Wednesday, June 24

कर्पोरेट

कुवेत एयरवेजले फेरि काठमाडौं उडान गर्ने
कर्पोरेट, समाचार

कुवेत एयरवेजले फेरि काठमाडौं उडान गर्ने

नेपालअखबार, काठमाडौं । कुवेत एयरवेजले काठमाडौं उडान पुन: सुरु गर्ने भएको छ । कुवेत-काठमाडौं-कुवेत रुटमा साताको दुई उडान गर्ने गरी उडान पुन: सुरु गर्न लागिएको कुवेत एयरवेजले जनाएको छ । पश्चिम एसिया युद्धका कारण कुवेत-काठमाडौं उडान रोकिएको थियो । कुवेतले मंगलबार र बिहीबार गरी सातामा दुई उडान तालिका सार्वजनिक गरेको छ । कुवेतले आफ्नो वेबसाइटमा राखेको मूल्य अनुसार काठमाडौं-कुवेत रुटको भाडा न्यूनतम ९ सय ११ अमेरिकी डलर (१ लाख ४० हजार रुपैयाँ हाराहारी) एकतर्फी भाडा तय गरिएको छ । कुवेत धेरै नेपाली कामदार रहेका देशमध्ये एक हो । त्यहाँबाट कुवेत र जजिरा एयरवेजले नियमित काठमाडौं उडान गर्दै आएका थिए । पश्चिम एसिया युद्धले उडान प्रभावित बनेसँगै कुवेतसँगको हवाई सम्पर्क समेत टुटेको थियो ।...
भन्सार शुल्कपछि अमेरिकामा जर्मन उत्पादन महँगिए
कर्पोरेट, समाचार, समाज

भन्सार शुल्कपछि अमेरिकामा जर्मन उत्पादन महँगिए

नेपालअखबार,अमेरिका । अमेरिकाले लगाएको उच्च भन्सार शुल्कका कारण बढेको आयात लागतको असर अहिले प्रत्यक्ष रूपमा अमेरिकी उपभोक्तामाथि पर्न थालेको छ । अमेरिकामा सञ्चालनमा रहेका अधिकांश जर्मन कम्पनीहरूले अतिरिक्त लागत धान्न आफ्ना उत्पादन तथा सेवाको मूल्य वृद्धि गरेका छन् । जर्मन उद्योग तथा वाणिज्य मण्डलद्वारा शुक्रबार सार्वजनिक गरिएको एक विस्तृत सर्वेक्षणअनुसार अमेरिकामा व्यवसाय गरिरहेका दुई तिहाइभन्दा बढी जर्मन कम्पनीहरूले अमेरिकी भन्सार नीतिका कारण उत्पन्न अतिरिक्त खर्च ग्राहकबाटै असुल गर्न मूल्य बढाउने रणनीति अपनाएका हुन् । उक्त सर्वेक्षणमा विश्वभर सञ्चालनमा रहेका चार हजार ५०० भन्दा बढी जर्मन कम्पनी सहभागी थिए । सर्वेक्षणले अमेरिकी व्यापार नीति, भन्सार शुल्क तथा नीतिगत अनिश्चितता अझै पनि विदेशी कम्पनीहरूका लागि प्रमुख व्यावसायिक चुनौती बनेको देखाएको छ । प्रतिवेदनअनुसार गत वर्ष अमेरिकाल...
सहकारी पीडितले घेरे बागमती प्रदेश सहकारी रजिष्ट्रार कार्यालय
कर्पोरेट, समाचार, समाज

सहकारी पीडितले घेरे बागमती प्रदेश सहकारी रजिष्ट्रार कार्यालय

नेपालअखबार, काठमाडौं । सहकारी पीडितहरूले बागमती प्रदेश सहकारी रजिष्ट्रारको कार्यालय घेराउ गरेका छन् । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघको नेतृत्वमा सहकारी पीडितहरूले बुधबार कार्यलय घेराउ गरेका हुन् । देउराली सहकारीसहित अन्य सहकारी पीडतहरूले सहकारीलाई समस्याग्रस्त घोषणा गरी आफूहरूको बचत फिर्ता दिलाउन माग गर्दै कार्यलयमा दबाब दिएका छन् । सहकारी पीडितहरूले बाग्मति प्रदेशमा रहेका १६ वटा सहकारीलाई समस्याग्रस्त घोषणा गर्न माग गरेका छन् ।पीडितहरूले कार्यलयमा पटक-पटक ध्याकर्षण गराउँदा पनि माग सम्बोधन नभएको भन्दै कर्मचारीहरूसँग आक्रोश व्यक्त गरेका छन् ।...
इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ पाण्डे पक्राउ
कर्पोरेट, प्रशासन, समाचार

इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ पाण्डे पक्राउ

नेपालअखबार,काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सीआईबीले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ ज्योति प्रकाश पाण्डेलाई पक्राउ गरेको छ । उनलाई सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ६ बसपार्कबाट यही वैशाख २९ गते राति करिब ८ बजे पक्राउ गरेको सीआई प्रवक्ता शिव कुमार श्रेष्ठले जानकारी दिए । पक्राउ गरेर उनलाई काठमाडौं ल्याइएको छ । उनीमाथि स्मार्ट सेलको सम्पत्ति गैरकानुनी रूपमा लिलामी गर्ने कार्यमा संलग्न भएको आरोप छ । काठमाडौंको रक्तकाली ठेगाना भई ललितपुरको मानभवन बस्दै आएका ६३ वर्षीय पाण्डेविरुद्ध मुलुकी अपराध संहिताको ठगी तथा आपराधिक विश्वाघातको कसुरमा अनुसन्धान अघि बढाइएको सीआईबीका प्रवक्ता एवम् एसएसपी श्रेष्ठले बताए ।...
सुन तोलामा ५ हजार ८ सय रुपैयाँ बढ्यो
कर्पोरेट, समाचार

सुन तोलामा ५ हजार ८ सय रुपैयाँ बढ्यो

नेपालअखबार,काठमाडौं । बुधबार सुनचाँदीको भाउ बढेको छ । सुनको भाउ तोलामा ५ हजार ८ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको भाउ प्रतितोला २ लाख ९६ हजार ८ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९१ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो । त्यस्तै गत बुधबार २ लाख ९४ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।चाँदीको भाउ आज तोलामा १७५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ८८० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार ५५ रुपैयाँ पुगेको छ । गत बुधबार चाँदी प्रतितोला ४ हजार ९१५ रुपैयाँमा कारोबार भएको थियो ।...
कच्चा तेलको मूल्य चार वर्षयताकै उच्च
कर्पोरेट, विश्व, समाचार

कच्चा तेलको मूल्य चार वर्षयताकै उच्च

नेपालअखबार,काठमाडौं । अमेरिका र इजरायलले इरानमा आक्रमण सुरु गरेपछि जारी तनावका कारण कच्चा तेलको मूल्य चार वर्षयताकै उच्च भएको छ । ताजा आकडा अनुसार कच्चा तेलको मूल्य ११९.७६ डलर प्रतिब्यारेल पुगेको छ । यो सन् २०२२ को जुन महिनायताकै सबैभन्दा उच्च मूल्य हो । रुस–युक्रेन युद्धका कारण सन् २०२२ को फेब्रुअरी–मार्च तिर कच्चा तेलको मूल्य बढेर करिब १३० डलर प्रतिब्यारेलसम्म पुगेको थियो । द गार्जियनका अनुसार कच्चा तेलको मूल्य अहिले उच्च हुनुमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो अभिव्यक्ति पनि एक कारण हो । ट्रम्पले इरानका बन्दरगाहहरुमा सैन्य नाकाबन्दी जारी राख्ने अभिव्यक्ति दिएका थिए । ट्रम्पले इरान आफ्नो परमाणु बन्द गर्ने सम्झौताका लागि तयार नभएसम्म नाकाबन्दी जारी रहने बताएका छन् । यसको सिधा असर स्ट्रेट अफ होर्मुज समुद्री मार्गमा परेको छ । इरान नियन्त्रित स्ट्रेट अफ होर्मुज विश्वभर ...
पेट्रोलियम पदार्थ आयातबाट साठी अर्ब अठतीस करोड राजस्व सङ्कलन
कर्पोरेट, समाचार

पेट्रोलियम पदार्थ आयातबाट साठी अर्ब अठतीस करोड राजस्व सङ्कलन

नेपालअखबार,पर्सा । चालु आर्थिक वर्षको प्रथम नौ महिनामा पेट्रोलियम पदार्थ आयातबाट रु ६० अर्ब ३८ करोड राजस्व सङ्कलन भएको छ । गत आवको सोही अवधिमा रु ५७ अर्ब ५३ करोड राजस्व प्राप्त भएको थियो । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार वीरगञ्ज नाकाबाट उक्त अवधिमा रु एक खर्ब ४८ अर्ब १६ करोड बराबरका पाँच किसिमका पेट्रोलियम पदार्थ आयात गरेर उक्त रकम राज्यकोषमा दाखिला भएको हो ।उक्त अवधिमा आठ लाख आठ हजार सात सय ४५ किलोलिटर डिजेल, तीन लाख ५९ हजार आठ सय ४६ किलोलिटर पेट्रोल २२ करोड ४८ लाख ७५ हजार दुई सय ६६ किलोग्राम एपपी ग्यास आयात भएको छ ।...
तोलामा २ हजार २ सय रुपैयाँ घट्यो सुन
कर्पोरेट, समाचार

तोलामा २ हजार २ सय रुपैयाँ घट्यो सुन

नेपालअखबार,काठमाडौं । शुक्रबार सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ प्रतितोला २ हजार २ सय रुपैयाँ र चाँदी ७५ रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिनका लागि महासंघले सुनको भाउ प्रतितोला २ लाख ९६ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९८ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । गत शुक्रबार सुनको भाउ प्रतितोला २ लाख ९९ हजार ८ सय रुपैयाँ थियो ।त्यस्तै आज चाँदीको भाउ प्रतितोला ७५ रुपैयाँ घटेसँगै ४ हजार ९४५ रुपैयाँ छ । अघिल्लो दिन ५ हजार २० रुपैयाँ थियो । गत शुक्रबार चाँदी ५ हजार १३० रुपैयाँमा कारोबार भएको थियो ।...
लागत बढेको भन्दै पिउने पानीको मूल्य बढाउने महासंघको घोषणा
कर्पोरेट, समाचार, समाज

लागत बढेको भन्दै पिउने पानीको मूल्य बढाउने महासंघको घोषणा

नेपालअखबार,काठमाडौँ । नेपाल पानी उद्योग महासंघले प्रशोधित पिउने पानीको मूल्य समायोजन (वृद्धि) गर्ने निर्णय गरेको छ । कच्चा पदार्थको मूल्यमा भएको भारी वृद्धि र ढुवानी खर्च बढेका कारण पुरानै मूल्यमा उद्योग सञ्चालन गर्न नसकिने भन्दै महासंघले मूल्य बढाउने निर्णय गरेको हो । आज एक प्रेस विज्ञप्ति जारी गर्दै महासंघले हाल पानी उद्योगमा प्रयोग हुने बोतल, क्याप, र्‍यापिङ रोल, जार र जार क्याप लगायतका कच्चा पदार्थको मूल्यमा करिब ४० प्रतिशतसम्म वृद्धि भएको जनाएको छ । साथै, पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण ढुवानी लागत पनि उल्लेख्य रूपमा बढेको महासंघको भनाइ छ । पछिल्लो समय विकसित अन्तर्राष्ट्रिय परिस्थिति, विशेषगरी इरान–इजरायल तनाव र इरान–अमेरिका सम्बन्धका कारण विश्व बजार र आपूर्ति प्रणालीमा परेको प्रभावले नेपालका पानी उद्योगहरू समेत प्रत्यक्ष प्रभावित भएको महासंघले उल्लेख गरेको छ । विज्ञप्ति...
नेपाल टेलिकमको नयाँ वर्ष अफर : ४९९ रुपैयाँमै महिनाभर अनलिमिटेड डाटाको सुविधा
कर्पोरेट, समाचार

नेपाल टेलिकमको नयाँ वर्ष अफर : ४९९ रुपैयाँमै महिनाभर अनलिमिटेड डाटाको सुविधा

नेपालअखबार,काठमाडौँ । नयाँ वर्ष २०८३ को उल्लाससँगै नेपाल टेलिकमले आफ्ना ग्राहकका लागि आकर्षक 'न्यु इयर अफर' सार्वजनिक गरेको छ। सरकारी स्वामित्वको यस दूरसञ्चार कम्पनीले प्रिपेड तथा पोस्टपेड मोबाइल प्रयोगकर्तालाई लक्षित गर्दै विशेष डाटा प्याकेजहरू ल्याएको हो। कम्पनीले यसपटक 'न्यु इयर लाइट' र 'न्यु इयर प्रिमियम' गरी दुई विकल्प अगाडि सारेको छ, जसले प्रयोगकर्तालाई उच्च गतिको इन्टरनेट अनुभव दिने अपेक्षा गरिएको छ। टेलिकमका अनुसार 'न्यु इयर लाइट' प्याकेज अन्तर्गत ग्राहकले ४९९ रुपैयाँमा ३० दिनसम्म प्रतिदिन ५ जीबी डाटा चलाउन पाउनेछन्। तोकिएको दैनिक ५ जीबीको सीमा सकिए पनि इन्टरनेट काटिने छैन, बरु २ एमबीपीएसको गतिमा महिनाभर अनलिमिटेड डाटा प्रयोग गर्न सकिने सुविधा दिइएको छ। त्यसैगरी, अलि बढी डाटा खपत गर्नेहरूका लागि 'न्यु इयर प्रिमियम' प्याकेज ल्याइएको छ। ६९९ रुपैयाँ पर्ने यस प्याकेजमा प्रतिदिन १...