Saturday, October 10

कर्पोरेट

इन्धनको मूल्य घटेसँगै हवाई भाडा समायोजन
कर्पोरेट, समाचार

इन्धनको मूल्य घटेसँगै हवाई भाडा समायोजन

नेपालअखबार, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई इन्धनको मूल्य घटेसँगै हवाई भाडा समायोजन गरेको छ । हवाई भाडामा जोडिने ‘फ्यूल सरचार्ज’ समायोजन गरी नयाँ मूल्य कायम गरिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले सबै वायुसेवा कम्पनीलाई पत्र लेखी सो बारे जानकारी समेत गराएको छ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्यमा प्रतिलिटर ४० रुपैयाँ कटौती गरेको थियो । घटेको भाडादर बुधबारबाटै लागु हुने समेत प्राधिकरणले जनाएको छ । नयाँ दर अनुसार हवाई भाडामा फ्यूल सरचार्ज अधिकतम २३ सय ३५ रुपैयाँसम्म घटेको छ । नेपालगन्ज-भद्रपुर रुटमा यसअघि १५ हजार ७२५ रहेको फ्यूल सरचार्ज अब १३ हजार ३९० रुपैयाँमा झरेको छ । काठमाडौं-धनगढी रुटमा यसअघि ११ हजार ८८५ रुपैयाँ रहेको फ्यूल सरचार्ज अब १० हजार १२० रुपैयाँमा झरेको छ । काठमाडौं–सुर्खेत रुटमा ९ हजार २९५ रुपैयाँ रहेको इन्धनको भाडा अब ७ हजार ९१५ रुपैयाँमा झरेको छ । काठ...
प्रदूषण नियन्त्रण गर्न दिल्ली सरकारले विद्युतीय सवारी खरिदमा कर छुट
कर्पोरेट, प्रशासन, समाचार

प्रदूषण नियन्त्रण गर्न दिल्ली सरकारले विद्युतीय सवारी खरिदमा कर छुट

नेपालअखबार,नयाँ दिल्ली । भारतको राजधानी दिल्लीमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले सरकारले नयाँ विद्युतीय सवारी (ईभी) नीति सार्वजनिक गरेको छ। वायु प्रदूषणको समस्यालाई गम्भीरतापूर्वक लिँदै दिल्ली सरकारले विद्युतीय सवारीको प्रयोगलाई बढावा दिन आकर्षक छुट र प्रतिबन्धको घोषणा गरेको हो। ३० लाखसम्मका कारमा शतप्रतिशत कर छुट नयाँ नीतिअनुसार ३० लाख भारतीय रुपैयाँसम्म मूल्य पर्ने विद्युतीय कार खरिद गर्दा अब सडक दस्तुर र दर्ता शुल्क लाग्ने छैन। सरकारले यी दुवै शुल्कमा शतप्रतिशत छुट दिने निर्णय गरेको छ। मन्त्रिपरिषद्बाट स्वीकृत भइसकेको यो नीति आगामी जुलाई १ देखि कार्यान्वयनमा आउनेछ। दिल्ली सरकारले सन् २०३० को मार्च महिनासम्ममा सहरलाई पूर्ण रूपमा प्रदूषणमुक्त बनाउने महत्त्वाकांक्षी लक्ष्य राखेको छ। यसका लागि सरकारले आगामी चार वर्षभित्र १५० अर्ब भारतीय रुपैयाँ लगानी गर्ने प्रतिबद्धता...
एकैदिन तोलामा साढे १० हजार रुपैयाँ घट्यो सुन
कर्पोरेट, समाचार

एकैदिन तोलामा साढे १० हजार रुपैयाँ घट्यो सुन

नेपालअखबार,काठमाडौं । शुक्रबार एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८६ हजार ७ सय रुपैयाँ तय गरेको छ । अघिल्लो दिन २ लाख ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । गत शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ९२ हजार रुपैयाँ थियो ।त्यस्तै चाँदी आज तोलामा ३०५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ९४५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ६४० रुपैयाँमा कायम भएको छ । गत शुक्रबार चाँदीको भाउ प्रतितोला ४ हजार ८४० रुपैयाँ थियो ।...
आजदेखि  ५०० दरका नयाँ नोट चलनचल्तीमा
कर्पोरेट, समाचार

आजदेखि ५०० दरका नयाँ नोट चलनचल्तीमा

नेपालअखबार, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजदेखि पाँच सय दरका नयाँ नोट चलनचल्तीमा ल्याएको छ । गभर्नर प्रा.डा. विश्वनाथ पौडेलको दस्तखत रहेका नयाँ नोट साविककै आकार र रंगमा छन् । राष्ट्र बैंकले संकेत नम्बर झ३८ ०००००१ देखि ट ८३ ९९९९९९ सम्मका नोट चलनचल्तीमा ल्याएको जनाएको छ । नेपाली नोटको नम्बरिङ प्रणालीमा संकतका अक्षरहरू क, ख, ग गर्दै अगाडि बढ्छन् । यहाँ प्रयोग भएका संकेतहरू: झ, ञ, ट हुन् र प्रत्येक अक्षर भित्र ०००००१ देखि ९९९९९९ सम्म ९ लाख ९९ हजार ९९९ थान (करिब १० लाख) नोटहरू छापिन्छन् । यस हिसाबले राष्ट्र बैंकले जारी गरेको सूचना अनुसार पाँच सय रुपैयाँका कुल ३० लाख थान नयाँ नोटहरू चलनचल्तीमा ल्याइएको हो ।  यसअघि नेपाल राष्ट्र बैंकले २०७८ पुस ९ गतेदेखि ५०० रुपैयाँ दर (२०२० सिरिज)का २ लाख ४८ हजार थान नोट चलनचल्तीमा ल्याएको थियो । यस्ता छन् नयाँ नोटका विशेषता नयाँ नोटको अग्...
तीन महिना यताकै धेरै बिन्दुले घट्यो कच्चा तेलको भाउ
कर्पोरेट, विश्व, समाचार

तीन महिना यताकै धेरै बिन्दुले घट्यो कच्चा तेलको भाउ

नेपालअखबार,काठमाडौँ । अमेरिका र इरानबीच सम्झौता हुने भएपछि कच्चा तेलको मूल्य तीन महिना यताकै कम बिन्दुले घटेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। सोमबारको कारोबारमा ब्रेन्ट कच्चा तेलको मूल्य प्रति ब्यारेल ४.३३ डलर अर्थात् करिब ५ प्रतिशत घटेर ८३ डलरमा पुगेको छ। अमेरिकी वेस्ट टेक्सास इन्टरमिडियट (डब्ल्यूटीआई) पनि ४.५४ डलर अर्थात् ५.३५ प्रतिशत घटेर प्रतिव्यारेल ८०.३४ डलरमा कारोबार भइरहेको रोयटर्सले जनाएको छ। दुवै सूचक मार्च १० यताकै न्यून स्तरमा झरेका हुन्। शुक्रबार पनि तेलको मूल्य ३ प्रतिशतभन्दा बढीले घटेको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानका उपविदेशमन्त्री काजिम गरिबाबादीले युद्ध अन्त्य र हर्मुज जलडमरूमध्य पुनः खोल्ने विषयमा प्रारम्भिक सहमति भएको बताएका थिए। पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफका अनुसार दुवै देशबीचको समझदारीपत्र (एमओयू) मा आगामी शुक्रब...
सुन तोलामा ५ हजार ३ सय बढ्यो
कर्पोरेट, समाचार

सुन तोलामा ५ हजार ३ सय बढ्यो

नेपालअखबार,काठमाडौं । शुक्रबार सुनको भाउ तोलामा ५ हजार ३ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ९२ हजार रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ८६ हजार ७ सय रुपैयाँ थियो । एक साताको अवधिमा भने सुनको भाउ १७ हजार रुपैयाँ घटेको छ । गत शुक्रबार सुनको भाउ तोलामा ३ लाख ९ हजार रुपैयाँ थियो ।त्यस्तै चाँदीको भाउ प्रतितोला आज १९० रुपैयाँ बढेको छ । अघिल्लो दिन ४ हजार ६५० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ८४० रुपैयाँ पुगेको छ । यसअघि गत शुक्रबार चाँदी ५ हजार २३० रुपैयाँमा कारोबार भएको थियो ।...
एकैदिन सुन प्रतितोला ५ हजार १०० रुपैयाँले घट्यो
कर्पोरेट, समाचार, समाज

एकैदिन सुन प्रतितोला ५ हजार १०० रुपैयाँले घट्यो

नेपालअखबार, काठमाडौँ । नेपाली बजारमा आज सुन र चाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका विवरण अनुसार आज छापावाल सुनको मूल्यमा प्रति तोला ५ हजार १०० रुपैयाँले कमी आएको हो। महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ८६ हजार ७०० रुपैयाँ कायम गरिएको छ। यसअघि हिजो बुधबार सुन प्रतितोला २ लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, १० ग्राम सुनको मूल्य आज २ लाख ४५ हजार ८०० रुपैयाँ तोकिएको छ । सुनसँगै चाँदीको मूल्यमा पनि आज गिरावट देखिएको छ। महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला ९० रुपैयाँले घटेर ४ हजार ६५० रुपैयाँ कायम भएको छ। हिजो चाँदी प्रतितोला ४ हजार ७४० रुपैयाँमा खरिद(बिक्री भएको थियो। आज १० ग्राम चाँदीको मूल्य ३ हजार ९८७ रुपैयाँ रहेको हो । अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावका कारण नेपाली बजारमा पनि सुनचाँदीको मूल्यमा फेरबदल हुने गर्छ...
अण्डाको नयाँ मूल्य निर्धारण
कर्पोरेट, समाचार, समाज

अण्डाको नयाँ मूल्य निर्धारण

नेपालअखबार, नारायणगढ (चितवन) । नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको फार्म समर्थन मूल्य पुनःबढाएको छ । सङ्घको शुक्रबार काठमाडौँमा सम्पन्न भौतिक तथा भर्चुअल बैठकले आजदेखि लागू हुने गरी नयाँ मूल्य निर्धारण गरेको हो । सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार देशभरका अण्डा उत्पादक किसान तथा व्यवसायीको राय, परामर्श तथा सिफारिसका आधारमा चितवनलाई मुख्य आधार क्षेत्र मानी नयाँ दररेट तय गरिएको हो । नयाँ मूल्यसूचीअनुसार एक्सएल अण्डाको मूल्य प्रतिक्रेट (३० वटा) ५६०, ठूलो अण्डाको ५४५, मध्यम (मिडियम) अण्डाको ५१५ तथा सानो अण्डाको प्रतिपेटी तीन हजार कायम गरिएको छ । यसअनुसार  खुद्रा बजारमा  अण्डाको मूल्य करिब २५  भएको छ । सङ्घले सम्पूर्ण व्यवसायी तथा सरोकारवालालाई तोकिएको मूल्यमा कारोबार गर्न आग्रह गरेको छ । अध्यक्ष पोखरेलले गर्मी मौसमका कारण उत्पादनमा आएको उतारचढाव तथा किसानको बढ्दो उत्पादन लागतलाई ...
आज सुनको मूल्य बढ्यो
कर्पोरेट, समाचार

आज सुनको मूल्य बढ्यो

नेपालअखबार,काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ५ हजार ६ सय रुपैयाँले बढेको हो । जसअनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९० हजार ६ सय रुपैयाँ कायम भएको छ । यसअघि बिहीबार सुन प्रतितोला २ लाख ८५ हजार रुपैयाँमा कारोबार भएको थियो । सुनसँगै आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार चाँदी प्रतितोला १७५ रुपैयाँले बढेर ५ हजार ४० रुपैयाँ पुगेको छ । बिहीबार चाँदी प्रतितोला ४ हजार ८ सय ६५ रुपैयाँमा कारोबार भएको थियो । १० ग्राम चाँदीको मूल्य भने आज ४ हजार ३२० रुपैयाँ ५० पैसा रहेको छ । अन्तर्राष्ट्रिय बजारमा भएको उतारचढावका कारण नेपाली बजारमा पनि सुनचाँदीको मूल्यमा प्रभाव परेको महासंघले जनाएको छ ।...
बुद्ध एयरको भरतपुर-पोखरा उडान बन्द
कर्पोरेट, समाचार

बुद्ध एयरको भरतपुर-पोखरा उडान बन्द

नेपालअखबार, चितवन । बुद्ध एयरले दुई पर्यटकीय प्रमुख गन्तव्य चितवनको भरतपुरदेखि कास्कीको पोखरासम्म गर्दै आएको उडान बन्द गरेको छ । विगत एक महिनादेखि भरतपुर पोखराको उडान रोकिएको बुद्ध एयर भरतपुरका स्टेशन म्यानेजर भक्त बस्नेतले जानकारी दिए । उनका अनुसार पोखरा र भरतपुर आउने जाने यात्रुको संख्या ज्यादै न्यून हुनु, भाडा पनि बढ्नु, पोखरा–मुग्लिन सडकखण्ड राम्रो बन्नु जस्ता कारणले उडान रोक्नु परेको हो । पोखरा जाने वा चितवन आउने ग्रुपहरु भएमा उडान सक्ने गरी हाललाई सेवा रोकिएको स्टेशन म्यानेजर बस्नेतले बताए । ‘केही समय यतिकै पनि चलाइयो, तर सधैं जहाज खाली–खाली उडाउने कुरा पनि भएन,’ बस्नेतले भने, ‘…पोखरा र भरतपुर दुबै पर्यटकीय क्षेत्र भएकाले पर्यटकलाई फोकस गरेर सञ्चालन गरिएको सेवा खासै राम्रो हुन सकेन ।’ चितवन र पोखराका पर्यटन तथा होटल व्यवसायीहरुको विशेष अनुरोधमा बुद्धले २०७४ भदौ ३० गतेदेखि भरतपुर प...