Tuesday, February 3

कृषि

बजारमा उपभोक्तासँगै फलफूल पनि अभाव, बिचौलिया हाबी
कृषि, समाचार, समाज

बजारमा उपभोक्तासँगै फलफूल पनि अभाव, बिचौलिया हाबी

नेपालअखबार, काठमाडौँ । नेपालको फलफूल बजार यतिखेर सुनसान प्रायः बनेको छ । उपभोक्ता र फलफूल दुवैको अभावका कारण व्यापारमा ठुलो गिरावट आएको व्यवसायीहरूले बताएका छन् । सुन्तलाको सिजन भए पनि बजारमा यसको उपलब्धता कम रहेको, स्याउ, केरा र बदामको कारोबार पनि घटेको उनीहरूको भनाइ छ । नेपालमा उत्पादन कम हुनु र आयातमा आएको अवरोधका कारण सबै फलफूलको मूल्यमा वृद्धि भएको छ । फलफूल व्यवसायी कमल पन्थका अनुसार यस वर्ष सुन्तलाको उत्पादन गत वर्षको तुलनामा कम भएको छ । उनले किसानले उचित मूल्य नपाउने र उपभोक्ताले बढी मूल्य तिर्नुपर्ने अवस्था रहेको बताए । मल, औषधि र मजदुरीमा ठूलो खर्च गरे पनि किसानहरूले बिचौलियाका कारण उचित मूल्य पाउन नसकेको उनको गुनासो छ । बजारमा बिचौलियाको प्रभाव हाबी हुँदा किसान र थोक व्यवसायीबिच प्रत्यक्ष कारोबार हुन नसकेको र यसले दुवै पक्षलाई घाटा पुगेको पन्थले बताए। बिचौलियाहरूले फल...
बेनीकोटमा उत्पादित सुन्तला ढुवानीमा समस्या
कृषि, समाचार, समाज

बेनीकोटमा उत्पादित सुन्तला ढुवानीमा समस्या

नेपालअखबार,तनहुँ । तनहुँको व्यास नगरपालिका–१३ स्थित बेनीकोटको सुन्तला बजारीकरणमा समस्या भएको छ । भिरालो सडक भएकाले स्तरोन्नति नहुँदा सुन्तला बजारीकरणका लागि ढुवानी जोखिमपूर्ण हुने गरेको हो । सुनकोटका रूपमा परिचित बेनिकोटबाट अहिले दिनहुँ पाँच गाडी सुन्तला जिल्लाबाट बाहिरिने गरेको स्थानीय कृषक लेखबहादुर थापाले बताए । जोखिमपूर्ण बाटो भएकाले जुनसुकै बेला पनि दुर्घटना हुनसक्ने खतरा उत्तिकै रहेको उनको भनाइ छ । उनले भने, ‘यहाँ सुन्तलाका बोट नभएका घर छैनन् । एक घरमा कम्तिमा २० बोटदेखि बढीमा आठ सय बोटसम्म लगाएर व्यवसायिक रूपमा खेती गर्दै आएका छन् । यतिबेला सुन्तला किनबेचका लागि गाउँमा ठेकेदार पुगेर खरिद गरी गाडीमार्फत काठमाडौं, चितवन, पोखरासम्म ढुवानी गरिरहेका थापाले बताए । मंसिरको पहिलो सातासम्म किसान धान भित्र्याउन व्यस्था भएकाले यतिबेला करोडौँको सुन्तला बिक्री व्यस्त देखिन थालेका छन्...
म्याग्दीको अर्मनमा अलैँचीखेतीको परीक्षण सफल
कृषि, समाचार, समाज

म्याग्दीको अर्मनमा अलैँचीखेतीको परीक्षण सफल

नेपालअखबार,म्याग्दी। म्याग्दीको मङ्गला गाउँपालिका-५ अर्मनमा परीक्षणका रूपमा लगाइएको अलैँचीखेती सफल भएको छ । परीक्षणका लागि पाँच वर्षअघि गरिएको अलैँचीखेती सफल भएपछि व्यावसायिक रूपमा खेती विस्तार गर्न थालिएको हो। टिकावाङका १२ परिवारले व्यावसायिक अलैँचीखेती गरेका स्थानीय दिलबहादुर थापाले बताए । ‘अनुकूल हावापानी, भूगोल, बजार र मूल्य पाइने भएपछि बाँझिएको ओसिलो जमिनमा झाँडी फाँडेर अलैँचीखेती विस्तार गर्न थालेका छौँ’, अलैँचीखेती गर्दै आएका उनले भने, ‘यसवर्ष एकजना किसानले बढीमा चार क्विन्टलसम्म अलैँची बेचेका छन्।’ थापाले घरबाटै प्रतिकिलो रु एक हजार ९५० का दरले तीन सय ८० किलो अलैँची बिक्री गरेको जानकारी दिए । उनले परीक्षणका लागि विसं २०७४ मा अलैँचीखेती सुरु गरेका थिए। यसवर्ष टीकावाङका शेरबहादुर थापाले ८० किलो र दुर्गाबहादुर थापाले १५ किलो अलैँची बिक्री गर्नुभएको छ । एकजना किसानले न्यूनतम द...
पूर्वी नाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
अर्थ, कृषि, समाचार

पूर्वी नाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात

नेपालअखबार,झापा । पूर्वी नाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको निर्यात भएकाे छ । मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार समीक्षा अवधिमा ४६ लाख ८८ हजार ९३२ किलोग्राम चिया भारततर्फ निर्यात भयो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो ३७ प्रतिशतले कम छ । गत आवको उक्त अवधिमा रु दुई अर्ब २० करोड ४८ लाख ४० हजार बराबरको चिया निर्यात भएको थियाे । यो चालु आर्थिक वर्षमा रु ८३ करोड १७ लाख ६२ हजारले कम निर्यात भएकाे हाे ।...
दाङमा यसवर्ष धान उत्पादन बढ्यो
कृषि, समाचार, समाज

दाङमा यसवर्ष धान उत्पादन बढ्यो

नेपालअखबार,दाङ। दाङमा यसवर्ष एक लाख ८६ हजार ५३ मेट्रिकटन धान उत्पादन भएको छ । गत वर्षको तुलनामा यस वर्ष तीन दशमलव ०६२ प्रतिशत बढी धान उत्पादन भएको हो । कृषि ज्ञान केन्द्रका सूचना अधिकारी पृथ्वीराज लामिछानेका अनुसार जिल्लाभर खेतीयोग्य जमिन ३९ हजार ४०० हेक्टर रहेकामा यस वर्ष ३६ हजार ४८१ हेक्टर क्षेत्रफलमा धानखेती गरिएको थियो। गत वर्ष जिल्लामा ३६ हजार १०८ हेक्टर क्षेत्रफल जमिनमा धानखेती गरिएकामा एक लाख ७८ हजार ५३ मेट्रिकटन धान उत्पादन भएको थियो । गत वर्षको तुलनामा यस वर्ष तीन दशमलव ०६२ प्रतिशत बढी धान उत्पादन भएको हो । त्यस्तै २०८० सालमा ३५ हजार १८४ हेक्टर क्षेत्रफलमा गरिएको धानखेतीबाट एक लाख ५८ हजार ३२८ मेट्रिकटन धान उत्पादन भएको कार्यालयबाट प्राप्त तथ्याङ्कमा उल्लेख छ । सूचना अधिकारी लामिछानेका अनुसार उत्पादन बढ्नुमा धानखेती यस वर्ष धेरै क्षेत्रफल जमिनमा लगाउनु, बीउमा सुधार, ढिल...
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
कृषि, समाचार, समाज

मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री

नेपालअखबार,मुस्ताङ । मुस्ताङको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ । कृषि ज्ञान केन्द्र कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८२÷८३ मा यहाँका पाँच स्थानीय तहको चार सय ७८ हेक्टर क्षेत्रमा नौ हजार ६६५ मेट्रिक टन आलु उत्पादन भएको हो । कृषि ज्ञान केन्द्रका प्रमुख राजेश गुरुङले गत वर्षको तुलनामा चालु वर्ष आलुको उत्पादकत्व र उत्पादन क्षेत्र आंशिक रूपमा विस्तार हुँदा रु ११ करोड ८४ लाख ७५ हजार ४०० बराबरको आलु उत्पादन वृद्धि भएको जनाइएको छ । केन्द्रका अनुसार चालु आवमा प्रतिहेक्टर २० दशमलव २२ मेट्रिक टन आलु उत्पादन भएको हो । गत वर्षभन्दा चालु वर्ष आलु उत्पादनको क्षेत्र १८ हेक्टर वृद्धि भएको हो । त्यसैगरी, गत वर्षको तुलनामा चालु आवमा यहाँ प्रतिहेक्टर करिब दुई मेट्रिक टन आलु उत्पादन वृद्धि भएको छ । चालु आवमा जिल्लाका किसानले फार्म गेट औसत मूल्य प्रतिकेजी ...
कृषकलाई सुन्तला ढुवानी सधैंको समस्या
कृषि, समाचार, समाज

कृषकलाई सुन्तला ढुवानी सधैंको समस्या

नेपालअखबार,तनहुँ । देवघाट गाउँपालिका–३ का सुन्तला उत्पादक कृषकलाई ढुवानीको समस्या सधैंको पिरलो बनेको छ । यहाँबाट करोडौ मूल्यका सुन्तला विक्री हुने गरेपनि ढुवानीको समस्या भने सधैं झेल्नुपरेको हो । यहाँ उत्पादित सुन्तला तनहुँ, पोखरा, चितवन, काठमाडौसम्म पुग्ने गरेको छ । यस वडाको छिपछिपे, बाटक, छापस्वाँरा, दगरा, लुङ्ग्रिङबाट करोडौ मूल्य बराबरको सुन्तला उत्पादन हुने गरेको कृषक रणबहादुर मगरले जानकारी दिए । सुन्तला बजारसम्म पु-याउन भने सधैं समस्या झेल्नुपरेको उनको गुनासो छ । उनले भने, “यहाँका कृषकको मुख्य आम्दानी सुन्तला खेती नै हो । कालीगण्डकी, सेतीमादी र त्रिशुली नदीले घेरिएको उक्त वडामा जान कुनै पनि नदीमा पक्की पुल बनेको छैन । पक्की पुल नहुँदा उक्त उत्पादित करोडौं मूल्यको सुन्तला बजारसम्म पु-याउन सकस हुने गरेको छ ।” सुन्तलाको बोटमा रोग लागेर यसवर्ष उत्पादनमा कमी भएपनि आम्दानी भने गत वर्ष भन...
तरकारी खेतीले फेरिंदै जीवनशैली
कृषि, समाचार, समाज

तरकारी खेतीले फेरिंदै जीवनशैली

नेपालअखबार,ढोरपाटन (बागलुङ) । बसाइँसराइले हरेक वर्ष गाउँका घर रित्तिँदै छन् । खेतीयोग्य जमिन वनमाराले ढाक्दैछ । गाउँमा बस्नेहरू कोही पनि खाली बस्दैनन् । उनीहरू बिहानदेखि साँझसम्म बारीमै काम गर्छन् । अशिकांश स्थानीयले बारीमा साग, मुला, बन्दा, गोलभेँडालगायत विभिन्न प्रजातिका तरकारी फलाउँछन् । कोहीले उत्पदान गर्छन् । यही बेचेरै आफ्नो परिवार चलाउँछन् । बागलुङको काठेखोला गाउँपालिका-८ लेखानी जिल्ला सदरमुकाम बागलुङ बजार नजिकैको गाउँ हो । विकासका हिसाबले लेखानी गाउँ सुगम नै मानिए पनि धेरैको रोजाइ सहरबजार र विदेश परेको छ । तर, गाउँमा बस्नेलाई भने आफ्नै खेतबारी र खेतीपाती प्यारो छ । यस गाउँका झण्डै एक सय परिवार तरकारीखेतीमा आबद्ध छन् । बजार नजिक र तरकारीखेतीका लागि उपयुक्त वातावरण भएको हुँदा किसानको आकर्षण पनि उत्तिकै छ । धान, गहुँ, मकै र कोदो उत्पादन गर्न धेरै जनशक्ति चाहिने र खर्च पन...
सागसब्जीमा विषादी न्यूनीकरणका लागि सचेतना अभियान
कृषि, समाचार, समाज

सागसब्जीमा विषादी न्यूनीकरणका लागि सचेतना अभियान

नेपालअखबार, नवलपरासी । व्यावसायिक रूपमा उत्पादन हुने सागसब्जीमा विषादीको मात्रा देखिएपछि कृषि विकास कार्यालय नवलपुरले कृषकहरूलाई विषादी न्यूनीकरणसम्बन्धी सचेतना अभियान थालेको छ । कृषि विकास कार्यालय, विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ कावासोती र स्थानीय तहको संयुक्त पहलमा व्यावसायिक रूपमा सागसब्जी उत्पादन गर्ने किसानलाई विषादी प्रयोगसम्बन्धी सचेतना प्रदान गर्ने उद्देश्यले अभियान थालिएको कृषि विकास कार्यालय नवलपुरका प्रमुख कुलप्रसाद तिवारीले बताए । किसानको बारीसम्ममै पुगेर विषादीको प्रयोगसम्बन्धी सचेतना प्रदान गर्न सुरु गरिएको उनले बताए । नवलपुरको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालामा केही दिनअघि काउलीमा ‘अर्गानोफस्फेट’ विषादीको मात्रा ९८ प्रतिशत भेटिएको थियो । कावासोती कृषि थोक बजार केन्द्रमा बिक्रीका लागि ल्याइएका सागसब्जीमा लगातार रूपमा विषादीको मात्रा भेटिएपछि विषादी प्रय...
तनहुँमा मकै उत्पादन बढ्यो
कृषि, समाचार, समाज

तनहुँमा मकै उत्पादन बढ्यो

नेपालअखबार,तनहुँ । व्यास नगरपालिका–१० दुम्सीस्थित दरै सामुदायिक घरबास (होमस्टे) पुग्नेबित्तिकै अग्ला मकैका माच देखिन्छन् । यहाँ आउने जोकोही थाङ्ग्रो देखेर अचम्म मान्छन् । दरै सामुदायिक घरबासका सञ्चालक आशा दरै भन्छन्, “यही माचमा फोटो खिच्न र टिकटक बनाउन पाहुनाहरू व्यस्त हुन्छन् । विगतका वर्षमा ठूलो सुली भए पनि एउटा मात्रै थियो । यस वर्ष धेरै मकै फल्यो सुली पनि विशाल छ ।” यो वर्ष पर्याप्त उत्पादन भएका दुम्सीका घरैपिच्छे मकैका सुली भेटिन्छन् । विगतमा मकै लगाउने बेला तथा गोड्ने बेलामा किरा लाग्नुका साथै मलको अभाव किसानले बेहोर्नुपरेको थियो । यो वर्ष समस्या नभएकाले जिल्लामा पर्याप्त मकै उत्पादन भएको कृषि विकास कार्यालयका बाली विकास अधिकृत किरण परियारले बताए । आव २०७९/८० मा २२ हजार २३८ हेक्टर क्षेत्रफलमा गरिएको मकैखेतीबाट ६७ हजार १५ मेट्रिक टन उत्पादन भएको थियो । २०८०/८१ मा २२ हजार ३४८ ...