Thursday, September 17

कृषि

म्याग्दीमा धान र कोदोको उत्पादन बढ्यो
कृषि, समाचार, समाज

म्याग्दीमा धान र कोदोको उत्पादन बढ्यो

नेपालअखबार,म्याग्दी । गत वर्षको तुलनामा यस वर्ष म्याग्दीमा धान र कोदोको उत्पादनमा वृद्धि भएको छ । कृषि ज्ञान केन्द्रका अनुसार यो वर्ष धान पाँच प्रतिशत र कोदो उत्पादनमा दुई प्रतिशतले वृद्धि भएको छ । साथै कोदो र अन्य तरकारी तथा फलफूल उत्पादनमा पनि विगतका वर्षहरुमा भन्दा बृद्धि भएको कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत गंगा लामिछानेले बताए । एक नगरपालिका र पाँच वटा गाउँपालिका रहेको जिल्लाको विभिन्न स्थानमा रोपिएको धानको गत वर्षको तुलनामा यस वर्ष उत्पादन बढेको हो । चालु आर्थिक वर्षमा तीन  हजार आठ सय छ हेक्टर जमिनमा धान रोपिएकामा १३ हजार छ सय ६४ मेट्रिक टन उत्पादन भएको केन्द्रले जनाएको छ । गत वर्ष सोही क्षेत्रफलमा १२ हजार नौ सय ७९ मेट्रिक टन उत्पादन भएको थियो । अनुकूल, मौसम रोगको कम प्रभाव,  रोपाइँका बेला पर्याप्त वर्षा र बालीलाई पानी आवश्यक परेका बेला पनि वर्षा भएकाले विगतको तुल...
माग र उत्पादन वृद्धि भएसँगै च्याउमा व्यवसायमा चुनौती थपियो : मन्त्री अधिकारी
कृषि, समाचार, समाज

माग र उत्पादन वृद्धि भएसँगै च्याउमा व्यवसायमा चुनौती थपियो : मन्त्री अधिकारी

नेपालअखबार , काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले च्याउको माग तथा उत्पादन वृद्धि भएका कारण चुनौती थपिएको बताएका छन् । नेपाल च्याउ किसान सङ्घले आयोजना गरेको च्याउ मेलामा मन्त्री अधिकारीले माग तथा उत्पादन वृद्धि भएकै कारण चुनौतीहरू पनि थपिएको बताएका हुन् । उनले यसलाई सकारात्मक रूपमा लिई चुनौती तथा समस्या समाधान तर्फ अग्रसर हुनुपर्ने तर्क राखे । ‘नेपालीको च्याउ खाने बानी बसेको छ । माग बढ्दो छ र यसको उत्पादन पनि दिनानुदिन वृद्धि भइरहेको छ,’ उनले भने, ‘तथापि समस्या चुनौतीहरू विविध छन् । माग तथा उत्पादनकै कारण चुनौतीहरू पनि थपिएका हुन् यसलाई सकारात्मक रूपमा लिई चुनौती तथा समस्या समाधान तर्फ अग्रसर हुनुपर्छ ।’ नेपालमा व्यावसायिक रूपमा कन्ये, गोव्रे, सिताके, पराले, ग्यानोडर्मा लगायतका च्याउहरूको खेती भइरहेका छन् र बढी तापक्रम (४० डि.से.) मा पनि सहजै उत्पादन गर्न सकिने ...
रुकुमपूर्वमा उत्पादित किवीले बजार पाएन
कृषि, समाचार, समाज

रुकुमपूर्वमा उत्पादित किवीले बजार पाएन

नेपालअखबार , रुकुमपूर्व । रुकुमपूर्वमा व्यवसायिक रुपमा गरेको किवी खेतीबाट राम्रो उत्पादन भइरहे पनि बजार नपाएको गुनासो किसानहरुले गरेका छन् । जिल्लामा तीन गाउँपालिका रहेको सिस्ने, भूमे र पुथाउत्तरगंगा गाउँपालिकाका अधिकांश ठाउँमा किवी खेती गरिएको छ । लटरम्म फलेका किवीले बजार भने नपाएको किसानहरु बताउँछन् । भूमे गाउँपालिका–५ दालिबाङका मोहनसिंह पुनले ३ वर्ष पहिले मकै खेती मासेर १५ रोपनी जग्गामा किवी खेती सुरु गरेको र उत्पादन राम्रो भइरहे पनि बजार नपाएको बताए । ‘विभिन्न किताब र युट्युब च्यानलबाट किवी खेती गर्ने तरिकाबारे जानकारी लिएँ । धेरै ठाउँमा पुगेर किवी फर्मको पनि अवलोकन गरेर परीक्षणको रुपमा सुरुको वर्षमा लगाएको बोटले राम्रै फल दिन थाल्यो,’ उनले भने, ‘पछि करिब १० लाख लगानी गरेर व्यवसायिक रुपमा किवी खेती गरियो । उत्पादन राम्रो भइरहेको छ, तर बिक्री हुँदैन ।’ करिब १५ रोपनी जग्गामा उत्...
सर्लाहीका किसानलाई तरुल खन्न भ्याइ नभ्याइ
कृषि, समाचार, समाज

सर्लाहीका किसानलाई तरुल खन्न भ्याइ नभ्याइ

नेपालअखबार ,सर्लाही । सर्लाहीको बागमती नगरपालिका–५, टेकानीका दलबहादुर लुङ्गेलीलाई हिजोआज तरूल खन्न भ्याइनभ्याइ छ । उनले बागमती बगरमा पाँच कट्ठा खेतमा तरूल लगाएका हुन् । चाडबाडको मुखमा मूल्यसमेत राम्रो पाइने भएकाले पुसको तेस्रो सातासम्म तरूल बेचिसक्ने उनको योजना छ। ‘तरूलको मूल्य माघेसङ्क्रान्तिमा राम्रो पाइन्छ’, उनले भने, ‘त्यसकारण पुस २५/२६ सम्म बेचिसक्ने योजना छ।’ तरूल स्वस्थ्यका दृष्टिले चिसो मौसममा उपयोगी मानिने भएकाले यसबेला मूल्य बढ्ने गरेको छ। दलबहादुरझैँ यहाँका किसानहरुलाई माघेसङ्क्रान्ति नजिकिएसँगै तरूल खन्न भ्याइनभ्याइ छ । बागमती नगरपालिका–५ स्थित बागमती नदी उकास जमिनमा किसानले ठूलो क्षेत्रफलमा तरूल खेती गर्ने गरेका छन् । बालुवा तथा खोलाको पाँगो माटो भएका जग्गामा तरूल उत्पादन राम्रो हुने गरेको स्थानीय किसान हिरालाल मण्डलको भनाइ छ। ‘बगरको खेती सुन जस्तै बनेको छ’, उनले भने,...
जग्गाको सदुपयोग गर्ने प्रमुख माध्यम बन्दै किबीखेती, बागलुङमा उत्पादन, बुटबलमा खपत
कृषि, समाचार, समाज

जग्गाको सदुपयोग गर्ने प्रमुख माध्यम बन्दै किबीखेती, बागलुङमा उत्पादन, बुटबलमा खपत

नेपालअखबार,बागलुङ । बागलुङमा उत्पादित बहुगुणी फल किबी अन्य जिल्लामा खपत हुन थालेको छ । अन्य जिल्लामा किबीले बजार र मूल्य नपाएको किसानले गुनासो गरिरहेको बेला यहाँको भकुण्डे, बिहुँ, बडिगाड, ढोरपाटन, निसीखोला र दुदिलाभाटीलगायत स्थानमा उत्पादन भएको किबी अन्यत्र निर्यात हुन थालेको छ । मूल्यमा गिरावट आए पनि किबी अन्यत्रबाट माग आइरहेको किसानको भनाइ छ । जिल्लामा उत्पादन भएको किबी बुटवल,काठमाडौँ र पोखरालगायत स्थानमा बिक्री भइरहेको छ । विदेशमा समेत प्रशस्त उत्पादन हुने किबी बहुगुणी फलमध्येमा पर्छ । काठेखोला गाउँपालिका–५ बिहुँका खिमानद कँडेलले उत्पादन गरेको किबी बुटवल र काठमाडौँसम्म लैजान थालिएको छ । उनले किबी बिक्री गर्न थालेको दुई वर्ष भएको छ । कँडेलको १२ रोपनी क्षेत्रफलमा किबीखेती छ । यस्तै काठेखोला–७ का वडाध्यक्ष प्रेम लामिछाने, बागलुङ नगरपालिका–९ का वडाध्यक्ष राजु थापाले समेत यस वर्ष किबी ...
रामेछापमा बढ्यो जुनार उत्पादन
अर्थ, कृषि, समाचार

रामेछापमा बढ्यो जुनार उत्पादन

नेपालअखबार,रामेछाप।। मन्थली र रामेछाप नगरपालिकाकाका विभिन्न वडामा जुनार पाकेर पहेँलपुर भएपछि बिक्री गर्न थालिएको छ। रामेछाप नगरपालिकाको वडा नं ६ को ओख्रेनी, वडा नं ७ को सुकाजोर र मन्थली नगरपालिकाको वडा न ४ सालु र वडा नं १३ र १४ फुलासीमा भएका बगैंचामा जुनार पाकेर पहेँलपुर भएपछि टिपेर बिक्री गर्न थालिएको हो। गत वर्षको तुलनामा यस वर्ष जुनार उत्पादन बढेको किसानले बताएका छन्। जुनारका लागि यस वर्ष उपयुक्त हावापानी भएका कारण तथा किसानले नियमित प्राविधिकको परामर्शमा औषधोपचार तथा भिटामिन प्रयोग गर्न पाएपछि जिल्लाको जुनार उत्पादन पनि बढेको छ। मार्फत मन्थली र रामेछाप नगरपालिकामा लागू भएको बगैंचाबाट मात्र यस वर्ष २२ करोड ७५ हजार रुपैयाँ बराबरको जुनार बिक्री हुने अनुमान गरिएको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाकी प्राविधिक भवानी बस्नेतले बताए। परियोजनाका अनुसार गत वर्ष जुनार बगैंचाबाट १९ करोड...
बाँकेमा धान खेत घट्यो, उत्पादन बढ्यो
कृषि, समाचार, समाज

बाँकेमा धान खेत घट्यो, उत्पादन बढ्यो

नेपालअखबार,बाँके । बाँकेमा गत वर्षको तुलनामा यसवर्ष धानखेती गर्ने क्षेत्रफल घटे पनि उत्पादन भने बढेको छ । यस वर्ष ३४ हजार पाँच सय दुई हेक्टर जमिनमा बर्खे धानखेती गरिएकोमा एक लाख ५१ हजार आठ सय आठ दशमलव ८० मेट्रिकटन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी वरिष्ठ कृषि प्रसार अधिकृत अनिश श्रेष्ठले जानकारी दिए । उनका अनुसार बाँकेमा यस वर्ष प्रतिहेक्टर धानको उत्पादकत्व चार दशमलव चार मेट्रिकटन रहेको थियो । गत वर्ष बर्खे र चैते धान गरी ३४ हजार छ सय ७५ हेक्टर जमिनमा धानखेती गरिएको थियो । जसबाट एकलाख ४५ हजार छ सय ५३ मेट्रिकटन धान उत्पादन भएको थियो । गतवर्षको चैते र बर्खे धानभन्दा यस वर्ष चैतेबाहेक बर्खेधानको उत्पादननै एक लाख ५१ हजार आठ सय आठ दशमलव ८० मेट्रिकटन भएको छ ।  गत आवभन्दा यसवर्ष चार दशमलव २४ प्रतिशतका दरले धान उत्पादनमा वृद्धि भएको कार्यालयले जनाएको छ । कार्यालयका...
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
कृषि, समाचार

झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती

नेपालअखबार,झापा । झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती गरिएको छ । कृषकलाई यन्त्र उपकरणको प्रयोग प्रदर्शनी कार्यक्रमअन्तर्गत यहाँको तीन स्थानमा शून्य खनजोत प्रविधिबाट मकैखेती गरिएको हो ।ती स्थानमा बिर्तामोड नगरपालिका–९, कचनकवल गाउँपालिका–१ र बाह्रदशी गाउँपालिका–६ मा १०/१० कट्ठा क्षेत्रफलमा शून्य खनजोत प्रविधिबाट मकैखेती गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टले जानकारी दिए । कृषि अनुसन्धान निर्देशनालय तरहरा सुनसरीको प्राविधिक सहयोगमा कृषि ज्ञान केन्द्रले प्रदर्शनीका रुपमा बिना खनजोत मकैखेती प्रविधि प्रदर्शनी गरिएको उनले बताए । यस प्रविधिको प्रयोगबाट उत्पादन लागत घट्नुका साथै नयाँ प्रविधि विस्तार र माटोको गुणस्तर सुधार हुने उनको भनाइ छ । यस प्रविधिबाट धान काटेको खेतमा खनजोत नगरी उपकरणको प्रयोगबाट एकै पटक मकैको बीउ र मल हाल्न सकिन्छ । मकैको एउटा लाइनबाट अर्को लाइनको दूरी ४५ सेन्टिमि...
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला  बिक्री
कृषि, समाचार, समाज

म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री

नेपालअखबार,म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका प्रेम पाइजाले यस वर्ष रु सात लाख ५० हजार बराबरको  सुन्तला बिक्री गरेका छन् । तीन सय ५० बोट सुन्तला लगाएका उनले गत वर्ष रु दुई लाख ५० हजारको मात्रै सुन्तला बिक्री गरेका थिए। सुन्तला उत्पादन वृद्धि भएसँगै सुन्तलाबाट आम्दानी बढेको उनले बताए। दोसल्लेमा विगत करिब १३ वर्षदेखि सुन्तलाखेती हुन थालेको थियो । सुन्तलाबाट मनग्य नगद आम्दानी हुन थालेपछि यहाँका किसानहरु परम्परागत अन्नबाली लगाउन छाडेर सुन्तलाखेती विस्तारमा जुटेका छन् । सुन्तलाखेतीलाई विस्तार र व्यावसायिक बनाउन दोसल्ले व्यावसायिक सुन्तला जात कृषक समूह गठन गरेर यहाँका स्थानीय सुन्तलाखेतीमा लागेका छन् । समूहका अध्यक्षसमेत रहेका पाइजाले गत वर्ष गाउँबाट रु ८० लाखको सुन्तला निकासी भएकोमा यस वर्ष रु एक करोड ५० लाख बढीमा व्यवसायीले बोटबाटै सुन्तला ठेक्का लिएको जानकारी दिए । “...
झापामा नौ सय ३७ मेट्रिक टन कोदो उत्पादन
कृषि, समाचार, समाज

झापामा नौ सय ३७ मेट्रिक टन कोदो उत्पादन

नेपालअखबार,भद्रपुर । जिल्लामा यसवर्ष नौ सय ३७ दशमलव ६७ मेट्रिक टन कोदो उत्पादन भएको छ । कृषि ज्ञान केन्द्र झापाका अनुसार सात सय २६ दशमलव ८८ हेक्टर क्षेत्रफलमा उक्त परिणाममा कोदो उत्पादन भएको हो । यस वर्षप्रति हेक्टर एक दशमलव २९ मेट्रिक टनका दरले कोदो उत्पादन भएको ज्ञान केन्द्रका सूचना अधिकारी चेतराज भण्डारीले बताए । उनका अनुसार अधिंकाश स्थानीय तहले कोदो उत्पादनका लागि अनुदान दिएका छन् । भद्रपुर नगरपालिकाले परम्परागत बाली प्रवर्द्धन कार्यक्रम अन्तर्गत यसवर्ष कोदो खेतीका लागि दुई सय ५१ कठ्ठा क्षेत्रफलमा प्रति कठ्ठा रु एक हजारका दरले प्रोत्साहनस्वरुप किसानलाई अनुदान दिएको नगरपालिकाको कृषि शाखाका अधिकृत सुमन विमलीले बताए । कोदो जस्ता बालीले हाम्रो परम्परा, संस्कार र पहिचान संरक्षण हुनाका साथै किसानको आयआर्जनमा सहयोग पुग्ने भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोखरेलले बताए ।...