त्रिवेणी पालिकाको प्रगति, ६ करोडको अदुवा बिक्री
नेपालअखबार, रूकुम। रूकुम–पश्चिमको त्रिवेणी गाउँपालिकामा यो वर्ष अदुवा उत्पादन र विक्री दुबै बढेको छ। गत वर्षभन्दा यो वर्ष अदुवाखेति गर्ने किसानको सङ्ख्या घटे पनि उत्पादन बढेको हो ।
जहाँ करिब छ करोडको अदुवा बिक्री भएको त्रिवेणी गाउँपालिकाका कृषि शाखा प्रमुख रमेश पुनले जानकारी दिए । उनका अनुसार अदुवा बिक्रीबाट किसानले पाँच करोड ९२ लाख आम्दानी गरेका छन् । दश वटा वडा रहेको त्रिवेणीमा एक हजार नौ सय ५० परिवारले अदुवाखेती गर्दै आएका छन् ।
प्रत्येक किसानले दुई रोपनीभन्दा बढी जग्गामा अदुवाखेती गर्दै आएका पुनले बताउनुभयो । पालिकाभर हाल एक सय ९५ हेक्टर जग्गामा अदुवा उत्पादन भइरहेको उनले जानकारी दिए ।
कृषि शाखा प्रमुख पुनका अनुसार एक रोपनी क्षेत्रफलमा चार क्विन्टलभन्दा बढी अदुवा उत्पादन हुने गरेको छ । पालिकाभर यो वर्ष १५ हजार छ सय क्विन्टल अर्थात् १५ दशमलव छ मेट्रिकटन अदुवा उत्पादन भएको छ । क...










