सिगाना बन्यो ‘सुन्तला गाउँ’, भित्रियो ४ करोड
नेपालअखबार,गलकोट (बागलुङ) । सिगाना अर्थात् ‘सुन्तला गाउँ’ । सुन्तला गाउँका रूपमा परिचय कमाइसकेको बागलुङ नगरपालिका-८ सिगानाका किसानले बर्सेनि सुन्तला उत्पादमा वृद्धि गरिरहेका छन् ।
गत वर्ष पाँच लाखमा धादिङका व्यापारीलाई सुन्तला बगैँचा जिम्मा लगाउका अनन्त खड्काले यसपटक भने सात लाख ५० हजारमा सुन्तला बगैँचा एकमुष्ट बिक्री गरे । यस वर्ष सुन्तला बिक्रीबाट सिगानामा चार करोड भित्रिएको छ ।
खड्काले यस वर्ष उत्पादनसँगै सुन्तलाको मूल्य राम्रो पाएकामा खुसी व्यक्त गरे । आफूजस्ता एक सयभन्दा बढी किसानले एक लाखदेखि सात लाखसम्म रकम गाउँ भित्र्याएको बताए । अन्य किसानले पनि धेरैथोरै रकम भित्र्याउँदै आएका छन् ।
सुन्तला उत्पादनको तथ्याङ्क भने वडा कार्यालयले नभई गाउँको गणेश कृषि सहकारीले राख्दै आएको छ । सिगानाका सुन्तला स्वादिष्ट हुने भएकाले यहाँका सुन्तलाको बजार पोखरा, काठमाडौं र चितवनमा छ ।
कोदो बा...










