Thursday, September 17

कृषि

देशभर करिब ७२ प्रतिशत धान रोपाइँ सम्पन्न
कृषि, समाचार, समाज

देशभर करिब ७२ प्रतिशत धान रोपाइँ सम्पन्न

नेपालअखबार,काठमाडौँ।  यस वर्ष देशभर करिब ७२ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । गत वर्ष सोही अवधिको तुलनामा रोपाइँ १२ प्रतिशतले कम हो ।देशभर करिब १० लाख हेक्टर क्षेत्रफल जमिनमा रोपाइँ सम्पन्न भएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ । मुलुकमा करिब १४ लाख हेक्टर जमिनमा रोपाइँ हुने मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले जानकारी दिए । सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी ९७ प्रतिशत रोपाइँ भएको छ भने कर्णाली र लुम्बिनी प्रदेशमा ८८ प्रतिशत रोपाइँ सम्पन्न भएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सूचना अधिकारी जोशीले जानकारी दिए । उनका अनुसार मौसमको प्रतिकूलताले असर देखा नपरे साउनको अन्तिम सातासम्म ९८ प्रतिशत रोपाइँ हुने अनुमान गरिएको छ ।  सुदूरपश्चिम प्रदेशमा करिब ९७ प्रतिशत रोपाइँ सम्पन्न हुँदा एक लाख ७१ हजार हेक्टरमा रोपाइँ भएको सूचना अधिकारी जोशीले उल्लेख गरे । प्रतिशतका हिसाबल...
पशुमा पनि बाँझोपनको समस्या बढ्यो
कृषि, समाचार, समाज

पशुमा पनि बाँझोपनको समस्या बढ्यो

नेपालअखबार,चितवन  । गाई र भैँसीमा बाँझोपना (बाली नजाने) समस्या बढ्दै गएको छ । चार जिल्लामा गरिएको अध्ययनले यस्तो समस्या भएको पुष्टि गरेको हो । गण्डकी प्रदेशको स्याङ्जा, लमजुङ, गोरखा र नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा गरिएको अध्ययनले ३६ दशमलव ८८ प्रतिशत बाँझोपना रहेको देखाएको हो । अध्ययनमा सहभागी पशु चिकित्सक डा रविन वस्ताकोटीका अनुसार ३८ भैँसी र एक सय २२ गाईमा गरिएको अध्ययनले पशुमा बाँझोपनाको समस्या अत्यधिक रहने गरेको छ । पशुमा सङ्क्रामक रोगका कारणले बाँझोपना आउने गर्दछ । यसका कारण बच्चा तुहिने, गर्भ नअडिने, बाली नखोज्नेजस्ता समस्या देखापर्ने बस्यालले बताए । उनले भने, “यस्ता समस्या भएका पशु पाल्ने परिवार र त्यसको उपचारमा संलग्न पशु चिकित्सकलाई समेत जोखिम हुनसक्छ । प्रजननमा विकृतिहरू देखिन सक्छ ।” यस्तै अध्ययनका क्रममा पशुको पाठेघरको सामान्य सङ्क्रमण २८ दशमलव १२ प्रतिशत, पठेघर सुनि...
कफीको बिरुवा बेचेर मालामाल
कृषि, समाचार, समाज

कफीको बिरुवा बेचेर मालामाल

नेपालअखबार,इलाम । माङसेबुङ गाउँपालिका–२ रत्नबस्तीका किसान राजेश राईले कफीको बिरुवा बेचेर मनग्य आम्दानी गर्दै आएका छन् । उनले यस वर्षमात्र कफीका बिरुवा बिक्रीबाट रु १३ लाख ५० हजार आम्दानी गरेका छन् । पाँच वर्षअघि ‘वाङदेल नर्सरी सेन्टर’ स्थापना गरी कफीका बिरुवा उत्पादन गर्दै आएका राई माङसेबुङकै एक असल बिरुवा उत्पादक किसानका रूपमा परिचित छन् । उनले फेवाखोला नजिकै गजुरमुखी–इभाङ–चतुरे सडकको छेउमा पाँच रोपनी जग्गामा बिरुवा उत्पादन गर्दै आएका छन् । जसअनुसार यस वर्ष आफूले ४५ हजार कफीका बिरुवा बिक्री गरेकाे उनले बताए । कफीको बिरुवा इलामकासँगै पूर्वको सङ्खुवासभा र भोजपुर जिल्ला तथा छिमेकी मुलुक भारतको सिक्किमसम्म लैजाने गरेका छन् । बिरुवा विभिन्न पालिका, वडा कार्यालय, फार्म र किसानले खरिद गरी लैजाने गरेको उनको भनाइ छ । कृषि ज्ञान केन्द्र इलामको तथ्याङ्कानुसार इलाममा एक सय ३५ हेक्टर क्षेत्रम...
‘व्यापारीहरूले भनेको मूल्यमै धान बेच्दा हाम्रो लागत पनि उठ्दैन’
अर्थ, कृषि, समाचार, समाज

‘व्यापारीहरूले भनेको मूल्यमै धान बेच्दा हाम्रो लागत पनि उठ्दैन’

नेपालअखबार,कैलाली। कैलालीको भजनी नगरपालिका–३ का सन्तलाल चौधरी चैते धान बिक्री नभएर चिन्तामा छन्। यसवर्ष तीन बिघामा लगाएको धान उनले अझै बिक्री गर्न सकेका छैनन्। व्यापारीलाई धान खरिद गरिदिन हारगुहार गर्दा पनि उनले उत्पादन गरेको धान बिक्री हुन सकेको छैन। ‘व्यापारीले सस्तोमा धान खोज्नुहुन्छ । उहाँहरुले भनेको दररेटमा धान बिक्री गर्दा आफ्नो लागत नै उठ्ने देखिँदैन,’  उनले भने, ‘आजभोलि धान रोपेर पछुतो लागिरहेको छ।’ सरकारले चैते धानको समर्थन मूल्य तोकेको भए पनि त्यो मूल्यमा व्यापारी किसानको धान खरिद गर्न इच्छुक देखिएका छैनन् । किसानले प्रतिक्विन्टल दुई हजारदेखि दुई हजार ५०० सम्ममा बिक्री गरिरहँदा कतिपय किसानको त्यतिमा पनि धान बिक्री हुन सकेको छैन । गत वर्ष प्रतिक्विन्टल तीन हजार ८०० रुपैयाँ पाएका किसानलाई यसवर्ष उत्पादन बढेपछि धान बिक्री गर्न समस्या भएको अर्का किसान डल्लु दास बताउँछन...
रावाबेसीबाट एक करोड हाराहारीका लिची बिक्री
अर्थ, कृषि, समाचार

रावाबेसीबाट एक करोड हाराहारीका लिची बिक्री

नेपालअखबार,खोटाङ। रावाबेसी गाउँपालिकाका किसानले लिची बेचेर करिब एक करोड आर्जन गरेका छन्। यो पालिकाम यसपटक  १८४ मेट्रिक टन लिची उत्पादन भएको छ। ६ वडा रहेको यो गाउँपालिका–१ कुभिण्डेमा सबैभन्दा बढी ८८ मेट्रिक टन लिची उत्पादन भएको जनाइएको छ। कुभिण्डेमा ११ हेक्टरमा लगाइएको लिचीले उत्पादन दिन थालेको गाउँपालिकाका कृषि शाखा प्रमुख उद्धव बास्तोलाले बताए। पालिकाको वडा नं २ खार्पामा २४ मेट्रिक टन, वडा नं ३ लामीडाँडामा १६, वडा नं ४ धारापानीमा १६, वडा नं ५ दुवेकोलमा आठ र वडा नं ६ हौँचुरमा ३२ मेट्रिक टन उत्पादन भएको छ। आफूले ३० हजारको लिची बिक्री गरेको कुभिण्डेस्थित लाङ्घाली चोकका प्रेमबहादुर मगरले बताए। उनले प्रतिदाना एकमा बिक्री गरेका हुन्। सोही स्थानका खड्गप्रसाद रेग्मीले ४५ हजारका लिची बेचिसकेका छन्।  केही किसानले  एक लाख भन्दा बढीका लिची बेचिसकेका कुभिण्डेका वडाध्यक्ष गेहेन्द्रमान रा...
धानसँग सम्बन्धित खाद्य प्रविधिको विस्तार गर्न राष्ट्रपतिकाे आग्रह
कृषि, समाचार, समाज

धानसँग सम्बन्धित खाद्य प्रविधिको विस्तार गर्न राष्ट्रपतिकाे आग्रह

नेपालअखबार,काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले  श्रम शक्ति तथा अन्य जनशक्तिलाई स्वदेशमै क्रियाशील गराइ आधुनिक कृषि प्रविधिको विकास तथा विस्तार गर्नुपर्ने खाँचो औल्याएका छन् । राष्ट्रिय धान दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै  उनले धानसँग सम्बन्धित खाद्य प्रविधिको विस्तार गर्न आग्रह गर्दै धान एवं चामल आयात बर्सेनि बढ्दै जानु चिन्ताको विषय भएको बताए ।  राष्ट्रपति पौडेलले जमिन बाँझो रहने अवस्थाको अन्त्य गरी श्रम गर्ने संस्कृतिको विकाससँगै धान उत्पादनमा आत्मनिर्भर हुनेगरी  प्रयासहरूलाई केन्द्रित गर्नुपर्ने खाँचो औँल्याए । शुभकामनामा भनिएको छ, “धान बालीमा जलवायुमैत्री प्रविधिहरूको अवलम्बन गर्दै धान एवं चामलको उत्पादन वृद्धि गरी आयात प्रतिस्थापन, खाद्य सुरक्षाको सुनिश्चितता र कृषि श्रमको सम्मान गर्ने संस्कृति बसाल्न आजको दिनले थप प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्दछ...
आज राष्ट्रिय धान दिवस मनाइँदै
कृषि, समाचार, समाज

आज राष्ट्रिय धान दिवस मनाइँदै

नेपालअखबार,काठमाडौं । आज राष्ट्रिय धान दिवस मनाइँदैछ। विस २०६१ मंसिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ देखि १५ असारलाई राष्ट्रिय धान दिवसका रूपमा मनाउन थालिएको हो। असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन् । हाम्रो संस्कृतिमा दहीको स्थान महत्त्वपूर्ण छ। शुभकार्यका लागि घरबाहिर निस्कने, विदेश जाने आदि महत्त्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ । यस्ता शुभकाममा निस्कनुअघि सगुनका रूपमा पनि दही खुवाएर बिदाइ गरिन्छ । निस्कने बेलामा दही खाएर हिँडे साइत पर्ने जनविश्वास रहिआएको छ । दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवर्द्धक मानिन्छ। दहीले पाचन शक्ति पनि बढाउँछ । पखाला लागेका बेला दही चिउरा खाएमा औषधिको काम गर्छ । यसैले दही चिउरा...
चालु आवमा ५९ हजार ४ सय ७६ मेट्रिक टन धान उत्पादन
कृषि, समाचार

चालु आवमा ५९ हजार ४ सय ७६ मेट्रिक टन धान उत्पादन

नेपालअखबार,काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ मा नेपालमा १४ लाख २० हजार ६ सय ३६ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको छ । शुक्रबार कृषि तथा पशुपक्षी विकास मन्त्रालय अन्तर्गतको कृषि विभागले प्रेस विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो । कृषि विभागका महानिर्देशक प्रकाश सञ्जेलका अनुसार बर्षे र चैते दुवै गरी १४ लाख २० हजार ६ सय ३६ हेक्टर क्षेत्रफलमा धान खेती गरिँदा ५९ हजार ४ सय ७६ मेट्रिक टन उत्पादन भएको छ । गत आर्थिक वर्ष २०८०/८१ को तुलनामा १.२८ प्रतिशत कम क्षेत्रफलमा धान रोपाइँ भए पनि हालसम्मको उच्चतम औषत उत्पादकत्व हासिल हुँदा कूल उत्पादनमा पनि गत आर्थिक वर्ष भन्दा ४.०४ प्रतिशतले बढोत्तरी भएको अवस्था छ । मुलुकको लागि आवश्यक पर्ने करिब ७० लाख मेट्रिक टन धानमध्ये करिब १० लाख मेट्रिक टन धान उत्पादन अपुग रहेको छ । फलस्वरूप, चालु आर्थिक वर्षको जेठ मसान्तसम्म करिब धान, धानको बीउ, चाम...
पर्यटकलाई खेतमा उतार्न पोखरामा रोपाइँ महोत्सव आयोजना
कृषि, पर्यटन, समाचार, समाज

पर्यटकलाई खेतमा उतार्न पोखरामा रोपाइँ महोत्सव आयोजना

नेपालअखबार,पोखरा। पोखराका पर्यटन व्यवसायीले कृषि संस्कृतिलाई पर्यटनसँग जोड्न असारमा रोपाइँ महोत्सव र मंसिरमा दाइँ महोत्सव आयोजना गर्छन्। नेपालीका मुख्य खाद्यबाली धान रोप्नेदेखि भित्राउनेसम्मका नेपाली संस्कृति देखेर पर्यटक रोमाञ्चक बन्छन्। नेपालीहरू आपसमा मिलेर काम गरेको देख्दा उनीहरू दंग पर्छन्। कृषि प्रणालीलाई पर्यटनसँग जोड्दा ‘अफ सिजन’मा पनि पर्यटन क्षेत्र चलायमान हुने पर्यटन व्यवसायी बताउँछन्। नेपालमा मुख्य पर्यटकीय सिजनका रूपमा असोज, कात्तिक र मंसिरलाई मानिन्छ। उक्त समय पदयात्रा गर्न चाहने विदेशी पर्यटक र नेपाली पनि पदयात्रामा निस्कन्छन्। दोस्रो सिजन मानिने फागुन, चैत र वैशाखमा पनि पर्यटकको आगमन उल्लेख्य रहन्छ। बर्खा र हिउँदमा भने अरूबेला जस्तो पर्यटकको चहलपहल हुँदैन। यो समयलाई ‘अफ सिजन’का रूपमा व्यवसायीले लिने गरेका छन्। अफ सिजनमा पनि पर्यटकलाई आकर्षित गर्न कृषि प...
मकैमा फौजी कीराको समस्या, विषादी अभाव
कृषि, समाचार, समाज

मकैमा फौजी कीराको समस्या, विषादी अभाव

नेपालअखबार,बैतडी । बैतडीको प्रमुख खाद्यबालीका रूपमा रहेको मकैमा अमेरिकन फौजी कीराको समस्या देखिएपछि किसान चिन्तित भएका छन् । कृषि ज्ञान केन्द्रका प्रमुख हरिदत्त जोशीका अनुसार दोगडाकेदार र शिवनाथ गाउँपालिकामा फौजी कीराले मकैबाली नष्ट गर्न थालेको छ । उनले मकै बालीमा कीराको समस्या देखिएको गुनासो आएको र विषादी वितरण गर्न थालिएको बताए । केन्द्रले यसअघि नै इमामेक्टिन वेन्जोएट नामक विषादी वितरण गरिरहेको छ । हाल भने कृषि ज्ञान केन्द्रमा पनि उक्त विषादी अभाव छ । कीराले मकैको बोट सखाप पार्ने गरेको दोगडाकेदार –७ का दीपेन्द्र कार्कीले बताए। उनले भने, ‘फौजी कीराले मकैबाली सखाप पारेको छ । उत्पादनमै कमी हुने देखिन्छ।’ लामो समयसम्मको खडेरीका कारण फौजी कीरा बढी सक्रिय भएको हो । दिनभरि मकैको बोटमा लुक्ने र रात परेपछि मकैको घोघा, डाँठ, पात र टुप्पा खाएर थोरै समयमा बाली नष्ट गर्ने गरेको दोगडाकेदार...