Thursday, July 9

अर्थ

स्रोत नखुलेको साढे १९ लाख रुपैयाँसहित २ जना पक्राउ
अर्थ, समाचार

स्रोत नखुलेको साढे १९ लाख रुपैयाँसहित २ जना पक्राउ

नेपाल अखबार, जनकपुर । प्रहरीले महोत्तरीबाट स्रोत नखुलेको १९ लाख ५० हजार रुपैयाँसहित शुक्रबार २ जनालाई नियन्त्रणमा लिएको छ । सदरमुकाम जलेश्वर नगरपालिका २ जिरोमाइलबाट मोटसाइकलमा सवार उनीहरुलाई पक्राउ गरिएको महोत्तरीका प्रहरी प्रवक्ता प्रकाश बिष्टले जानकारी दिए । पक्राउ पर्नेमा प्रदेश २–०२–००१ प ०४८८ नम्बरको मोटरसाइकलमा सवार महोत्तरीकै लोहापट्टी नगरपालिका १ बगडा बस्ने २४ वर्षीय रविन यादव र सोही ठाउँका २८ वर्षीय राम ईश्वर यादव छन् । जलेश्वरबाट जनकपुरधामतर्फ जाँदै गरेका उनीहरुलाई नियमित चेकजाँचमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा मोटरसाइकल चालक रविनको साथबाट रू. १००० को १६ सय ७५ वटा नोट र रू. ५०० को ५५० वटा नोट गरी रू.१९ लाख ५० हजार बरामद भएको प्रबक्ता बिष्टले बताए । उनका अनुसार दुवैलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।...
सञ्चालनमा आए सौराहाका होटल
अर्थ, समाचार

सञ्चालनमा आए सौराहाका होटल

नेपाल अखबार, भरतपुर ।  पर्यटकीय नगरी सौराहाका होटल तथा रेष्टुराँ स्वास्थ्य सावधानी र छुट प्याकेजसहित सञ्चालनमा आएछन् । आन्तरिक पर्यटकलाई लक्षित गरी व्यवसायीले छुट प्याकेजको घोषणा सहित करिव चारमहिनापछि  सञ्चालनमा ल्याएका हुन् । क्षेत्रीय होटल सङ्घ सौराहाले एक सूचना जारी गर्दै सरकारले दिएको निर्देशन र नियम पालना गरेर होटल व्यवसाय सञ्चालन गर्न सम्पूर्ण व्यवसायीमा आग्रह गरेको थियो । व्यवसायी सोही सूचनाअनुरुप होटल सरसफाइ र स्वास्थ्य सावधानीका उपाय अवलम्बन गर्ने तयारीमा जुटेका छन् । होटल सञ्चालन गर्दा सबै होटलले अनिवार्यरुपमा कोभिड–१९ सम्बन्धी आवश्यक जानकारी सूचना टाँस गर्ने, सम्पूर्ण पर्यटकको ज्वरो जाँच, हातधुने र स्यानेटाइजरको व्यवस्था गर्नुपर्ने सङ्घले जनाएको छ । यस्तै पर्यटकलाई अनिवार्य मास्क प्रयोग गर्न लगाउने, सम्पूर्ण पर्यटकको फोन नम्बरसहित सम्पूर्ण विवरण राख्नुपर्ने, १०० डिग्रीभन्दा ब...
१५ गतेदेखि खुल्ने भयो सौराहा
अर्थ, समाचार

१५ गतेदेखि खुल्ने भयो सौराहा

नेपाल अखबार, चितवन । लकडाउनका कारण बन्द भएको सौराहाको पर्यटकीय गतिविध करिब चार महिनापछि सञ्चालनमा आउने भएको छ । सरकारले साउन १५ गतेदेखि विषेश सतर्कता अपनाएर होटललगायत पर्यटकीय गतिविधि सञ्चालन गर्न सकिने भनेकोले सोही दिनदेखि सौराहा पनि सञ्चालन गर्ने निर्णय गरिएको क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराईले जानकारी दिए । मंगलबार बिहान सौराहामा बसेको व्यवसायीहरुको बैंठकले बिस्तारै सबैखाले पर्यटकीय गतिविधि सावधानी अपनाएर सञ्चालन गर्ने निर्णय गरेको हो । सौराहामा होटललगायत अन्य पर्यटकीय गतिविधि सञ्चालन गर्ने तयारी भएपछि अहिले होटल सरसफाइ, हात्ती सफारी, ढुंगा र जीप सफारीलगायतका पर्यटकीय गतिविधि पनि सञ्चालन गर्ने तयारी व्यवसायीको छ । बर्खाको सिजन भएकोले अपेक्षितरुपमा पर्यटक नआउने भए पनि सौराहा खुल्यो भन्ने सन्देश महत्वपूर्ण हुने अध्यक्ष भट्टराईले बताए । ‘अहिले त पर्यटकीय सिजन पनि हैन, अर्क...
सुन तोलाको ९८ हजारमाथि
अर्थ

सुन तोलाको ९८ हजारमाथि

नेपाल अखबार, पाेखरा । सुनको भाउले मंगलबार पनि नयाँ रेकर्ड कायम गरेको छ । लगातार उकालो लागिरेको सुनको मूल्य आज तोलाको ९८ हजार २ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुन तोलाको ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । मंगलबार तोलामा ७ सय रुपैयाँ बढेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ मंगलबार प्रति औंस १३ डलरले वृद्धि भएको छ । अब सुनको भाउ केही दिनमै  तोलामा लाख कट्ने अवस्था देखिएको महासंघका पदाधिकारी बताउँँछन् । चाँदी मंगलबार तोलामा ३५ रुपैयाँ बढेको छ । तोलाको १२ सय ४५ रुपैयाँमा चाँदी कारोबार हुँदैछ ।...
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल : ६२ प्रतिशत काम सम्पन्न,  ‘डेडलाइन मिट’ गर्न मुश्किल
अर्थ, प्रदेश ४, समाचार, हाइलाइट-समाचार

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल : ६२ प्रतिशत काम सम्पन्न, ‘डेडलाइन मिट’ गर्न मुश्किल

नेपाल अखबार, पाेखरा। तोकिएको मितिभन्दा छ महिनाअघि सम्पन्न गर्ने लक्ष्य राखिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कोभिड–१९ का कारणले प्रभावित बनेको छ । सन् २०२१ जुलाई १० को ‘डेडलाइन’ भन्दा अघि नै सम्पन्न गर्ने गरी विगत वर्षमा भौतिक प्रगति भए पनि यस वर्ष कोरोनाका कारणले काम प्रभावित भएपछि निर्धारित मितिभित्रमा सम्पन्न गर्ने नयाँ लक्ष्य राखिएको छ । बन्दाबन्दीमा विमानस्थलको काम नरोकिए पनि पूर्ण जनशक्ति र क्षमताका साथ काम नहुँदा छ महिनाअगावै काम सक्ने लक्ष्य हासिल हुन नसक्ने पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाले जनाएको छ । विगतमा ५०० हाराहारीमा नेपाली तथा चिनियाँ कामदार विमानस्थल निर्माणमा खटिने गरेकामा हाल चिनियाँ २४४ तथा नेपाली १०० मजदुरले मात्र काम गरिरहेका छन् । आयोजनामा आउनुपर्ने २०० चिनियाँ कामदार हवाई उडान बन्द हुँदा आउन नसकेको र लामो समय निर्माण सामग्री सीमानाकामा र...
पेट्रोलियम पदार्थको मूल्य बढाउने निगमको तयारी
अर्थ, समाचार

पेट्रोलियम पदार्थको मूल्य बढाउने निगमको तयारी

नेपाल अखबार, काठमाडाैं।अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य आकासिएको भन्दै नेपाल आयल निगमले मूल्य बढाउने तयारी गरेको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेसँगै भारतमा डिजेलको भाउ दिनप्रति दिन बढेपछि अगष्टमा मूल्य बढाउने तयारी भएको जनाइएको छ । भारतमा डिजेलको मूल्य बढ्दा प्रत्यक्ष असर नेपालमा पर्न थालेपछि निगमलाई पेट्रोल, डिजेल लगायतका पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्नुपर्ने दबाब बढेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । उनका अनुसार अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य आकासिनु, भारतसँग सीमा जोडिएका नाकामा मूल्यान्तर बढेर जानु, निगमको घाटा एकपछि अर्को बढेर जानु, विगतमा अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा नेपालले स्वचालित मूल्य समायोजन नगर्नु जस्ता कारणले निगम मूल्य बढाउनैपर्ने दबाबमा पुगेको हो । पेट्रोलियम पदार्थमा अन्तर्राष्ट्रिय बज...
चितवनमा खुल्यो बजारः भएन व्यापार
अर्थ, समाचार

चितवनमा खुल्यो बजारः भएन व्यापार

नेपाल अखबार, चितवन । लकडाउन खुलेर बजारमा चहलपहल शुरु भयो । तर व्यापार हुन नसकेको व्यवसायीहरुले गुनासो गरेका छन् । पसल खुलेपनि ग्राहक नआएको उनीहरुको गुनासो छ ।  लामो लकडाउनका कारण यस वर्षको असार मसान्तमा गरिने हिसाब मिलानसमेत हुन सकेको छैन । उधारो उठ्न नसकेको र सामान थप गर्न नगद किन्नुपर्ने बाध्यता भएको व्यवसायीहरुले बताएका छन् । नारायणगढको पुल्चोकमा रहेको शुभकामना इलेक्ट्रोनिक्सका सञ्चालक सूर्यभक्त अधिकारी पहिलेको तुलनामा २५ प्रतिशत पनि व्यापार नभएको बताउँछन् । आम्दानीको स्रोत घटेको र कोरोनाको त्रासका कारण ग्राहक कम भएको उनको भनाइ छ । मध्यम र न्यूनस्तरका ग्राहकहरुको आम्दानी नहुँदा बजार प्रभावित भएको अधिकारी बताउँछन् । सञ्जु एयर कन्डिशन नारायणगढका सञ्चालक विष्णु कँडेल १० प्रतिशत पनि व्यापार नभएको बताउँछन् । उनले भने, “अत्यावश्यक क्षेत्रमा बाहेक अन्यत्र व्यापार हुन सकेको छैन ।” फेन्सी व्यवसा...
धरानको तरकारी बजारमा आगलागी : ११ पसल जले, ५२ लाखको क्षति
अर्थ, समाचार

धरानको तरकारी बजारमा आगलागी : ११ पसल जले, ५२ लाखको क्षति

नेपाल अखबार, इनरुवा । सुनसरीको धरान उपमहानगरपालिका–३ स्थित पालिका तरकारी बजारमा आगलागी हुँदा ५२ लाख ६३ हजार रुपैयाँ बराबरको क्षति भएको छ । विद्युत् चुहिएर भएको आगलागीमा परेर सोमबार बिहान ११ वटा पसल जलेर नष्ट हुँदा ५२ लाख ६३ हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । आगलागीमा फलफूल, तरकारी, कस्मेटिक, किराना पसल र होटल जलेर पूर्णरूपमा नष्ट भएको सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले बताए ।आगलागीमा परेर रमा चौहान खतिवडा, कल्पना तामाङ, ओसिन श्रेष्ठ, सविता खनाल लिम्बू, ज्ञानकुमार श्रेष्ठ, अनिता आचार्जु, नीरा निरौला, इन्दिरा श्रेष्ठलगायतको पसल र पसलमा भएका विभिन्न सामग्री, पैसा, फर्निचरका सामग्रीसमेत जलेर पूर्णरूपले नष्ट भएको हो । स्थानीयवासी, धरान उपमहानगरपालिकाको वारुणयन्त्र, नगर प्रहरी र जनपद प्रहरीले आगो नियन्त्रणमा लिएका थिए ।रासस...
सिटभर यात्रु राखेर बढी भाडा असुल्दै सार्वजनिक सवारी
अर्थ, समाचार

सिटभर यात्रु राखेर बढी भाडा असुल्दै सार्वजनिक सवारी

पूर्णप्रसाद मिश्र। कोरोना भाइरसबाट बच्न सार्वजनिक यातायातमा लागू गरिएको नियम यातायात व्यवसायीका लागि बढी भाडा असुल्न मात्र उपयोग भइरहेको यात्रुको गुनासो छ । बन्दाबन्दी खुलेसँगै बाहिर निस्कने मानिस बढ्न थालेका छन् । जसका कारण सार्वजनिक यातायातमा भीड बढ्दै छ । सिट क्षमताको आधामात्र यात्रु राख्न पाउने नियमको चालक परिचालकले पालना गरेका छैनन् । नियामक निकाय ट्राफिक प्रहरीले पनि यसतर्फ ध्यान नदिएको यात्रु नवराज भण्डारीले गुनासो गरे । यात्रु चढेर ओर्लेपछि छोटो दूरीमा पनि न्यूनतम् रु २५ भाडा लिइए पनि सिट क्षमताको आधा यात्रु नराखेको उनले बताए । सिट क्षमताको आधामात्र यात्रु राख्न नै ५० प्रतिशत बढी भाडा लिन पाउने व्यवस्था गरिएको हो । परिचालकले चढ्नेलाई नआऊ भन्न नसकिने भनी उत्तर दिने गरेको नेपाल यातायातमा यात्रा गरी झर्नुभएकी यात्रु पार्वती घोरासैनीले बताइन । सार्वजनिक सवारी सिटभर यात्रु भरिएर उभिरहेक...
सुनको मूल्य बढ्ने क्रम रोकिएन, तोलामा ९६ हजार ३०० पुग्यो
अर्थ, समाचार

सुनको मूल्य बढ्ने क्रम रोकिएन, तोलामा ९६ हजार ३०० पुग्यो

नेपाल अखबार, कनठमाडाैं । सुनको मूल्य लगातार बढ्दै गएको छ । मूल्य बढ्ने क्रममा आइतबार सुन तोलामा ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार कारोबारको अन्तिम दिन शुक्रबारको तुलनामा सुनको मूल्य आज तोलामा रु ५०० बढेको हो । महासंघले शुक्रबार सुनको मूल्य तोलामा ९५ हजार ८०० कायम गरेको थियो । यस्तै आइतबार तेजावी सुनको मूल्य ९५ हजार ८६० रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको मूल्य ११५५ रुपैयाँ प्रतितोलाका दरले कारोबार भएको छ ।...