उक्त नाका हुँदै  एक अर्ब ७६ करोड बढीको पेट्रोलियम पदार्थ आयात गरिएको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले जानकारी दिए। सो अवधिमा आयात बढेसँगै रु एक अर्ब २९ करोड बढी राजस्वसमेत संकलन भएको छ। ‘यहाँको राजस्वको मुख्य आधार पेट्रोलियम पदार्थ र सवारीसाधन  आयात हो,’ प्रमुख भन्सार प्रशासक ज्ञवालीले भने। गत आवको दुई महिनाको अवधिमा पेट्रोलियम पदार्थ आयातबाट कार्यालयले नौ अर्ब ८९ करोड राजस्व संकलन गरेको थियो। त्यस्तै चालु आवको दुई महिनामा पेट्रोलियम पदार्थबाट ११ ...
जेनजी आन्दोलनले लगानीकर्ताको मनोबल घट्यो : पाण्डे
अर्थ, समाचार

जेनजी आन्दोलनले लगानीकर्ताको मनोबल घट्यो : पाण्डे

नेपालअखबार,काठमाडौँ । नेपाल उद्योग परिसंघ (सीएनआई)का अध्यक्ष  वीरेन्द्रराज पाण्डेले जेनजी आन्दोलनले लगानीकर्ताको मनोबल घटेको बताएका छन् । आन्दोलनले निजी र सार्वजनिक संरचनाहरू ध्वस्त हुँदा लगानीकर्ताको मनोबल घटेको बताएका हुन् । नेपाल आर्थिक पत्रकार संघले मंगलबार आयोजना गरेको अर्थतन्त्र पुनरुत्थानको आगामी बाटो विषयक छलफल कार्यक्रममा बोल्दै पाण्डेले  कुल ग्राहस्थ उत्पादन (जीडीपी)को ५ प्रतिशत नोक्सान भएको जानकारी दिए । ‘उद्योगहरुमा कुल जीडीपीको ५ प्रतिशत असर पुगेको छ, लगानीकर्ताका लागि लगानीको सुरक्षा महत्त्वपूर्ण कुरा हो, लगानीकर्तालाई सुरक्षा दिनका लागि सरकारले काम गर्नुपर्छ । अब छिट्टै माथि उठ्नका लागि वित्त र मौद्रिक नीतिबाट केकस्तो सुविधा दिन सकिन्छ, सरकारले त्यसतर्फ ध्यान दिन आवश्यक छ,’ उनले भने उनले अब अल्पकालीन र दीर्घकालीन रणनीति बनाएर अगाडि बढ्नु पर्ने धारणा राखे । ठुला उद्य...
सुनको भाउ प्रतितोला २ लाख २१ हजार ७ सय रुपैयाँ
अर्थ, समाचार

सुनको भाउ प्रतितोला २ लाख २१ हजार ७ सय रुपैयाँ

नेपालअखबार, काठमाडौं । सुनको भाउ प्रतितोला २ लाख २१ हजार ७ सय रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि भाउ प्रतितोला २ लाख २१ हजार ७ सय रुपैयाँ निर्धारण गरेको हो । यो मूल्य हालसम्मकै उच्च हो । अघिल्लो दिनको तुलनामा आज ३ हजार ९ सय रुपैयाँ बढेको हो । अघिल्लो दिन २ लाख १७ हजार ८ सय रुपैयाँ थियो । विगत एक महिनामा सुनको भाउ करिब २६ हजार रुपैयाँ बढेको छ । भदौ ६ गते सुनको भाउ प्रतितोला १ लाख ९५ हजार ७ सय रुपैयाँ थियो । त्यस्तै अघिल्लो दिन २६५० रुपैयाँ रहेको चाँदी आज २६८० मा पुगेको छ । चाँदीको मूल्य पनि हालसम्मकै उच्च हो ।...
सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानका लागि ९ अर्ब ८० करोड निकासा
अर्थ, समाचार

सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानका लागि ९ अर्ब ८० करोड निकासा

नेपालअखबार, काठमाडौँ । सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान भुक्तानीका लागि अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैङ्कलाई रु ९ अर्ब ८० करोड निकासा गर्ने निर्णय गरेको छ । अर्थ मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेयका अनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमासको सहुलियतपूर्ण कर्जाको ब्याज भुक्तानीका लागि छुट्टाइएको रकम पहिलो त्रैमासमा निकासा गर्ने निर्णय मन्त्री स्तरबाट भएको हो । ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०८२ बमोजिम चालु आर्थिक वर्ष २०८२/८३ को स्वीकृत वार्षिक कार्यक्रममा सहुलियतपूर्ण कर्जा ब्याज प्रयोजनका लागि दोस्रो त्रैमासिक अवधिमा विनियोजित रकमलाई कार्यक्रम संशोधनमार्फत पहिलो त्रैमासिक कायम गरी विगत सात वटा त्रैमासमा उपलब्ध गराइएको कर्जाको ब्याज अनुदान नेपाल राष्ट्र बैङ्कलाई शोधभर्ना उपलब्ध गराउन आज अर्थमन्त्रिस्तरीय निर्णय भएको छ’, अर्थ मन्त्रालयद्वार...
अलैँचीको बजार मूल्यमा गिरावट
अर्थ, कृषि, समाचार

अलैँचीको बजार मूल्यमा गिरावट

झापा। नगदे बाली अलैँचीको बजार भाउमा गिरावट आएको छ । नेपाल अलैँची व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष दीपक नेपालले प्रमुख व्यापारिक केन्द्र बिर्तामोडमा शुक्रबार अलैँची प्रतिमन (४० किलो) विभिन्न ग्रेडअनुसार रु ८१ हजारदेखि रु ९२ हजारसम्ममा बिक्री भइरहेको बताए । सबैभन्दा राम्रो गुणस्तरको अलैँचीलाई ‘बोल्ड’ भनिन्छ । उनका अनुसार ‘बोल्ड’ अलैँचीको अहिलेको बजार भाउ प्रतिमन रु ९२ हजार रहेको छ । सामान्य गुणस्तरको अलैँची ‘चालु’ भनेर चिनिन्छ । जसको भाउ प्रतिमन रु ८१ हजार रहेको छ । मध्यम गुणस्तर अर्थात् ‘जेजे’ भनेर चिनिने अलैँचीको भाउ प्रतिमन रु ८४ हजार रहेको अध्यक्ष नेपालले जानकारी दिए । भदौ पहिलो साता अलैँचीको बजार मूल्य अकासिएको थियो । त्यसबेला प्रतिमन रु ९४ हजारसम्ममा अलैँची खरिद–बिक्री भएको थियो । दसैँको सङ्घारमा किसानले घरायसी गर्जो टार्नका लागि सानो मात्रामा अलैँची बजारमा बिक्री गर्न थाल...
वित्तीय प्रणालीमा २ खर्ब तरलता थुप्रिएपछि ९० अर्ब खिच्दै केन्द्रीय बैंक
अर्थ, समाचार

वित्तीय प्रणालीमा २ खर्ब तरलता थुप्रिएपछि ९० अर्ब खिच्दै केन्द्रीय बैंक

नेपालअखबार, काठमाडौं । नेपाल राष्ट्र बकैंले बिहीबार वित्तीय प्रणालीबाट ९० अर्ब तरलता खिच्ने भएको छ । प्रणालीमा २ खर्ब भन्दा धेरै तरलता भएपछि केन्द्रीय बैंकले निक्षेप संकलन मार्फत अधिक तरलता खिच्न लागेको हो । राष्ट्र बैंकका अनुसार वित्तीय प्रणालीमा बुधबारसम्ममा २ खर्ब ४ अर्ब तरलता रहेको छ । त्यसैले केन्द्रीय बैंकले १० दिन अवधिको निक्षेप संकलन उपकरण मार्फत ९० अर्ब अधिक तरलता खिच्ने भएको हो । उक्त निक्षेप संकलमा बैंक तथा वित्तीय संस्थाले आफ्नो अधिक तरलता केन्द्रीय बैंकलाई दिन सक्छन । यसमा केन्द्रीय बैंकले थोरै ब्याजदर माग्ने बैंक वित्तीय संस्थालाई प्राथमिकतामा राखेर बाँडफाँट गर्छ । हाल प्रणालीमा देखिएको अधिक तरलताको अवस्थामा निक्षेप संकलनको ब्याजदर घट्ने संकत गर्छ । केन्द्रीय बैंकले वित्तीय प्रणालीको तरलता अवस्था र अन्तर बैंक ब्याजदर व्यवस्थापनका लागि निक्षेप संकलन, स्थायी निक्षेप सुविधा लग...
नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ
अर्थ, समाचार

नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ

नेपालअखबार,काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा २ लाख १६ हजार १०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बिहीबार घटेर २ लाख १५ हजार २०० रुपैयाँ कायम भएको हो । यस्तै बिहीबार चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलामा २ हजार ५५० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार घटेर तोलामा २ हजार ५२० रुपैयाँ कायम भएको महासंघको भनाइ छ ।...
दशैंको दिनबाहेक सार्वजनिक बिदामा बैंक र भन्सार खुला राखिने
अर्थ, समाचार

दशैंको दिनबाहेक सार्वजनिक बिदामा बैंक र भन्सार खुला राखिने

नेपालअखबार, काठमाडौं । दशैंको दिन बाहेक अन्य सार्वजनिक बिदाका दिनमा बैंक तथा भन्सार खुला राखिने भएको छ । मंगलबार अर्थ मन्त्रालयमा निजी क्षेत्रका प्रतिनिधिसँगको छलफलमा अर्थसचिव घनश्याम उपाध्यायले सो जानकारी गराएका हुन् । उनले पहिरोका कारण अवरोध पुगेको तातोपानी नाका जोड्ने बाटो खुलाउन सरकारले प्यास गरिरहेको बताएका थिए । मंगलबार अर्थमन्त्री रामेश्वर खनालले मन्त्रालयमा निजी क्षेत्रका प्रतिनिधिमूलक संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिसँग छलफल गरेका थिए । छलफलमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श, नेपाल उद्योग परिसंघ, नेपाल अटो डिलर्स एसोसिएसन, चौधरी ग्रुप र भाटभटेनी ग्रुपसमेतका उद्योगी र व्यवसायी सहभागी थिए । सो क्रममा उद्योगी/व्यवसायीले कर सहुलियत, सहुलियतपूर्ण कर्जा, बीमा रकम यथाशीघ्र भुक्तानीको माग गरेका थिए । छलफलमा अर्थमन्त्री खनालले एकीकृत व्यापार पुनरुत्थान योजना ल्याउ...