Saturday, August 1

अर्थ

धरानको तरकारी बजारमा आगलागी : ११ पसल जले, ५२ लाखको क्षति
अर्थ, समाचार

धरानको तरकारी बजारमा आगलागी : ११ पसल जले, ५२ लाखको क्षति

नेपाल अखबार, इनरुवा । सुनसरीको धरान उपमहानगरपालिका–३ स्थित पालिका तरकारी बजारमा आगलागी हुँदा ५२ लाख ६३ हजार रुपैयाँ बराबरको क्षति भएको छ । विद्युत् चुहिएर भएको आगलागीमा परेर सोमबार बिहान ११ वटा पसल जलेर नष्ट हुँदा ५२ लाख ६३ हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । आगलागीमा फलफूल, तरकारी, कस्मेटिक, किराना पसल र होटल जलेर पूर्णरूपमा नष्ट भएको सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले बताए ।आगलागीमा परेर रमा चौहान खतिवडा, कल्पना तामाङ, ओसिन श्रेष्ठ, सविता खनाल लिम्बू, ज्ञानकुमार श्रेष्ठ, अनिता आचार्जु, नीरा निरौला, इन्दिरा श्रेष्ठलगायतको पसल र पसलमा भएका विभिन्न सामग्री, पैसा, फर्निचरका सामग्रीसमेत जलेर पूर्णरूपले नष्ट भएको हो । स्थानीयवासी, धरान उपमहानगरपालिकाको वारुणयन्त्र, नगर प्रहरी र जनपद प्रहरीले आगो नियन्त्रणमा लिएका थिए ।रासस...
सिटभर यात्रु राखेर बढी भाडा असुल्दै सार्वजनिक सवारी
अर्थ, समाचार

सिटभर यात्रु राखेर बढी भाडा असुल्दै सार्वजनिक सवारी

पूर्णप्रसाद मिश्र। कोरोना भाइरसबाट बच्न सार्वजनिक यातायातमा लागू गरिएको नियम यातायात व्यवसायीका लागि बढी भाडा असुल्न मात्र उपयोग भइरहेको यात्रुको गुनासो छ । बन्दाबन्दी खुलेसँगै बाहिर निस्कने मानिस बढ्न थालेका छन् । जसका कारण सार्वजनिक यातायातमा भीड बढ्दै छ । सिट क्षमताको आधामात्र यात्रु राख्न पाउने नियमको चालक परिचालकले पालना गरेका छैनन् । नियामक निकाय ट्राफिक प्रहरीले पनि यसतर्फ ध्यान नदिएको यात्रु नवराज भण्डारीले गुनासो गरे । यात्रु चढेर ओर्लेपछि छोटो दूरीमा पनि न्यूनतम् रु २५ भाडा लिइए पनि सिट क्षमताको आधा यात्रु नराखेको उनले बताए । सिट क्षमताको आधामात्र यात्रु राख्न नै ५० प्रतिशत बढी भाडा लिन पाउने व्यवस्था गरिएको हो । परिचालकले चढ्नेलाई नआऊ भन्न नसकिने भनी उत्तर दिने गरेको नेपाल यातायातमा यात्रा गरी झर्नुभएकी यात्रु पार्वती घोरासैनीले बताइन । सार्वजनिक सवारी सिटभर यात्रु भरिएर उभिरहेक...
सुनको मूल्य बढ्ने क्रम रोकिएन, तोलामा ९६ हजार ३०० पुग्यो
अर्थ, समाचार

सुनको मूल्य बढ्ने क्रम रोकिएन, तोलामा ९६ हजार ३०० पुग्यो

नेपाल अखबार, कनठमाडाैं । सुनको मूल्य लगातार बढ्दै गएको छ । मूल्य बढ्ने क्रममा आइतबार सुन तोलामा ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार कारोबारको अन्तिम दिन शुक्रबारको तुलनामा सुनको मूल्य आज तोलामा रु ५०० बढेको हो । महासंघले शुक्रबार सुनको मूल्य तोलामा ९५ हजार ८०० कायम गरेको थियो । यस्तै आइतबार तेजावी सुनको मूल्य ९५ हजार ८६० रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको मूल्य ११५५ रुपैयाँ प्रतितोलाका दरले कारोबार भएको छ ।...
कुखुरा फार्ममा पहिरो खस्यो, हजार कुखुरा मरे
अर्थ, कृषि, समाचार

कुखुरा फार्ममा पहिरो खस्यो, हजार कुखुरा मरे

नेपाल अखबार, बागलुङ। बागलुङ र म्याग्दी जिल्लाको सिमानास्थित रत्नेचौरको कुखुरा फार्ममा पहिरो खस्दा एक हजार कुखुरा मरेका छन्। अविरल वर्षापछि बिहीबार फार्ममाथिबाट गएको पहिरो र भेलका कारण पालुवा कृषि तथा पशु विकास फार्मका लेयर्स प्रजातिका एक हजारभन्दा बढी कुखुरा मरेको सञ्चालक मातृका शर्माले जानकारी दिए। रातको समयमा फार्ममाथिबाट आएको पहिरोले फार्मको एउटा भवनमा पूर्णरूपमा क्षति भएको छ भने अन्य पाँच भवनमा सामान्य क्षति पुगेको शर्माको भनाइ छ। लगातारको वर्षाले फार्ममाथिबाट पहिरो आउँदा कुखुरा फार्ममा क्षति पुगेपछि लगानी डुबेको शर्माले बताए। अण्डा दिँदै गरेका कुखुरा मर्दा रु १० लाख र भौतिक संरचनामा रु १५ लाखभन्दा बढी क्षति भएको शर्माले बताए। ‘पहिरोसँगै आएको माटोको लेदोले फार्ममा रहेका कुखुरा मरेका छन् भने भौतिकरूपमा ठूलो क्षति पु¥याएको छ’, शर्माले भने, ‘व्यावसायिकरूपमा अण्डा उत्पादन गरी अण्डामा आत्मन...
सुनको मूल्य फेरि बढ्यो, तोलामा ९४ हजार ५०० पुग्यो
अर्थ

सुनको मूल्य फेरि बढ्यो, तोलामा ९४ हजार ५०० पुग्यो

नेपाल अखबार, पाेखरा। नेपाली बजारमा सुनको मूल्य बढ्ने क्रम जारी रहेको छ । निरन्तर बढ्दो क्रममा रहेको सुनको मूल्य बिहीबार तोलामा ९४ हजार ५०० रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ९४ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार फेरि ५०० रुपैयाँले बढेर तोलामा ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । सुनको मूल्यमा यो हालसम्मै उच्च हो । बिहीबार तेजावी सुनको मूल्य भने तोलामा ९४ हजार ६५ रुपैयाँमा कारोबार भएको छ । यस्तै चाँदी तोलामा ११४५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । यसअघि बुधबार चाँदी तोलामा ११३५ रुपैयाँमा कारोबार भएको थियो ।...
अज्ञात समूहद्वारा वडा कार्यालयमा आगजनी
अर्थ, समाचार, समाज

अज्ञात समूहद्वारा वडा कार्यालयमा आगजनी

नेपाल अखबार,कञ्चनपुर । अज्ञात समूहले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ को वडा कार्यालयमा गए राति आगजनी गरेका छन् । आगजनीबाट वडा कार्यालयको प्रशासन कक्ष, सभा कक्ष र वडासचिवको कार्यकक्षमा क्षति पुगेको छ । कार्यालयका फर्निचर, सोफा, महत्वपूर्ण कागजात, कम्प्युटर, फोटोकपी मेसिन, कार्पेट पूरै जलेको वडाध्यक्ष जगतबहादुर सिंहले जानकारी दिए । कार्यालय भवनको मुख्य प्रवेशद्वारको ताला फुटाउन नसकेपछि झ्यालको सिसा फोरेर पेट्रोल छर्किइ आगजनी गरिएको छ उनले भने, “राष्ट्रिय परिचय पत्र वितरण गर्न ल्याइएका उपकरणमा समेत आगजनीबाट क्षति भएको छ ।” सुरक्षाकर्मीको टोली वडा कार्यालयमा भर्खरै पुगेको छ । के कति क्षति भएको छ । यकिन विवरण सङ्कलनको कार्य भइरहेको वडाध्यक्ष सिंहले बताए । रासस...
सुर्खेतमा मास्क प्रयोग नगर्नेबाट १ लाख राजश्व उठ्यो
अर्थ, समाचार

सुर्खेतमा मास्क प्रयोग नगर्नेबाट १ लाख राजश्व उठ्यो

नेपाल अखबार, सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले मास्क नलगाई हिँड्ने व्यक्तिलाई कारवाही गर्दा करीब रु एक लाख राजश्व सङ्कलन गरेको छ । कार्यालयले दुई साताका अवधिमा एक हजार ५९ जनालाई कारवाही गर्दा प्रतिव्यक्ति रु १०० का दरले रु एक लाख पाँच हजार ९०० राजश्व सङ्कलन गरेको हो । कोभिड १९– को सङ्क्रमण फैलिनबाट रोक्न गृह मन्त्रालयले असार २२ गते सबै जिप्रकालाई मास्क नलगाई बाहिर निस्कनेलाई रु १०० जरिवाना निर्देशन दिएको थियो । सरकारको निर्देशनानुसार प्रहरीले मास्क प्रयोग नगरी घर बाहिर निस्कनेबाट नगदी रसिद बुझाउँदै जरिवाना असूल गरेको हो । सुर्खेतका सहायक प्रजिअ भीमकान्त पौडेलले अटेरी गरी बाहिर निस्कनेलाई सङ्क्रामक रोग ऐन, २०२० बमोजिम कारवाहीस्वरुप जरिवाना तिराइएको बताए । यसैबीच जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले समेत लकडाउन उल्लङ्घन गर्ने ५८३ सवारी साधन नियन्त्रणमा लिई सवारीधनीलाई कारवाही ग...
बाढीका कारण काबेली करिडोरको १३२ मेगावाट विद्युत् उत्पादन बन्द
अर्थ, प्रविधि, समाचार

बाढीका कारण काबेली करिडोरको १३२ मेगावाट विद्युत् उत्पादन बन्द

नेपाल अखबार, काठमाडौं । अविरल भारी वर्षाका कारण खोला तथा नदीमा आएको बाढीका कारण इलाम, पाँचथर र ताप्लेजुङमा सञ्चालनमा रहेका अधिकांश जलविद्युत आयोजनाबाट विद्युत् उत्पादन बन्द भएको छ । काबेली करिडोर १३२ केभी प्रसारण लाइनमा तीन जिल्लामा सञ्चालनमा रहेका १७५ मेगावाट विद्युत् जोडिएको अहिले ४३ मेगावाट विद्युत् मात्रै प्रवाह भइरहेको छ । इलाममा रहेका जलविद्युत् आयोजनाबाट ९० मेगावाट विद्युत् उत्पादन भइरहेकोमा सोमबार दिउँसो १ बजेबाट विद्युत् उत्पादन बन्द भएको काबेली करिडोर प्रसारण लाइन आयोजनाका प्रमुख दीपेन्द्रराज दुवेदीले जानकारी दिए । त्यहाँ नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रका जलविद्युत आयोजनाहरु सञ्चालित छन् । यसैगरी, पाँचथरमा सञ्चालित विभिन्न आयोजनाहरुबाट ३७ मेगावाट विद्युत् उत्पादन भइरहेकोमा वर्षाका कारण ८ मेगावाट मात्रै उत्पादन भइरहेको छ । यसैगरी, पाँचथर र ताप्लेजुङको सीमामा पर्ने काबेलीमा ...
नेपाल एयरलाइन्सले किन बन्द गर्‍यो चिनियाँ जहाजबाट व्यावसायिक उडान ? (८ कारणसहित)
अर्थ, प्रशासन

नेपाल एयरलाइन्सले किन बन्द गर्‍यो चिनियाँ जहाजबाट व्यावसायिक उडान ? (८ कारणसहित)

नेपाल अखबार, काठमाडौं । नेपाल एयरलाइन्सले चिनियाँ जहाजहरुबाट व्यावसायिक उडान नगर्ने निर्णय गरेको छ । हाल निगमसँग ६ वटा चिनियाँ जहाज रहेकोमा कुनैबाट पनि मुनाफा आर्जन हुन नसकेपछि आगामी साउन १५ देखि व्यवसायिक उडान नै नगर्ने निर्णय लिएको हो । चिनियाँ जहाजको बिमा रकम अन्य जहाजहरुको भन्दा करिब ३५ प्रतिशत बढी रहेको, जहाज चलाउन पाइलटको अभाव रहेको, जहाजको स्पेयर पार्टस् महँगो रहेको जस्ता कारणले जहाज नचलाउने निर्णय भएको एयरलाइन्सले जनाएको छ । यस्तै जहाजको प्रशिक्षक पाइलट अभाव रहेको, स्टल रुटमा प्रस्तावित जहाजहरुमा २५ देखि ६७ प्रतिशतसम्म पेलोडरेष्टिट्रक्सन रहेको, इन्धन खर्च पनि बढीरहेको जस्ता ८ वटा कारण निगमले देखाएको छ । एयरलाइन्सलाई चिनियाँ ६ वटा जहाजबाट मात्रै आर्थिक वर्ष २०७१–७२ देखि आर्थिक वर्ष २०७५–७६ सम्म ५ आर्थिक वर्षमा १ अर्ब ९० करोड नोक्सान भएको जनाइएको छ । अब पनि सञ्चालन गर्दै जाँदा प्रतिव...
आइतबार कति छ अमेरिकी डलरदेखि कतारी रियालसम्मको विनिमयदर
अर्थ

आइतबार कति छ अमेरिकी डलरदेखि कतारी रियालसम्मको विनिमयदर

नेपाल अखबार, काठमाडौं  । नेपाल राष्ट्र बैंकले आइतबार (साउन ४) मा जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ७३ पैसा र बिक्रीदर १२० रुपैयाँ ३३ पैसा रहेको छ । यस्तै, युरो एकको खरिददर १३६ रुपैयाँ ७९ पैसा र बिक्रीदर १३७ रुपैयाँ ४८ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी, पाउण्ड एकको खरिददर १५० रुपैयाँ ३२ पैसा र बिक्रीदर १५१ रुपैयाँ ०८ पैसा रहेको छ । यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ०८ पैसा र बिक्रीदर २८ रुपैयाँ २२ पैसा रहेको छ। यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३३ रुपैयाँ ०५ पैसा रहेको छ । र, युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ६० पैसा र बिक्रीदर ३२ रुपैयाँ ७६  पैसा रहेको छ । तालिकामा विस्तृतमा हेर्नुहोस्ः...