Saturday, October 10

कर्पोरेट

मस्क विश्वकै पहिलो ‘ट्रिलियनियर’ बन्ने बाटोमा
Business, कर्पोरेट, विश्व, समाचार

मस्क विश्वकै पहिलो ‘ट्रिलियनियर’ बन्ने बाटोमा

नेपालअखबार,न्युयोर्क । एलन मस्कको स्पेसएक्स कम्पनीले अमेरिकी सेयर बजारमा साधारण सेयर (आईपीओ) निष्कासन गर्ने योजना सार्वजनिक गरेको छ। यससँगै अब सर्वसाधारणले पनि सेयर बजारमा यस कम्पनीको सेयर खरिद–बिक्री गर्न पाउने भएका छन्। स्पेसएक्सले रकेट निर्माण गर्नुका साथै स्टारलिंक नामक भूउपग्रह इन्टरनेट सेवा प्रवाह गर्छ र मस्कको विवादित आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कम्पनी एक्सएआई पनि यसैको मातहतमा रहेको छ। अमेरिकी सेयर बजारको इतिहासमै सबैभन्दा ठुलो मानिएको यो आईपीओ आगामी महिनादेखि ‘एसपीसीएक्स’ संकेत चिन्न अन्तर्गत कारोबारमा आउन सक्नेछ। स्पेसएक्समा रहेको आफ्नो स्वामित्वका कारण यो आईपीओले विश्वकै सबैभन्दा धनी व्यक्ति मस्कलाई पहिलो ट्रिलियनियर बनाउन सक्नेछ। स्पेसएक्सले आफ्नो मूल्यांकन १.२५ ट्रिलियन डलर गरेको छ र कम्पनीमा बहुमत स्वामित्व रहेकाले मस्कको हिस्सा मात्रै ६०० अर्ब डलरभन्दा बढीको हुनेछ। ...
तेल बोकेका चिनियाँ जहाज हर्मुज पार गरेपछि बढ्यो अमेरिका-इरान युद्ध अन्त्य हुने आशा
कर्पोरेट, विश्व, समाचार

तेल बोकेका चिनियाँ जहाज हर्मुज पार गरेपछि बढ्यो अमेरिका-इरान युद्ध अन्त्य हुने आशा

नेपालअखबार,काठमाडौं । तेलले भरिएका दुई वटा चिनियाँ पानीजहाज बुधबार स्ट्रेट अफ हर्मुजबाट निस्किएपछि अमेरिका-इरान युद्ध चाँडै अन्त्य हुन सक्ने आशा पलाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार युद्ध 'धेरै चाँडै' समाप्त हुने बताएका थिए भने उपराष्ट्रपति जेडी भान्सले सम्झौताका लागि इरानसँग भइरहेको वार्तामा प्रगति भइरहेको जनाएका थिए। यस्तो बेलामा इराकी तेल बोकेका दुई चिनियाँ पानीजहाज हर्मुजबाट बाहिरिएपछि युद्ध अन्त्य हुने आशा बढेको रोयटर्सले जनाएको छ। यस्तो सकारात्मक संकेतका कारण कच्चा तेलको अन्तर्राष्ट्रिय मूल्यमा ह्वात्तै गिरावट आएको छ। यसअघि ट्रम्पले वार्तालाई अर्को मौका दिनका लागि मंगलबारदेखि इरानमाथि आक्रमण गर्न बनाएको योजना रोकेको बताएका थिए। अमेरिकी अनलाइन एक्सियससँग आइतबार टेलिफोन कुराकानी गर्दै समय घर्किँदै गइरहेको र इरानले सम्झौताका लागि अझ राम्रो प्रस्ताव लिएर नआए ...
कुवेत एयरवेजले फेरि काठमाडौं उडान गर्ने
कर्पोरेट, समाचार

कुवेत एयरवेजले फेरि काठमाडौं उडान गर्ने

नेपालअखबार, काठमाडौं । कुवेत एयरवेजले काठमाडौं उडान पुन: सुरु गर्ने भएको छ । कुवेत-काठमाडौं-कुवेत रुटमा साताको दुई उडान गर्ने गरी उडान पुन: सुरु गर्न लागिएको कुवेत एयरवेजले जनाएको छ । पश्चिम एसिया युद्धका कारण कुवेत-काठमाडौं उडान रोकिएको थियो । कुवेतले मंगलबार र बिहीबार गरी सातामा दुई उडान तालिका सार्वजनिक गरेको छ । कुवेतले आफ्नो वेबसाइटमा राखेको मूल्य अनुसार काठमाडौं-कुवेत रुटको भाडा न्यूनतम ९ सय ११ अमेरिकी डलर (१ लाख ४० हजार रुपैयाँ हाराहारी) एकतर्फी भाडा तय गरिएको छ । कुवेत धेरै नेपाली कामदार रहेका देशमध्ये एक हो । त्यहाँबाट कुवेत र जजिरा एयरवेजले नियमित काठमाडौं उडान गर्दै आएका थिए । पश्चिम एसिया युद्धले उडान प्रभावित बनेसँगै कुवेतसँगको हवाई सम्पर्क समेत टुटेको थियो ।...
भन्सार शुल्कपछि अमेरिकामा जर्मन उत्पादन महँगिए
कर्पोरेट, समाचार, समाज

भन्सार शुल्कपछि अमेरिकामा जर्मन उत्पादन महँगिए

नेपालअखबार,अमेरिका । अमेरिकाले लगाएको उच्च भन्सार शुल्कका कारण बढेको आयात लागतको असर अहिले प्रत्यक्ष रूपमा अमेरिकी उपभोक्तामाथि पर्न थालेको छ । अमेरिकामा सञ्चालनमा रहेका अधिकांश जर्मन कम्पनीहरूले अतिरिक्त लागत धान्न आफ्ना उत्पादन तथा सेवाको मूल्य वृद्धि गरेका छन् । जर्मन उद्योग तथा वाणिज्य मण्डलद्वारा शुक्रबार सार्वजनिक गरिएको एक विस्तृत सर्वेक्षणअनुसार अमेरिकामा व्यवसाय गरिरहेका दुई तिहाइभन्दा बढी जर्मन कम्पनीहरूले अमेरिकी भन्सार नीतिका कारण उत्पन्न अतिरिक्त खर्च ग्राहकबाटै असुल गर्न मूल्य बढाउने रणनीति अपनाएका हुन् । उक्त सर्वेक्षणमा विश्वभर सञ्चालनमा रहेका चार हजार ५०० भन्दा बढी जर्मन कम्पनी सहभागी थिए । सर्वेक्षणले अमेरिकी व्यापार नीति, भन्सार शुल्क तथा नीतिगत अनिश्चितता अझै पनि विदेशी कम्पनीहरूका लागि प्रमुख व्यावसायिक चुनौती बनेको देखाएको छ । प्रतिवेदनअनुसार गत वर्ष अमेरिकाल...
सहकारी पीडितले घेरे बागमती प्रदेश सहकारी रजिष्ट्रार कार्यालय
कर्पोरेट, समाचार, समाज

सहकारी पीडितले घेरे बागमती प्रदेश सहकारी रजिष्ट्रार कार्यालय

नेपालअखबार, काठमाडौं । सहकारी पीडितहरूले बागमती प्रदेश सहकारी रजिष्ट्रारको कार्यालय घेराउ गरेका छन् । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघको नेतृत्वमा सहकारी पीडितहरूले बुधबार कार्यलय घेराउ गरेका हुन् । देउराली सहकारीसहित अन्य सहकारी पीडतहरूले सहकारीलाई समस्याग्रस्त घोषणा गरी आफूहरूको बचत फिर्ता दिलाउन माग गर्दै कार्यलयमा दबाब दिएका छन् । सहकारी पीडितहरूले बाग्मति प्रदेशमा रहेका १६ वटा सहकारीलाई समस्याग्रस्त घोषणा गर्न माग गरेका छन् ।पीडितहरूले कार्यलयमा पटक-पटक ध्याकर्षण गराउँदा पनि माग सम्बोधन नभएको भन्दै कर्मचारीहरूसँग आक्रोश व्यक्त गरेका छन् ।...
इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ पाण्डे पक्राउ
कर्पोरेट, प्रशासन, समाचार

इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ पाण्डे पक्राउ

नेपालअखबार,काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सीआईबीले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ ज्योति प्रकाश पाण्डेलाई पक्राउ गरेको छ । उनलाई सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ६ बसपार्कबाट यही वैशाख २९ गते राति करिब ८ बजे पक्राउ गरेको सीआई प्रवक्ता शिव कुमार श्रेष्ठले जानकारी दिए । पक्राउ गरेर उनलाई काठमाडौं ल्याइएको छ । उनीमाथि स्मार्ट सेलको सम्पत्ति गैरकानुनी रूपमा लिलामी गर्ने कार्यमा संलग्न भएको आरोप छ । काठमाडौंको रक्तकाली ठेगाना भई ललितपुरको मानभवन बस्दै आएका ६३ वर्षीय पाण्डेविरुद्ध मुलुकी अपराध संहिताको ठगी तथा आपराधिक विश्वाघातको कसुरमा अनुसन्धान अघि बढाइएको सीआईबीका प्रवक्ता एवम् एसएसपी श्रेष्ठले बताए ।...
सुन तोलामा ५ हजार ८ सय रुपैयाँ बढ्यो
कर्पोरेट, समाचार

सुन तोलामा ५ हजार ८ सय रुपैयाँ बढ्यो

नेपालअखबार,काठमाडौं । बुधबार सुनचाँदीको भाउ बढेको छ । सुनको भाउ तोलामा ५ हजार ८ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको भाउ प्रतितोला २ लाख ९६ हजार ८ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९१ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो । त्यस्तै गत बुधबार २ लाख ९४ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।चाँदीको भाउ आज तोलामा १७५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ८८० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार ५५ रुपैयाँ पुगेको छ । गत बुधबार चाँदी प्रतितोला ४ हजार ९१५ रुपैयाँमा कारोबार भएको थियो ।...
कच्चा तेलको मूल्य चार वर्षयताकै उच्च
कर्पोरेट, विश्व, समाचार

कच्चा तेलको मूल्य चार वर्षयताकै उच्च

नेपालअखबार,काठमाडौं । अमेरिका र इजरायलले इरानमा आक्रमण सुरु गरेपछि जारी तनावका कारण कच्चा तेलको मूल्य चार वर्षयताकै उच्च भएको छ । ताजा आकडा अनुसार कच्चा तेलको मूल्य ११९.७६ डलर प्रतिब्यारेल पुगेको छ । यो सन् २०२२ को जुन महिनायताकै सबैभन्दा उच्च मूल्य हो । रुस–युक्रेन युद्धका कारण सन् २०२२ को फेब्रुअरी–मार्च तिर कच्चा तेलको मूल्य बढेर करिब १३० डलर प्रतिब्यारेलसम्म पुगेको थियो । द गार्जियनका अनुसार कच्चा तेलको मूल्य अहिले उच्च हुनुमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो अभिव्यक्ति पनि एक कारण हो । ट्रम्पले इरानका बन्दरगाहहरुमा सैन्य नाकाबन्दी जारी राख्ने अभिव्यक्ति दिएका थिए । ट्रम्पले इरान आफ्नो परमाणु बन्द गर्ने सम्झौताका लागि तयार नभएसम्म नाकाबन्दी जारी रहने बताएका छन् । यसको सिधा असर स्ट्रेट अफ होर्मुज समुद्री मार्गमा परेको छ । इरान नियन्त्रित स्ट्रेट अफ होर्मुज विश्वभर ...
पेट्रोलियम पदार्थ आयातबाट साठी अर्ब अठतीस करोड राजस्व सङ्कलन
कर्पोरेट, समाचार

पेट्रोलियम पदार्थ आयातबाट साठी अर्ब अठतीस करोड राजस्व सङ्कलन

नेपालअखबार,पर्सा । चालु आर्थिक वर्षको प्रथम नौ महिनामा पेट्रोलियम पदार्थ आयातबाट रु ६० अर्ब ३८ करोड राजस्व सङ्कलन भएको छ । गत आवको सोही अवधिमा रु ५७ अर्ब ५३ करोड राजस्व प्राप्त भएको थियो । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार वीरगञ्ज नाकाबाट उक्त अवधिमा रु एक खर्ब ४८ अर्ब १६ करोड बराबरका पाँच किसिमका पेट्रोलियम पदार्थ आयात गरेर उक्त रकम राज्यकोषमा दाखिला भएको हो ।उक्त अवधिमा आठ लाख आठ हजार सात सय ४५ किलोलिटर डिजेल, तीन लाख ५९ हजार आठ सय ४६ किलोलिटर पेट्रोल २२ करोड ४८ लाख ७५ हजार दुई सय ६६ किलोग्राम एपपी ग्यास आयात भएको छ ।...
तोलामा २ हजार २ सय रुपैयाँ घट्यो सुन
कर्पोरेट, समाचार

तोलामा २ हजार २ सय रुपैयाँ घट्यो सुन

नेपालअखबार,काठमाडौं । शुक्रबार सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ प्रतितोला २ हजार २ सय रुपैयाँ र चाँदी ७५ रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिनका लागि महासंघले सुनको भाउ प्रतितोला २ लाख ९६ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९८ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । गत शुक्रबार सुनको भाउ प्रतितोला २ लाख ९९ हजार ८ सय रुपैयाँ थियो ।त्यस्तै आज चाँदीको भाउ प्रतितोला ७५ रुपैयाँ घटेसँगै ४ हजार ९४५ रुपैयाँ छ । अघिल्लो दिन ५ हजार २० रुपैयाँ थियो । गत शुक्रबार चाँदी ५ हजार १३० रुपैयाँमा कारोबार भएको थियो ।...